• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
‘केपी ओलीलाई हाम्रो र हामीलाई केपी ओलीको सहयोग चाहिएको छ’ [अन्तर्वार्ता]
64x64
नेपाल लाइभ शनिबार, चैत १४, २०७७  ०९:४५
1140x725

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेकपा (माओवादी केन्द्र)ले दिएको समर्थन फिर्ता लिनसाथ सरकार ढल्ने निश्चित छ। माओवादीले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले प्रतिनिधि सभामा ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। यस्तो अंकगणितमा प्रतिनिधि सभाको चौंथो ठूलो दल, जनता समाजवादी पार्टी (जसपा) निर्णायक ठाउँमा छ। ओली सरकारको निरन्तरता वा नयाँ सरकार गठनका विषयमा जसपा नै निर्णायक देखिन्छ, यतिखेर। पछिल्लो समय जसपा यसबारे अनिर्णित बन्दा सरकार फेरबदलको विषय पनि ठप्प छ। जसपाले प्रधानमन्त्रीसँग गरिरहेको छलफल, सरकारमा जाने विषयमा त्यहाँभित्र भइरहेको विवाद र उठाएका मुद्दा-मागबारे जसपाका वरिष्ठ नेता राजेन्द्र महतोसँग नेपाल लाइभका लागि वीरेन्द्र ओली र लिलु डुम्रेले गरेको कुराकानीको सारसंक्षेप :

पछिल्लो समय दलहरूबीच संवाद रोकिएको छ। नेताहरूबीच भेटघाट र छलफल किन पातलियो? 
दलहरुबीच संवाद चलिरहेको छ। आवश्यकता अनुसार छलफल हुने हो। कुन दलले कोसँग आवश्यकता महशुस गर्छ, त्यसपछि संवाद हुने हो। अहिले पनि संवाद रोकिइहालेको छैन। हामीले कांग्रेस, एमाले, माओवादी सबै दलसँग भेटेर छलफल गर्‍याैं। र, प्रधानमन्त्रीलाई पनि भेट्यौं। जुन दललाई भेट्ने आवश्यकता हुन्छ, त्यो दलका नेताहरू गएर भेटिरहेका छन्।

तपाईंहरु पनि बालुवाटार गइरहनु भएको छ। त्यहाँ के पाक्दैछ?
अधिकार र पहिचानको मधेश, थरुहट आन्दोलन हुँदा सयौंलाई झुटा मुद्दा लगाइएको छ। कतिपय साथीहरु अझै जेलमा छन्। कतिलाई मुद्दा लगाएर तारेख धाइरहेका छन्। कतिपय लुकेर भाग्नु परेको छ। त्यो मुद्दामामिला सरकारले फिर्ता लिनुपर्‍यो। हामीले पहिलेदेखि भन्दै आएका छौं। त्यही सम्बन्धमा प्रधानमन्त्रीसँग भेटेर कुरा राखेको हो। त्यसका लागि कार्यदल समेत बनाएका छौं। दुईपक्षका कार्यदलले देशभर मधेश, थरुहट आन्दोलनमा कति जनालाई मुद्दा लगाइएको छ,  मुद्दाको अवस्था कस्तो छ, ती सबै मुद्दालाई राज्यले कसरी हेर्ने हो, सरकारले कसरी सम्बोधन गर्ने हो, भन्नेबारे तय गर्नका लागि पहिले छलफल गर्न हामीले प्रधानमन्त्रीलाई भेटेका हौं। 

तर, यो कार्यदलबारे तपाईंकै पार्टीका उपेन्द्र यादव र बाबुराम भट्टराईले पार्टीलाई थाहै छैन भनिरहनुभएको छ नि? 
हामीले कार्यदलमा अनौपचारिक रुपमा छलफल गरिरहेका छौं। संवाद एउटा निचोडमा पुगेपछि त्यसलाई औपचारिक रुप दिन्छौं। यो मुद्दा जसपा बन्नुभन्दा अघिदेखिको हो। यसको अरुभन्दा पीडा हामीले भोगेका छौं। पार्टीलाई थाहा नहुने भन्ने कुरा हुँदैन, सबैलाई थाहा छ। जब औपचारिक रुपमा निर्णय हुन्छ, त्यसपछि पार्टीलाई जानकारी भइहाल्छ।

उपेन्द्र यादव र बाबुराम भट्टराईले त ओली नेतृत्वको सरकारमा जानुहुन्न भनिरहनुभएको छ नि? तपाईंहरु भने यही सरकारमा जानेगरी छलफल चलाइरहनु भएको छ। एउटै पार्टीमा दुई धार किन? 
दुई धार मिडियाले बनाएको हो। पार्टीमा एउटै धार छ। मुख्य कुरा रेशम चौधरीको रिहाई, मधेश/थरुहट आन्दोलनमा मुद्दा लगाइएका तीन/चारसय जनाको मुद्दा फिर्ता हो। लाल आयोगको प्रतिवेदन सार्वजनिक र संविधान संशोधनको मुद्दा पनि छ। हाम्रो प्रमुख माग मुद्दाको सम्बोधन हो। सरकार र  सत्ता हाम्रो अजेण्डा बनिसकेको छैन।

