• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार २६, २०८२ Thu, Jul 10, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज
दलीय गुटको दलदलमा पूर्वप्रहरी संगठन : भन्ने पूर्वप्रहरीको हित, गर्ने पार्टी राजनीति !
64x64
नारायण अधिकारी मंगलबार, माघ १३, २०७७  ०९:४७
1140x725

काठमाडौं- ‘पूर्वप्रहरी संगठन कसैको बपौती होइन, सम्पूर्ण पूर्वप्रहरी कर्मचारीको चौतारी हो। जहाँ सबैलाई शीतलता होस्,' नेपाल प्रहरीका पूर्व नायव महानिरीक्षक (डिआइजी) पूर्ण खड्काले गत शनिबार सामाजिक सञ्जालमा आक्रोश पोखे।

उनको आक्रोशले प्रष्ट बोलेको छ-कसैले संगठन एकलौटी रुपमा चलाएको छ। कसैलाई काखा, कसैलाई पाखा गरिएको छ।

पूर्व डिआइजी खड्काले सार्वजनिक रुपमा आफ्नै संगठनविरुद्ध यसरी लेख्नुपर्ने अवस्था किन र कसरी आयो? खड्काले भनेजस्तै साँच्चै कसैको बपौती बनेकै हो पूर्वप्रहरी संगठन? वा उनको यो निराधार आरोप मात्रै हो? साढे दुई दशकअघि स्थापना भएको पूर्वप्रहरी संगठन विरुद्ध सार्वजनिक रुपमै प्रकट भएको आरोप-प्रत्यारोपको कारण के हो?  

दलीय गुटको दलदल
पूर्वप्रहरी संगठनको एउटा भाइबर ग्रुप छ, जहाँ करिब तीन सय जना सदस्य छन्। करिब १५ दिन अघिदेखि त्यो ग्रुपबाट केही सदस्यलाई निष्काशन गर्नेदेखि केही नयाँ सदस्यलाई ज्वाइन गर्ने काम भइरहेको छ।

ग्रुपबाट निकालिएका एक पात्र हुन्, पूर्व डिएसपी प्रेमबहादुर कार्की। कार्कीलाई ग्रुपबाट निकालिएपछि पूर्वप्रहरी  संगठन टीकापुर, कैलाली शाखाले विज्ञप्ति निकालेर पुनः ग्रुपमा समावेश गर्न आग्रह गरेको छ। 

नयाँ मान्छे जोडिनु र निष्काशन गर्नुको पछाडि जोडिएको छ, संगठनको १०औं साधारणसभा। काठमाडौंको धापासीस्थत आफ्नै भवनमा पुस २९ गते संगठनको १०औं साधारणसभा समपन्न भएको थियो।

९औं साधारणसभाबाट निर्वाचित कार्यसमितिका अध्यक्ष, पूर्वएसएसपी बसन्त कुँवर (दसौं साधारणसभाबाट पनि) दोस्रो पटक अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए। साधारणसभाले उनीसहित १८ सदस्यीय केन्द्रीय समिति चयन गर्‍यो।तर, यो साधारणसभापछि भने सार्वजनिक रुपमै टीकाटिप्पणी सुरु भएको छ। गुटगत भेला गरेर संगठन पार्टीलाई बुझाएकोसम्म आरोप लागेको छ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आएको फुटको असर पूर्वप्रहरी  संगठनको १०औं साधारणसभामा देखिएको त्यहाँ सहभागी एक पूर्वप्रहरी अधिकृतले नेपाल लाइभलाई सुनाए।

त्यसो त पूर्वप्रहरी उद्धव भारतीले सामाजिक सञ्जालमै लेखेका छन्, ‘यी सबै पार्टीका भरौटे भए। संगठन पार्टीमा बुझाए।’

आफ्नो पक्षका सीमित सदस्यहरुलाई मात्र जानकारी दिएर साधारणसभा गरेको र पुनः दोस्रो पटक ‘स्वोघोषित अध्यक्ष’ बनेको आरोप कुँवरमाथि लागेको छ।

