• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
निजी क्षेत्रसँग पर्याप्त क्षमता नहुँदा उपलब्ध सम्भावना सदुपयोग हुन सकेन 
विष्णुप्रसाद पौडेल सोमबार, मंसिर १५, २०७७  १३:५०
1140x725

सात दशक लामो राजनीतिक संघर्षपछि अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौं। संविधानसभाले नेपालको संविधान जारी गरेपछि लोकतान्त्रिक शासन प्रणाली र अधिकार सम्पन्न सात प्रदेश तथा ७५३ स्थानीय तह सहितको संघीय व्यवस्था कार्यान्वयनमा आएको छ। हाम्रा लागि संघीय प्रणाली नौलो छ। र, हामी यसको प्रारम्भिक चरणमा छौं।

संविधानले तीनै तहका लागि अधिकार क्षेत्र र वित्तीय स्रोतको व्यवस्था गरेको छ। स्थानीय तहहरू पनि विगतको भन्दा अधिकार सम्पन्न भएका छन् र तिनले वित्तीय साधन प्राप्त गरेका छन्। अबको आर्थिक सुधारमा तीनै तहका सरकारहरुको गहन र महत्वपूर्ण भूमिका रहन्छ। 

संवैधानिक राजतन्त्र सहितको बहुदलीय व्यवस्थामा नवउदारवाद र उदारीकरणमार्फत आर्थिक सुधारको प्रयास गरिएको थियो। यसले अर्थतन्त्रमा निजी क्षेत्रको सहभागिता बढायो। वित्त, सञ्चार र यातायातमा उल्लेखनीय विस्तार भयो। 

चालु खाता परिवर्त्य गरी वस्तु तथा सेवाको आयात निर्यात खुला गरियो। तर, अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न नसक्दा नेपालको निर्यात कमजोर हुँदै आयो भने आयात तीव्र दरमा विस्तार हुँदै गयो। जनअपेक्षा अनुरुप गरिबी, बेरोजगारी, असमानता र विभेदलाई सम्बोधन गर्न नसक्दा सामाजिक असन्तुष्टि सिर्जना भए। मुलुक दशक लामो सशस्त्र द्वन्द्धबाट गुज्रियो। लोकतान्त्रिक एवं  अग्रगामी संविधानको अभाव र राजनैतिक अस्थिरताले गर्दा अर्थतन्त्रले सही दिशा र गति लिन सकेन। रोजगारीको अभाव र द्वन्द्वको मारले गर्दा युवा–युवतीहरू वैदेशिक रोजगारीमा जान बाध्य भए। बाध्यताबाट सुरु भएको वैदेशिक रोजगारीले जनजीविका र विप्रेषण आप्रवाहमा केही अनुकूलता सिर्जना गरे पनि समग्रतामा नेपाली अर्थतन्त्रले अपेक्षित गति लिन सकेन।  

सशस्त्र द्वन्द्वको व्यवस्थापन र शान्ति प्रक्रियासँगै संविधानसभाले नेपालको संविधान जारी गर्‍यो। अबको मुलुकको समृद्धि र समन्यायिक आर्थिक विकासलाई संविधानले मार्गनिर्देश गरेको छ। संविधानको धारा ५० (३) मा 'सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकासमार्फत उपलब्ध साधन र स्रोत अधिकतम परिचालनद्वारा तीव्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने तथा प्राप्त उपलब्धिहरूको न्यायोचित वितरण गरी आर्थिक असमानताको अन्त्य गर्दै शोषणरहित समाजको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य' हुने उल्लेख गरिएको छ। संविधानले निर्दिष्ट गरेको यही आर्थिक उद्देश्यको सेरोफेरोमा रहेर समन्यायिक आर्थिक विकास र समृद्धितर्फ अघि बढ्ने जिम्मेवारी हाम्रो काँधमा छ। 

