• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
सन्तानको सम्झनामा लेखकद्वय मदनमणि र मनुजबाबु
64x64
नेपाल लाइभ मंगलबार, पुस १४, २०७७  २१:५९
1140x725

पोखरा- लेखकहरू मदनमणि दीक्षित र मनुजबाबु मिश्रमाथि लेखक इल्या भट्टराई र चित्रकार रोशन मिश्रले आफ्नो बाल्यकाल र सीर्जनात्मक जीवनसँग जोडिएका अनुभूति साटेका छन्। नेपाल लिटरेचर फेस्टिभलको पहिलो दिनमा 'सम्झनामा असाधारण लेखक' सत्रमा पिताहरूबारे सन्तानले सम्झना गरेका हुन्। स्वर्गीय लेखकद्वयका सन्तान रहेका इल्या र रोशनले आआफ्ना पिताले कला, साहित्य एवं लेखकको क्षेत्रमा पुर्या‍एको विषयमा चर्चा गरेका थिए। 

इल्या भट्टराईले बुवा मदनमणि दीक्षितको पुर्खाको इतिहासबारे बखान गर्दै आफ्नो कुरा राखेकी थिइन्। कसरी मदणमणिका जिजुबुवा शिरोमणी आचार्य पढ्का लागि बनारस पुगे र कसरी दीक्षा धारण गरेर उनीहरू दीक्षित बन्न पुगे भन्ने बारे बताएकी थिइन्।  

‘जिजुबुवाकी आमाले आफ्नो छोरा पढोस् भन्ने उद्देश्यले बनारस लिएर जानु भएको थियो। त्यहाँ आमाले चाहे जसरी पढेपछि दीक्षा प्राप्त गर्नुभयो र हाम्रो पुर्खा आचार्यबाट दीक्षित बन्न पुग्यो’, इल्या भट्टराईले भनिन्, ‘त्यही पदवी हाम्रो थर बन्यो। र, मदनमणि दीक्षितकी छोरी हुँ भन्दा गर्व महसुस हुन्छ।’ 

उनले दीक्षितको साहित्य लेखनको आधार प्रेमपत्र भएको बताइन्। दीक्षितले आफ्नो एकतर्फी प्रेमिकाका लागि लेखेको ७ वटा पत्रनै बुवाको साहित्यिक लेखनको थालनी भएको सुनाएकी हुन्। भलै, ती पत्र दीक्षितले कहिल्यै पनि आफूलाई मन परेकी युवतीलाई दिन भने सकेका रहेनछन्। तीनै पत्र पछि इल्या भट्टराईकी आमा अर्थात् दीक्षितकी श्रीमती रीताले प्राप्त गरिन्। ‘ती पत्रका कारण हाम्रो घरमा हंगामा नै भएको थियो। तर, ती पत्र लेखेकै कारण बुवाको झुकाव साहित्यमा पनि रहन पुग्यो’, उनले भनिन्। 

त्यस्तै मदनमणिको राजनीतिक जीवन बारे पनि उनले चर्चा गरेकी थिइन्। राजनीतिले आफ्ना बुवालाई निकै माथि पुर्‍याएको तर कहिल्यै ‘नेता’ प्रवृत्ती हावी नभएको उनको तर्क रह्यो। भनिन्,’राजनीतिमा लाग्नुभयो। त्यसका कारण परिवारबाट टाढा रहनु भयो। छोराछोरी कति कक्षामा पढ्छन् भन्ने कुराको समेत जानकार हुनुन्थेन।’ 

इल्याले आफ्ना बुवाको फोटोग्राफीको कुशलताबारे पनि कार्यक्रममा बोलिन्। कसैले उपहार दिएको सानो क्यामेराले फोटो खिच्न थालेका मदनमणिको फोटोग्राफीप्रतिको मोह समयसँगै बढ्दै गयो। भनिन्,’उहाँले खिचेक उत्कृष्ट फोटोहरू आज पनि छन्। तीनले बेग्लै कलात्मक महत्व राख्छ।’ 

पत्रकारितामा पनि अब्बल ठहरिएका मदनमणि दीक्षितबारे भट्टराईले भनिन्,’पीताजीका लेखहरू अझै पनि चर्चामा छन्। उहाँले लेख्नुभएका समीक्षाहरूलाई त्यस समय देखि नै बौद्दिक वर्गको खुराक मानिन्छ।’  

धेरै क्षेत्रमा सक्रिय रहेका कारण आफ्ना बुवाले छोराछोरीलाई आवश्यक समय नदिएकोमा गुनासो गरिन्। भलै समयको हिसाबमा निकै कम क्षण बुवासँग बिताए पनि उनले घरमा सिर्जना गरेको वातावरणकै कारण आफू लेख्न र पढ्न प्रेरित भएको उनको कुरा छ। भनिन्, ‘उहाँले दिनुभएको माया र छायाले प्रत्यक्ष रुपमा नभए पनि प्रभाव पारेको छ।’ 

