• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
महन्थको 'मनोदशा'बाट जसपा नियाल्दा
64x64
डिबी खड्का आइतबार, चैत १, २०७७  ०७:४८
1140x725

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार अल्पमतमा परेको दिनदेखि जनता समाजवादी पार्टी (जसपा) शक्तिको ‘केन्द्र’मा छ। सबैभन्दा बढी चलायमान पनि जसपा नै बनिरहेको छ। शीर्ष नेतृत्वले बालुवाटार, पेरिसडाँडा र बूढानीलकण्ठको चक्कर हरेक दिनजसो लगाइरहेको छ। 

संसद्को चौथो ठूलो दल जसपा एक्कासी निर्णायक शक्ति बनेपछि जति उत्साहित थियो, पछिल्ला दिनमा उत्साहको पारो ओरालो लाग्दै गरेको छनक नेताहरू दिन थालेका छन्। 

शनिबार माओवादी केन्द्रसँग छलफल गरेर निस्किँदै गर्दाको जसपा अध्यक्ष महन्थ ठाकुरको मनोदशा केलाउँदा परिस्थिति अनुकुल नबनेको देखिन्थ्यो। ठाकुरको मनोदशा र उनले सञ्चारकर्मीलाई दिएको प्रतिक्रियालाई विश्लेषण जसपाले आफूले आफैंलाई शक्तिको केन्द्रमा देख्न छाडेको छ। उसलाई यही परिस्थितिमा माग पूरा गर्ने आश्वासनको अर्थ समेत नरहेको अनुभूति हुन थालेको छ। त्यसैले बैठकबाट तय गरिएका माग भन्दा एक कदमअघि ‘मिसन प्रधानमन्त्री’ उसको लक्ष्य रहेको संकेत मिल्न थालेका छन्। 

मिसन प्रधानमन्त्री, सम्भावना कमजोर
पेरिसडाँडामा सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा उनी प्रश्नैपिच्छे निराशाभावसहितका उत्तर दिइरहेका थिए। 

माओवादीसँग संवाद राम्रै भएको तर निष्कर्षमा नपुगेको उनले बताएपछि उपस्थित पत्रकारको प्रतिप्रश्न थियो, ‘कुन कुरामा सहमति जुटेन? समस्या के हो?’

उनले सांकेतिक उत्तर दिए, ‘संसद्‍मा तीन ठूला दल छन्। प्रशासनमा उहाँहरूको हालीमुहाली छ। राष्ट्रवादमा पनि उहाँ नै अगाडि आउनुहुन्छ। हामी त कहीँ पर्दैनौँ। उहाँहरूले जे गर्नुहुन्छ, त्यही हुन्छ।’

उनले आफूलाई ‘महत्व’ नदिइरहेको तर्फ संकेत गरेका थिए। उनको यो र यसपछि दिइएका उत्तरको अर्थ केलाउँदा जसपाको ‘मिसन’ उसले बाहिर प्रस्तुत गरिरहेको मागको सम्बोधनमा भन्दा केही फरक रहेको  प्रतित हुन्छ। हामीले फेरि प्रश्न गर्‍यौं, ‘तपाईंहरू नभई त कसैको बहुमत नपुग्ने हुन्छ, शक्तिको केन्द्रमा त तपाईं नै हुनुहुन्छ नि!’

उनले सञ्चारकर्मीको आँखामा मात्रै त्यस्तो परेको प्रष्ट्याउँदै उत्तर फर्काए, ‘यो तपाईंहरुको भनाइ हो। तर, हामी त कहीँ छैनौं। हामी आन्दोलनमा हुन्छौं। इतिहासमा त परिणाम देखिन्छ। परिणाममा त हामी हुँदै हुँदैनौं।’

ठाकुरले यहाँनेर दुईटा ओजिला शब्द एकसाथ उच्चारण गरे। जसको सोझो अर्थ मात्रै निकालेर पुग्दैन। उनले ‘आन्दोलन’ र ‘इतिहास’को कुरा निकालेर मधेशले प्रधानमन्त्रीका रुपमा देशको नेतृत्व हालसम्म नगरेको कुरातर्फ इंगित गरेको अनुमान लगाउन सकिने लवजमा बोलेको आकलन गर्न मुस्किल छैन। अहिले एउटा कसरत भने आफैंले सरकारको नेतृत्व लिने रहेको देखिन्छ। त्यसका लागि माहोल अपेक्षित सकारात्मक नदेखिएपछि जसपा नेताहरू निराश बन्न थालेका हुन्। 