भारती भन्छन्, ‘म पनि पूर्वप्रहरी संगठनको आजीवन केन्द्रीय सदस्य हुँ। तर गुटको भेला गराएर साधारणसभाको नाम दिई टीका लगाउने काम पुस २९मै समाप्त गरिसकेछन्। म जस्तै धेरैलाई सायद थाहा भएन होला।’

अध्यक्ष कुँवरको व्यक्तिगत महत्वाकांक्षाको चपेटामा पूर्वप्रहरी संगठन परेको एक पूर्वप्रहरी अधिकृतले आरोप लगाए। उनको सुरुदेखिकै महत्वकांक्षाको असर अहिले पूर्वप्रहरी संगठनमा देखिएको उनको भनाइ छ।

ती पूर्वप्रहरी अधिकृतले कुँवरको महत्वाकांक्षा विश्लेषण गर्न २०७३ सालमा फकर्नुपर्ने बताए। २०७३ सालमा कुँवरले अवकाशप्राप्त कर्मचारीहरु जम्मा गरेर नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी गठन गरेका थिए, जहाँ सबैजसो अवकाशप्राप्त सुरक्षा अधिकारी थिए। पार्टीको अध्यक्ष भने पूर्वडिएसपी चुडादेव सिंह लामा बनेका थिए। गठन भएको एक वर्ष नबित्दै उक्त पार्टी तत्कालीन एमालेमा समाहित भयो। रोचक के छ भने पार्टी गठनदेखि विलयसम्मको नेतृत्व कुँवरले गरेका थिए।

उनको त्यसबेलाको महत्वाकांक्षा पूरा हुन नसकेको चर्चा हुने गर्छ। अहिले नेकपा फुटेर (कानुनी रुपमा फुट्न बाँकी) दुई पक्षमा विभाजित भएपछि कुँवर प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा लागेको र आफूनिकटलाई भेला गरेर दास्रो पटक संगठनको अध्यक्ष बनेको आरोप लागेको छ।  

ती पूर्वप्रहरी अधिकृतले भने, ‘सबै सदस्यलाई साधारणसभामा बोलाउनुपर्ने हो। तर त्यस्तो भएन। ओली समूहमा संगठन बुझाएपछि आफ्नो महत्वाकांक्षा पूरा हुने देखेर कुँवरले गुटको भेला गरेर अध्यक्ष बनेको हुन्।’

जानकारीबेगर साधारणसभा गरिएकोबारे पूर्वडिआइजी खड्काले नेपाल लाइभलाई सुनाए, ‘म दाङमा थिएँ। एक जना मेरा मित्रले साधारणसभा छ भन्ने कुरा २८ गते सुनाएपछि बल्ल थाहा पाएँ। करिब तीन सय जना भाइबरमा जोडिएका होलान्। संगठनका हरेक अपडेट त्यहाँ हुन्थ्यो। तर साधारणसभाका बारेमा कुनै जानकारी त्यहाँ हालिएन। त्यो सूचना किन लेखिएन, कुँवर नै जानून्।’

यसबारे नेपाल लाइभले जिज्ञासा राख्दा कुँवरले भने, ‘यो सबै हावा कुरा हो।’ पार्टी विभाजनकै बेलामा साधारणसभा सम्पन्न भएकाले केहीलाई त्यस्तो लागेको भए पनि त्यसमा सत्यता नरहेको दाबी कुँवरको छ।

‘गुटकै कुरा गर्नुहुन्छ भने पुलिस अफिसरमा बहालवालादेखि नै गुट–गुट छन्। भूतपूर्व हुँदा पनि त्यो गुट रहने नै भयो’, कुँवरले भने। 

भन्ने पूर्वप्रहरीको हित, गर्ने गुटगत राजनीति?
तत्कालीन प्रहरी महानिरीक्षक (आइजिपी) मोतीलाल बोहराको पालामा पूर्वप्रहरी  संगठन दर्ता भएर सक्रिय बनेको थियो। धापासीस्थित ७ रोपनी जग्गासमेत आफ्नो नाममा ल्याएर सुरु गरिएको संगठनले पूर्वप्रहरीको हितमा काम गर्ने बताइएको थियो। सोही अनुसार संगठनको विधानसमेत निर्माण गरिएको थियो।

