• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
‘विप्लव’लाई धनकुमारीको प्रश्न- ‘कुन क्रान्तिका लागि मेरो श्रीमानलाई मार्‍यौं?’
64x64
दुर्गा दुलाल शुक्रबार, फागुन २१, २०७७  १८:१९
1140x725

काठमाडाैं- सरकार र भूमिगत एवं हिंसात्मक राजनीति गर्दै आएको नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच शान्तिपूर्ण राजनीतिका लागि शुक्रबार तीन बुदेँ सहमति सार्वजनिक गरियो। काठमाडौंको राष्ट्रिय सभामा गृहमा तीन बुदेँ सहमित सार्वजनिक कार्यक्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवको प्रशंसा समेत गर्न भ्याए। उनले नेपाल  शान्तिपूर्ण युगमा प्रवेश गरेको भने। 

यसरी केन्द्रीय राजधानी काठमाडाैंमा तामझामका साथ सहमतिको घोषणा सभा भइरहँदा विप्लव पक्षबाट हत्या गरिएका शिक्षक राजेन्द्रकुमार श्रेष्ठकी श्रीमती धनकुमारी श्रेष्ठ भने मोरङको मिक्लाजुङबाट विस्थापित भएर पुगेको नयाँ स्थानमा कसरी जीवन गुजारा चलाउने भन्ने चिन्तामा डुबिरहेकी थिइन्। 

धनकुमारीले आफ्नो पतिको हत्या गर्ने विप्लव समूहमाथि लागेका मुद्दा सरकारले फिर्ता लिन लागेको बिहीबार सुनिन्। पतिको हत्यापछि  मिक्लाजुङ छोडेकी धनकुमारीको मन अमिलो भयो। 

विद्यालयमा पढाइरहेको र आफ्नो दैनिकी चलारहेका पतिलाई गोली हानी मार्ने मानिसहरु अब छुट्छन् रे भन्दा उनले रातभर पत्याउन सकिनन्। शुरुमा उक्त खबरले छक्क परेको र यसरी निर्दोष मानिसहरुलाई गोली हान्नेलाई कसरी फिर्ता लिन मिल्छ भनि सोचमग्न भएको उनले नेपाल लाइभसँग बताइन्। शुक्रबार विहान टेलिफोनमा कुरा गर्दै उनले  भनिन् ‘मुद्दा त जिल्ला अदालतमा छ कसरी हामीलाई नसोधी लिन मिल्छ र!’ 

यो पनि पढ्नुहोस्

शिक्षक हत्या प्रकरण : 'अपहरणको जानकारी आउँदा हत्या भइसकेछ, ट्रयाक्टरमा घटनास्थल जादैछौँ'मंगलबार, मंसिर २३, २०७७

धनकुमारीका पति श्रेष्ठलाई विप्लव समूहले गएको मंसिर २३ गते गोली हानी हत्या गरेको थियो। 

मोरङको उत्तरी भेग मिक्लाजुङ गाउँपालिकाको वर्खेका राजेन्द्रलाई बिहान झिसमिसेमै घरबाट नकावधारी समूहले लगेर नजिकैको जंगलमा पुर्‍याइ निर्मम ढंगले हत्या गरेको थियो।  त्यहीँको सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका राजेन्द्रलाई घाँटी रेटेर मारिएको थियो। 

‘यसरी घाँटी रेटेर मार्नेहरुलाई माफी हुन्छ भने, राज्यबाट हामी जस्ता निमुखाहरुले कसरी न्याय पाउँछौं’ धनकुमारीले भनिन्, ‘न अहिलेसम्म शहिद घोषणा गरिएको छ न त क्षतिपुर्ति नै पाएका छौं। उल्टै अहिले सबै परिवारको भार मलाई आएको छ। पुरानो थलोबाट विस्थापित भएका छौं।’ 

छोरा, छोरी र नातीसमेत गरि ६ जनाको परिवारको अभिभावकको रुपमा अहिले आफूले सम्हालिरहेको उनले बताइन्। 

शुरुमा उनलाई पतिको हत्या कसले गरेको हो भन्ने पत्तै भएन। जब प्रहरी अनुसन्धानबाट हत्यामा विप्लव समूहको संलग्नता खुल्यो अनि अहिलेसम्म पनि उनले बुझ्न नसकेको कुरा के हो भने कतै पनि संलग्नता नभएका आफ्ना पतिलाई किन गोली हानियो। 

‘मैले अहिलेसम्म पनि जवाफ पाएको छैन  मेरा पतिले के गल्ती गर्नु भयो जसले यति निर्ममतापूर्वक मार्नुपर्‍यो? ’ धनकुमारीले भनिन् ‘केही गल्ती थिएन भने  उनीहरुलाई किन माफी दिने त? ’ 

