काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा भैरवी भूगोलको कविता प्रथम हुन सफल भएको छ। नुवाकोटकी कवि भूगोलको 'नेपालको गीत' शीर्षकको कविता पहिलो बनेको हो।
यसैगरी लमजुङका कवि प्रज्वल अधिकारीको 'संकल्प' शीर्षकको कविता दोस्रो भएको छ। तृतीय पुरस्कार भने तीन जना कविले हात पारेका छन्।
सोलुखुम्बुका कवि गणेशप्रसाद खतिवडाको 'आमाको आदेश', दोलखाकी देवकी अभिलाषीको 'आमा : एक विश्वविद्यालय' र तेह्रथुमकी रेजिना आपगाईंको 'समृद्ध नेपालको सपना' तृतीय भएका हुन्।
सोमबार प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको कार्यक्रममा छानिएका केही कविता सम्बन्धित कवि/कवयित्रीले वाचन गरेका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।