• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार २६, २०८२ Thu, Jul 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
अमृता साह हत्याकाण्ड : जसले एक लाखको सुपारी दिएर आफ्नै छोरी मार्न लगाए भारत लगेर मार्ने योजना अफसल भएपछि घरमै हत्या
64x64
नारायण अधिकारी आइतबार, मंसिर १४, २०७७  १७:२६
1140x725

काठमाडौं– रौतहट माधवनारायण नगरपालिका–७ लौकाहा टोलकी १७ वर्षीया किशोरी अमृता कुमारी साहको रहस्यमय हत्याकाण्डको पर्दाफास भएको छ। तीन साता लामो अनुसन्धानपछि किशोरी हत्याको गुत्थी खुलेको हो। 

हत्यामा आफ्नै बाबुआमादेखि भिनाजुसम्मको संलग्नता रहेको पाइएको छ। गतकात्तिक २६ गते राति साढे ११ बजे अमृताको हत्या भएको थियो। विवाहपछि सम्बध राम्रो नभएपछि माइतीघरमा बस्दै आएकी अमृता त्यस दिन आमासँगै सुतिरहेकी थिइन्। तर आमा ट्वाइलेट गएको बेला एक अज्ञात समूह अमृताको कोठामै पसेर उनको हत्या गरेको थियो। अृमताको दाहिनेतर्फको कन्चनटमा गोली हानेर उक्त समूह फरार भएको थियो।

त्यसपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले अहिलेसम्म घटनामा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरेको छ।

अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने ३० वर्षीय थारु भनिने सोसिन्द्र प्रसाद भगतसँग अमृताको विगत तीन वर्षदेखि प्रेम सम्बन्ध रहेको खुल्न आएको थियो। अमृताको प्रेम सम्बन्ध रहेपनि उनका बाबुआमाले जबरजस्ती गत फागुनमा सर्लाहीको विष्णु गाउँपालिका–३ का रुपेश साहसँग मागी विवाह गरिदिएका थिए।

‘त्यसपछि भने घटनाले अर्कै रुप लिएको देखियो अमृतासँग विवाह भएपछि रुपेशमाथि ज्यान मार्ने उद्देश्यले छुरासमेत प्रहार भएको देखियो‚’ रौतहटका एसपी सिद्धिविक्रम शाहले भने।

त्यसपछि अमृता माइती आएर बस्न थालेकी थिइन्। गत असारमा रुपेश साह र अमृताबीच सम्बन्ध विच्छेद भयो। सम्बन्ध विच्छेद भएपश्चात् रुपेशले पक्षबाट अमृता र उनको प्रेमी सोसिन्द्रविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा दर्ता गराए। 

अमृता र सोसिन्द्रबीचको प्रेम सम्बन्ध भने अमृताका बाबुआमालाई स्वीकार थिएन। 

‘उक्त मुद्दामा छोरी पक्राउ परेमा इज्जत जाने डर, प्रेमी सोसिन्द्र भागी जाने सधैंको डर, प्रेमका कारण माइतीमा आई बसेकोले गाउँघरमा कुरा काट्ने गरेकाले समाजबाट अपहेलित हुने डरजस्ता कारणले उक्त घटना निम्त्याएको देखिएको छ‚’ एसपी शाहले भने। 

जसकारण अमृताका बाबु रामअयोध्या साह र अमृताको भिनाजु लक्ष्मण साहले जिल्ला रौतहट परोहा नगरपालिका–४ बस्ने छोटेलाल साहलाई १ लाख ५० हजार रुपैयाँ सुपारी दिएर छोरीको हत्या गर्ने योजना बनाएको अनुसन्धानबाट खुलेको छ। 

कैमुल देवान

यो योजनाअनुसार अृमतालाई भारत लगेर मार्नुपर्ने थियो। कात्तिक ९ गते महानवमीका दिन बिहान अमृतालाई उपचारका लागि भारत लाने उतै मार्ने योजना पनि बनेको अनुसन्धानबाट खुलेको छ। तर उक्त योजना भने सफल हुन सकेन। त्यसबेला अमृताले भागेर ज्यान बचाएकी थिइन्। उनी भागेर आफ्नो घर माधवनारायण नगरपालिका–७ पुगेकी थिइन्। 

पहिलो पटकको योजना असफल भएपछि पुनः अर्को योजना बनाइयो। कात्तिक २६ गते अमृताका बाबु रामअयोध्या, भिनाजु लक्ष्मणले रौतहट देवाही गोनाही नगरपालिका–२ लक्ष्मिनीया कुरुनीया बस्ने कैमुल देवानलाई १ लाखको सुपारी दिएर अमृताको हत्या गर्ने योजना बनाए। सोही योजनाअनुसार अमृतकी आमा ट्वाइलेट गइन्। त्यही मौकामा कैमुलसहितका व्यक्तिले अमृताको कन्चटमा गोली हानी हत्या गरेको खुल्न आएको एसपी शाहले बताए।

अमृताको हत्या आरोपमा प्रहरीले जिल्ला रौतहट देवाही गोनाही नगरपालिका–२ लक्ष्मीनिया करुनिया बस्ने अन्दाजी ६० वर्षीका शेख अलियास, सोही ठाउँका अन्दाजी ४० वर्षीय बहुदल भन्ने इस्लाम अन्सारी, सोही ठाउँका ३६ वर्षीय इम्ताज, अृमताको बाबु रामअयोध्या, आमा सीतादेवी, रौतहटको परोहा नगरपालिका–४ का ४६ वर्षीय छोटेलाल साह र १ लाख रुपैयाँ सुपारी लिने कैमुललाई पक्राउ गरेको छ। 

पक्राउ परेकाहरूविरुद्ध ७ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर १४, २०७७  १७:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
अवैध हतियारसहित युवक पक्राउ मंगलबार साँझ करिब ६ः३० बजे, सल्यान जिल्लाको कपुरकोट गाउँपालिका-३, फलाटे घर भई हाल दाङमा रहेको लोटस तालिम केन्द्रमा तालिम लिइरहेका १९... बुधबार, असार २५, २०८२
झापामा भारतीय नागरिक पेस्तोलसहित पक्राउ पक्राउ पर्नेमा पश्चिम बंगालको दार्जिलिङ घर भएका २५ वर्षीय प्रतीक अग्रवाल हुन्। बुधबार, असार २५, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ सोमबार बौद्धको नयाँबस्तीस्थित स्रोत नखुलेको आर्थिक कारोबार भइरहेको सूचनाको आधारमा खाेजी काराेबार गरेकै अवस्थामा उनलाई पक्राउ गरिएको... मंगलबार, असार २४, २०८२
ताजा समाचारसबै
माओवादीसहित १२ राजनीतिक घटकले शुक्रबार काठमाडौँमा जनप्रदर्शन गर्ने बुधबार, असार २५, २०८२
कोहलपुरमा तीन जना बालक स्कुलबाटै हराए, तीन दिनदेखि खोजी जारी बुधबार, असार २५, २०८२
कांग्रेस अनुशासन समितिले गर्‍यो १८ जनालाई निष्कासन, संस्थापनइतरको असहमति बुधबार, असार २५, २०८२
रसुवामा बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख दिने निर्णय बुधबार, असार २५, २०८२
रूसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका बुधबार, असार २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दिपक अर्याल नियुक्त बुधबार, असार २५, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्