• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार २६, २०८२ Thu, Jul 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
सशस्त्रमा डिआइजी बढुवा गर्दा एक पद रिक्त किन? माघदेखि २ मात्रै एआइजी
64x64
नारायण अधिकारी शनिबार, पुस १८, २०७७  ०९:००
1140x725

काठमाडौं– गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिले बिहीबार सशस्त्रका ६ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)लाई डिआइजी बढुवाका लागि सिफारिस गर्‍यो। 

सशस्त्रमा रिक्त डिआइजीको संख्या ७ थियो। जसका लागि दर्जनभन्दा बढी एसएसपी प्रतिस्पर्धी थिए। तर दर्जनौं एसएसपी प्रतिस्पर्धी भए पनि एक पद रिक्त राख्दै गृहमन्त्रालयले ६ जना एसएसपीलाई मात्रै डिआइजी बढुवाका लागि सिफारिस गर्‍यो। 

बढुवा समितिले कमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार खत्री, शम्भु सुवेदी, दुर्गाप्रसाद भट्टराई र कुलबहादुर नेम्बाङलाई डिआइजीका सिफारिस गरेको छ।

तर डिआइजी बढुवाका लागि उनीहरुसँगै कालीदास धौबजी र कुमार न्यौपाने, विदुर खड्का, प्रदीपकुमार पाल, भेषबहादुर शाह, लक्ष्मणबहादुर सिंह, कृष्णराज पाठक, प्रेमराज पोखरेल, इन्द्रराज कार्की, शान्तिकुमार कार्की, जयबहादुर खड्का, नेत्रकुमार खत्री र प्रकाश श्रेष्ठलगायत एसएसपी प्रतिस्पर्धी थिए।

अहिले बढुवा सिफारिसमा भएका ६ जना २०७३ र २०७४ सालमा एसएसपी भएकाहरु छन्। बढुवामा छुटेकाहरु भने २०७५ सालमा एसएसपी भएकाहरु हुन्। प्रतिस्पर्धी नै दर्जनौं भएको अवस्थामा एक पद रिक्त राख्दै बढुवा किन गरियो ? यो प्रश्न निकै पेचिलो छ ।

सशस्त्र प्रहरी स्रोत भन्छ, ‘अहिले सात जना नै बढुवा गर्दा एक एसएसपी २०७५ मा बढुवा भएको ब्याचबाट ल्याउनु पर्ने हुन्छ। २०७५ बाट बढुवा गर्दा दाबेदार एसएसपी भने केही दिनमै अनिवार्य अवकाशमा जाँदैछन् । बढुवा भएको १५ दिनमै अवकाशमा जाने भएपछि एक पद रिक्त राखेरै बढुवा गरिएको हो।’

२०७५ मा बढुवा भएका झण्डै दर्जन एसएसपीहरु पुस मसान्तमा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाँदैछन्। अहिले बढुवा गरेको अवस्थामा १५ दिनमै अवकाशमा जाने भएपछि  १५ दिनका लागि डिआइजीको फुली नदिइएको प्रहरी स्रोतको तर्क छ।

डिआइजीभन्दा माथि जाने अवस्था पनि रहँदैन र करिअरमा समेत असर नपर्ने भएकाले एक पद रिक्त राखेरै बढुवा गरिएको सशस्त्रको तर्क छ।

तर डिआइजी बढुवाको दाबेदारमै रहेका केही प्रहरी अधिकारी भने यो तर्कसँग सहमत छैनन्। दरबन्दी नै रिक्त राखेर बढुवा गर्नुले प्रतिस्पर्धी एसएसपीलाई न्याय नगरेको उनको तर्क छ। ‘१५ दिनका लागि बढुवा नगरिएको हो भने १५ दिनपछि अवकाशमा नजाने एसएससपी पनि डिआइजीको प्रतिस्पर्धामा थिए। उनीहरुबाट पनि डिआइजी बढुवा गर्न सकिन्थ्यो। तर यसरी बढुवा गर्दा भावी आइजीको एकल दाबेदार हुने भएकाले दरबन्दी नै रिक्त राखेर बढुवा गरिएको हो। यो राम्रो नजिर होइन’ एक बहालवाला एसएसपी नेपाल लाइभसँग भने।

सेवा अवधि लम्ब्याउन अन्तिम कसरत
सशस्त्रका दुई डिआइजी खड्ग राई र मन्दिप श्रेष्ठको माघमा डिआइजी भएको ४ वर्ष पुग्दैछ । डिआइजीको पदावधि ४ वर्ष भएकाले म्याद थप नभएको अवस्थामा उनीहरु अनिवार्य अवकाशमा जान्छन्।

चैतमा दुई एआइजी पुष्पराम केसी र रामशरण पौडलको पनि पनि म्याद थप नभएको अवस्थामा उनीहरु पनि अनिवार्य अवकाशमा जाँदैछन्। अनिवार्य अवकाशमा जान लागेका डिआइजी र एआइजीहरु भने आफ्नो सेवा अवधि लम्ब्याउन  अन्तिम कसरतमा लागेका छन्। एआइजी केसी र पौडलको म्याद थप नभएर आगामी चैतमा अवकाशमा गएको अवस्थामा दुई डिआइजीहरुलाई एआइजीमा बढुवा गर्नुपर्ने हुन्छ।

