• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ ६, २०८२ Tue, May 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च
खुल्यो त नाटकघर?
64x64
पुष्पा थपलिया मंगलबार, पुस २१, २०७७  १८:५४
1140x725

करिब नौ महिनासम्म अँध्यारो छाएको शिल्पी नाटकघरमा आइतबार प्रकाश छिर्‍यो। प्रकाश छिरेसँगै मञ्चमा ६ जना किशोरीहरु उभिएर एकालाप गरे। 

गरिब हुनुको पीडामा सुनिइन् कलाकार पवित्रा खड्का। उनले गरिब हुँदा अन्य मानिसले हेर्ने नजर र गर्ने व्यवहारबारे दुखेसो पोखिन्। रंगभेदको व्यथा पोखिन् कलाकार संगिता उराउले।  उनले कालो छाला र गोरो छालामा लुकेको अन्तरलाई देखाउने प्रयास गरिन्।्

'छोटो पहिरनले युवती बलात्कृत हुने सोच बोकेको नेपाली समाजमा कोक्राको बालिकालाई पनि लुछ्न किन छोडेन गिद्धले?' कलाकार सुमित्रा लामिछानेले प्रश्न सोधिन्। 

कलाकार नम्रता अर्यालले लिंगको आधारमा गरिने विभेदबारे आवाज उठाइन्। अर्यालले पुरुष भएकै कारण पाउने अवसर र महिला भएकै कारण गुमाएका रहरका बारेमा खुलस्त पारिन्। 

सुहाना आचार्य 'कसैलाई मोटी, कसैलाई दुब्ली भनेर हेप्न पाइन्छ?' भन्दै मानिसको शरीरलाई हेरेर बोलिने वाक्य र बडी सेमिङमाथि बम्किइन्। 

कलाकार साहिना भट्टराइले जातीय विभेदमा जकडिएको आधुनिक नेपाली समाजको भण्डाफोर गरिन्। मान्छे भएर मान्छेसँग चोखिनुपर्दाको नमिठो सत्यलाई प्रकाश पार्ने उनको कोशिस थियो। 

लामो समयसम्म बन्द नाटकलाई ब्युँताउन शिल्पी थियटरले पहिलो चरणको ट्रायलस्वरुप नाटक ‘६ पात्रको एकालाप’ मञ्चन गर्‍यो।

आइतबार बिहान १० बजेदेखि मञ्चित नाटक घिमिरे युवराजको लेखन तथा निर्देशनमा तयार भएको थियो। 

Ncell 2
Ncell 2

करिब ५० जनाले नाटक हेरे। स्वास्थ्य तथा सुरक्षालाई ध्यानमा राख्दै मञ्चित नाटक हेर्ने दर्शकले २५ प्रतिशतमात्रै ओगटेका थिए। सरकारको मापदण्डअनुसार मास्क, सेनिटाइजर र सामाजिक दूरी कायम गरेर नाटक मञ्चन गरियो। 

यसले नाटकघरको नौ महिने अन्धकारलाई थोरै भए पनि उज्यालो बनाएको बताए नाट्य लेखक तथा निर्देशक घिमिरे युजवराजले।  

रत्नराज्य क्याम्पसका विद्यार्थी र कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थीले पहिलो ट्रायल सो हेरे। यसबाट आएको प्रतिक्रियाअनुसार, नाटकघरलाई कसरी अगाडि बढाउने भन्ने छलफल गरिरहेको पनि युवराजले बताए। 

केही दिनमा अरु नाटकहरु पनि ट्रायल गर्ने बताउँदै उनले भने, 'अहिले त यसो के कसो छ भनेर चिहाएको मात्रै हो, पूर्ण रुपमा नाटकघर चल्न त ५ या ६ महिना अझै लाग्छ।'

मनोरञ्जन क्षेत्र चलायमान हुनु आजको आवश्यकता हो, युवराजले भने, मानिसहरुको मानसिक स्वास्थ्यका लागि पनि नाटकघर, फिल्म हल, चित्रकला प्रदर्शनी र सांगितिक महोत्सवलाई सरकारले प्राथमिकता दिनुपर्छ। 

मानिस भनेका अजिवका प्राणी हुन् भन्दै युवराज भन्छन्, 'सधैं घर र आफ्ना मान्छेसँग बस्दा हामी निसास्सिन्छौं र सास फेर्ने ठाउँ खोज्छौं। ब्रिदिङ स्पेस खोज्दै जाँदा सबैभन्दा उत्तम थलो भनेकै मनोरञ्जन क्षेत्र हुन्।’ 

देशमा साथीभाइ भेला भएर गफ गर्ने पब्लिक स्पेस् अर्थात् सार्वजनिक थलोको समेत अभाव भएको उनको भनाइ छ।

नाटकघरको वरपर हेर्दै उनले भने, ‘हामीले नाटकघरको चियापसल मात्रै खोले पनि साथीभाई आउने, गफगाफ गर्ने, छलफल गर्ने ठाउँ त भयो नि।’ 

उनले भने, ‘काठमाडौंमा एउटा मात्रै चिडियाघर छ। लामो समयपछि अहिले खुलेको छ। अन्य ठाउँको अभावले गर्दा मनोरञ्जनका लागि बच्चा लिएर जाने ठाउँ भनेको सबैका लागि त्यही एउटामात्रै भयो। यसले झनै भीडभाड बढ्ने र सरकारलाई थेग्न गाह्रो हुन्छ।’

