• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
 कांग्रेसमा देउवाप्रवृत्ति लक्षित महाधिवेशन
64x64
भानु बोखिम मंगलबार, भदौ १६, २०७७  १३:२३
1140x725

कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा संस्थापन इतरसमूह शेरबहादुर देउवालाई हराउन सक्ने पात्रको खोजीमा छ। लोकतान्त्रिक प्रकृयाबाट अर्को पक्षलाई पराजित गरेर आफू स्थापित हुनु विधिसंगत नै हो। यसका लागि आफ्नो योजना र रणनीति चाहिन्छ जो कांग्रेस इतर पक्षसँग छैन। केवल देउवाको पराजयको एकसूत्रीय रटान लिएर हिँडेको छ। 

देउवाको व्यक्तिवादी चरित्रको विरोध भइरहेको छ। जसरी पनि एउटा व्यक्तिलाई हराउनुपर्छ भन्ने मानसिकता व्यक्तिवादी मनोविज्ञानको अर्को नमुना हो। यस्तो मानसिकताको जितले कांग्रेसको विधि, पद्धतिमा खासै भिन्नता आउँदैन।

देउवाले हारे पनि कांग्रेस विधि, पद्धतिमा नभएर तदर्थवादमा नै चल्ने देखिन्छ। कांग्रेसमा व्यक्तिवाद हावी छ।

देउवाले कांग्रेसबाट जे सिके, त्यही अभ्यासमा गरे। पार्टीभित्र चल्ने षडयन्त्र र गुटको राजनीतिबाट नेतामा नैतिकवान आचरणको विकास हुँदैन। देउवाले हारे पनि कांग्रेस विधि, पद्धतिमा नभएर तदर्थवादमा नै चल्ने देखिन्छ। कांग्रेसमा व्यक्तिवाद हावी छ। व्यक्तिवादको विस्थापन अर्को व्यक्तिवाद हैन जो कांग्रेसले अपनाउँदै आएको छ। यसले कांग्रेसको हित गर्दैन। केवल कांग्रेसमा द्वन्द्व चलिरहन्छ, जसरी चल्दै आएको छ।  

हुन त कांग्रेसमा व्यक्तिवादी चरित्र नयाँ हैन। व्यक्तिवादी चरित्रको प्रभाव समानान्तर रुपले पार्टीभित्रको दुवै पक्षमा परेको देखिन्छ। जितेकाले शक्तिशाली हुँ भन्ने र हारेकाले जितेको नाममा मनपरि गर्‍यो भन्ने आरोप लाग्ने गरेको छ। कांग्रेसको जन्मसँगै यसका नेताहरुमा पद र शक्तिको आशक्ति देखिएको थियो। भलै उनीहरुले यस्तो विवाद तथा द्वन्द्वमा शक्ति शन्तुलन र लोकतान्त्रिक अभ्यासको जलप लगाउने गर्छन् । भित्री मनोविज्ञान भने पदमा पुग्नेको शक्ति नियन्त्रण गर्ने र आफ्नो शक्ति बढाउने नै देखिन्छ। 

राणा र नेपाली कांग्रेसको संयुक्त सरकारको नेतृत्व मोहनशमसेरले गरेका थिए। एक पक्षले राजीनामा दिएपछि सरकार ढल्ने प्रावधान थियो। कांग्रेसबाट गृहमन्त्री भएका बिपीले राजीनामा दिएपछि मोहनशमसेरको सरकार ढल्यो।  बिपी आउँदो सरकार कांग्रेसकै नेतृत्वमा बन्छ भन्नेमा ढुक्क थिए। उनमा आफू नै प्रधानमन्त्री हुन्छु भन्ने आत्मविस्वास पनि देखिन्थ्यो।  तर तात्कालिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चाहना र माहोलले मातृकाप्रसाद कोईराला प्रधानमन्त्री बने। 

 यो घटनापछि बिपी र मातृकाको विवाद र द्वन्द्व बढेर गयो। मातृका कांग्रेसमा सभापति पनि थिए। बिपीले एक व्यक्ति दुई पदमा बस्न मिल्दैन भन्दै मातृकाले सभापति पद छोड्नुपर्छ भने। छोड्नु आवश्यक छैन भनेर मातृकालाई भारतीय प्रधानमन्त्री नेहरुले आड भरोसा दिएको पाइन्छ । यता बिपी नहटाइ नछोड्ने पक्षमा थिए । लोकतान्त्रिक विधिको निम्ति भने पनि यो लडाइँ व्यक्तिको शक्तिमा केन्द्रीत थियो।

