• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
'होटल भाडामा लिएर आइसोलेसन बनाएका छौं, म छिटै निको भएर फर्कन्छु’
लोकनारायाण यादव आइतबार, भदौ ७, २०७७  २१:१५
1140x725

काठमाडौं-  केही दिन अघि ज्वरो आयो। रुघाखोकी लागेको थियो। सामान्य होला भनेर बेवास्ता गरे। तर श्वासप्रश्वासमै समस्या हुन थाल्यो। नगरमा कोरोना संक्रमण फैलदै गएकाले निकै व्यस्त भएर होला भन्ने सोचेँ। केही दिन आराम गर्न पर्ला भन्ने सोचिरहेको थियो। निकै समस्या हुन थालेपछि चिकित्सकहरुको सल्लाहमा औषधि खान थालेको थिए। त्यसले पनि कमी नभएपछि वीरगञ्जमा रहेको तराई अस्पतालमा भर्ना भए। मेरो आइसियूमा उपचार भइरहेको थियो।

नारायणी अस्पतालमा जचाउँदा कोरोना रिर्पोट नेगेटिभ आयो। साउन २५ गते मलाई निकै समस्या भयो। म विस्तारै गल्दै गएको महसुस भयो र अवस्था गम्भीर भयो। २६ गते काठमाडौं प्रस्थान गरे। शुरुमा मेडिसिटीमा भर्ना भएको थियो। स्वाब लिइयो र रिर्पोट कोरोना पोजेटिभ आयो। अनि मेडिसिटीबाट ह्याम्समा सरेको छु।

आइतबार दोस्रो पटक कोरोना परीक्षण गर्न स्वाब लिइएको छ। अहिले स्वास्थ्यमा निकै सुधार आएकाले अब नेगेटिभ आउने आशा गरेको छु। अस्पतालको बेडमा रहँदा पनि नगरकै चिन्ता रहेको छ। उपमेयर, प्रशासकीय अधिकृत, वडाध्यक्ष र अन्यसँग सम्पर्कमै रहेको छु। वीरगञ्ज महानगरपालिकासँगै जोडिएको नगर भएकाले संक्रमणको जोखिम नगरमा उच्च रहेको छ। हालसम्म नगरमा ४८ जना संक्रमित रहेका छन्। ४२ पुरुष र ६ जना महिला संक्रिमत रहेका छन्।

मेरै परिवारमा पनि छोरो र भतिजामा संक्रमण देखिएको छ। नगरका एक वडाध्यक्ष पनि संक्रमित रहेका छन्। वडा नम्बर ९ का अध्यक्ष अहिले होम आइसोलेनमा रहेका छन्। नगरपालिकाकै चार कर्मचारी संक्रमित भएका छन्। हामी सबैलाई सेवाग्राहीवाट संक्रमण भएको आशंका गरेका छौँ। यसअघि नगरपालिकाको प्राथमिक स्वास्थ्यकेन्द्रका ६ जना स्वास्थ्यकर्मी संक्रमित भएका थिए। उहाँहरू अहिले निको भएर काममा फर्किनु भएको छ। 

वीरगञ्जको होटलमा आइसोलेन
नगरपालिकाले संक्रमितहरुलाई राख्न वीरगञ्ञ्जको होटल कुमु प्यालेस भाडामा लिएको छ। संक्रमितहरुका लागि उपचार गर्ने अस्पताल नारायणी र अन्य स्थानमा स्थान नभएकाले मिनी आइसोलेनमा राख्ने २० वेड क्षमता बराबर भाडामा लिएका छौँ। अहिले उक्त होटलमा नगरका संक्रमित राखिएको छ। भोलिका दिनमा थप संक्रमित हुने जोखिम भएकाले प्राथमिक स्वास्थ्यकेन्द्र बागेश्वरीमा २० र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ३० बेड तयारी अवस्थामा राखेका छौँ। नगरको ३ वटा क्वारेनटाइनमध्ये दुई वटालाई आइसोलेनमा परिर्वतन गरिएको छ।  