तत्कालीन राजपाले संविधान संशोधन गर्ने शर्तमा ओली सरकारलाई समर्थन दिएको थियो। संशोधन प्रक्रिया अघि नबढाएपछि समर्थन फिर्ता लिएको थियो। समाजवादी पार्टी त सरकारबाटै अपमानपूर्वक निकालियो। यही सरकारले मुद्दा सम्बोधन गर्छ भन्ने तपाईंलाई लाग्छ? 
त्यो अपमान कति भयो, उपेन्द्रजीलाई सोध्नुहोला। हामीले त्यतिबेला पनि भनेका थियौं, माग पूरा गरेपछि मात्रै सरकारमा जानुस् है भनेर। मधेश आन्दोलनको मञ्चबाटै, सात दलको मोर्चाको कार्यक्रमबाटै त्यसो भनिएको हो। त्यहाँ उपेन्द्रजी पनि हुनुहुन्थ्यो। प्रधानमन्त्रीले सरकारमा आउन आह्वान गर्नुभएको थियो, त्यतिबेला राजपालाई पनि आह्वान गरिएको थियो। हामीले पहिला मुद्दा सम्बोधन गर्नुस्, त्यसपछि सरकारको कुरा गरौंला भन्यौं। त्यसपछि हामी सरकारमा गएनौं।

उपेन्द्रजीहरु दुईबुँदे सहमति गरेर सरकारमा जानुभयो। अखिरमा के पाउँनुभयो? जनताले के पाए? त्यो सबै हामीले हेरिरहेका छौं। त्यसकारण यो सरकार र सत्ताको कुरा होइन। हामीले तीन वर्ष पहिले भनेको कुरा नै उठाइरहेका छौं, कुनै नयाँ माग ल्याएका छैनौं। पछिल्लो पटक प्रधानमन्त्रीलाई त्यही भन्यौं। अहिले पनि त्यो मुद्दा सम्बोधन गरेको खोइ? भनेर सोध्दै छौं। यी सबै सवाल सम्बोधन नभएर सरकारमा जाने कुरा बेकार छ।

उपेन्द्रजी दुईबुँदे सहमति गरेर जसरी सरकारमा जानुभो, अब जसपाले त्यस्तो अपरिपक्व खेल खेल्दैन। मुद्दा सम्बोधन भएपछि मात्र सरकारलाई भित्रै गएर सहयोग गर्ने कि बाहिर बसेर समर्थन गर्ने भन्ने कुरा टुंगो लाग्छ। त्यो निर्णय पार्टीले गर्छ। त्यसैले अहिलेको सरकार र सत्तासमीकरणको खेलमा जसपा छैन। त्योभन्दा बाहिर छ।

तीन वर्ष पहिलेका केपी ओली र अहिलेका केपी ओलीमा के फरक पाउनुभो त? 
फरक छ नि। अहिले केपी ओलीकै अवस्था फरक छ भनेर हेर्नुभएको छैन? सत्ताको गणितको खेल भइरहेको छ। उहाँ (केपी ओली)लाई हामी आवश्यक भएका छौं। हामीलाई उनी (केपी ओली) आवश्यक भएको छ। दुवैलाई एकअर्काको सहयोग चाहिएको छ। त्यतिबेला त दुईतिहाइको सरकार थियो, हामीलाई के टेर्नू! अहिले सत्तासमीकरण कहाँ जाने हो टुंगो छैन। त्यसैले तीन वर्ष पहिलेका ओली र अहिलेका ओलीमा ठूलो फरक छ।

तीन वर्ष पहिले दुईतिहाइको प्रधानमन्त्री थिए, अहिले छैनन्। आज जसपाले कुनै निर्णय लिँदा अर्थपूर्ण हुने अवस्था छ। जसपाले कुनै निर्णय लिँदा अर्थ हुने भएकाले आज केपी ओलीलाई केही भन्नुको पनि अर्थ छ। त्यसैले हामीले राखेको कुरालाई गम्भीरतापूर्वक लिनुपर्छ। हामीसँगको भेटमा प्रधानमन्त्रीले झुटा मुद्दा फिर्ता लिन्छु, बन्दी रिहाईको विषयलाई गम्भीरतापूर्वक लिएको छु भन्नुभएको छ। 

तर, अहिलेसम्म झुटको खेती मात्र भयो। जहिल्यै गर्छु भन्ने, तर कहिल्यै नगर्ने भयो। अहिले पनि गर्छन् गर्दैनन् भन्ने केही ठेगान छैन। ओली दबाबमा भएकाले गर्न सक्छन् भन्ने हो। किनभने यसबेला हामी पनि काम लाग्ने भएका छौं के!