नयाँ संविधान जारी भएपछि विकसित राजनैतिक स्थिरता र शान्ति सुरक्षाको स्थितिमा भएको सुधारले नेपालले लगातार तीन वर्ष उच्च अंकको आर्थिक वृद्धिदर हासिल गर्न सक्यो। अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्ष विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ ले अन्य मुलुकहरूमा जस्तै नेपालको आर्थिक कृयाकलापमा पनि नराम्रो असर पारेको छ। यसले पछिल्ला वर्षमा घट्दै गइरहेको निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्यालाई बढ्ता असर पारेको छ। गरिबीको रेखामुनि रहेको जनसंख्या वृद्धि हुने चुनौती थपिएको छ। हाम्रा सामु कोभिड– १९ ले प्रभावित व्यक्ति तथा परिवारलाई राहत प्रदान गर्ने, रोजगारी सृजना गर्ने र आर्थिक क्षेत्रलाई पुनरुत्थान गर्नुपर्ने तात्कालिक चुनौति थपिएको छ। 

संविधानले दिशानिर्देश गरे बमोजिम समन्यायिक आर्थिक विकासका लागि निम्नानुसार अघि बढ्न जरुरी छ। 

(क) व्यवसायिक वातावारणमा सुधार र निजी लगानी प्रर्वद्धन  
उच्च आर्थिक वृद्धिदर हासिल गर्दै अघि बढ्नका लागि उच्च लगानीको आवश्यकता पर्दछ। यसका लागि थप स्वदेशी र वैदेशिक लगानी प्रवर्द्धन गर्न सक्नुपर्दछ। व्यावसायिक वातावरणमा सुधार गर्दै लगानीकर्ताहरूलाई चाहिने सहयोग र सुविधा एकद्वार प्रणालीबाट दिने व्यवस्थालाई थप सुदृढ गर्दै नेपालमा भएका सम्भावनाहरूलाई उजागर गर्दै लगानीकर्ताहरूलाई प्रोत्साहन दिनुपर्दछ। यसका लागि तिनै तहका सरकारहरूले ध्यान दिनु आवश्यक छ।

संघीय सरकारले वैदेशिक लगानी आकर्षण गर्न र ठूलो लगानीको आधार तयार गर्न ध्यान केन्द्रित गर्नु पर्दछ। मझौला र साना लगानीकर्ताहरुलाई प्रदेश सरकार र स्थानीय तहहरूले आकर्षित गर्नुपर्दछ। अब निजी क्षेत्रको धेरै जसो लगानी औद्योगिक क्षेत्रतर्फ हुनु जरुरी छ। यसको लागि औद्योगिक क्षेत्रहरू र औद्योगिक ग्रामहरूको व्यवस्था गर्दै सरकारले कर र अनुदान नीति मार्फत निजी क्षेत्रको लगानीलाई प्रेरित गर्नुपर्ने देखिन्छ।

(ख) जनमुखी र परिणाममुखी निजामती प्रशासन 
निजी लगानी प्रवर्द्धन गर्न र सरकारीसेवा सहज ढंगले जनसमक्ष पुर्‍याउन निजामती प्रशासन जनमुखी र परिणाममुखी हुनुपर्दछ। यसका लागि प्रक्रियागत सरलीकरण, जिम्मेवारी र उतरदायित्व वहन, सरकारी सेवा जनतासमक्ष पुराउने तत्परता र नतिजामुखी विकास प्रशासन सुनिश्चित गर्नु आवश्यक हुन्छ। पुँजीगत खर्च गर्न नसकेर उत्पादन क्षमता बढ्न नसकिरहेको हालको चुनौतीलाई सामना गर्न समयोचित र व्यापक सुधार गर्नु आवश्यक छ। पूर्वाधार विकास आयोजनाहरुको व्यवस्थापनमा थुप्रै सुधारहरू गर्नुपर्ने खाँचो छ। यसको लागि सरकारी कर्मचारीको क्षमता विकास र क्षमतावान कर्मचारीको व्यवस्थापन आवश्यक छ।   