बिरामीलाई औषधिसहितको प्याकेज
नगरले बिरामीलाई हौसला बढाउन र रोगसँग लड्ने प्रतिरोधी क्षमता बढाउने सामग्री वितरण गर्ने गरेको छ। नगरले हर्लिक्स, च्वयनप्रास र औषधि बिरामीलाई दिने गरेको छ। 

वीरगञ्जसँग सीमा जोडिएको भारतसँगको मूल नाका यही भएकाले संक्रमणको जोखिम धेरै रहेको छ। यहाँ कोरोना संक्रमण नियन्त्रण गर्न सजह पक्कै छैन।


मानिसहरू पूर्ण निरक्षर नभएपनि सामाजिक दूरी र सचेतना अपनाउन भने कठिन भइरहेको छ। अहिले देखिएको मुख्य चुनौती भनेको चेतनाको कमी र स्रोतसाधनको अभाव हो। नगरभित्र अस्पताल बनाउने ठाउँ छैन। भएको एउटा स्वास्थ्यकेन्द्र पनि साँघुरो छ। विद्यालयहरू पनि व्यवस्थित नहुँदा क्वारेनटाइन र आइसोलेन सेन्टर बनाउन समस्या भइरहेको छ। 

कतिपय स्थानमा मानिसहरूले नबुझ्दा आइसोलेसन र बिरामी राख्ने ठाउँ नदिने पनि हुने गरेको छ। संक्रमित राख्दा समुदायमा फैलने भन्दै नबुझेरै विरोध गर्ने गर्नु  भएको छ। 

नागरिकले वुझेनन् , केन्द्र र प्रदेशले सहयोग गरेन् 
कोरोना भाइरस महामारीको संक्रमण नजिकै भएपनि जनता अझै सचेत रहेको पाइँदैन। मास्क लगाउने, साबुनपानीले हात धुने र सामाजिक दुरी पालना गर्न अझै पनि बल पुर्‍याउनुपर्ने अवस्था छ। प्रहरी र नगरले गर्नुस् भनेर मात्र यस्तो गर्ने होइन, आफ्नै सुरक्षाका लागि हो भन्ने चेतना आउन सकेको छैन। यो चेतना विस्तार नभएसम्म कोरोना संक्रमण रोक्न समस्या नै हुन्छ। 

यसरी स्थानीय तहमा धेरै चुनौती भएपनि केन्द्र र प्रदेशबाट यथेष्ट सहयोग पाएका छैनन्। केन्द्र आफै अस्तव्यस्त, प्रदेश पनि आफ्नै धुनमा केन्द्रित भएकाले काम गर्न समस्या भइरहेको छ। 

हाल ह्याम्स अस्पताल काठमाडौंमा उपचाररत छु। मलाई वीरगञ्जस्थित तराई अस्पतालबाट थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पतालमा ल्याइएको थियो। वीरगञ्जस्थित नारायणी अस्पतालमा गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ भएतापनि गत सोमबार काठमाडौंमा गरिएको स्वाब परिक्षणमा भने कोरोना भाइरस (कोभिड– १९) संंक्रमणको पुष्टि भएको छ।

अहिले मेरो स्वास्थ्य अवस्था दैनिक सुधारका क्रममा छ। क्रमिक स्वास्थ्य अवस्थामा आएको सुधारले सकरात्मक आत्मबल बढेको छ। मलाई आशा छ तपाईंहरूको माया, सद्भाव र शुभेच्छाका कारण मैले चाँडै कोरोना भाइरसलाई पराजित गरी पुनः तपाईंहरूकै सेवामा हाजिर हुनेछु। मेरो स्वास्थ्यलाभको कामना गरी विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्णमा आभार व्यक्त गर्न चाहन्छु।

साथै कोरोना संक्रमणको यो घडीमा आफूलाई संयमित राख्न र नेपाल सरकारले तोकेको मापदण्ड पालना गर्न सम्पूर्ण नगरवासीमा अपिल गर्दछु।

(यादव पर्सागढी नगरपालिकाका मेयर हुन्।)

प्रकाशित मिति: आइतबार, भदौ ७, २०७७  २१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्