अरुले आन्दोलन गर्दा राजनीतिक आन्दोलन हुने, मधेशी र थारुले आन्दोलन गर्दा आपराधिक आन्दोलन हुने हो र? के हो त्यो भनेको? कसको शासनमा यस्तो हुन्छ? यो सबै नेपाली जनताको देश हो कि होइन? सबै नेपालीका लागि शासन हुनुपर्ने हो कि होइन? अरु हत्या गरेर आएकाहरु प्रधानमन्त्री बन्न हुने, मधेश र थरुहट आन्दोलन गर्नेहरु जेलमा बस्ने भन्ने पनि हुन्छ?  यो सबैको देश हुनुपर्‍यो, सबै समान हुनुपर्‍यो। यो सबै मुद्दा प्रधानमन्त्री आफैंले सम्बोधन गर्नुपर्ने हो कि होइन? यो नश्लवादी सोच र चिन्तन कहिलेसम्म? यस्तो मानसिकता कहिलेसम्म राख्ने? देश रसातलमा गइसक्यो, नेपाल सम्पन्न राष्ट्र हुनुपर्ने हो कि होइन? यहाँ कतिपय नारा लगाउँछन्- ‘समृद्ध नेपाल सुखी नेपाली’।  अनि हालत चाहिँ ‘दुःखी नेपाली विपन्न नेपाल’ को छ। यसको कारण के हो भनेर किन विश्लेषण हुँदैन? किनभने नेपाललाई सबै नेपालीको बनाइएन। यो देश हिमाल, पहाड र तराईमा बस्ने सबैको बनाइएन।

आन्दोलन मधेशी र थारुले मात्र गरेको हो? यो देशमा सबैले आन्दोलन गरेका छन्, तर एउटा समुदायलाई मात्र कारावास ठोक्ने? देशमा सातौं संविधान बने पनि जनताले पहिचान र अधिकार पाएका छैनन्। संविधान पटक-पटक परिवर्तन भयो तर, मानसिकता, विचार र व्यवहार परिवर्तन भएन।

तपाईंले प्रधानमन्त्री ओलीमा नश्लवादी चिन्तन छ भन्नुभयो। उहाँले संविधान नै कुल्चेर प्रतिनिधि सभा विघटन गर्नुभयो। यो सबै बुझ्दाबुझ्दै उहाँकै पक्षमा लागेर साथ दिन किन खोजिरहनुभएको छ त? 
त्यसो भए कहाँ जाने, अमेरिका जाने त? कोसँग कुरा गर्ने त? मोदीसँग कुरा गर्ने कि जो वाइडेनसँग? कि चीनका राष्ट्रपति सि चिनफिङसँग? आफ्नो देशको समस्याबारे आफ्नो देशको प्रधानमन्त्री र सरकारसँगै कुरा गर्ने न हो। मुख्य कुरा यिनीहरुको मानसिकतामा परिवर्तन हुन पर्‍यो के। नश्लवादी चिन्तन बोकेका कांग्रेस, एमाले र माओवादीको मानसिकतामा परिवर्तन हुन पर्‍यो। अहिले पनि देशको राजनीति यिनीहरुको हातमा न हो।

तपाईंहरुसँग अहिले सत्ताको चाबी छ। तपाईंहरुले चाहेअनुसार खोल्न सक्ने बेला छ नि?
त्यही त। जसले गर्छ, त्यसका लागि साँचो खुल्छ त भनिरहेका छौं नि। जुन तालाले काम गर्छ, उसैमा चाबी घुम्छ।

चाबी हातमा लिएर मात्र बस्ने कि, निकास दिनेतिर पनि लाग्ने?
केपी ओलीको ताला खोल्ने हो भने हाम्रा मागमा काम गर त भनिरहेकै छौं नि! जसले काम गर्छ, उसको ताला खुल्छ। जहाँ जनताको समस्या हल हुन्छ, त्यहीँ यो चाबी प्रयोग हुन्छ। पार्टीले उठाएका यावत कुरा जसले समाधान गर्छ, त्यसलाई हामीले सहयोग गर्ने हो। उधारोमा समर्थन गरेर केही हुनेवाला छैन। हाम्रा सवाल समाधान गर्नेले हामी सरकारमा रहेर/नरहेर दुवै तरिकाले समर्थन र सहयोग पाउन सक्छ।

