• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सानेपा भेलाका एमाले कार्यकर्ता : ओलीदेखि आजित तर विभाजनको विपक्षमा
64x64
डिबी खड्का बुधबार, चैत ४, २०७७  २१:३८
1140x725

काठमाडाैं- केपी शर्मा ओलीलाई पञ्चायत प्रशासनले खोजिरहेका बेला यस्तो व्यक्तिलाई जोगाउनुपर्छ भनेर मजदूरमाझ लुकाएर राख्नेमध्ये एक नेता हुन् मोरङका शम्भु साह। उनी बुधबार नेकपा एमालेको माधव नेपाल पक्षीय भेलामा भेटिए। ओलीलाई जेल पर्नबाट जोगाएका साह मात्रै होइन, जेलमा सँगै १४ वर्ष बिताएका मोहनचन्द्र अधिकारी पनि त्यही भेलामा थिए। 

उमेरले ओली बराबर नै रहेका साह र अधिकारीको धारणा समान थियो- हिजो तानाशाहविरुद्ध सँगै लडेको व्यक्तिमा आज तानाशाही प्रवृत्ति देखिन थाल्यो। चार हजारभन्दा बढी कार्यकर्ताको भीडमा भेटिएका साह आफ्नै लवजमा भन्दै थिए, ‘पञ्चायतकालमा हामीले उसलाई मजुदूरको एरियामा राखेर सुरक्षा दिएको हो। ऊ अहिले आफ्नै मर्जी गर्छ, कमिटी पद्धतिमा चल्दैन। उसको यो तरिका मन नपरेर यहाँ आएको छु।’

जीवनभर देखेको ठूलो कम्युनिस्ट पार्टीको सपना पूरा भएको यो समय पाका कम्युनिस्ट नेताका लागि सन्तोषको सास फेर्दै घरकै आंगनमा सुस्ताउने समय हो। कोरोनाको डर कायमै रहेको यो बेला आफ्नो उपस्थितिले मात्रै ‘अर्थ’ राख्ने भएपछि अधिकारी भेलामा उपस्थित भए। बेलुनजस्तै फुकेको कम्युनिस्टको हावा फुस्किदै गरेको दृष्य ननिको उनलाई लागिरहेकै थियो। आफैंसँग जेलजीवन बिताएको सहयोद्धा हावा निकाल्ने पात्रका रुपमा अघि बढेको उनलाई मन नपरेपछि उनले टिप्पणी गरे, ‘ओली अहिले ‘डिक्टेटर’ भए।  हर कायर मौका मिल्दा तानाशाह पल्टिन्छ।’

प्रधानमन्त्री तथा अध्यक्ष ओलीको भूमिकालाई एकरत्ति मन नपराएका मोरङका श्याम चौलागाईं आफू कार्यकर्ता होइन, नागरिकका हैसियतले पनि खुशी नभएको बताउँछन्।

उनीसँग आक्रोश थियो। ओली प्रवृतिबाट आजित देखिन्थे। नेपाल पक्षले बोलाएको राष्ट्रिय भेला ‘ओलीबाट आजित’हरुको जस्तै लाग्थ्यो। धेरैको साझा गुनासो थियो, ओली पार्टी पद्धतिमा चलेनन्। उनको व्यक्तिगत गतिविधीलाई पार्टीको मानिदिनुपर्ने अवस्था आयो। प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीका ती गतिविधीले आमजनमाझ आफ्नै सरकारको ‘डिफेन्स’ गर्न मुस्किल पर्दै गयो।

विद्यार्थी कालदेखि नै वामपन्थी राजनीतिमा लागेकी पाल्पाकी शान्ता बस्यालको राजनीतिक जीवन नै ४० वर्ष पूरा भयो। उनले राजनीतिबाट केही प्राप्त गरेकी छैनन्। व्यक्तिगत लाभका लागि त्यति लालयित पनि छैनन्। तर, आफूले दुःख गरेर बनाएको पार्टी दिनप्रतिदिन स–साना टुक्रामा परिणत हुँदै गइरहेको दृष्यले उनलाई घरमै बसिरहन दिएन। उनी आइपुगिन्, नेपाल पक्षको भेलामा। 

