• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
64x64
पुष्पा थपलिया बुधबार, साउन २७, २०७८  १८:५५
1140x725

केटा : एउटा कुरो सुनेर आइयाछ
सुनेको थें, खेतालो चाइया छ। 
केटी : धेरै फूर्ति नलाउ भो हेर
माथि माथि हिँड्छौ रे जोतेर। 
केटा : घरमा आउन मैले आँट गरेँ
डल्ला फोर्ने काम बाँकी छ अरे।
केटी : मेरा बुढा आँटिलो थिए
बुढाले नै ठोकेर सक्दिए।

माथिको दोहोरी गीत प्रयास नेपाल नामको युट्युबमा च्यानलबाट प्रसारण गरिएको छ। जसको शीर्षकमा ‘पहिलो पटक गाए कलाकारले यस्तो छाडा दोहोरी’ लेखिएको छ। भिडियो सुरु हुनुभन्दा अघि भने यो दोहोरी कृषि पेशाप्रति लक्षित छ, अन्यथा नसोचिदिनुहोला लेखिएको छ।

अर्को उदाहरण हेरौं :
पहिलो केटा : हे बापतीका सन्तानहरुले गुमाका छन् होस
मेरो थारी बुढी ब्याउने भयो भने, तिम्लाई जान्छ दोष
त्यो दिन बसेछौ सँगै, सँगै हुँदा पार्‍यौ कि चंगै

दोस्रो केटा : तेरै बुढी छुम्ला मैले नपाएर अरु 
बाउ बन्ने रहर छ भने खेताला खोज् बरु
बाउ बन्ने भाग्यमा छैन, यस्ताले केही सोच्ने हैन

माथिको गीत भने दुई पुरुषहरु बीचको दोहोरी हो। यसलाई 'भाले दोहोरी'को नाम दिइएको छ। साथमा दुवैतिर महिला बसेका छन्। भिडियोको अन्त्यमा वकिल र मेयरले दाजुभाइको झगडा मिलाएका छन्। दुई पुरुषबीच सुन्नै नसकिने शब्दहरुमा दोहोरी परिरहेको छ। दोहोरीको झगडामा पाच्य नहुने शब्दको प्रयोग प्रसस्त मात्रामा छ। खुलदुली दोहोरी घरको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतलाई ‘भाले दोहोरी, अर्काका स्वास्नी नछाड्ने भालेहरु, नहाँसी सुखै छैन’ शीर्षक दिइएको छ। 

यी र यस्ता दर्जनौं दोहोरी युट्युबमा देख्न सकिन्छ। यस्ता गीतको भ्युज हेर्ने हो भने, लाखौंको अंकमा छन्। प्रतिक्रिया पनि त्यस्तै छन्। अधिकांशले ‘निकै रमाइलो, सन्देशमुलक, हाँसेर मर्न लागें’ जस्ता प्रतिक्रिया दिएका छन्।

यी र यस्ता दोहोरी सुन्ने हो भने, दुर्गेश थापाको तीज गीत खासै आपत्तिजनक लाग्दैन। उनले प्रयोग गरेको ‘ख्याँस्स पुतली’ शब्द स्थानीयस्तरमा प्रयोग भइरहने शब्द हो। यदि आपत्ति नै जनाउने हो भने, अरु गीतलाई पनि बहिस्कार गर्नुपर्ने बताउँछिन् लोक गायिका मीना खत्री।

खत्रीले भनिन्, ‘तीज गीतको छुट्टै लय थियो। गाउने तरिका पनि फरक थियो। पुरुषले तीज गीत गाउँदा विकृति आयो भन्ने समाजले त्यो पचाइसक्यो। समय परिवर्तन भएसँगै तीजका गीत पनि परिर्वतन भएका छन्।’

खत्रीका अनुसार नयाँ कुरामा बानी परेकाले पुराना कुरा हामीलाई अपच भएको हो। पहिले ‘ख्याँस्स पुतली’ जनजिब्रोको शब्द भएपनि अहिलेको समाजले त्यो शब्द पचाउन छाडेकाले अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ छ। 

गायिका खत्री भन्छिन्, ‘त्यस्ता छाडा दोहोरी गाउनेलाई प्रतिष्ठानले केही गरेको छैन। दुर्गेशलाई मात्रै बहिस्कार गर्ने अधिकार कसले दियो?’

विवादमा दुर्गेश मात्रै किन !
‘मलाई मात्रै लोक तथा दोहोरी गीत प्रष्तिष्ठानले बहिस्कार गर्‍यो, तर यो कुरा त मैले मेरा अग्रजबाटै सिकेको हो नि!’ दुर्गेशको दुखेसो छ। त्यसो त उनी यस्तै विवाद मच्चाएर चर्चामा आएका गायक हुन्। मोडल बन्न राजधानी छिरेका उनी ‘झुक्किएर’ बनेका गायक हुन्।

दुर्गेश, तिहारको समयमा ‘चिसो बियर’ बोलको गीत गाएर पुलिसको खोरमा समेत पुगेका थिए। तर, केही समय अघिमात्रै भाइरल बनेको ‘चिसो चिसो पानी झर्नाको, चढ्छ मज्जाले स्वाद अर्नाको’ गीतमा भने कुनै बन्देज लगाइएन। जुन गीतमा अर्ना नामको बियरको बोतल बोकेका लाखौं टिकटक भिडियो देख्न सकिन्छ।

अहिले पनि यतिधेरै छाडा दोहोरी गाउने कार्यक्रम खुलेआम चलिरहेको छ। तर, लोक तथा दोहोरी गीत प्रतिष्ठानको आँखा दुर्गेशको ‘ख्याँस्स पुतली’ शब्दमा मात्रै पर्नु रहस्यमय भएको बताउँछन्, लोक गायक कुशल थापा।