यस्तै खालकाे लडाइँ ०४६ सालपछि गिरीजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईमा केन्द्रित भयो। भट्टराईले आफ्नै नेतृत्वमा गराएको चुनावमा हारे। भट्टराई हार्नुमा विपक्षी नेकपा एमालेको प्रभावभन्दा बढी कोइरालाको हात देखिन्छ। त्यो समय भट्टराईलाई हराउन कोइरालाले रचेका तिकडमहरु बेला-बेला बाहिरिँदै आएका छन्।

इतर पक्षलाई लडाउनु र दबाउनु पर्छ भन्ने सोच कांग्रेसी नेता कार्यकर्तामा विकसित भइसकेको छ। समाजका विभिन्न संस्था वा समुदायमा विरोध गर्नेले विरोधीकै संस्कार र आनीबानी अनुसरण गरेको पाइन्छ।

०५६ सालको सालको आम निर्वाचनका बेला गिरीजाप्रसादले कांग्रेसले जिते भट्टराईलाई प्रधानमन्त्री बनाउने घोषणा गरे। निर्वाचनमा कांग्रेसले बहुमत ल्याएपछि भट्टराई प्रधानमन्त्री त भए तर उनलाई हटाउने खेल पनि तुरुन्तै सुरु भइसकेको थियो। आखिर भट्टराईको सरकार मुस्किलले १० महिना टिक्यो। पुनस् कोइराला नै प्रधानमन्त्री भए। 

 भट्टराई र कोइरालाको द्वन्द्वमा अर्को पुस्ताका नेताले उठ्ने मौका पाए। ती नेता थिए शेरबहादुर देउवा। देउवाले पार्टीभित्र विधि स्थापित गर्लान् भन्ने आश थियो। किनकि हिजो देउवा कोइराला खेमाले पार्टी विधिसंगत चलाएन् भनेर विरोध गर्थे। विरोधका बाबजुद पार्टीमा कोइरालाको पकड भइञ्जेल देउवा दबिएरै बसे। इतर पक्षलाई लडाउनु र दबाउनु पर्छ भन्ने सोच कांग्रेसी नेता कार्यकर्तामा विकसित भइसकेको छ। समाजका विभिन्न संस्था वा समुदायमा विरोध गर्नेले विरोधीकै संस्कार र आनीबानी अनुसरण गरेको पाइन्छ। कांग्रेसमा रहेर देउवाले जसको धेरै विरोध गरे, उनकै गुण अनुसरण गरेका छन्। यसको छनक देउवाले पार्टी सभापति भएपछि राम्रैसँग दिए। 

पहिलो संविधानसभाको निर्वाचनपछि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा सरकार बनेको थियो। प्रचण्डको सरकार ढलेपछि एमाले नेता माधवकुमार नेपाल प्रधानमन्त्री भए। नेपाल प्रधानमन्त्री हुनुमा कांग्रेसको ठूलो हात थियो। कांग्रेस गिरीजाप्रसाद कोइरालाको पकडमा थियो। नेपाल नेतृत्वको सरकारमा कोइरालाले छोरी सुजाता कोइरालालाई उपप्रधान तथा परराष्ट्रमन्त्री बनाए। पार्टीका अरु वरिष्ठ नेतालाई पन्छाएर सुजातालाई उपप्रधानमन्त्री बनाएकोमा देउवा असन्तुष्ट थिए।

आज देउवाले जे गरिरहेका छन्, त्यो उनले कांग्रेसको राजनीतिबाट नै सिकेका हुन्। 

तर तिनै देउवालाई सभापति भएपछि पार्टीमा श्रीमतीलाई स्थापित गर्न खोजेको आरोप लाग्ने गरेको छ। कुनै पनि व्यक्तिबाट राम्रो कामको अपेक्षा गर्नु स्वाभाविक हो। तर व्यक्तिले आफूसँग भएकै क्षमता र संस्कार प्रदर्शन गर्ने हो। व्यक्तिको क्षमता र संस्कार निर्माणमा संस्थाको अलिखित नियम तथा अभ्यासको ठूलो भूमिका हुन्छ।  तसर्थ आज देउवाले जे गरिरहेका छन्, त्यो उनले कांग्रेसको राजनीतिबाट नै सिकेका हुन्। 

 राष्ट्रिय राजनीतिमा कांग्रेस कमजोर साबित भएको छ। संख्यात्मक हिसाबले संसदमा कांग्रेसको उपस्थिति कमजोर छ। उसमाथि प्रतिनिधि सभाको बैठकमा गगन थापामात्र खरो रुपमा प्रस्तुत हुन्छन्। यी सबैको दोसारोपण देउवामाथि थोपर्ने गरिएको छ। देउवाले कांग्रेसको पराजयमा नैतिक जिम्मेवारी लिनुपर्थ्यो, जो लिएनन्। 

