• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार २०, २०८२ Fri, Jul 4, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार-विश्लेषण
सुर समीक्षा : ‘काली’ले महसुस गराउने कलाको भाषा
64x64
डिबी खड्का सोमबार, फागुन १७, २०७७  ११:१७
1140x725

काठमाडौं– अचेल गीत ‘भावना’ कम ‘संवाद’ बढी लाग्छन्, दृष्यमा कला मिसाउन नसक्ने फिल्म निर्देशकले बनाएको फिल्म जस्तै। धेरै गीतहरु रमाइला त हुन्छन् तर दोहोर्‍याएर सुन्न कि सार्वजनिक बस चढ्नुपर्छ कि पार्टीमा पुग्नुपर्छ। आफैंले दोहोर्‍याएर त मन लागे पो सुन्नु? 

मानवीय संवेदनाको भित्री तह छुने गीत सुन्न त अब पुष्पन प्रधानलाई नै कुर्नुपर्ने अवस्था आउन थाल्यो। किनभने धेरै नेपाली संगीतकर्मी त ‘भाइरल’ हुने भाइरसबाट संक्रमित छन्। त्यसविरुद्ध खोप नभएकाले तत्काल संक्रमणमुक्त हुने आशा पनि छैन। 

यो अवस्थालाई केही दिनअघि गायक सन्तोष लामाले गीत ‘शब्द’मार्फत चित्रण गरेका छन्। तर चित्रण अपेक्षित कलात्मक नलाग्न सक्छ! 

आइतबार मात्रै सार्वजनिक प्रधानको नयाँ गीत ‘काली’ सुनेपछि गीतलाई गीतकै रुपमा प्रस्तुत गर्न रुचाउने कलाकार अझै रहेछन् भन्ने महसुस हुन्छ। जुन कुरालाई सिधै व्यक्त गर्न सकिँदैन, त्यसलाई काव्यकलाबाट प्रस्तुत गर्नुपर्छ भन्ने चेत जिउँदो राख्नै मुश्किल पर्ने समय जो छ। 

यसअघि ‘बाबुको जुंगो’, ‘पन्छी’, ‘ठूल्दाइ’जस्ता गीतबाट उनले आफूलाई प्रमाणित गरिसकेका हुन्। त्यसैले उनीमाथि एक खालको अपेक्षा  हुनु स्वभाविक हो। नयाँ गीतबाट त्यो अपेक्षा टुट्न दिएनन्। 

हरेकलाई महसुस भएको तर सजिलै व्यक्त गर्न नसक्ने विषय र अवस्थालाई लिएर उनी गीत बनाउँछन्। त्यही क्रमको अर्को उपक्रम ‘काली’ हो।

सबैलाई थाहै छ, मान्छे पीडाको पराकाष्टामा पुग्यो भने आफूलाई व्यक्त गर्न सक्दैन। तर महसुस पुष्पन प्रधान मात्रै गर्न सक्छन्। ‘काली’को सबैभन्दा सुन्दर पक्ष नै यही हो कि जसलाई चोटले रन्थन्याएको छ, ऊ बोल्दैन। वास्तविक जीवनमा पनि त यस्तै हुन्छ नि, हैन! प्रायः सर्जक यहीँ चुक्छन् र पीडितलाई भटाभट दुःखका ‘डायलग’ बोल्न लगाउँछन्। 

असीम दुःख साट्न हरेकसँग कोही न कोही अति निकटस्थ हुन्छ। ऊ अरु बेला वास्तामा पर्दैन तर अतिसय दुःख र असाध्यै खुसीमा सम्झिइन्छ। यसैबाट सुरु हुन्छ, गायक प्रधानको यो गीति कथा। 

प्रेम–वियोगको गीतलाई साथी–संयोगको बनाउने उनको ‘आइडिया’ले हरेकलाई भुतुक्क बनाउन सक्छ!
प्रेमी अनपेक्षित रुपमा टाढिँदा एक प्रेमिकालाई लाग्छः
म त जे गर्दा नि तिम्रै सम्झना आउँछ
तिम्ले बिर्स्यौ कसरी यही अचम्म लाग्छ

प्रेम गर्नु र आकर्षित गर्नु फरक कुरा हुन्। जस्तोः गर्नेले स्वभाविक कुरा गर्छ। सिधा कुरा गर्छ। आकर्षित गर्नेले नाटकीय कुरा गर्छ। वाचा गर्छ। भन्छन् नि- जुनतारा टिप्ने कुरा। हो, त्यस्तै। 

आकर्षित गरेर मायाजालमा पार्ने तर चटक्कै छाडेर जानेको कुरा उनी गीतमार्फत यसरी प्रस्तुत गर्छन्ः
दिमागै खुस्क्यो भने बिर्सुंला तिमीलाई
तिमीविना यो जिन्दगी नै सोच्नु छैन मलाई