भट्टराईले मदनमणिले भारतीय नागरिक बन्नुपर्ने डरले विद्यावारिधी छाडेर नेपाल फर्किएको प्रसङ्ग सुनाइन्। जसका कारण उनी वीरगंजको एक विद्यालयमा ‘हेडमास्टर’ बने र जीवनभर मास्टर साहबको नामले चिनिए। 

त्यस्तै कलाकार एवं लेखक मनुजबाबु मिश्रबारे बोले कलकार रोशन मिश्र। उनले बुवाको कलात्मक चेत र असाधारण व्यक्तित्वबारे चर्चा गरे। करिव ३ दशक घरभित्रै बसेर चित्रकला र लेखनमा समय बिताएका मनुजबावुसँग सबैभन्दा धेरै समय बिताएको सन्तानका रुपमा चिनाए आफैलाई। ‘त्यसैले पनि बुवाका थुप्रै अस्वभाविक व्यवहार र जीवनशैलीलाई नजिकबाट देख्न पाएँ’, रोशनले भने। 

मनुजबाबुले हरेक विहान उठेर आफ्नो स्टूडियोको ऐनामा हेर्दै आफ्नै चित्र कोर्ने रोचक प्रसङ्ग जोडेका थिए रोशनले। ती चित्रकलाहरूमा कहिले चाउरिएको गाला देखिन्थ्यो त कहिले कान। त्यस्तै उनले आफ्नो हरेक जन्मदिनमा आफ्नै चित्र कोर्ने र त्यसमा शुभकामना सन्देश लेख्ने गरेकोबारे जानकारी दिए। ८३ औं वसन्त पार गर्नुअघि भने उनले जन्मदिन आउनुभन्दा दुई साता अगावै चित्र कोरेर आफ्नै लागि सन्देश कोरेका रहेछन्। भने,’त्यो वर्ष अगाडि नै जन्मदिनमा गर्ने कर्म पूरा गर्नुभयो। हामी पनि अचम्मित भयौं। त्यही चित्र उहाँको अन्तिम कला बन्यो। आफूलाई नास्तिक बताउने मिश्रका चित्रकलाहरूमा भने देवताहरूको अनेक स्वरुप देख्न पाउने रोशनले बताए। 

‘उहाँको अन्तिम चित्रमा गणेश देख्न सकिन्छ। हरेक कुराको शुभारम्भमा गणेश राखिन्छ। तर त्यो त अन्त्य अघिको चित्र थियो,’ उनले भने। रोशनले बुवाले आफूलाई आवश्यक सामाग्री आफ्ना वरपर उपलब्ध वस्तुहरूको प्रयोगमा बनाउने र त्यसलाई कलात्मक रुप दिने खुबीको प्रशंसा गरे। भने, ‘बुवाका कलामा वैज्ञानिक डिजाइन हुन्थ्यो।’ 

दैनिक बाह्र घण्टा स्टुडियोको कुनामा बसेर बिताउने, कपाल पनि आफै काट्ने, अस्वस्थताका बाबजुद ट्याक्सी लिएर कहिले मेलम्ची त कहिले कलंकी बाइपास घुम्ने मिश्रका अनेक रहरहरू बारे खुलाए रोशनले। भने, ‘बुवा आमा र मोनालिसा दुवैको चित्र आँखा चिम्लिएर बनाउन सक्नुहुन्थ्यो। त्यसैले उहाँले कोर्नुभएका मोनालिसाका चित्रहरूमा मेरी आमाले लगाउने धोती र गहना हुन्थे।’ 

मिश्रले ५०–६० जना कलात्मक हस्तीहरूको चित्र बनाएको स्केचबुकबारे पनि रोशनले खुलाएका छन्। जसमा मदनमणि दीक्षितसहित नारायण गोपाल, पारिजात, गोपाल योन्जन, लैनसिंह बाङ्देललगायतको चित्र र मिश्रकोसँगै उनीहरूको पनि हस्ताक्षर रहेको बताएका छन्। ‘मलाई लाग्छ बुवाको जीवनको निकै महत्वपूर्ण कामहरूमध्य यो एक हो’, रोशनले भने।

प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७  २१:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
नेपाल लाइभ समाचार, असार 23 #live
सम्बन्धित सामग्री
आख्यानकार विजय हितानको कृतिलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार शुक्रबार काठमाडौँमा आयोजित एक समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति , प्रसिद्ध कवि वैरागी काइँलाले सो पुरस्कार कृतिकार वि... शनिबार, जेठ २४, २०८२
जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित लोकार्पण कार्यक्रममा लेखक प्रसाईंले आफ्नो १० वर्षे लेखन यात्राको अनुभव पनि सुनाए । १० वर्ष पहिले नेपालयबाटै प्रकाशन भएको उनको ‘जीवन... सोमबार, वैशाख २९, २०८२
नादसँग झङ्कृत हुँदा यस खण्ड अन्तर्गत रहेर शायरले शेरको वर्षा गराउनु भएको देखिन्छ।’अभ्यासले नै अभ्यस्त हुने हो’ भन्ने कुरा यस खण्डमा देख्न सकिन्छ। शनिबार, वैशाख २७, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्