पार्टीका वरिष्ठ नेता नेपालकै पक्षमा लड्ने भन्दा पनि आफ्नो आवाजले प्रधानमन्त्री ओलीलाई सच्चिन भूमिका खेलोस् भन्ने उनको चाहना हो। उनी भन्दै थिइन्, ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्षले घमन्ड त्यागेर एकताका लागि कदम अगाडि बढाऊन्। यति धेरै मान्छेले उहाँको गल्ती औंल्याएपछि त्यसको आफूले सम्बोधन गर्नुपर्छ भन्ने लागोस् भनेर यहाँ आएकी हुँ।’ प्रधानमन्त्री ओलीको कदमले पार्टीलाई मात्रै होइन, एमालेलाई नै हानी पुर्‍याएको उनको बुझाइ छ।  

1140x725

Ncell 2
Ncell 2

आमजनका आँखामा नेकपा एमाले अहिले विभाजनको संघारमा छ। गुटगत गतिविधि तीव्र बनिरहेको यो समयले एमालेका लागि शुभसंकेत गर्दैन। एउटा गुटको भेलामा सहभागी बन्नुले पनि विभाजनको हिस्सेदार बनाउन सक्छ। एक पक्षले नजान निर्देशन दिइरहेकाले कारबाहीको भागीदार हुनुपर्ने हुन सक्छ। उस्तै परे जीवनभर प्रेम गरेको पार्टी र चिह्नविहीन हुनुपर्ने हुनसक्छ। यस विषयमा कार्यकर्ता सचेत छन्। 

प्रधानमन्त्री तथा अध्यक्ष ओलीको भूमिकालाई एकरत्ति मन नपराएका मोरङका श्याम चौलागाईं आफू कार्यकर्ता होइन, नागरिकका हैसियतले पनि खुशी नभएको बताउँछन्। तर, उनी अझै पनि एकताकै पक्षमा छन्। विभाजित भएर नजान दबाब दिन यहाँ आइपुगेका हुन् उनी। २०३२ सालदेखि बामपन्थी दलको कार्यकर्ता रहेका उनी भन्छन्, ‘हामीलाई अहिले  ठूलो पीडा छ। तर, फुटेर जानुहुँदैन। यहीँ दबाब दिनुपर्छ। यसैका लागि म यहाँ आएको हुँ। ओलीका गतिविधीले एमाले कमजोर भयो भन्ने पीरले यहाँ छु।’

आक्रोश छ, विभाजनको इच्छा छैन
उमेर यही पार्टीका लागि गुजारेकाहरुलाई पार्टी विभाजनले पोल्नु स्वभाविक हो। तर, उमेरले भर्खर २० वर्षको वरपर रहेका हुम्लाका सुजन शाहीलाई पनि अहिलेको अवस्थाले भतभति पोलेर नेपाल पक्षको भेलामा पुर्‍यायो। उनले आफू नेपाल गुटको नभएको बताए। 

उनले भने, ‘म माधव नेपाल गुटको मान्छे होइन। एमाले जसरी फुटको बाटोमा हिँडेको छ। नेताहरु यसलाई सुधारेर अघि बढुन् भनेर एकताको आवाज बुलन्द गर्न आएको हुँ।’

ओली प्रवृत्तिसँग आजित शाही छुट्टिएर जाने परिकल्पना नगर्न आफ्नो बोली लाग्ने नेतालाई दबाब दिइरहेका छन्। भनिरहेका थिए, ‘खबरदारी जरुरी छ तर एमाले विभाजन गर्नुहुँदैन।’

एमालेको यो दिन केही दिनकै घटनाक्रमको परिणति होइन। एकीकरण पहिलेदेखि नै रहेका गुटगत तुष र एकीकरणपछि मिचिदै गएका सांगठनिक प्रणाली उपज रहेको अर्घाखाँची जिल्लाका एमाले सचिव रामबहादुर चौहान बताउँछन्। एकीकरणकै समयमा नेताहरुले इमान्दार नेताकार्यकर्तालाई होइन, निकटस्थलाई च्यापेर नेता बनाउन थालेका थिए। त्यसबाट उनी पनि पीडित भए। 

