• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २२, २०८२ Sun, Jul 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
सहरमा मान्छे हिँड्छन् पनि!
64x64
ऋग्वेद शर्मा सोमबार, चैत २, २०७७  १८:०९
1140x725
कीर्तिपुर ढल्पामा दृष्टिविहीनका लागि बनाइएको ‘गाइडिङ ब्लक’ समेत बेवास्ता गर्दै सडकपेटीमाथि बनाइएको भर्‍याङ। तस्बिर : निमेषजंग राई

काठमाडौं- सहरमा पैदल यात्रु पनि हुन्छन् भन्ने उपत्यकामा सडक बनाउनेहरूलाई थाहा छैन। सडक छेउमा घर हुनेलाई थाहा छैन। छेउकै सटरमा व्यापार चलाइरहेकालाई पनि थाहा छैन। मनपरि सवारी पार्किङ गर्नेलाई थाहा छैन। तर, देशको कानुनलाई थाहा छ। तर, कानुन मान्नुपर्ने विषय हो भन्ने कसैलाई वास्ता छैन।  

सडकपेटीमा हिँड्दा-हिँड्दै ठोक्किने घरको भित्तो, हिँड्ने बाटो ओगटेका पसलका सामान, निर्माण सामग्रीको थुप्रो, मोटरसाइकल र कार पार्किङ, सडक पेटीबीचका पोल र खाल्डा हेर्न काठमाडौंका जुन सडक पुगे पनि हुन्छ। सिंहदरबार गेटदेखि भद्रकालीसम्म मात्र काठमाडौं त होइन होला नै!

सिंहदरवार पूर्वी गेटबाट हनुमानस्थान जाने बाटो। 

पुराना सडक त पुराना भइगए, पछि मर्मत गरिएका र नयाँ बनाइएकै सडकमा पनि पैदलयात्रुलाई सहज हुने सडकपेटी छैनन्। कानुनले भनेजस्तो अपाङ्गतामैत्री सडकपेटी त ‘लेखिदिने’ विषय मात्र भइरहेको छ। पैदल यात्रुको बेवास्ता यति छ कि गाडी नचढी हिँड्ने पनि मान्छे हुन्छन् र! भनेजस्तो देखिन्छ। त्यसमा सबैभन्दा मारमा पर्छन् अपाङ्गता भएका व्यक्ति। 

सिंहदरवार पूर्वी गेटको पारिपट्टि। 

हिँड्दाहिँड्दै ढलमा खस्छन् अपांगता भएकाहरू
अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ मा ‘सबै सार्वजनिक सडक अपाङ्गता भएका व्यक्तिको सहज र समान आवागमनको लागि पहुँचयुक्त बनाउनु पर्नेछ’ भन्ने व्यवस्था छ। तर त्यसको पालना भइरहेको छैन। अपाङ्गता भएका व्यक्तिका लागि केही सहज हुने सडक पेटी पनि अनावश्यक सामानले ओगटिएका हुन्छन्। 

कुपन्डोल हनुमानस्थानबाट सानेपा चोक जाने बाटो।

कानुनमा स्पष्ट रुपमा ‘नयाँ बन्ने सम्पूर्ण सडकहरू ह्विलचेयर प्रयोगकर्ता, बैसाखी प्रयोगकर्ता, कृत्रिम अंग प्रयोग गर्ने व्यक्ति, दृष्टिविहिन, होचा पुड्का लगायत अपाङ्गता भएका व्यक्तिको आवागमनको लागि पूर्णतया पहुँचयुक्त बनाउनु पर्नेछ र पुराना सडकहरुमा विद्यमान रहेका अपाङ्गता भएका व्यक्तिको आवागमनमा अवरोध पुर्‍याउने सबै किसिमका अप्ठ्यारालाई हटाइनु पर्नेछ’ भन्ने उल्लेख छ। 

सहरी सडक मापदण्ड २०७६, मा पनि फरक उमेर समूह र फरक क्षमता भएका सबैका लागि उपयुक्त फुटपाथ हुनुपर्ने विषय समावेश गरिएको छ। जसमा अपाङ्गतामैत्री हुनुपर्ने विषयसँगै सहरी क्षेत्रमा फुटपाथको चौडाइ कम्तिमा दुई मिटरको हुनैपर्ने उल्लेख छ। फुटपाथको आकार कति पैदल यात्री हिँड्ने बाटो हो भन्ने आधारमा चार मिटरसम्मको मापदण्ड बनाइएको देखिन्छ। 