प्रहरी हितका लागि काम गर्ने संगठन भनिएकाले तत्कालीन आइजिपी बोहराले १२ लाख, ध्रुवबहादुर प्रधानले ३४ लाखलगायत अन्य पूर्व आइजीपी र पूर्वप्रहरी ले ठूलो रकम सहयोग पनि गरेका थिए। प्रहरीको हितका लागि भनेर गठन भएको संगठन अहिले एक प्रहरीले अर्को प्रहरीलाई खुइल्याउनमा केन्द्रित भएको आरोप लागेको छ।

यसको विवाद सार्वजनिक रुपमै देखापरेको छ। एकअर्कालाई खुइल्याउन र गुटगत राजनीति गर्न थालेको भन्दै संगठनबाट बाहिरिने क्रम पनि जारी छ। पूर्वडिआइजी खड्का आफू पूर्वप्रहरी सगठनबाट बाहिरिएको बताउँछन्। ‘चाटुकार संगठनमा बस्नुभन्दा बाहिरिनु ठिक लागेपछि बाहिरिएको हुँ’, उनले नेपाल लाइभसँग भने।

खड्का अहिले असन्तुष्ट भएर निस्किए पनि उनीभन्दा पहिल्यै पूर्वएआइजी डा गोविन्दप्रसाद थापा, अनन्तराम भट्टराई, श्यामसिंह थापा, दीपेन्द्र विष्टलगायत संगठनबाट बाहिरिइसकेका थिए।

यसअघि एकलौटी रुपमा संगठन चलाएको भन्दै एक समूहले पूर्वप्रहरी कर्मचारी परिषदसमेत गठन गरेको थियो। अहिले परिषद् पनि अस्तित्वमा छ। 

पूर्वप्रहरीको हितमा काम गर्ने भनेर गठन भएको संगठन नै राजनीतिक दल जस्तो भएपछि त्यहाँ जानु ठीक नलागेर आफू अहिलेसम्म नभएको पूर्वआइजिपी अच्युतकृष्ण खरेल बताउँछन्। ‘पूर्वप्रहरी संगठन कुनै राजनीतिक दल हो र? दुई/तीन वटा हुनलाई?’, खरेलले नेपाल लाइभसँग भने, ‘जहिलेसम्म तिमीहरु एक हुँदैनौ, त्यस बेलासम्म संगठनमा आउँदिन भन्देको छु। अहिलेसम्म गएको पनि छैन।’

कुँवर भन्छन्- सईलाई नमस्कार गर्न लाज मान्नेले आलोचना गरे 
सत्य के पनि हो भने, पूर्वप्रहरीहरुमा पनि अनेक गुट छन्। हाम्रा पनि आफ्ना इस्युहरु छन्। त्यसैमा यताउता भएको हो।पूर्वप्रहरीहरुको एउटा भाइबर ग्रुप छ। त्यो ग्रुपमा उनीहरुले आफ्नो विचार, धारणा लेख्छन्। धारणा राख्ने नाममा कसैले जथाभावी लेखेर ग्रुपलाई पोलुटेड बनाएको अवस्थामा ग्रुपबाट निकाल्ने चलन छ। यसले ज्यादै नै गर्‍यो, ग्रुपमा राख्नु भएन भन्ने लागेपछि निकाल्ने चलन छ। अहिले ग्रुपबाट मलाई निकाल्दिए भन्ने गुनासो छ, यसको कारण यही हो। 

अहिले जति पनि आलोचना गरेका छन्, उनीहरुलाई अनुशासनहीन काम गरेकाले निकालिएको हो। हाम्रो ग्रुपमा हाम्रै विरुद्ध लेखेपछि पूर्वप्रहरीको महत्व त भएन नि।