आफू मात्रै किन बहिस्कारमा भन्ने प्रश्न दुर्गेश स्वयंले पनि सामाजिक सञ्जालमार्फत् उठाएको उठायै छन्। उनले प्रयोग गरेको शब्दलाई आपत्ति मान्ने हो भने, अग्रजका धेरै गीतहरु छन् जसलाई बहिस्कारको सूचीमा राख्न जरुरी हुने दुर्गेशले भनेका छन्।

अहिले पनि अन्य कलाकारको आपत्तिजनक गीत बहिस्कार गरिन्छ भने, आफू पनि गीत युट्युबबाट हटाउन राजी भएको दुर्गेशले बताएका छन्। यति धेरै विवादमा परौंला भन्ने नसोचेको बताउँदै बहिस्कारमा पर्ने कुनै कारण नभएको उनको दाबी छ।

दुर्गेशले पहाडी भेगमा गाउने तीजको लयलाई समाएर, परिमार्जनसहित गीत निकाल्दै आएका छन्। उदाहरणका लागि पहिले आमाहरुको पालामा गाउने गीत यस्तो थियो :
अरु देशका नारीहरु पुगिसके चन्द्रमा
हाम्रा देशका नारीहरु मस्त निन्द्रामा
अंग्रेजीमा भन्दा रैछन् पानीलाई वाटर
नबुझेर दिएँ मैले काँचो कटहर

अहिले दुर्गेशले परिमार्जन गरेर बनाएको तीज गित यस्तो छ :
हाम्रा बाले पाका छोरी रकेट चढी चन्द्रमा
तेरा बाले पाका छोरी मस्त निन्द्रामा
पोहोर परार नाच्यौ दिदी रातो साडी उचाली
यो पालीको तीज बरै ख्याँस्स पुतली। 

राज्य र दर्शक जिम्मेवार
लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष गायक प्रजापति पराजुली, लोक तथा दोहोरी गीत प्रतिष्ठानसँग दुर्गेशलाई बहिस्कार गर्ने अधिकार नभएको बताउँछन्।

उनले भने, 'हामीले म अध्यक्ष भएकै समयमा राष्ट्रसँग लोक दोहोरीको सेन्सर गर्ने अधिकार मागेको थियाैं। त्यो बेलामा पनि लोक गीतमा विकृति विसंगति थिए। तर, राजयले त्यो अधिकार दिएन। अहिले पनि बहिस्कार गर्ने अधिकार प्रतिष्ठानलाई छैन।'

त्यसको अलवा, प्रतिष्ठान स्वयंले भने आजीवन सदस्यता दिन नमिल्ने गरेर सदस्यता रद्द गर्न भने पाउने उनको भनाइ छ। दुर्गेशका जस्ता गीत र अश्लील दोहोरी मौलाउनुको दोष भने दर्शक र राज्यलाई लगाउँछन्, गायक पराजुली।

आफैं निर्णायक रहेको कार्यक्रमको उदाहरण दिँदै उनले भने, 'नेपाल टेलिभिजनबाट दोहोरी च्याम्पियन भन्ने दोहोरी कार्यक्रम पनि आउँछ। त्यहाँ अश्लीलता भेट्टाउनुभएको छ भने भन्नुस्।'

दर्शकले आँखा अश्लीलतामा डुलाउने, च्यानलवाला पैसाको लोभमा छाडा दोहोरी हाल्ने साझेदारीकै कारण दोहोरीमा विकृति भित्रिएको उनको बुझाइ छ। यसको अलवा राज्यले पनि सेन्सर बोर्ड स्थापना गर्नुपर्नेमा पराजुलीको जोड छ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १८:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
जुर्मुरायो शिल्पी, के अब जाग्छन् त थिएटर?
सम्बन्धित सामग्री
कर्णबाघ प्रोडक्सनको ‘अन्त नसरे’गीत सार्वजनिक (भिडियो) बुधबार राजधानीमा आयोजित एक समारोहका बिच गीतको अडियो तथा भिडियो सार्वजनिक गरिएको हो । बिहीबार, असार ५, २०८२
ग्रिन्सबोरोको भव्य प्रस्तुतिसँगै नेपथ्यको अमेरिका यात्रा २०२५ पूरा उत्कर्षमा पुग्नै लाग्दा उनलाई  लाइभ गरिरहेर मात्र चित्त बुझेन र केही लाइन कोरेर पोस्ट गरे, ‘अमृत गुरुङ कवि, संगीतकार, गायक, फोटोग्रा... सोमबार, असार २, २०८२
ऐतिहासिक बन्यो सिकागोको पहिलो नेपथ्य साँझ मञ्चमा मुख्य गायक तथा अगुवा अमृत गुरुङलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
दैलेखबाहेकका १० ठाउँमा 'सम्भाव्य' पेट्रोलिअम भण्डार, तर यसकारण रोकियो अन्वेषण आइतबार, असार २२, २०८२
केन्द्रीय समितिमा उपप्रधानमन्त्री सिंहले भने- यही गठबन्धनलाई निरन्तरता दिनुपर्छ आइतबार, असार २२, २०८२
११ हजार भोल्टको तार चुँडिएर करेन्ट लाग्दा महोत्तरीमा कलभर्ट निर्माण गरिरहेका मजदुरको मृत्यु आइतबार, असार २२, २०८२
सिमकोट अब राष्ट्रिय सडक सञ्जालमा जोडियो, हुम्ला पुगेर प्रधानमन्त्रीले गरे बेलिब्रिज उद्घाटन आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्