(ग) डिजिटाइजेशन र उत्पादकत्व अभिवृद्धि
डिजिटल प्रविधिको प्रयोगलाई विस्तार गरी छिटो छरितो ढंगले कार्य सम्पादन गरी उत्पादकत्व बढाउनु पर्ने छ। उत्पादकत्व बढेमा मात्र हाम्रो प्रतिव्यक्ति आय बढ्ने र आर्थिक वृद्धिदर उच्च हुने हुन्छ। डिजिटाइजेशनको लागि आवश्यक पूर्वाधारको व्यवस्था गरी यसको प्रयोग बढाउन प्रोत्साहनको व्यवस्था गर्नुपर्ने छ।

यसबाट सिर्जना हुन सक्ने जोखिमको लागि चनाखो हुनुपर्ने आवश्यकता छ। सूचना प्रविधिसँग सम्बन्धित उद्योगहरू प्रर्वद्धन गर्न सकिएमा नेपाल जस्तो भूपरिवेष्ठित देशले विश्व बजारमा निर्यात गर्ने प्रतिष्पर्धी क्षमता बनाउन सक्छ। डिजिटाइजेशनलाई प्रयोग गरेर वित्तीय पहुँच अभिवृद्धि गर्दै समावेशी वित्तीय व्यस्था र समावेशी आर्थिक वृद्धितर्फ लाग्नु अबको वित्तीय क्षेत्र सुधारको विषय बन्नुपर्दछ। सरकारी कामकाजहरू पनि थप डिजिटाइज गर्दै उत्पादकत्व अभिवृद्धि गर्नुपर्दछ।

(घ) निजी क्षेत्रको क्षमता विकास
विगतमा निजी क्षेत्रसँग धेरै ठूलो अपेक्षा गर्‍यौं। तर नेपालको निजी क्षेत्रसँग पर्याप्त क्षमता नहुँदा अवसरहरूको उपयोग गर्न सकेनौँ। यसले गर्दा नेपाल वाह्य उत्पादनको उपभोग बजारको रूपमा परिणत भयो। आन्तरिक उत्पादन र रोजगारी बढ्न सकेन। त्यसैले सार्वजनिक निजी साझेदारीमा निजी क्षेत्रको क्षमता विकास गर्न पर्याप्त ध्यान दिनुपर्ने देख्छु। निजी क्षेत्रसँग पर्याप्त क्षमता नहुँदा उपलब्ध सम्भावनाहरू सदुपयोग हुन सकेका छैनन्। अधिकांश निजी क्षेत्रका गतिविधिहरू परम्परागत र निर्वाहमुखी प्रवृतिका रहेका छन्, आधुनिक र संस्थागत संस्कृतिको पर्याप्त विकास भएको छैन। 

निजी क्षेत्रको क्षमताको अभाव र व्यसायिकता नहुँदा सार्वजनिक निर्माणका काम समयमा गुणस्तरीय ढंगले सम्पन्न हुन सकेका छैनन्। अर्थतन्त्र गतिशील बन्न निजी क्षेत्र पनि क्षमतावान र गतिशील बन्नै पर्दछ। मुलुकको आर्थिक विकासलाई गतिशील ढंगले अघि बढाउन निजी क्षेत्रको क्षमता विकासमा जोड दिनु आवश्यक छ। सार्वजनिक र निजी क्षेत्र बीचको सहकार्यलाई बढावा दिन जरुरी छ। सरकारले निजी क्षेत्रको विकासमा सहयोग, संरक्षण र प्रोत्साहन गर्नुपर्दछ। 

