• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सभामुखले प्रक्रिया अघि बढाउँदा कांग्रेसले 'रणमैदान' बनायो प्रदेशसभा
64x64
नेपाल लाइभ सोमबार, असोज १९, २०७७  १६:५३
1140x725

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधकै बीचमा प्रदेश ५ को राजधानी र नामको विषयमा सोमबार छलफल सुरु भयो। अपराह्न १२ बजे बस्ने भनिएको प्रदेश सभा ढिलो गरी करिब एक बजे सुरु भएको थियो।

बैठक सुरु हुनासाथ काग्रेस संसदीय दलका नेता वीरेन्द्र कनोडियाले आफ्नो कुरा राखेका थिए। उनले प्रदेश राजधानी र नाममा मुख्यमन्त्रीले केन्द्रबाट प्रस्ताव दर्ता गराएर गैरसंवैधानिक काम गरेको आरोप लगाए। 

उनले बोले लगत्तै केही बेर कांग्रेस सांसदले रोस्टम घेरेर विरोध जनाए। त्यसपछि भने सभा स्थगित भयो। सभामुख पूर्ण घर्तीले २ वजेसम्मका लागि बैठक स्थगित गरे।

ढिलो गरी सुरु भएको दोस्रो बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अवरोध सुरु गर्‍यो।

प्रतिपक्षले विरोध जारी राख्ने देखेपछि सभामुखले बैठकलाई जबरजस्ती चलाउने तयारी गरे।

सभामुखले पेलेर प्रदेश सभा चलाएपछि प्रतिपक्ष पनि आक्रोशित भयो। 

प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरु सभामुखमाथि नै आक्रमणमा उत्रे। उनीहरुले संसद भवनको कुर्सी र माइक तोडफोड गरे। रणमैदान भएपछि प्रदेश सभा बैठक केही बेर अवरुद्ध भयो। प्रतिपक्षले रोस्टममा नाराबाजी गरिरहे।

जसरी पनि प्रस्तावमा छलफल गराउने मनसायमा रहेका सभामुखले  बैठक फेरि सुरु गरे।

सभामुखले जसपाका केही सांसद, नेकपाका सांसद र जनमोर्चाको सांसदलाई आफ्नो कुरा राख्न समय दिए। प्रदेश सभाको बैठकमा सत्ता पक्ष नेकपाकै सांसदहरुले पनि प्रदेश राजधानीको विषयमा भएको असन्तुष्टि राखे।

जनमोर्चा सांसदले संघीयता आवश्यक नभएको तर्क पेश गर्न भ्याइन्। जसपाका एक सांसदले भने दाङ राजधानी राख्ने विषयमा सर्मथन गरे। जसपा सांसदले प्रदेश ५ को राजधानी दाङको भालुवाङ राख्ने सरकारको निर्णयमा जनता समाजवादी पार्टीले समर्थन जनाए पनि प्रदेशको नाममा भने असन्तुष्टि जनाए।

जसपाको सांसद विजय यादवले जारी प्रदेश सभामा बोल्दै प्रदेश सरकारले दाङमा स्थायी राजधानी राख्ने निर्णय गरेको प्रति जसपाले समर्थन गर्ने निर्णय गरेको बताए।

प्रदेश सांसदहरुले छलफलमा भाग लिएपछि सभामुखले कानुनमन्त्री कुलप्रसाद केसीलाई सांसदले उठाएको प्रश्नको जवाफ दिन समय दिए। कानुनमन्त्री रोस्टममा पुगेपछि प्रतिपक्षले झन चर्को स्वरमा नारा लगाए। 

सांसदहरुले सोधेको प्रश्नको जवाफ दिन पुगेका कानुनमन्त्रीले रोस्टमबाट जवाफ त दिएनन् तर आफ्नो भाषण भने गर्न भ्याए।

उनले किन दाङ नै राख्नुपर्ने आवश्यकता भयो भन्ने बारेमा जवाफ दिने भन्दा यसअघि विज्ञसमेत समावेश भएको समितिले बनाएको रिपोर्ट सार्वजनिक गर्ने घोषणा गरे। उनले राजधानीका विषयमा गरिएको अध्ययनको रिपोर्ट सभामुखलाई हस्तान्तरण गरे।

सभा चलिरहँदा समामुखले प्रस्तावमाथि संशोधनका लागि आह्वान गरे। उनले १८ घन्टाभित्र यो प्रस्तावको संशोधन चाहनेले प्रस्ताव प्रदेश सभाको सचिवालयमा पेश गर्न समय दिएको बताए।

कानुनमन्त्रीले आफ्नो कुरा राखेपछि सभामुखले प्रदेश सभाको नाम र राजधानीको प्रस्तावबारे छलफल समाप्त भएको घोषणा गर्दै अर्को बैठक मंगलबार १२ बजे फेरि बस्ने घोषणा गरे। सभामुखको यो घोषणासँगै प्रदेश ५ को प्रदेश सभाको आजको बैठक अन्त्य भएको छ।

प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  १६:५३
  • #कांग्रेस
  • #प्रदेश-राजधानी
  • #भालुवाङ
  • #प्रदेशसभा

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
नेपाल लाइभ समाचार, असार 23 #live
सम्बन्धित सामग्री
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय पार्टी कार्यालयमा सम्पन्न कांग्रेसको केन्द्रीय समितिको बैठकले सात बुँदे सहमति अनुरुप संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरे... सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी आजको बैठकमा सरकारका कामकारबाहीमा छलफल हुनेछ। यस्तै बैठकमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा अध्यक्ष नियुक्त लगायत निर्णय हुन सक्ने... सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले आफूहरू कानुनी शासनमा विश्वास गर्ने बताए। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्