• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सत्ताको अंशियार देउवा
64x64
लिलु डुम्रे मंगलबार, असोज १३, २०७७  ०८:१४
1140x725

काठमाडौं– सत्ताबाट विमुख कांग्रेसले प्रतिपक्षीय भूमिकामा आफूलाई उभ्याउन नसकेको टिप्पणी कांग्रेसभित्र र बाहिरका लागि नयाँ विषय होइन। कांग्रेसको मूल नेतृत्व ‘सत्ताकै सहयोगी’ बनिदिँदा प्रतिपक्षीय भूमिका कमजोर भएको स्वयं कांग्रेसीजन स्वीर्काछन्। 

प्रतिपक्ष बेन्चमा बसेर सत्तालाई प्रश्न गर्ने स्थानमा रहेको कांग्रेसले आफ्नो हैसियत बिर्सेको चर्चा हुने गर्दछ। प्रमुख प्रतिपक्षी दललाई लागेको आरोपमा सत्यताको अंश पनि छ। पार्टी सभापति शेरबहादुर देउवाले सत्तासँग भागबण्डाको बार्गेनिङ गर्दा कांग्रेसको उल्टो गति भएको टिप्पणी हुने गर्दछ।

नेपाली कांग्रेसको ध्यान कता हुनुपर्ने? तर, नेतृत्वको रुची कता छ? यस सन्दर्भमा आइतबार सामाजिक सञ्जालमा प्रकाशित कांग्रेस नेता डा शेखर कोइराला र अर्थविद् विश्व पौडेलले धारणा हेरौं।

कोइरालाले लेखेका छन्-'नेपाली कांग्रेसले विभिन्न संवैधानिक आयोगहरुमा भागबण्डा खोज्नुभन्दा संवैधानिक परिषद्को (उपसभामुखको निर्वाचन) पूर्णतामा दबाब दिनुपर्ने होइन र? परिषद् सदस्यसमेत रहेको उपसभामुखको पद यति लामो समयसम्म रिक्त रहँदा प्रतिपक्ष, बुद्धिजीवीहरू र कानुन व्यवसायी किन मौन?'

अर्थविद् पौडेलले 'प्रतिपक्षको भूमिका' शीर्षकमा लेखेका छन्-'कांग्रेसले विश्वविद्यालयको उपकुलपति, डिन, राजदूत आदि पदमा भाग खोज्नुचाहिँ ठीक हैन। विश्वविद्यालयका सबै नियुक्ति गैरराजनीतिक हुनुपर्छ भनेर दबाब दिने हो। कांग्रेसले हरेक कुरामा भाग खोज्नु भनेको चाहिँ नारायणकाजीको पार्टी (सत्तारुढ दलको जुनियर पार्टनर) बन्नु जस्तै हो।

संवैधानिक निकायहरु (मुख्यगरी निर्वाचन आयोग) मा प्रतिपक्षीको उपस्थिति चाहिन्छ। अख्तियारमा गैरराजनीतिक आयुक्तहरुको कम्तिमा बहुमत हुनुपर्छ। त्यसबाहेकका आयोगहरुमा सत्तारुढ दललाई मन लागेको र सजिलो हुने तर दक्ष मान्छे नियुक्त गर्न दिए हुन्छ।

राम्रा मान्छे खोजेर नियुक्ति दिनु सरकारको जिम्मेवारी हो। हुन त वर्तमान सरकारले छोरा भए छोरालाई, नभए मित छोरालाई, त्यो पनि नभए गंगामा बहाइदिने (अर्थात नियुक्ति नदिइ बस्ने) नीति लिएको जस्तो देखिन्छ। तर प्रतिपक्षीको जिम्मेवारी भनेकै यस्तै विसंगतिलाई औंल्याउनु हो। 

सरकारमा भन्दा प्रतिपक्षीमा झन् टाठा, निस्वार्थ रुपमा निडर भएर काम गर्ने मान्छे चाहिन्छन्। बिना स्रोत, साधन सरकारका काम कारबाही हेर्ने, खबरदारी गर्ने प्रतिपक्ष भएन भने देश झन् बिग्रन्छ। सबै योग्य मान्छे सरकारमै जाने हो भने खबरदारी कसले गर्ने?'