(ङ) गरिबी निवारण र सन्तुलित विकास
नेपालमा निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसंख्या घट्दै गएको छ। कोभिड– १९ का कारणले यसमा केही बाधा सिर्जना भएको छ। अझै पनि ठूलै संख्यामा मानिसहरू निरपेक्ष गरिबीको रेखामुनि छन् भने बहुआयामिक गरिबीको दर झण्डै ३० प्रतिशत रहेको छ। त्यो पनि प्रदेश अनुसार फरक–फरक छ। गरिबीको सवालमा प्रदेश २, कर्णाली र सुदूरपश्चिम प्रदेशको अवस्था कमजोर रहेको छ। गरिबीको रेखामुनि रहेका व्यक्ति, परिवार र स्थानहरू लक्षित गरी गरिबी निवारणका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता छ। यसका लागि स्थानीय तह अझ बढी सक्रिय हुनुपर्ने जरुरी छ। गरिबीको गहनता बढी भएको क्षेत्रमा बढी केन्द्रित भै आर्थिक विकासमा सन्तुलन ल्याउनु पर्नेछ। अति विपन्न, असहाय व्यक्तिहरूलाई सरकारले आर्थिक सहयोग गर्दै सवै नेपालीलाई कम्तीमा गाँस, बाँस र कपासको सुनिश्चता कायम गर्ने गरी सुधारका कार्य अगाडि बढाउनु पर्नेछ।

(च) सार्वजनिक शिक्षा र स्वास्थ्यको गुणस्तरमा सुधार
क्षमतावान मानव पुँजी निर्माण गर्न गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध हुनु पर्दछ। नेपालमा खासगरी सार्वजनिक शिक्षा र स्वास्थ्य सेवाको संख्यात्मक विस्तार उल्लेख्य भएको छ। तर, गुणस्तर कमजोर छ। अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनतर्फ हामी लाग्नु पर्दछ। गुणस्तरीय स्वास्थ्य सेवामा सहजढंगले पहुँज पुग्नुपर्दछ। सबै वर्ग र समुदायका व्यक्तिहरूलाई स्वास्थ्य सुविधा उपलब्ध हुनुपर्दछ। उपत्यका बाहिर पनि विशिष्टकृत स्वास्थ्य सेवा उपलब्ध हुने व्यवस्था हुनु जरुरी छ।

(छ) कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण
नेपालको कृषि क्षेत्र अझै परम्परागत र निर्वाहमुखी रहेको छ। अबको आर्थिक सुधारमा यसलाई आधुनिकीकरण र व्यवसायीकरण गरेर पढेलेखेका युवाहरूलाई आकर्षित गरी यस क्षेत्रको उत्पादकत्व वृद्धि गर्नुपर्ने रहेको छ। सामुहिक रुपमा विशिष्टकृत ढंगले कृषिकार्य गर्न जरुरी छ। यसको लागि सहकारीहरूले गहन भूमिका खेल्न सक्छन्। उत्पादनदेखि बजारीकरणसम्म कृषि क्षेत्रमा सुधार गरेर कृषि कार्यलाई नाफायोग्य व्यवसायको रुपमा परिवर्तन गर्नु आवश्यक छ। भौगोलिक विविधता अनुसार विविध प्रकारका कृषि उपजहरू उत्पादन गर्न सकिने अवस्था छ। उच्च मूल्य पर्ने कृषि वस्तुहरूको उत्पादन र कृषिमा आधारित उद्योगहरू स्थापनामा गरी कृषि उपजको आयात प्रतिस्थापन गर्नेतर्फ लाग्नु पर्नेछ।

(ज) औद्योगिकीकरण गर्दै व्यापार घाटामा सुधार
उच्च आर्थिक वृद्धि र रोजगारी सिर्जनाको लागि औद्योगिकरणको हुनु आवश्यक हुन्छ। नेपालमा औद्योगिकरणले गति लिन सकेको छैन। खुला आयातको परिवेश तर लामो समयसम्मको आन्तरिक द्वन्द्व, ऊर्जा संकट र कमजोर औद्योगिक सम्बन्धले गर्दा नेपालमा औद्योगिकरणले गति लिन सकेको छैन। तर, अहिले द्वन्द्व व्यवस्थापन भएको, उर्जा उपलब्धता बढेको र औद्योगिक सम्बन्धमा सुधार भएको परिवेशमा छनोटपूर्ण ढंगले औद्योगिकरण गर्न सकिन्छ।

