• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
ओलीसँग लगनगाँठो कस्न सकिँदैन : उपेन्द्र यादव
64x64
नेपाल लाइभ बिहीबार, चैत ५, २०७७  १४:४४
1140x725
फाइल तस्बिर।

काठमाडौं- जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता साझेदारी गर्नै नसकिने बताएका छन्। जसपा कार्यकारिणी समितिको बैठक स्थगित भएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै यादवले 'प्रतिगमनकारी ओली'सँग सहकार्य गर्नै नसकिने स्पष्ट पारे। 

‘हामी स्पष्ट छौं। यसमा कुनै शंका छैन। ओली जस्ता प्रतिगमनकारी शक्तिका विरुद्ध उभिन्छौं। उनीसँग लगनगाँठो बाध्न सकिँदैन’ यादवले भने, ‘ओलीसँग सति जाने भनेर कसैले प्रस्ताव त ल्याउनु पर्‍यो ? त्यो प्रस्ताव कसैले ल्याएको छैन। पार्टी कमिटी बाहिर कसले के बोल्यो कसले कसलाई कान फुक्यो भन्ने आधारमा पार्टीले नीति निर्धारण हुँदैन।’ परिस्थिति परिपक्क भएपछि पार्टीले निर्णय गरेर जाने यादवले बताए।   

ओलीसँग सहकार्य गरे मधेश आन्दोलनलाई धोका
ओलीसँग दीर्घकालीन सहकार्य गरेर जाँदा मधेश आन्दोलनलाई धोका हुने यादवले टिप्पणी गरे। उनका अनुसार जसपाले ओलीसँग सहयर्का गर्नु भनेको लोकतन्त्रलाई धरापमा पार्नु हो, संघीयतलाई खारेज गर्न सहयोग गर्नु हो। ‘पार्टीले निर्णय गरेर भन्यो ओलीले असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी काम गरे। संघीय गणतन्त्रलाई समाप्त पार्न खोजे संसद भंग गरे। ओलीले क्याबिनेटबाटै निर्णय गरेर संघीय लोकतान्त्रिक गणतन्त्र लेख्न पाइँदैन भन्नेसँग कसरी सहकार्य हुन सक्छ? भनियो’ यादवले प्रश्न गर्दै भने, ‘ओलीसँगको सहकार्यले के संघीयता लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ ? के प्रदेशका क्षेत्रधिकार बलिया हुन्छन् ?  पहिचानको समस्या समाधान हुन्छ?  समानुपातिक समावेशीकरण अझै व्यवस्थित भएर जान्छ ?’ ओलीसँग विगतमा सहकार्य गरेर प्रमाणित भइसकेकाले फेरि मरिहत्य नगर्ने यादवले बताए। 

सत्तासाझेदारीका लागि पाँच सदस्यीय कार्यदल बाहेक अन्य कार्यदल बनाएको पार्टीलाई थाहा नभएको यादवले बताए। ‘हामीले पाँच जनाको कार्यदल बनाएका छौं। अर्को कार्यदल थाहा छैन। त्यो पार्टीले बनाएको कार्यदल पनि होइन। पार्टीले निर्णय गरेर बनाएको पाँच शीर्ष नेताहरुको कार्यदल मात्रै हो’ यादवले भने, 'त्यो कार्यदलले प्रधानमन्त्रीसहित कांग्रेस माओवादीसँग एकसरो छलफल गरिसक्यो। अर्को कार्यदलले छलफल गरेको पार्टीलाई थाहा छैन।’ 

संविधान लेख्दा ओली, देउवा र प्रचण्डले जसपालाई अन्याय गरेकाले उनीहरुलाई प्रतिगमनकारी करार गरेको विषयमा समेत यादवले खण्डन गरे। ‘सबैलाई प्रतिगमनकारी देख्ने सोंच गलत छ। ओली-प्रचण्ड-देउवालाई एउटै खाल्डोमा हाल्न मिल्दैन। सबै मधेशी एउटै हुन, सबै पहाडिया एउटै हुन, सबै पत्रकार एउटै हुन, सबै प्रोफेसर एउटै हुने भन्या जस्तै हो। दुनियाँमा कहिँ यस्तो हुन्छ ?’ यादवले भने, ‘सबैका आ-आफ्ना सोंच, विचार हुन्छन्। आ-आफ्ना विशेषता हुन्छन्।  सबै एउटै हुन भन्ने सोच्नु गलत हो।’ 

प्रतिगमनका विरुद्ध लागेका शक्तिहरु मिलेर निकास दिनुपर्छ
अहिलेको राजनीतिक गतिरोधलाई निकास दिन प्रतिगमनका विरुद्ध लागेका शक्तिहरु एक ठाउँमा उभिउनुपर्ने यादवले बताए। ‘मुलुकलाई निकास दिन प्रतिगमनका विरुद्ध लागेका शक्ति, लोकतान्त्रिक शक्तिहरु र परिवर्तनकारी शक्तिहरु मिलेर मुलुकलाई निकास दिनुपर्छ। परिवर्तनलाई संस्थागत गर्नुपर्छ’ यादवले भने, ‘कांग्रेस प्रमुख प्रतिपक्ष हो। उसको सबैभन्दा धेरै दायित्व हुन्छ। यसको निर्णयले अन्य प्रतिपक्षलाई निर्णय गर्न सहज बनाउँछ।’ 

जसपाले मात्रै विकल्प दिएर मूर्त रुप नलिने भन्दै यादवले कांग्रेसले सबैभन्दा पहिले निर्णय गरेर जानुपर्ने बताए। ‘हामीले निर्णय गरेर जान सकौंला त्यसले मूर्त रुप लिँदैन। हाम्रो आफ्नै स्ट्रेन्थले कुनै परिणाम ल्याउँदैन। परिणाम ल्याउने नभएपछि निर्णय गरेर मात्रै के गर्ने? त्यसले उहाँहरूको अवसरका लागि खुला राखेका हौ’, यादवले भने। 

कांग्रेससहित अन्य प्रतिपक्ष दलहरुबीच समझदारी हुन नसक्दा संकट थपिदै गएको उनको भनाइ छ। आफ्नो पार्टीले परिस्थितिमा स्पष्टता नदेखेकाले कार्यकारिणी समितिको बैठक स्थगित गरेको जसपा अध्यक्ष यादवले बताए। 

प्रकाशित मिति: बिहीबार, चैत ५, २०७७  १४:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान
सम्बन्धित सामग्री
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले आफूहरू कानुनी शासनमा विश्वास गर्ने बताए। सोमबार, असार २३, २०८२
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली नेकपा एमाले केन्द्रीय पर्यटन विभागद्वारा आयोजित ‘नेपालमा पर्यटन: अवस्था, चुनौती र सम्भावना’ विषयक राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्दै उ... सोमबार, असार २३, २०८२
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै उक्त टिप्पणी गरेका हुन्। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष साह पक्राउ सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
सुशासन, सामाजिक न्याय र समृद्धिको जनआकांक्षलाई पूरा गर्नु साझा दायित्व : राष्ट्रपति पौडेल सोमबार, असार २३, २०८२
गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका विदेशमन्त्रीबीच भेटवार्ता सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्