मुख्य माग पूरा हुनै मुस्किल
रेशम चौधरीलगात मधेश आन्दोलनमा मुद्दा लागेकाहरुको उन्मुक्ति र संविधान संशोधनलगायत मागसहित उनीहरु गठबन्धनका लागि मैदानमा छन्। 

जसपाले प्रधानमन्त्री केपी शर्मा ओली वा अर्को कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई सघाउन सक्छ। सघाउँदा सरकार त बन्छ तर उसको अर्को महत्वपूर्ण माग पूरा हुने संकेत कमजोर छ। किनभने कुनै एक पक्षको बहुमत पुगेपनि संविधान संशोधन गर्नेगरी दुई तिहाइ पुग्दैन। जसको विपक्षमा जसपा उभिन्छ, त्यसले जसपालाई सहयोग गर्दैन। यस विषयमा पनि ठाकुरले संकेत गरेका छन्। उनले शनिबार भने, ‘माग पूरा गर्छु कसैले भनेपनि संसद् बाधक बन्छ। त्यहाँ जति संख्या चाहिन्छ, त्यति पुग्दैन।’

उता चौधरीलगायतको मुद्दामा अदालतको फैसला अन्तिम हुने भएकाले सम्झौताले मात्रै अर्थ नराख्ने उनले बताए। यही क्रममा थपे, ‘शासन, प्रशासन, सुरक्षा संयन्त्र पनि हाम्रो छैन। त्यसैले हाम्रो स्थान त कहीँ हुँदै, हुँदैन।’ 

आफ्नै एकता कायम राख्न सकस
अरु पार्टीसँग सहमतिको हात फैलाइरहेको जसपा आफैंभित्र भने सहमति जुटाउन सकिरहेको छैन। उनीहरुले हालसम्म संसदीय दलको नेतासमेत छान्न सकिरहेका छैनन्। संसदीय दलको नेताका लागि आकांक्षी नेताहरुबीच कुरा मिल्न सकिरहेको छैन भने सत्ता समिकरणका लागि साथ दिने कुरामा पनि आ–आफ्धै धारणा छन्। 

जसपाभित्रै डा बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतका नेताहरु सत्ता साझेदारीका लागि प्रधानमन्त्री ओलीसँग छलफल समेत गर्न नहुने ‘लाइन’मा छन्। त्यसको एउटा संकेत शनिबार पेरिसडाँडामा देखियो। माओवादी केन्द्रसँग सम्वाद गरेर निस्कँदै गर्दा जसपा नेता उपेन्द्र यादवको प्रतिक्रिया थियो– ‘प्रधानमन्त्री ओलीलाई साथ दिन हाम्रो दिमाग बिग्रिएको छ र?’ प्रधानमन्त्री ओलीले आफ्ना माग पूरा गरेमा पनि सत्ता टिकाउन समर्थन होइन, धन्यवाद मात्रै दिन सकिने उनले बताए। 

यसैगरी ठाकुर, राजेन्द्र महतोलगायतका नेताहरु दुवै पक्षसँग उत्तिकै गहन वार्ता चलाइरहेका छन्। प्रधानमन्त्री ओलीसँग सहमति बन्न सम्भावना बढी देख्ने नेताहरु पनि छन्। उस्तै परे पार्टी फुटाएर समेत समर्थन गर्न सकिनेसम्मको खेल चलिरहेको चर्चा चलिरहेको छ।

प्रकाशित मिति: आइतबार, चैत १, २०७७  ०७:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय पार्टी कार्यालयमा सम्पन्न कांग्रेसको केन्द्रीय समितिको बैठकले सात बुँदे सहमति अनुरुप संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरे... सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी आजको बैठकमा सरकारका कामकारबाहीमा छलफल हुनेछ। यस्तै बैठकमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा अध्यक्ष नियुक्त लगायत निर्णय हुन सक्ने... सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले आफूहरू कानुनी शासनमा विश्वास गर्ने बताए। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्