• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार २६, २०८२ Thu, Jul 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान
अदालत भन्छ- 'जेलमा नराख्नू', जेलमै कोचिइरहेछन् ७७ वर्षीय बुद्धिनारायण
64x64
नारायण अधिकारी शुक्रबार, माघ ९, २०७७  १५:४३
1140x725

काठमाडौं- ७७ वर्षीय बयोवृद्ध बुद्धिनारायण डंगोल गएको भदौदेखि केन्द्रीय कारागार सुन्धारामा बन्दी जीवन बिताइरहेका छन्। तर उनी जेलमा राखिनुपर्ने व्यक्ति होइनन्। अदालतले नै उनलाई ‘जेलमा नराख्नू’ भन्ने आदेश दिइसकेको छ।

अदालतले जेलमा नराख्नू भन्दाभन्दै डंगोल किन ६ महिनादेखि जेल बस्नुपर्‍यो? यो प्रश्नको उत्तर जान्न ७ महिनाअघि फर्कनुपर्छ।

साउन १ गते बिहान अन्दाजी ७ बजे। स्थान- बुढानीलकण्ठ नगरपालिका-४, पासिकोट दुप्पा। एक बालिका बिस्कुट किन्न भनेर घरबाट पसल गइन्। तर, उनी लामो समयसम्म घर फर्किइनन्। बालिकका आफन्तले उनको खोजी सुरु गरे। पछि बालिका त भेटिइन् तर अर्धनग्न अवस्थामा।

बालिकाका अभिभावकले दिएको जाहेरीमा लेखिएको छ, ‘छोरी ७७ वर्षीय डंगोलको कोठामा अर्धनग्न अवस्थामा भेटिएकी थिइन्। खाटमाथि पल्टिएकी छोरीलाई डंगोलले हातपात गरिरहेका थिए।’

बालिका बलात्कृत भएको भनेर उनका अभिभावकले डंगोललाई प्रतिवादी बनाउँदै महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा त्यसबेला जाहेरी दिए। 

‘जस्ताले छाएको माटोको कच्ची घर। मुलढोका खुलै। घरको भित्तामा टाँसेर राखिएको बिस्तरा सहितको ४ खुट्टे खाट। खाटमा कपडा छरपस्ट। त्यही खाटमाथि एक बालिकालाई बुद्धिनारायण डंगोलले जबरजस्ती करणी गरेको पाइयो,’ प्रहरीले उनीविरुद्ध यस्तो अभियोगपत्र तयार पार्‍यो।

त्यसपछि मुद्दा प्रहरी काठमाडौं जिल्ला अदालत पुग्यो। अदालतमा बयानको क्रममा बालिकाका अभिभावकले भनेका थिए, ‘डंगोलले २० रुपैयाँ दिन्छु भनेर छोरीलाई आफ्नो घर लगेछन् र जबरजस्ती गरेछन्। छोरीले योनीमा घोचेको बताइन्।’

तर, वृद्ध डंगोलले आफूमाथि लागेको आरोप अस्वीकार गरिरहे। ८५० रुपैयाँ माग्दा आफूलाई फसाएको दाबी उनको छ। ‘मबाट बालिकाकी आमाले ८५० रुपैयाँ लगेकी थिइन्। पैसा फिर्ता गर्नुपर्छ भनेर बलात्कारको आरोप लगाइन्,’ अदालतमा बयानको क्रममा उनले भनेका थिए।

एउटै टोलमा बस्ने भएकाले बालिकासँग चिनजान भएको, बेलाबेलामा घर आउने पनि गरेको, सोही विषयमा एक दिन विवाद समेत भएको, साउन १ गते भने उनी कुकुर लिएर हिँड्दै गरेको बेला कुकुरलाई बिस्कुट किन्न भनेर २० रुपैयाँ मागेकाले दिएको, त्यसपछि आफूलाई बालिकाको बारेमा केही जानकारी नभएको डंगोलको भनाइ छ।

आरोपित डंगोलले अपराध स्वीकार गरेनन्। तर, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा स्वास्थ्य परीक्षण गराउँदा भने बालिकाको बलात्कार भएको पुष्टि भयो। 

भदौ पहिलो साता काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईले ७७ वर्षीय वृद्ध डंगोललाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिए। डंगोल वृद्ध भएकाले आकर्षित भयो जेष्ठ नागरिकसम्बन्धी ऐन, २०६३। उक्त ऐन अनुसार उनलाई कारागार राख्न मिल्दैन।

-७७ वर्षीय डंगोललाई जेलमा नराखी हेरचाह गृहमा राख्न काठमाडौं जिल्ला अदालतले गरेको आदेश। 

ऐनको दफा १२ को उपदफा (१) को (ग) मा ७५ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई कसुरको अवस्था हेरी ७५ प्रतिशतसम्म कैद सजाय छुट दिन सकिने, अभियोग दाबी हेर्दा कसुर ठहर भएको खण्डमा अधिकतम २० वर्षसम्म कैद हुनसक्ने उल्लेख छ। उक्त ऐन अनुसार डंगोललाई १० वर्षभन्दा कम सजाय हुन्छ।

ज्येष्ठ नागरिक ऐन अनुसार डंगोललाई १० वर्षभन्दा कम सजाय हुन्छ भने उनलाई हेरचाह गृहमा राख्नुपर्ने हुन्छ। तर, अहिलेसम्म डंगोललाई केन्द्रीय कारागारमा राखिएको छ।