नेपाल नेत्रहीन संघका कार्यकारी निर्देशक नरबहादुर लिम्बू अपाङ्गतामैत्री सडक पेटी नहुँदा काठमाडौंमा दृष्टिविहीनले दुःख भोगेको धेरै कथा रहेको सुनाउँछन्। ‘खराब सडकपेटीले भोगेका दुःखका अनुभव त सबैजसोका छन्। हिँड्दा केहीमा ठोक्किएर लडेको र ढलमा परेको अवस्था पनि छ, ट्रयाक टायल पछ्याउँदै जाँदा पोलमा ठोक्किएका घटनासमेत छन्,’ उनले सुनाए। 

न्यू प्लाजाबाट अनामनगर जाने बाटोमा। 
घट्टेकुलो चोक।

कानुनमा उल्लेख गरिएका मापदण्ड खोजेर सडक हेर्न जाने हो भने दिक्दार हुनुको विकल्प हुन्न। भएकै सडकपेटीमा निर्वाध आवतजावत गर्न पाइए हुन्थ्यो भन्ने धेरैलाई लाग्छ। अनि लाग्छ, ह्विलचेयरमैत्री सडक पेटी र दृष्टिविहीनका लागि बनाइएको ‘गाइडिङ ब्लक’ राखिएका सडकपेटी मात्र अरुले नओगटिदिए हुने। 

उपत्यकामा धेरै सडकपेटी अपाङ्गतामैत्री बनाउने प्रयास भइरहेको भएपनि त्यो वैज्ञानिक हुन नसकेको नरबहादुर बताउँछन्। ‘राम्ररी प्रयोग गर्न सकिने सडक पेटी छैनन्। पेटी मात्र ठीक भएर पनि भएन, सबै ओगटिएका हुन्छन्। पेटी खण्डीकृत हुँदा पनि अप्ठ्यारो छ। कतै पोल, कतै ट्रयाक झिकिएका हुन्छन्, त्यसले समस्या भइरहेको हुन्छ,’ उनले भने। 

लैनचौर चोक। 

ठोक्किन आइपुग्छन् बिजुलीका पोल र सवारी
पछिल्लो समय दृष्टिविहीनका लागि सहज होस् भन्ने हेतुले ‘गाइडिङ ब्लक’ राखेर सडक पेटीको निर्माण भइरहेको देखिन्छ। तर, त्यसरी ‘गाइडिङ ब्लक’ राखिएको स्थानमा मोटरसाइकल पार्किङ गर्ने, बीचमा बिजुलीको पोल पारेर ‘गाइडिङ ब्लक’ राखिने, हिँड्दाहिँड्दै बाटो टुंगिने साथै ‘गाइडिङ ब्लक’मा नै अवरोध हुने गरी घरको भर्‍याङ राखिएको समेत देखिन्छ।

दृष्टिविहीनलाई हिँड्न सहज होस् भनेर राखिएको ‘गाइडिङ ब्लक’ नै अवरोध गरेर घरको भर्‍याङ हाल्नसक्ने आँट देख्दा आफूबाहेक अरुको विचार नहुने यो सहरको रवैया बुझ्न बडो गाह्रो छ। 

ढल्पामा जस्तै कीर्तिपुरकै खाःसी बजारमा त महानगरीय ट्राफिक प्रहरी प्रभाग उक्लने सिँढीले नै दृष्टिविहीनका लागि राखिएको ‘गाइडिङ ब्लक’मा अवरोध भएको देखिन्छ। ‘गाइडिङ ब्लक’ पछ्याउँदै जाँदा त्यो सकिएको र फरक स्वरुपको बाटो आएको महसुस गर्न सकिने गरी संकेत राखिनुपर्नेमा त्यस्तो पनि देखिँदैन। 

कीर्तिपुर खाःसी बजार। 

यस्तै महाराजगञ्जमा रहेको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडि नै सडक पेटी छोपिने गरी ठूलो ट्यांकी जडान गरिएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरी र माच्छापुच्छ्रे बैंक लिमिटेडले जनस्वास्थ्यका लागि संयुक्त प्रयास भनेर कोरोनाको समयमा राखिएको ट्यांकीमा न अहिले पानी छ न धारो नै। तर, त्यसले सडक पेटीमा हिँडिरहेका पैदल यात्रुलाई सडकमा झरेर हिँड्नुपर्ने बाध्यता बनाइरहेको छ। 

महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अगाडि।

सडक पेटीको यस्तो अवस्थाले आफूहरुको अधिकार हनन भइरहेको स्पाइनल कर्ड इन्जुरी समूह नेपालका अध्यक्ष ऋषि ढकाल बताउँछन्। पछिल्लो समय अपाङ्गतामैत्री भनेर बनाइएको सडक पेटी पनि मापदण्डअनुरुप नभएकाले भत्काएर फेरि बनाउनु पर्ने स्थिति देखिएको उनले सुनाए। 

‘सार्वजनिक संरचना अपाङ्गतामैत्री हुनुपर्छ भनिएको छ, केही ठाउँमा बनाउन सुरु पनि भएको छ, तर एकजना पनि अट्न मुस्किल हुने फुटपाथमा ह्विलचेयर त कसरी लानु? बीचमा असहज पोल, कतै भत्केको नै हुन्छ। नारायणटारमा ह्विलचेयरमैत्री सडकपेटी बनाउने र देशभर नमूनाको रुपमा देखाउने भनेर प्रयास गरिएको हो तर त्यसमा ढिलो भइरहेको छ’, उनले भने। 

धेरै स्थानमा त सडक जति नै चौडा पारिए पनि पैदल यात्रुलाई हिँड्न पुग्ने गरीसमेत बाटो छाडिएको छैन। सडकपेटीमा लत्रिएका तारको हविगत उस्तै छ।

अनामनगर भाटभटेनी अगाडि। 

हिँड्दाहिँड्दै सडकपेटी टुंगिएर सडकमा नै झर्नुपर्ने बाध्यता पनि छ।  जसले सवारीसाधनमा रहेकालाई पैदल यात्रु देखेर दिक्क लाग्छ। पैदल यात्रुलाई अनावश्यक हर्न हानिरहेका सवारी चालक देखेर दिक्क लाग्छ। 

चिनियाँ दूतावास, हात्तिसार। 

‘गाइडिङ ब्लक’ नै अवरोध गरेर घरको भर्‍याङ राखिएका यी दृश्य प्रतिनिधि मात्र हुन्। यस्तै अरु धेरै स्थानमा सडकपेटीको विजोग हविगत देखिन्छ। यो अपाङ्गता भएका व्यक्तिप्रतिको हेपाहा सोच हो या बुझेर पनि अबुझ बन्ने सहरी बानी हो, जे भए पनि त्यो साह्रै नराम्रो देखिन्छ। यस्तै धेरै तस्बिर केही दिनयता सामाजिक सञ्जालमा खुब फैलिएका छन्। जहाँ धेरैले प्रश्न गरेका छन्, ‘यो के गरेको?’

थप भिडियो र तस्बिरमा (तस्बिर/भिडियो : निमेषजंग राई)

पुरातत्त्व विभाग अगाडि, माइतीघर।
लाजिम्पाट। 
अनामनगर। 
कमलादी।
सानेपा।
अनामनगर

प्रकाशित मिति: सोमबार, चैत २, २०७७  १८:०९
  • #सडक
  • #फुटपाथ
  • #सडकपेटी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ऋग्वेद शर्मा
नेपाल लाइभका वरिष्ठ संवाददाता शर्मा खेलकुद, फिचर र फोटो पत्रकारितामा रुचि राख्छन्।
लेखकबाट थप
रंगशालामा ओली ‘स्टन्ट’
गोलमा कमजोर खेलाडी, जवाफमा आक्रामक प्रशिक्षक
छिरिङ अझै 'कुदिरहेका' छन्
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
११ हजार भोल्टको तार चुँडिएर करेन्ट लाग्दा महोत्तरीमा कलभर्ट निर्माण गरिरहेका मजदुरको मृत्यु आइतबार, असार २२, २०८२
सिमकोट अब राष्ट्रिय सडक सञ्जालमा जोडियो, हुम्ला पुगेर प्रधानमन्त्रीले गरे बेलिब्रिज उद्घाटन आइतबार, असार २२, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको काम छिट्टै सुरु हुँदैछ : गृहमन्त्री लेखक आइतबार, असार २२, २०८२
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
उज्वेकिस्तानविरुद्दको खेलमा नेपालको प्लेइङ ११ मा एक परिवर्तन, प्रीतिको ठाउँमा पूजा शनिबार, असार २१, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
प्रदेशमन्त्रीलाई बर्खास्त गरेपछि सरकारबाट बाहिरिने नाउपाको निर्णय शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्