आन्तरिक खपतमा केन्द्रीत हुँदै क्रमशः निर्यात क्षमता वृद्धि गर्ने गरी औद्योगिकरण गर्नु आवश्यक छ। साथै, नेपालमा उपलब्ध प्राकृतिक साधनको उपयोग गर्ने गरी औद्योगिकरण गर्न सक्ने प्रशस्त सम्भावना रहेको छ। औद्योगिकरणको लागि सरकारले सहजीकरण गर्न र उद्योगहरूमा आमजनताको सहभागिता अभिवृद्धि गर्न आवश्यक छ। पब्लिक लिमिटेड कम्पनीहरू स्थापनाको लागि प्रोत्साहन दिइ संस्थागत संस्कृतिको विकास गर्ने र जोखिम विविधिकरणतर्फ लाग्नुपर्ने देखिएको छ। सफल औद्योगिकीकरणले निर्यात प्रर्वद्धन तथा आयात प्रतिस्थापन गर्न सहयोग गरी व्यापार घाटा न्यूनीकरण गर्न र आन्तरिक रोजगारी सिर्जनामा सहयोग पुग्न जान्छ।

(झ) सार्वजनिक यातायात सेवाको आधुनिकीकरण 
नेपालमा आधुनिक बन्न नसकेको क्षेत्रमा कृषि पछि सार्वजनिक यातायात पर्दछ। अझ सहरी यातायात सहज, सुलभ र आधुनिक छैन। हाल सार्वजनिक यातायातमा संलग्न निजी क्षेत्र र सरकारी क्षेत्र मिलेर पब्लिक लिमिटेड कम्पनीको रूपमा सार्वजनिक यातायात सेवा प्रदान गर्ने व्यवस्था गर्नु उपयुक्त हुने देखिन्छ। आधुनिक प्रविधिको प्रयोग गरेर सहज, सुलभ र मर्यादित सार्वजनिक यातायात सेवाको व्यवस्था गर्नु आवश्यक छ।

भौतिक पूर्वाधारको मेरुदण्डको रुपमा मानिने सडकहरू रणनीतिक ढंगले विकास र विस्तार गर्नुपर्दछ। मुख्य शहरी क्षेत्रहरूबीचको आवातजावात गर्न लाग्ने समय घटाउने गरी द्रुत मार्गको रुपमा विकास गर्ने, जथाभावी सडकहरू निर्माण गर्नुभन्दा उत्पादन केन्द्रित ढंगले सडकको पहुँच पुर्‍याउने र सडक लगायतका अन्य भौतिक सुविधा पुगेको ठाँउमा एकिकृत वस्ती विकास गरी व्यवस्थित शहरीकरणतर्फ लाग्नु पर्ने देखिन्छ।

(ञ) सार्वजनिक संस्थानहरूको सुधार
विगतमा केही सार्वजनिक संस्थानहरू निजीकरण गरिए पनि परिणाम सन्तोषजनक रहेन। तत्काललाई निजी क्षेत्रले गर्न सक्ने काममा सरकारी क्षेत्र संलग्न नहुनु नै उपयुक्त हुन्छ। तर, एकाधिकार कायम हुने र रणनीतिक संस्थानहरूको संचालनमा सरकारको संलग्नता हुनुपर्ने हुन्छ। तर, यसलाई पनि धेरै जनताहरूले स्वामित्व लिने गरी पब्लिक लिमिटेड कम्पनीको रुपमा रूपान्तरण गरी व्यवसायिक ढंगबाट सञ्चालन गर्नु उपयुक्त हुने देख्दछु। वर्तमान समयमा संचालन गर्न नसकिने र आवश्यकता नभएका सार्वजनिक संस्थानहरू बन्द गर्ने र संचालनमा नआएका सार्वजनिक संस्थानहरूको घर जग्गा जस्ता भौतिक सम्पतिहरू उचित ढंगले सार्वजनिक हितको लागि सदुपयोग गर्नु आवश्यक छ।