ऐनको दफा १२ को उपदफा (२) अनुसार उनलाई कारागार राख्न मिल्दैन। अशक्त जेष्ठ नागरिक वा ७५ वर्ष उमेर पूरा गरेको व्यक्तिलाई अदालतले कसुरको गाम्भीर्य हेरी कारागारमा नराखी हेरचाह केन्द्रमा राख्न सक्ने व्यवस्था ऐनले गरेको छ। डंगोल पनि ७५ वर्ष नाघिसकेका व्यक्ति भएकाले उनलाई थुनामा नराखी हेरचाह केन्द्रमा राख्नुपर्ने आदेश न्यायाधीश भट्टराईको इजलासले गरेको थियो।

ज्येष्ठ नागरिक ऐन अनुसार डंगोललाई १० वर्षभन्दा कम सजाय हुन्छ भने उनलाई हेरचाह गृहमा राख्नुपर्ने हुन्छ। तर, अहिलेसम्म डंगोललाई केन्द्रीय कारागारमा राखिएको छ।

यसबारे केन्द्रीय कारागार सुन्धाराका जेलर लक्ष्मीप्रसाद बास्कोटाले नेपाल लाइभसँग भने, ‘अब त हैरान भइयो, बुद्धिनारायणका लागि अदालतको आदेश कार्यान्वयन हुने अवस्था देखिएन।’ 

भरपर्दो सुरक्षा व्यवस्था भएको हेरचाह गृह नभेटिएको उनको भनाइ छ। ‘अरु मान्छेजस्तो त्यसै राख्ने अवस्था रहेन। सरकारले नै सञ्चालन गरेको पशुपति वृद्धाश्रममा म आफैं गएर पनि हेरेँ, त्यो पनि भरपर्दो देखिएन। कुनै निजी क्षेत्रले पनि दिन सकेन। अब उनी कारागारमै रहन्छन्,’ बास्कोटाले भने।

कागजमा बन्यो, कार्यान्वयनमा समस्या
जेष्ठ नागरिक सम्बन्धी ऐन आएको १४ वर्ष भइसकेको छ। ऐनमा वृद्धवृद्धाले अपराध गरे जेलमा नराखेर हेरचाह गृहमा राख्नुपर्ने उल्लेख गरिएको छ।

-ज्येष्ठ नागरिक ऐन २०६३ को दफा १२ को व्यवस्था।

ऐनमा नेपाल सरकार वा कुनै व्यक्ति वा प्रचलित कानुन बमोजिम गठन भएको संघ-संस्थाले नेपाल राज्यको कुनै स्थानमा हेरचाह केन्द्र वा दिवा सेवा केन्द्र वा दुवै केन्द्रको स्थापना र सञ्चालन गर्नसक्ने उल्लेख छ। सोही अनुसार हेरचाह केन्द्र स्थापना पनि भएका छन्।

केन्द्रीय कारागार सुन्धाराका जेलर लक्ष्मीप्रसाद बास्कोटाले नेपाल लाइभसँग भने, ‘अब त हैरान भइयो, बुद्धिनारायणका लागि अदालतको आदेश कार्यान्वयन हुने अवस्था देखिएन।’ 

तर, ऐनको दफा २० को उपदफा ४ मा ज्येष्ठ नागरिक, अशक्त ज्येष्ठ नागरिक, असहाय ज्येष्ठ नागरिकले अपराध गरेमा हेरचाह गृहमा राख्न सकिने उल्लेख गरिए पनि यो प्रयोजनका लागि हेरचाह गृह नबन्दा बुद्धिनारायणले कारागार नै बस्नुपर्ने बाध्यता आएको छ। 

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग निजी क्षेत्रले सञ्चालनमा ल्याएका वृद्धाश्रमको तथ्यांक माग गरेर राख्न खोज्दा अपराध गरेको भन्ने जानकारी पाएपछि कुनै वृद्धाश्रमले समेत राख्न नमानेको बास्कोटाको भनाइ छ।

अदालतको आदेशमा हेरचाह गृहमा राख्नु भन्ने छ तर हेरचाह गृह नभएपछि अदालतको अवहेलना हुने भएकोले के गर्न सकिन्छ भनेर जेलर बास्कोटा केही समयअघि अदालत समेत पुगेका थिए। अदालतले ‘आदेश कार्यान्वयन गराउनू’ भनेर पठाए पनि ६ महिना बितिसक्दा समेत कार्यान्वयन हुन सकेको छैन।

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  १५:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
कालिमाटीमा मृत भेटिएका भरियाको हत्या गरिएको आशंका,सीसीटीभी हेर्दै प्रहरी जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार उनको टाउकोमा गम्भीर चोट देखिएकाले हत्याको अनुमान गरिएको छ। टाउ... बुधबार, फागुन ७, २०८१
ताजा समाचारसबै
माओवादीसहित १२ राजनीतिक घटकले शुक्रबार काठमाडौँमा जनप्रदर्शन गर्ने बुधबार, असार २५, २०८२
कोहलपुरमा तीन जना बालक स्कुलबाटै हराए, तीन दिनदेखि खोजी जारी बुधबार, असार २५, २०८२
कांग्रेस अनुशासन समितिले गर्‍यो १८ जनालाई निष्कासन, संस्थापनइतरको असहमति बुधबार, असार २५, २०८२
रसुवामा बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख दिने निर्णय बुधबार, असार २५, २०८२
रूसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका बुधबार, असार २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दिपक अर्याल नियुक्त बुधबार, असार २५, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्