आफ्नो गुटको भेलामार्फत् साधारणसभा गर्‍यो भन्ने आरोप लगाइएको छ। त्यो हुँदै नभएको कुरा हो। साधारणसभाबारे पत्रिकामै सूचना निकालिएको थियो। सारा जिल्लाबाट प्रतिनिधित्व गर्दै मान्छे पनि आएकै हुन्। जसलाई जानकारी दिन जरुरी नै छैन, उसलाई किन जानकारी दिनु पर्‍यो र? म आजीवन सदस्य हुँ भनेर मात्रै हुन्छ र? आजीवन सदस्य नै भए पनि जिल्लास्तरीय भेलामा पो सहभागी हुन्छन् त। यो त केन्द्रीयस्तरको भेला हो नि। यसमा केन्द्रीयस्तरका पदाधिकारी र जिल्ला अध्यक्ष मात्रै सहभागी हुन्छन्। यीबाहेक अरुलाई जानकारी हुन आवश्यक छैन।

हाम्रो संगठनमा सबभन्दा तल वडा इकाई हुन्छ। आजीवन सदस्यहरुले भोट हालेर इकाई बनाउँछन्। कोही पूर्वप्रहरी संगठनको सदस्य बन्नु पर्‍यो भने सुरुमा वडा इकाईमा जानु पर्‍यो। इकाईका पदाधिकारीले जिल्लाका पदाधिकारी चयन गर्छन्। जिल्लाका पदाधिकारीले प्रदेशका पदाधिकारी तोक्छन्। 

प्रदेश पदाधिकारीहरु, जिल्ला अध्यक्षहरु, केन्द्रीय सदस्यहरुले केन्द्रीय अध्यक्ष चुन्ने हो। त्यसकारण केन्द्रीय अध्यक्षको निर्वाचनमा सबै सदस्यलाई जानकारी हुन आवश्यक छैन। 

पूर्वप्रहरी संगठनमा अफिसरहरुलाई चुनाव जित्न गाह्रो छ। ७७ जिल्लामध्ये सबैजसो जिल्लाका अध्यक्ष सईभन्दा तल्लो दर्जाका पूर्वप्रहरी छन्। चुनावमा त सईलाई नमस्कार गरेर भोट माग्नु पर्‍यो। सईलाई नमस्कार गर्न लाज मान्नेले अहिले आलोचना गरेका हुन्।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  ०९:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
आज मोहर्रम पर्व मनाइँदै मुसलमान समुदायका व्यक्तिहरूले पर्वका अवसरमा आफ्नो गच्छेअनुसारका ताजिया घरमा स्थापना गरेका छन्। मुस्लिम धर्मका प्रवर्तक हजरत मोहम्मदक... आइतबार, असार २२, २०८२
झोलुङ्गे पुलले छोटियो यात्रा दुई वडाका गाउँ जोड्नका लागि पुलले निकै सहज बनाएको छ। रुरुक्षेत्र गाउँपालिका–१ र २ अन्तर्गत थोर्गा तथा ग्वादीको बीचमा झोलुङ्गे पुल नि... मंगलबार, असार १७, २०८२
जनकपुरमा क्यान्सर पहिचान अभियानमा विनयतारा र पूर्व राजदूत डेलिसी नेतृत्वको इन्गेज नेपाल शिविरकै अवसरमा तीनवटा तालिम कार्यक्रम पनि सञ्चालन गरिएको थियो। उच्च रक्तचाप : रोकथाम र परीक्षण,  अष्टोमी हेरचाहसम्बन्धी जनचेतना र स्... सोमबार, असार १६, २०८२
ताजा समाचारसबै
माओवादीसहित १२ राजनीतिक घटकले शुक्रबार काठमाडौँमा जनप्रदर्शन गर्ने बुधबार, असार २५, २०८२
कोहलपुरमा तीन जना बालक स्कुलबाटै हराए, तीन दिनदेखि खोजी जारी बुधबार, असार २५, २०८२
कांग्रेस अनुशासन समितिले गर्‍यो १८ जनालाई निष्कासन, संस्थापनइतरको असहमति बुधबार, असार २५, २०८२
रसुवामा बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख दिने निर्णय बुधबार, असार २५, २०८२
रूसमाथि नयाँ प्रतिबन्ध लगाउने तयारीमा अमेरिका बुधबार, असार २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दिपक अर्याल नियुक्त बुधबार, असार २५, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्