 (ट) अनौपचारिक क्षेत्रको औपचारिकीकरण
नेपालमा अधिकांश आर्थिक गतिविधि अनौपचारिक छ। केन्द्रीय तथ्याङ्क विभागले गरेको आर्थिक गणनाले करीब आधा जसो व्यवसायहरू अनौपचारिक क्षेत्रमा रहेका छन्। यसले गर्दा यिनीहरूले सरकारले दिने सेवासुविधाहरू प्राप्त गर्न सकेका छैनन। स्थानीय तहको सक्रियतामा यस्ता व्यवसायहरूलाई औपचारिक क्षेत्रमा ल्याई यिनीहरूको क्षमता अभिवृद्धि गर्नतर्फ लाग्नु पर्नेछ। निर्वाहमुखी ढंगले सञ्चालित यस्ता व्यवसायहरूको क्षमता विकास गरी औपचारिक बनाई आधुनिकीकरण गर्नुपर्दछ।

(ठ) रोजगारीको सुनिश्चितता र समन्यायिक विकास
गरिबी निवारण र जनजीविकाको लागि रोजगारी सुनिश्चता हुनु आवश्यक छ। नेपालको संविधानले रोजगारीको हकको व्यवस्था गरेको छ। मानिसहरूको क्षमता विकास गरी स्वदेशमा उपलब्ध रोजगारीमा संलग्न हुने र उद्यमशीलता विकास गरी स्वरोजगार हुने व्यवस्था गर्नुपर्ने आवश्यकता छ। साथै, असमानता बढ्दै जाँदा सामाजिक असन्तोष बढ्नेतर्फ पर्याप्त ध्यान दिइ समन्यायिक ढंगले आर्थिक विकास गर्नुपर्ने खाँचो छ। संयुक्त राष्ट्र संघले पारित गरेको दिगो विकासको लक्ष्यले मार्गदर्शन गरेको समावेशी आर्थिक वृद्धि गर्दै सबै खालका गरिबी र असमानता हटाई कोही नछुटने गरी समन्यायिक विकास तर्फ अग्रसर हुने गरी आर्थिक सुधार गर्नुपर्ने छ।

हाम्रो सामु माथि उल्लेखित आर्थिक सुधारका कार्यक्रमहरू लागु गर्दै समावेशी ढंगले उच्च आर्थिक वृद्धि हुने गरी अघि बढ्ने दायित्व छ।

यसो गर्दा नेपाल अति कम विकसित देशबाट  विकासोन्मुख देशमा परिणत हुन र सन् २०३० सम्म दिगो विकासको लक्ष्य हासिल गर्न सम्भव भै नेपालको संविधानले परिलक्षित गरे अनुसार समृद्धि हासिल हुने अपेक्षा गर्न सकिन्छ। यसतर्फ सम्पूर्ण सरोकारवाला व्यक्ति तथा संस्थाहरुलाई छलफल तथा बहसमा सहभागी हुन पनि आग्रह गर्दछु।

(नेपाल आर्थिक पत्रकार समाजको वार्षिक प्रकाशन 'अर्थनीति'मा प्रकाशित अर्थमन्त्री पौडेलकाे विचार)
 

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७  १३:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण
केन्द्रीय समितिमा उपप्रधानमन्त्री सिंहले भने- यही गठबन्धनलाई निरन्तरता दिनुपर्छ
११ हजार भोल्टको तार चुँडिएर करेन्ट लाग्दा महोत्तरीमा कलभर्ट निर्माण गरिरहेका मजदुरको मृत्यु
सम्बन्धित सामग्री
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ ।  विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय... बुधबार, असार ११, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
केन्द्रीय समितिमा उपप्रधानमन्त्री सिंहले भने- यही गठबन्धनलाई निरन्तरता दिनुपर्छ आइतबार, असार २२, २०८२
११ हजार भोल्टको तार चुँडिएर करेन्ट लाग्दा महोत्तरीमा कलभर्ट निर्माण गरिरहेका मजदुरको मृत्यु आइतबार, असार २२, २०८२
सिमकोट अब राष्ट्रिय सडक सञ्जालमा जोडियो, हुम्ला पुगेर प्रधानमन्त्रीले गरे बेलिब्रिज उद्घाटन आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्