तर कांग्रेसको हारमा कम्युनिष्ट राजनीतिको इतिहासको श्रृंखलाले पनि काम गरेको छ। पन्ध्र सालमा भएको निर्वाचनमा कम्युनिष्ट मत आठ प्रतिशत थियो। त्यो बेला नेपाल कम्युनिष्ट पार्टीले धेरै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनै सकेको थिएन। तर ४६ सालको आन्दोलनसम्म आउँदा कम्युनिष्ट निकै मजबुत भइसकेको थियो।

दश बर्षे माओवादी युद्धले कम्युनिष्टको प्रभावलाई अझ बढायो। पहिलो संसदीय निर्वाचनमा ८ प्रतिशत रहेका कम्युनिष्ट ६४ सालको संविधानसभा निर्वाचनसम्म आउँदा ६० प्रतिशत कटेको थियो। यो मतको अधिकांस हिस्सा दुई ठूला कम्युनिष्ट पार्टी माओवादी र एमालेले ओगट्थे। यी दुई पार्टी मिल्दा कांग्रेसको हार अवस्यम्भावी थियो। यो कुरा कांग्रेसका सबै नेताले बुझेका छन्। तर पार्टी हारको यथार्थ सार्वजनिक रुपममा स्वीकार्न सकेका छैनन्। जसले दुःखद सत्यरतथ्यलाई स्वीकार्न सक्दैन, उसले सधै दोष अरुलाई थोपर्छ । 

निश्चय नै कांग्रेसमा खास परिवार वा व्यक्तिको प्रभाव पर्दै आएको छ। तर व्यक्ति वा परिवार विशेषको विस्थापनले नै कांग्रेसलाई पुनर्जीवन दिन्छ? निश्चय नै दिँदैन।

हिजो एकथरि कांग्रेस पार्टीलाई कोइरालाबाट मुक्त गर्नुपर्छ भन्थे। आज अर्कोथरि कांग्रेस पार्टीलाई देउवाबाट मुक्त पार्नुपर्छ भनिरहेका छन्। निश्चय नै कांग्रेसमा खास परिवार वा व्यक्तिको प्रभाव पर्दै आएको छ। तर व्यक्ति वा परिवार विशेषको विस्थापनले नै कांग्रेसलाई पुनर्जीवन दिन्छ? निश्चय नै दिँदैन। हिजोको कोइरालामुक्त कांग्रेस भनौं वा आजको देउवामुक्त कांग्रेसको अभियान। यो त केवल एक गुटले अर्को गुटलाई नाकामयाब देखाउने बाटोमात्र हो।

असलमा कांग्रेसको संस्कार र विधिमा नै धमिरा लागेको छ। धमिरा लागेको विधि र संस्कारमा व्यक्ति जो आए पनि चल्ने यसरी नै हो। तसर्थ देउवामुक्त अभियान आफैंमा घातक छ। यसको अर्थ यो नलागोस् कि देउवाले निरन्तरता पाउनु पर्छ । निश्चय नै देउवाले कांग्रेसलाई चलायमान बनाउन सकेनन्। तर कांग्रेसलाई चयालमान बनाउने विधि र योजनाविना देउवाको विरोध गर्नुको मात्र कुनै तुक छैन। देउवाको विस्थापन अभियानले कांग्रेसमा नेतृत्वमा नयाँ व्यक्ति आउला तर पार्टी पुरानै ढर्रामा चल्छ। यसले कांग्रेसलाई झन्झन् कमजोर बनाउँछ। 

पार्टीको छवि सुधार र प्रभाव विस्तारमा मुख्य नेतृत्वको हात हुन्छ। तर विधि र पद्धति नभएको पार्टीमा नेतृत्वले सिंगो पार्टीको भन्दा आफ्नो समूहको हित सोच्न बाध्य हुन्छ। कांग्रेसले अब नेतृत्व परिवर्तनसँगै कांग्रेसको संस्कार र प्रवृत्ति परिवर्तनबारे सोच्न जरुरी छ। अन्यथा महाधिवेशनले देउवा परिवर्तन गर्ला तर देउवाप्रवृत्ति र संस्कार परिवर्तन हुँदैन।
 

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७  १३:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भानु बोखिम
भानु वोखिम नेपाल लाइभका स्तम्भकार हुन्।
लेखकबाट थप
राजनीतिको ‘प्रचण्ड पीडा’
‘जातका कारण’ ज्यान गुमाएकी जनप्रतिनिधि मनाको कथा
ओलीको ‘अफर’पछि फेरिएको महन्थको मनोविज्ञान 
सम्बन्धित सामग्री
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ ।  विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय... बुधबार, असार ११, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली सोमबार, असार २३, २०८२
असार मसान्तसम्म प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्