भेलाले पार्टीलाई क्षति पुर्‍याउने नभई ओलीलाई आत्मालोचना गराएर विधिपद्धतिमा फर्काउन अपेक्षा कार्यकर्ताहरूको छ। 

चौहानले जसलाई सविचमा हराएका थिए, तिनलाई एकीकरणपपछि जिल्ला अध्यक्ष सिफारिस गरियो तर उनी कार्यालय सदस्य समेत रहेनन्। किनारा पार्दा उनले त्यो समय प्रश्न गरेका थिए, ‘विधि र प्रक्रिया नाघियो, यसरी एकीकरण सम्भव हुँदैन। यसले विभाजन गराउँछ।’

1140x725

चौहानको आवाज दबाइयो। मंगलबार ललितपुरको सानेपामा उनले ४ हजार ‘चौहान’ भेटे। सबैलाई विधिपद्धतिकै पिर छ। उनले कतिलाई भने, ‘त्यो बेला मैले नेतृत्वसँग झगडा गर्दा कहाँ थियौ?’ 

नेतृत्वसँग प्रश्न गर्ने तर पार्टीलाई नै हानी हुने कार्यमा नलाग्ने उनको भनाइ छ। यो भेलाले पार्टीलाई क्षति पुर्‍याउने नभई ओलीलाई आत्मालोचना गराएर विधिपद्धतिमा फर्काउन अपेक्षा उनको छ। 

सिरहाबाट आएका उपेन्द्र चौधरीलाई नेताहरुको झगडा मन परेको छैन। यस्तो अवस्था ल्याउन सक्रिय प्रधानमन्त्री ओलीको स्वभाव पनि मन परेको छैन। तर, विभाजन उनले सोचेका पनि छैनन्। उनी भन्छन्, ‘जसरी भएपनि एक हुनुपर्छ। हामी विभाजन चाहन्नौं। सवै कम्युनिस्ट एक हुने वातावरण बन्नुपर्छ।’

गएको निर्वाचनबाट दुईतिहाइ नजिकको मत ल्याएर सरकार बनाएका कम्युनिस्ट पार्टी, त्यसमा पनि नेकपा एमालेले ‘रमिता’ देखाइरहेको छ। राजनीतिमा कहिल्यै नदेखिएका तर बहुदल ल्याउन लागेका र सधैं एमालेमा भोट हालेका ७५ वर्षका हरिबहादुर खड्का यही रमिता हेर्न भेलामा पुगेका थिए। राजनीति नबुझेका उनले निश्छल भावनासहित आफ्ना कुरा सुनाए, ‘सवैको राम्रो होस् भन्ने चाहना हो। एमाले दुई पार्टी भयो भन्ने सुनें। अलिकति चित्त बुझेन। के रहेछ भनेर आएँ। पार्टी फुटेको देख्दा दुःख लाग्यो। कम्युनिस्ट बलियो हुँदै आएको थियो। फेरि सकिने भयो।’

सांसद कृष्णभक्त पोखरेल भन्दै थिए, ‘सकेसम्म फुटेर नजाने तर सच्चिन दबाब बढाउनका लागि यो भेला हो। त्यहाँबाट भड्किन दिनुहुन्न।’

उनको आँखाले पनि गल्ती प्रधानमन्त्री ओलीकै ठम्याएको छ। देश र पार्टीको नेतृत्व गर्नेले मिलाएर लैजानुपर्ने उनको भनाइ छ। उनको आफ्नै उदाहरण छ, ‘परिवारका सदस्यको चित्त बुझाउने जिम्मा घरमूलीको हो। परिवार बिग्रिएको बढी दोष घरमूलीकै हुन्छ।’