काेइरालाकाे र पौडेलको विचारले कांग्रेसको मूल नेतृत्वको चरित्र चित्रण गर्दछ। संघीय संसदमा उपसभामुखको पद खाली छ। उपसभामुख संविधान अनुसार विपक्षी दलको हुनुपर्ने व्यवस्था छ। उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने व्यवस्थासमेत छ। उपसभामुख सदस्य हुने संवैधानिक परिषद्को बैठक बस्न नसक्दा संवैधानिक निकायका पदाधिकारी रिक्त छन्। संवैधानिक व्यवस्थाप्रति कांग्रेसको चिन्ता देखिँदैन। चिन्ता कहाँ छ? भागबण्डामा। संविधानमा भएको व्यवस्था कार्यान्वयन नभएको देखेको कांग्रेसले उपसभामुख चयन नभएको प्रश्न उठाउँदैन।

तत्कालीन एमाले र माओवादी दुई दल भएकै आधारमा एमालेको तर्फबाट शिवमाया तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित भएकी थिइन्। संविधानको व्यवस्थालाई आधार देखाउँदै २०७४ को २ चैतमा उनी उपसभामुख भइन्। एमाले र माओवादी दल एकीकरणको टुंगो लागे पनि निर्वाचन आयोगमा दर्ता नभइसकेको कारण देखाउँदै उपसभामुख नेकपाले नै राख्यो। कांग्रेसले आवाज उठाउन सकेन।

कांग्रेस नेता कोइराला संवैधानिक आयोगहरुमा भागबण्डा खोज्न नहुने तर्क राख्छन्। विश्वविद्यालयका पदाधिकारी, राजदूत तथा संवैधानिक अंगमा भागवण्डा गर्न नहुने उनको भनाइ छ। उनले नेपाल लाइभसँग भने, ‘सरकार उनीहरु (नेकपा) को छ। राम्रो व्यक्ति नियुक्त गर्न हामीले दबाब दिने हो। भागबण्डा गर्न नदिने दायित्व कांग्रेसको हो।’

संवैधानिक निकायमा मुख्यतः अवकाश प्राप्त सचिवहरुलाई स्थान दिने गरिएको छ। अवकाश प्राप्त सचिवसमेत पार्टी निकटका व्यक्ति हेर्ने प्रचलन छ। संवैधानिक निकायमा पदपूर्ति भएका स्थानमा पूर्वसचिवको क्लब जस्तो बनाइएको कोइरालाको टिप्पणी छ। उनले भने, ‘पूर्वसचिवभन्दा अर्को व्यक्ति नै हाम्रोमा राम्रो व्यक्ति छैनन् र? सचिवले कस्तो काम गरेका छन् भनी देखिएकै छ त।’

तर भागबण्डामा भुल्न नहुने भनेर पार्टीभित्र र बाहिर भइरहेको आलोचनाले कांग्रेस सभापति देउवालाई प्रभाव पारेको छैन। उनी भागबण्डा लिएर सरकारले गरेका जस्तासुकै नियुक्ति सदर गर्न तयार देखिन्छन्। 

न्यायाधीश नियुक्तिमा दलीय भागबण्डाको विरोध हुँदै आए पनि सभापति देउवाले कांग्रेसको भागमा पनि न्यायाधीश पारे। २०७५ को चैतमा कांग्रेसनिकट कुमार रेग्मीलाई न्यायाधीश बनाइयो। रेग्मी १३ औं महाधिवेशनका प्रतिनिधि पनि थिए।

निर्वाचन आयोग बाहेकका संवैधानिक निकायमा प्रतिपक्ष दलले भाग खोज्नै नहुने तर्क राख्छन्, कांग्रेस राजनीति नियालिरहेका अर्थविद् पौडेल।

