काठमाडौं- बृहत् नागरिक आन्दोलनले प्रतिनिधि सभा विघटनविरुद्ध टुँडिखेलमा 'तिनिख्य मार्च' गरेको छ। नागरिक आन्दोलनको घोषणापत्र सार्वजनिक गर्नुअघि आन्दोलनले तिनिख्य मार्च गरेको हो।
प्रतिनिधि सभा विघटन विरुद्ध निरन्तर विरोध गर्दै आएको बृहत् नागरिक आन्दोलनले विभिन्न स्थानमा विरोधका कार्यक्रम गर्दै आएको छ।
शुक्रबारको 'तिनिख्य: मार्च' शंखधर पार्कबाट सहिदगेट हुँदै टुँडिखेलतर्फ गएको हो। आन्दोलनमा नागरिक अभियन्ताहरू नारायण वाग्ले, खगेन्द्र संग्रौलालगायत उपस्थित छन्।
सभामा सम्पदा संरक्षणकर्मी आलोकसिद्धि तुलाधर, जितेन्द्र चेपाङ, नेपालमान डंगोल, खगेन्द्र संग्रौला, रीताकुमारी साह, नारायण वाग्लेलगायतले सम्बोधन गर्ने आन्दोलनले जनाएको छ।
आन्दोलनले टुँडिखेलमा भेला भएर घोषणापत्र जारी गर्ने तयारी गरेको भएपनि प्रहरीले टुँडिखेल गेटको सुरक्षा व्यवस्था कडा बनाएको छ।
.jpg)




.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।