गहिरो पीडामा परेको मान्छेलाई ‘जोक’ भनेर वा काउकुती लगाएर हँसाएको, भारीभरकम आश्वासन दिएर र अनेक उदाहरण दिएर भुलाउन खोजेका दृष्य बग्रल्ती भेटिन्छन्। 

गहिरो चोट परेको मान्छे यी उपायबाट दुःख बाहिर निस्केको कहिल्यै भेटिएको छ त? त्यसैले त भन्छन् नि, दुःखमा हँसाएर होइन, रोएर मन हल्का हुन्छ। अझै ऊसँगै दुःखी भइदिँदा ढाडस मिल्छ। हो, त्यही यथार्थ यो गीतमा प्रधाननले आफ्नो कथा र अवधारणामार्फत प्रस्तुत गरेका छन्। 

सबैभन्दा ठूलो ‘मायाप्रेम’ ठान्ने गल्ती हामीले जीवनमा पटक-पटक गरिरहन्छौं। त्योभन्दा पनि सम्बन्धहरु छन्। व्यावहारिक जीवनमा सम्बन्धका अनेक आयाम छन्। सम्बन्ध अनेक गहिराइ छन्। आफन्तसँगको प्रेमको आयतन कति हुन्छ? मित्रसँगको प्रेमको परिधि कति होला? साथीसंगीको प्रेम जोख्ने तुलो कहाँ बनेको छ र?

यो गीत हेरेपछि प्रेमलाई अन्तिम आत्मीयता सम्झिइने स्वभावमाथि ठूलो झड्का लाग्छ। प्रधानले संवादमा नउतारेर र गीमार्फत नभनेर दृष्यमा बारम्बार भनिरहन्छन्, मायाप्रेमभन्दा माथि पनि सम्बन्धहरु हुन्छन्। 

कहिल्यै छाड्दिनँ भन्नेहरु टाढिन सक्छन्, कहिल्यै साख्यै नलागेकाहरु जीवनको कठिन समयमा साथै हुन सक्छन्।

प्रकाशित मिति: सोमबार, फागुन १७, २०७७  ११:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
नेपथ्य अस्ट्रेलिया शृंखलाको सुरुवात क्यानबेराबाट हलभित्र पस्ने दर्शकमा फाट्टफुट्ट अस्ट्रेलियन अनुहार पनि देखिन्थे । तिनैमध्येकी एक थिइन् लिन्डा ट्रिग । नेपालमा कूटनीतिज्ञका रूपमा ला... मंगलबार, फागुन २०, २०८१
नेपथ्यको नयाँ भिडियोमा ‘हिमाल चुचुरे’ लोकलयमा आधारित यो पुरानो गीतलाई ब्यान्डले त्यतिखेर ‘पप’ शैलीमा ढालेको थियो । अब भने यो गीत ‘लोक रक’मा रूपान्तरित भएर भिडियोमा देखापर... मंगलबार, फागुन १३, २०८१
कर्णाली उत्सवः ‘कुडा कर्नालीका’ आजदेखि  कर्णाली उत्सवको पाँचौँ संस्करणसम्म भएका उपलब्धि भनेकै यसलाई चिन्ने र चिनाउने प्रयास हो भन्दै संयोजक लम्सालले नीतिगत सुझाव सङ्कलन तथा... सोमबार, फागुन ५, २०८१
ताजा समाचारसबै
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त बिहीबार, असार १९, २०८२
३२ पदाधिकारी संवैधानिक इजालासबाट पदमुक्त भएको भन्दै आदेश कार्यान्वयन गर्न सर्वोच्चमा निवेदन बिहीबार, असार १९, २०८२
खुला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ताको लाइसेन्स परीक्षामा सहभागी गराउन सर्वोच्चको अन्तरिम आदेश बिहीबार, असार १९, २०८२
जनकपुरले आसिफ र ललितसहित ७ खेलाडी रिटेन गर्यो बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो)
मेराविरुद्ध बोल्दा पार्टीलाईसमेत क्षति भएको महसुस गरेको छु: झाँक्री (भिडियो) बिहीबार, असार १९, २०८२
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो)
नेपाल दक्षिण एशियामै लगानीका लागि सबैभन्दा अनुकूल देश हो: प्रधानमन्त्री ओली (भिडियो) बिहीबार, असार १९, २०८२
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो)
मध्यरातमा आयो निर्णय, अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो (भिडियो) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
हिमाचलमा बादल फाट्दा १० जनाको मृत्यु, ३५ बेपत्ता बुधबार, असार १८, २०८२
सूर्याले सम्हाले २४ घण्टाको लागि मात्र प्रधानमन्त्रीको जिम्मेवारी बिहीबार, असार १९, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्