सत्तारुढ दल र प्रमुख प्रतिपक्ष कांग्रेसबीचमै भागबण्डामा आन्तरिक सहमति हुन नसकेपछि द्वन्द्वकालीन आयोग धेरै समय रिक्त रहे। अन्ततः देउवाले भागबण्डामा सहमति गरेपछि ती आयोगका सदस्य नियुक्त गरियो। २०७६ को फागुनमा सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा कांग्रेस निकट डा गणेश भट्ट नियुक्त भए। सत्य निरुपणमा कांग्रेसबाटै सदस्यमा प्रचण्डराज प्रधानले जिम्मेवारी पाए। बेपत्ता छानबिन आयोगमा सुनीलरञ्जन सिंह, गंगा अधिकारी र सरिता थापा कांग्रेसबाट चयन भए।

प्रधानन्यायाधीशमा प्रस्तावित विवादित व्यक्ति दीपकराज जोशीका पक्षमा पनि कांग्रेसले ‘अनावश्यक’ चासो देखायो। २०७५ को साउनमा जोशीका पक्षमा कांग्रेसले समय खर्चे पनि संसदीय सुनुवाइ समितिबाट जोशी अस्वीकृत भएका थिए।

पछिल्लो समय कांग्रेस नेतृत्व विश्वविद्यालय पदाधिकारीको भागबण्डामा अल्झिएको छ। कृषि तथा वन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा तीन दिनअघि उपकुलपति नियुक्त गरिएको छ। पोखरा विश्वविद्यालयमा कांग्रेसनिकट प्रा डा प्रेमनारायण अर्याल नियुक्त भएका छन्।

संवैधानिक र अन्य १३ आयोगमा गरी करिब चार दर्जन पद रिक्त रहेका छन्। रिक्त पदपूर्तिका लागि प्रधानमन्त्री ओलीले कांग्रेससँग अनेकौं पटक बैठक गरेका छन्। तर, नियुक्ति हुन भने सकेको छैन। संवैधानिक आयोगहरुमा शक्तिशाली आयोगका रुपमा परिचित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सदस्य रिक्त हुने भएसँगै ‘स्वार्थ समूह’ नेताका ढोका चहार्न थालिसकेको बताइएको छ। अख्तियारबाट कांग्रेसको सिफारिसमा परेका राजनारायण पाठक बाहिरिसकेका छन्। घुस काण्ड सार्वजनिक भएसँगै उनले राजीनामा दिएका थिए। पाठकको मुद्दा विशेष अदालतमा विचाराधीन छ। कांग्रेसबाट अनुसन्धान आयोग सदस्यमा स्थान पाएकी सावित्री गुरुङको कार्यकाल चैतमा सकिँदैछ।

अनियमितताको छानबिन गर्ने सर्वोच्च निकायमा दलीय भागबण्डा हुँदा दलका नेताले गर्ने अनैतिक आर्जनको छानबिन हुन नसक्ने विचार आइरहेकै छन्। भागबण्डामा कांग्रेस पनि सहभागी हुँदा भ्रष्टाचारका घटनामा कांग्रेसले प्रश्न उठाउने नैतिक हैसियत नहुने राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले बताए। ‘संवैधानिक आयोगका नियुक्तिमा देउवाले हिस्सेदारी लिँदै आएका छन्’, आचार्यले भने, ‘देउवाले प्रतिपक्षीय भूमिका निर्वाह गरेजस्तो लाग्दैन। सत्तापक्षको अंशियार भएको देखिएकै छ।’ 

भागबण्डामा रमाउने कांग्रेसको चरित्र नभई देउवाको भएको आचार्यको बुझाइ छ। उनले भने, ‘पञ्चायतकालमा कांग्रेसलाई प्रधानमन्त्री दिन्छु भनेर राजाले भनेकै हुन्। कांग्रेसले आफ्नो मूल्य, पद्धति सिद्धान्त बिर्सिएन।’

प्रकाशित मिति: मंगलबार, असोज १३, २०७७  ०८:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय पार्टी कार्यालयमा सम्पन्न कांग्रेसको केन्द्रीय समितिको बैठकले सात बुँदे सहमति अनुरुप संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरे... सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी आजको बैठकमा सरकारका कामकारबाहीमा छलफल हुनेछ। यस्तै बैठकमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा अध्यक्ष नियुक्त लगायत निर्णय हुन सक्ने... सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले आफूहरू कानुनी शासनमा विश्वास गर्ने बताए। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्