यो पनि पढ्नुहोस्

दुई शिक्षक संगठनको चेतावनी–शिक्षक हत्याका दोषीमाथि कारबाही नभए देशभर आन्दोलन बिहीबार, मंसिर २५, २०७७

विप्लव समूह स्वयंले पनि विज्ञप्ति निकालेर घटनाको जिम्मेवारी लिएको थियो। प्रहरीले सो घटनामा संलग्नताको अभियोगमा विप्लव समूहका मोरङ जिल्ला इन्जार्च डीबी सिलवाल भनिने धनबहादुर विकलाई पक्राउ गरेर मुद्दा दायर गरेको छ। मुख्य अभियुक्तका रुपमा उनी मोरङ जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका छन्। घटनामा अरु १५ जनाभन्दा बढी संलग्न रहेको प्रहरीको अनुसन्धानबाट खुले पनि उनीहरू फरार छन्।   

उनीहरुलाई प्रतिवादी बनाई प्रहरीले कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय माग गरेर मुद्दा दायर गरेको छ।  

‘मेरा श्रीमान्‌ले के बिराएका थिए ? उहाँलाई मार्नेहरूलाई सरकारले कारबाही गरिदिनुपर्‍यो। अरु कुरा म जान्दिनँ ’ धनकुमारीले भनिन् ‘पढेको छैन, जानेको छैन तर न्याय त पाउनु पर्‍यो नि। मेरा पतिलाई किन मारे मेरो जान्ने हक त होला नि।’ 

विस्थापित भइन् धनकुमारी 

श्रीमानको बर्बर्तातापूर्वक हत्या भएपछि उनी गाउँमा बस्न सकिनन्। अहिले उनी मधुमल्ला भन्ने क्षेत्रमा बसाइँ सरेकी छन्। यो मधेश क्षेत्रमा पर्ने र शहरी इलाका भएकाले केही काम गरेर खान पाइन्छ भनेर यता सरेको उनको  भनाइ छ। उनीहरु यसअघि मोरङको विकट क्षेत्र वर्खेमा बस्दै आएका थिए। इलाम र धनकुटासँग सीमा जोडिएको यो क्षेत्रमा श्रीमानको सम्झना बोकेर बस्न नसक्ने भएपछि उनी विस्थापित भएकी हुन्। 

‘श्रीमानकाे हत्यापछि मैले  गाउँमा बस्न असुरक्षित पनि महसुस गरेँ’, उनले भनिन् ‘त्यहाँबाट विस्थापित भई अहिले मधुमल्ला भन्ने ठाउँमा बसाइँ सरेकी छु।’ गाउँको सबै जमिन बाँझै छोडेर उनी यता आएकी हुन्। 

यो पनि पढ्नुहोस्

शिक्षक हत्या प्रकरण : दोषीलाई कारबाही र मृतकलाई सहिद घोषणा गर्न मागमंगलबार, मंसिर २३, २०७७

‘पालेका बाख्रा श्रीमानको हत्या भएको भोलिपल्टै यता ल्याएँ। केही दिनपछि गाइवस्तु पनि आफन्तहरुले ल्याइदिनु भयो’ उनले भनिन् ‘जमिन बाँझै छ। बाली लगाउने मानिस पाए फर्केर जान पर्दैन थियो।’ 

पहाडमा बूढाबूढी मात्रै बस्ने गरेको र छोरा-बुहारी शहरै भएकाले सँगै बस्न आएको उनले बताइन्।  ‘उहाँको हत्यापछि म एक्लै बस्न सकिनँ’, धनकुमारीले भनिन्, ‘धेरै दिनसम्म निकै डर पनि लाग्यो। अनि छोरा–बुहारीसँगै यता झरेकी हुँ।’ 

राजेन्द्रको नाममा विद्याललयबाट आउने पेन्सन पट्टा पनि नआएको उनको गुनासो छ। उनले भनिन्, ‘म धेरै जान्दिनँ हत्याराहरुलाई कारवाही होस्। अनि मैले क्षतिपुर्ति पाउन पर्‍यो।’ 

प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७  १८:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
११ हजार भोल्टको तार चुँडिएर करेन्ट लाग्दा महोत्तरीमा कलभर्ट निर्माण गरिरहेका मजदुरको मृत्यु आइतबार, असार २२, २०८२
सिमकोट अब राष्ट्रिय सडक सञ्जालमा जोडियो, हुम्ला पुगेर प्रधानमन्त्रीले गरे बेलिब्रिज उद्घाटन आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक आइतबार, असार २२, २०८२
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्