• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
64x64
सविन मिश्र बुधबार, चैत ११, २०७७  ०७:००
1140x725

काठमाडौं- मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को सहयोगमा सञ्चालन हुने अमेरिकी सहयोगको आयोजना कार्यान्वयन गर्न गठित मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसिए)ले चालु आर्थिक वर्षको पहिलो ८ महिनामा तलब भत्ता र घरभाडामा मात्रै २० करोड ८२ लाख रूपैयाँ खर्च गरेको छ।

एमसिए नेपालको कार्यालयमा कार्यरत कर्मचारी खर्च र काठमाडौंको दरबारमार्गस्थित लालदरबार कम्प्लेक्समा रहेको कार्यालयको भाडामा यो रकम खर्च भएको हो। यो कार्यालयको भाडा मासिक १६ लाख रूपैयाँ छ।

अमेरिकी सरकारको सहयोगअन्तर्गत कार्यक्रमले नेपालमा करिब ३१५ किलोमिटर (फाइनल रुट निर्धारण गर्दा केही तलमाथि हुन सक्ने) र १०० किलोमिटर सडक स्तरोन्नतिको काम गर्नेछ। नेपाल र एमसिसीअन्तर्गत भएको सम्झौता संसद्बाट अनुमोदन नभएका कारण पूर्ण कार्यान्वयनमा गएको छैन। एमसिसीको सहयोगबाट पूर्व-पश्चिम राजमार्गको चन्द्रौटाबाट शिवखोलासम्मको सडक स्तरोन्नति हुनेछ। 

संसद्बाट सम्झौता अनुमोदन नभएका कारण अमेरिकी सरकारले बजेट दिएको छैन। अहिले नेपाल सरकारको स्रोतबाट एमसिए नेपालले खर्च गरिरहेको छ। सम्झौताअनुसार अमेरिकी सरकारले ५०० मिलियन डलर (करिब ५५ अर्ब रूपैयाँ) र नेपाल सरकारले १३ मिलियन डलर (करिब १५ अर्ब रूपैयाँ) ब्यहोर्नेछन्। 

एमसिए नेपालले पुँजीगत खर्चतर्फ भने नुवाकोटको रातमाटेमा बन्ने सबस्टेसनका लागि मुआब्जा वितरणमा ९० करोड ५४ लाख रूपैयाँ वितरण गरेको छ। एमसिसीको सहयोगमा एमसिए नेपालले ३ वटा सबस्टेसन निर्माण गर्नेछ। त्यसमध्ये नुवाकोटमा बन्ने सबस्टेसन जग्गा अधिग्रहण गरेर बनाइनेछ भने बाँकी दुईवटा नेपाल विद्युत प्राधिकरणको जग्गामा बन्नेछ। एमसिसीको सहयोगमा निर्माण हुने प्रसारण लाइनले ५ वटा विद्युत सबस्टेसन छुने भएपनि दुईवटा पहिले नै बनिसकेका छन्।

Ncell 2
Ncell 2

एमसिए नेपालले विद्युत प्रसारण लाइनमा पर्ने जग्गाको पनि मुआब्जा निर्धारणको तयारी अघि बढाएको थियो। तर, कोभिड-१९ का कारण लकडाउन हुँदा सूचना प्रकाशन गरेर पनि काम अघि बढाउन नसकिएको एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर बिष्टले जानकारी दिए। 'कोभिडका कारण परामर्शदाता परिचालन गर्न पनि नसक्ने अवस्था आयो। जसका कारण सूचना प्रकाशित भएर पनि काम अघि बढेन,' बिष्टले भने।

एमसिसीअन्तर्गतका आयोजना कार्यान्वयनको पूर्वशर्तमध्ये नेपाल सरकारले संसद्बाट सम्झौता (कम्प्याक्ट) अनुमोदन गर्न सकेको छैन। तत्कालीन् सत्तारुढ दल नेकपा (हालको एमाले र माओवादी केन्द्र)भित्रबाटै सम्झौताको चर्को आलोचना भएपछि एमसिसी सम्झौता संसद्बाट अनुमोदन भएको छैन।

प्रधानमन्त्री केपी शर्मा ओली समूह र प्रतिपक्ष नेपाली कांग्रेस सम्झौता अनुमोदनको पक्षमा छन् भने एमालेभित्रकै एउटा पंक्ति र माओवादी केन्द्रभित्रको एउट समूह सम्झौता अनुमोदनको विपक्षमा छ। 

पूर्वशर्तभित्रकै जग्गा अधिग्रहणको काम भइरहेको छ भने सरकारले आयोजनाहरूलाई राष्ट्रिय गौरवका आयोजनाको सूचीमा सूचीकरण गरिसकेको छ। यसैगरी, पूर्वशर्तकै रूपमा रहेको विद्युत नियमन आयोग गठनको काम भइसकेको छ।

कार्यक्रम कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्नुपर्ने पूर्वशर्त पनि पालना भएको छ। बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि भारत सरकारको सहमति प्राप्ति भइसकेको छ भने दुई देशको सम्झौताअनुसार कम्पनी गठन भएको छैन। 

प्रकाशित मिति: बुधबार, चैत ११, २०७७  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
अर्थतन्त्रलाई नयाँ ट्र्याकमा अघि बढाउन नेतृत्वदायी भूमिका खोज्दै निजी क्षेत्र
सम्बन्धित सामग्री
सेयर बजार दोहोरो अंकले बढ्यो बिहीबार सेयर बजार १९.४० अंकले बढ्दै २६८९ विन्दुमा पुगेर बन्द भएको छ। योसँगै कारोबार रकम झण्डै १० अर्ब नजिक पुगेको छ। बिहीबार, जेठ ८, २०८२
साढे दुई अर्बको सिमेन्ट भारतमा निर्यात बुधबार भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त मूल्य बराबरको सिमेन्ट निर्यात भएको हो। बिहीबार, जेठ ८, २०८२
सुनको मूल्य पुनः एक लाख ९० हजार नाघ्यो, चाँदीको कति ? नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा छापावाल सुनको मूल्य आज तोलामा १ हजार ७०० रुपैयाँले वृद्धि भएको हो । बिहीबार, जेठ ८, २०८२
ताजा समाचारसबै
आईएसआईसँग सम्बन्ध भएको आरोपमा दिल्लीमा एक नेपालीविरुद्ध मुद्दा, पहिचान छुपाएर बस्दै आएको आरोप बिहीबार, जेठ ८, २०८२
कुलिङ पिरियडको प्रावधानबाट समिति पछि हट्दैन: सभापति खतिवडा बिहीबार, जेठ ८, २०८२
जापानमा ट्याक्सी चालकले ५० महिलालाई बलात्कार गरेको आशङ्का बिहीबार, जेठ ८, २०८२
सगरमाथा आरोही छत्यालको बढुवा, दर्ज्यानी चिन्ह प्रदान बिहीबार, जेठ ८, २०८२
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
नवनियुक्त गभर्नर पौडेलप्रति सांसद शाहीको कटाक्षः चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्