नेकपाको नेपाल पक्षका नेताले यो भेलालाई रणनीतिक बनाउन चाहेका छन्। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई अभिमानको यात्राबाट रोकेर आत्मालोचना गर्न दबाब सिर्जना गर्ने उनीहरुको पहिलो ध्येय हो। केही शिर्ष नेताहरु मात्रै होइन, पालिका तहसम्मकै कार्यकर्ताहरु विरोध गरिरहेका छन् भन्ने भेलाबाट अवगत गराउन यो पक्षले चाहेको छ। परिस्थिति मिल्ने बनेन भने छुट्टिएर जाँदा पनि ठूलो हिस्सा प्रधानमन्त्री ओलीले नेतृत्व गरेको पार्टीको विपक्षतर्फ लाग्दैछ भन्ने भय सिर्जना गर्न यो भेला बोलाइएको हो। 

1140x725

नेताहरुले मञ्चबाट यही आशयको अभिव्यक्ति दिएका छन्। मञ्च नपाएका युवा नेताहरु कार्यकर्तामाझ यही भावना पोखिरहेका थिए। सांसद कृष्णभक्त पोखरेल भन्दै थिए, ‘सकेसम्म फुटेर नजाने तर सच्चिन दबाब बढाउनका लागि यो भेला हो। त्यहाँबाट भड्किन दिनुहुन्न।’

यसैगरी अर्का नेता टंक कार्कीले विभाजनमा नभई एकतामा शक्ति रहेको कुरा सहयोद्धालाई बताइरहेका थिए। ‘व्यक्ति हिरो सामन्ती शासनमा हुन्छ। लोकतन्त्रमा त सामूहिक बुद्धिको प्रयोग हुनुपर्छ। दुर्भाग्य कसैको अहं प्रयोग गर्ने थलो हाम्रो पार्टी बन्यो,’ कार्कीको तर्क थियो। भेलालाई भोलि फेरि एकै ठाउँमा बसेर एकअर्काको तर्क सुन्ने आधारभूमि बनाउन लागिपर्नु पर्नेमा उनको जोड छ। 

प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  २१:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
मन्त्रिपरिषद्का ९ निर्णय सार्वजनिक सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले बिहीबार पत्रकार सम्मेलन गरी बैठकका निर्णय सार्वजनिक गरेका हुन... बिहीबार, जेठ ८, २०८२
लोडसेडिङ बन्द गर्न माग गर्दै प्राधिकरणलाई ज्ञापनपत्र कमिटीले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई बुधबार साँझ भेटेर नौ बुँदे ज्ञापनपत्र बुझाएको सचिव दर्शनकुमार नेपालीले... बिहीबार, जेठ ८, २०८२
रूकुमपूर्व पुगे माओवादी अध्यक्ष प्रचण्ड अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार उक्त सहकारीले स्थानीय उत्पादनको बजारीकरण तथा किसानलाई उत्पादनमुखी बनाउन सहयोग गर्दै पुयाउँदै आ... बिहीबार, जेठ ८, २०८२
ताजा समाचारसबै
मन्त्रिपरिषद्का ९ निर्णय सार्वजनिक बिहीबार, जेठ ८, २०८२
लेखा समितिमा सभापति पोखरेल र सदस्य मोदीबीच बीच विवाद बिहीबार, जेठ ८, २०८२
मनसुनअघि नै जोखिमको आँकलन गरेर पूर्वतयारी थाल्न सरकारलाई निर्देशन बिहीबार, जेठ ८, २०८२
जर्मन विकास बैंकद्वारा थानकोटमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत बिहीबार, जेठ ८, २०८२
एक महिना थपियो लेखा समितिका ४८ उजुरी छानबिन गर्ने कार्यदलको म्याद बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
नवनियुक्त गभर्नर पौडेलप्रति सांसद शाहीको कटाक्षः चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने बुधबार, जेठ ७, २०८२
आईपीएलमा चेन्नाईविरुद्ध राजस्थान विजयी, सूर्यवंशीको उत्कृष्ट ब्याटिङ बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्