काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्रको संयोजन समितिको बैठकले एकीकृत पार्टीको सचिवालयमा ९ सदस्य रहने निर्णय गरेको छ।
पार्टी एकताको निर्णयलाई अनुमोदन गर्दै प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठकले नयाँ सचिवालयबारे पनि निर्णय गरेको एमाले महासचिव ईश्वर पोखरेलले जानकारी दिए।
अब दुवै पार्टीको आआफ्नो अन्तिम बैठकले एकता संयोजन समितिको निर्णयलाई अनुमोदन गर्नेछन्। र, पार्टी विघटन भएको घोषणा गरिनेछ।
आजै साँझ राष्ट्रिय सभागृहमा पत्रकार सम्मेलन गरी पार्टी एकताको घोषणा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।