जसमा झण्डै एक वर्षअघि बढुवा भएका डिआइजी प्रवीण श्रेष्ठसँगै राजु अर्याल, नारायणदत्त पौडेल चन्द्रप्रकाश (सिपी) गौतम एआइजीका दाबेदार रहन्छन्। 

उनीहरुमध्ये श्रेष्ठ आइजी भएको अवस्थामा हाल बढुवाको सिफारिसमा परेकामध्ये कमल गिरी र गणेशबहादुर ठाडामगर आइजीका दाबेदार रहन्छन् । उनीहरुसँगै बढुवा भएका अन्य भने ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान्छन्।

राई र श्रेष्ठको म्याद थप नभएको र चैतमा दुई डिआइजी एआइजी भएपछि डिआइजीको रिक्त संख्या ५ पुग्छ। किनकि अहिले नै एक डिआइजीको पद रिक्त हुन्छ। रिक्त ५ डिआइजीका लागि २०७५ मा एसएसपी बनेकाहरुबाट प्रतिस्पर्धा हुन्छ।

फोर्समा एक दिन अघि मात्रै बढुवा हुनुले पनि सिनियर र चेन अफ कमाण्डमा ठूलो असर पर्ने हुन्छ । जसकारण भावी आइजीका लागि एकल दाबेदार बन्न सक्ने अवस्थालाई पनि मध्यनजर गरेर अहिले एक दरवन्दी रिक्त राखेर बढुवा गर्नु स्वाभाविक रहेको बहालवाला एक डिआइजी बताउँछन्।

माघदेखि २ मात्रै एआइजी
आउँदो माघदेखि सशस्त्र प्रहरी बलमा दुई मात्रै एआइजी रहनेछन्। गृहमन्त्रालयले यसअघि नै सशस्त्रमा दुई एआइजीको दरबन्दी कायम गरेको थियो । तर त्यसबेला नारायणबाबु थापा, पुष्पराम केसी र रामशरण पौडेल गरी तीन एआइजी थिए।

सेवा अवधि नसकिएसम्मका लागि तीन जना नै एआइजी यथावत रहने भनिएको थियो। ३० वर्षे सेवा अवधिका कारण पुस अन्तिममा एआइजी नारायणबाबु थापा अनिवार्य अवकाशमा जाँदैछन् । त्यसपछि माघदेखि भने सशस्त्रमा दुई मात्रै एआइजीको दरबन्दी कायम रहन्छ। सीमा सुरक्षा र मानव स्रोत विभागमा मात्रै एआइजीको दरबन्दी कायम गरिएको छ। अहिले सीमा सुरक्षामा रामशरण पौडल छन् भने मानव स्रोतमा पुष्पराम केसी छन् ।

विगतमा सशस्त्र प्रहरीमा ६ जनासम्म एआइजी थिए । कार्य, सीमा, अपरेशन, प्रशासन, प्राविधिक र एकेडेमीमा एआइजी प्रमुख रहन्थे । 

प्रकाशित मिति: शनिबार, पुस १८, २०७७  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
अवैध हतियारसहित युवक पक्राउ मंगलबार साँझ करिब ६ः३० बजे, सल्यान जिल्लाको कपुरकोट गाउँपालिका-३, फलाटे घर भई हाल दाङमा रहेको लोटस तालिम केन्द्रमा तालिम लिइरहेका १९... बुधबार, असार २५, २०८२
झापामा भारतीय नागरिक पेस्तोलसहित पक्राउ पक्राउ पर्नेमा पश्चिम बंगालको दार्जिलिङ घर भएका २५ वर्षीय प्रतीक अग्रवाल हुन्। बुधबार, असार २५, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ सोमबार बौद्धको नयाँबस्तीस्थित स्रोत नखुलेको आर्थिक कारोबार भइरहेको सूचनाको आधारमा खाेजी काराेबार गरेकै अवस्थामा उनलाई पक्राउ गरिएको... मंगलबार, असार २४, २०८२
ताजा समाचारसबै
माओवादीसहित १२ राजनीतिक घटकले शुक्रबार काठमाडौँमा जनप्रदर्शन गर्ने बुधबार, असार २५, २०८२
कोहलपुरमा तीन जना बालक स्कुलबाटै हराए, तीन दिनदेखि खोजी जारी बुधबार, असार २५, २०८२
कांग्रेस अनुशासन समितिले गर्‍यो १८ जनालाई निष्कासन, संस्थापनइतरको असहमति बुधबार, असार २५, २०८२
रसुवामा बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख दिने निर्णय बुधबार, असार २५, २०८२
रूसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका बुधबार, असार २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दिपक अर्याल नियुक्त बुधबार, असार २५, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्