हेटौँडा– बागमती प्रदेशसभा बैठक सुरु भएको छ। मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक २ घण्टा ढिला गरी सुरु भएको हो।
सत्तापक्ष र प्रतिपक्ष दल बिच सहमति हुन नसक्दा पटक पटक रोकिँदै आएको बैठक प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले 'कम्प्रमाइज' गरेपछि सुरु भएको हो।
विगतको सहमति कार्यान्वयनको माग गर्दै आएको प्रतिपक्ष दल तत्काल सरकारको नीति कार्यक्रम ल्याउन दिन तयार भएपछि बैठक सञ्चालन भएको हो।
प्रदेशसभाको आजको बैठकमा विशेष समयका साथै मुख्य महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन, समितिहरूबाट तयार भएका प्रतिवेदनहरू पेस हुने कार्यसूची रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।