त्यसो त पुस १९ गते आइतबार बसेको कोभिड रोकथाम उच्चस्तरीय समितिको बैठकले मनोरञ्जन क्षेत्रलाई पनि खोल्ने अनुमति दिएको छ। तर यो निर्णय आउनुपर्नेभन्दा निकै ढिला गरी आएको मनोरञ्जन क्षेत्रका मानिसहरु बताउँछन्। 

यही विषयमा युवराज भन्छन्, ‘हामीले नाटकघरलाई चलाउन निकै कोशिस गर्‍यौँ। नाटकको सबै अधिकार पाएको प्रज्ञा प्रतिष्ठानसँग तीन पटक बैठक बसे पनि कुनै नतिजा हात नलागेको पनि उनले बताए।  

‘राज्यको चरित्र खराब भयो,’ उनले भने, ‘प्रज्ञा प्रतिष्ठानसँग कुरा गर्दा संस्कृति मन्त्रालय जाऊ भन्छन्, मन्त्रालय गयो, प्रतिष्ठान जाऊ भन्छन् हामी यता न उताका भयौं।’ 

No description available.

६ पात्रको एकालाप नाटकका लेखक तथा निर्देशक घिमिरे युवराज।

महामारीको समयमा अभिभाकत्व ग्रहण गर्नुपर्ने संस्थाहरु नै बच्चा भएको उनको गुनासो गरे। 

सरकारले जानेदेखि, केही समयका लागि मनोरञ्जन क्षेत्रलाई लगानी गर्नुपर्ने पनि उनले बताए। उनले भने, ‘हामीसँग चित्रकारहरु छन्, उनीहरुलाई घुम्ने खर्चमात्रै दिएर चित्र बनाऊ भने पनि खुसी हुन्छन्।’ 

युवराजले सल्लाह दिँदै भने, ‘त्यस्ता पेन्टिङको एक्जिबिसन गर्दा मान्छेको मुहारमा सकारात्मक मुस्कान ल्याउँछ।' बीचमा रोकिँदै उनले भने, ‘हुन त सरकारले पेन्टिङ नै बुझ्दैन, के काम!’

सरकारको तर्फबाट केही सहयोग नपाए पनि उनिहरुले पहिलो लकडाउन सकिएदेखि नै नाट्य क्षेत्रका काम भने जारी राखिरहे। पाटनमा २ ओटा, माइतीघर मण्डलामा २ ओटा र बत्तिसपुतलीमा एउटा सडक नाटक शिल्पी थियटरले गरेको युवराजले बताए। उनले भने, ‘हामी नाटकका मान्छेहरुले त अभ्यास गरिरहनुपर्छ, लामो समयसम्म केही नगरी बस्यो भने त फेरि सुरुदेखि सुरु गर्नुपर्छ। 
सुरुदेखिका कुरा गर्दा उनको अनुहारको भावभंगी गम्भीर देखियो।’ उनले नाटकमा काम गर्ने कलाकारको चिन्ता गरे। 

नाटकमा काम गरेर पहिले पनि खान पुग्दैन थियो, उनीहरुले अरु क्षेत्रमा पनि काम गर्नुपर्थ्यो। युवराजले भने, ‘पहिले कोही रेडियोमा काम गर्थे, फिल्म खेल्थे र मिलाएर नाटकलाई समय दिन्थे। लकडाउनमा यी सबै क्षेत्रमा काम भएन। जसले गर्दा उनीहरू भोको हुनुपरेको बताउँदै युवराजले भने, ‘अझै पनि शिल्पीका ४ जना कलाकार गाउँमै छन्।’

काम नभएपछि अन्य संघसंस्थाले पनि सहयोग नगर्ने तितो यथार्थ सम्झँदै युवराजले भने, ‘हामीले प्रज्ञा प्रतिष्ठानलाई मिलेर सहकार्य गरौं, तिमी पनि पालिन्छौ हामीलाई पनि केही सहयोग हुन्छ भनेको मानेन।’ 

शिल्पी थियटर बाहेक अन्य थियटरले भने डिजिटल माध्यमलाई उपयोग गरिरहेका छन्।

प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७  १८:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
 नोरा फतेही नेपाल आउँदै जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध टुसालमा आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ मार्फत नोरा नेपाली दर्शकहरूलाई नचाउन आउन लागेकी हुन्। शनिबार, चैत २३, २०८१
जनकपुरधाममा आज पनि होलीको रौनक यस्तै, होली पर्वको अवसरमा जनकपुरको मिथिला नाट्य कला परिषद् (मिनाप) ले आयोजना गरेको महामुर्ख सम्मेलनको उपाधि मधेस प्रदेशका मुख्यमन्त्... शनिबार, चैत २, २०८१
ताजा समाचारसबै
सेयर बजारमा हरियाली मंगलबार, जेठ ६, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक मंगलबार, जेठ ६, २०८२
भूकम्पको धक्का महसुस मंगलबार, जेठ ६, २०८२
बागमती प्रदेशसभा बैठक सुरु मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
यूएईलाई पाँच विकेटले हराउँदै नेपाल विश्वकप ग्लोबल छनोटमा सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्