तपाईंको पार्टीभित्रको एउटा पक्ष प्रधानमन्त्री ओलीको चर्को आलोचना गरिरहेको छ। पुस ५ गतेपछि प्रतिनिधि सभा विघटनविरुद्ध निरन्तर विरोधमा रहेकाले ओलीइतरको सरकारमा जसपाले बल गर्छ भन्ने थियो नि?
(लामो हाँसो) विकल्पका लागि कहाँ जाने? जसपाको अगाडि कांग्रेस, एमाले र माओवादी छन्। यी तिनवटै पार्टीले मधेशीमाथि गोली ठोकेर संविधान जारी गरेका हुन्। अन्तरिम संविधान भन्दा पनि पछि हटेर, पाएको अधिकार पनि खोसेर संविधान जारी गरेका हुन्। आदिवासी, जनजाति, थारु, मधेशीसँग गरेका सम्झौतालाई च्यातेर संविधान एकतर्फी जारी गरिएको हो। 

हामीसँग उस्तै व्यवहार गर्ने उही माओवादी, कांग्रेस, एमाले त हुन्। देशलाई रसातलमा पुर्‍याउने, ७ पटक संविधान बनाउने यिनीहरु नै हो। जनताको अधिकार र पहिचान नदिने यिनीहरु नै हो। जनतालाई गोली ठोक्ने पनि यिनीहरु नै हो। दूधले धोएको कुन छ र, सबै बराबर छन्।

एउटै डालोमा राख्ने काम उनीहरुले नै गरेका हुन्। पहिले यी तिनै दलले प्रतिगमन गरेका हुन्। प्रतिगमनमाथि प्रतिगमन ओलीले गरेको हामीले भन्यौं। दोहोरो प्रतिगमनलाई त हामी सबै मिलेर परास्त गर्‍यौं। अब त संविधान ट्रयाकमा आयो।

जो सरकारमा छ, उसैसँग कुरा गर्ने हो अब। अर्को सरकार आयो भने ऊसँग पनि कुरा गरौंला। हामी सरकार बनाउने काममा छैनौं भने जो सरकारमा आउँछ, उसैसँग कुरा गर्ने हो। अनुहार हेरेर आग्रह/पूर्वाग्रहमा कुरा गर्ने होइन। पुरानो रिसइबी साँध्ने होइन नि। हाम्रो काम अहिले पनि तिनै दल मिलेर गर्नुपर्छ।

सरकारबाट हुने काम ओलीबाट होला। संविधान संशोधनको काममा कांग्रेस र माओवादीले पनि गर्नुपर्छ। हिजो संविधान संशोधनका लागि कांग्रेस र माओवादी तयार थिए, ओली तयार थिएनन्। एमालेलाई तयार गरेपछि पहिलेदेखि तयार भएका उनीहरुलाई पनि साथमा लिएपछि संशोधन हुन्छ। दुश्मनलाई दुश्मन नै बनाएर राख्यो भने त्यसले काम गर्दैन। मुद्दा/मामिला सरकारले समाधान गर्न सक्छ। लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने काम सरकारको हो। संशोधनलाई संसदमा टेबल गर्नसक्छ। संशोधनका लागि भने तीनै दल चाहिन्छ।

सरकार र सत्ताको हामीलाई मतलव छैन। हाम्रो सवालका लागि तीनै दलसँग कुरा गरिरहेका हौं। सरकार बनाउने टिकाउने उनीहरुको अजेण्डा होला, हाम्रो अजेण्डा होइन।

संविधान संशोधन हुने सम्भावना छैन भनिन्छ। अहिले तपाईंहरु प्रधानमन्त्रीतिर नजिकिनुको कारण चाहिँ सत्तामा भागबण्डा गर्न बलियो हिस्सेदारीका लागि भन्ने छ। त्यसो हो?
समस्या समाधान गर्नतिर अहिले पनि सोच, चिन्तन भएन के त? हामीले बनाएको सोच त नेपाल कसरी बनाउने भन्ने हो। तराजुबाट बढी लिने, कम लिने काम जसपाले गर्ने हो र? वैकल्पिक शक्ति निर्माणका लागि पार्टी खडा भएको हो। कांग्रेस, कम्युनिस्टको परीक्षण नेपालमा भइसकेको छ। ७० वर्षमा पटक–पटक परीक्षण भएर असफल भएपछि जसपा जन्मेको हो। जसपा पनि अरु जस्तै बन्ने? त्यस्तो बन्न हुँदैन। अधिकार, पहिचान, सुशासन र समृद्धिको अजेण्डा लिएर अगाडि बढ्न खोजेको हो।

कता घटी, कता बढी भनेर ढक र पोइन्टमा लाग्ने होइन। कुनैबेला सरकारको 'पार्ट' बनिएला, त्यो अर्को कुरा हो। परिस्थिति त्यो बन्यो भने देखा जाला। अहिले हाम्रो सरकार बनाउने अजेण्डा होइन। नेपाल सबै नेपालीको बनोस् भन्ने हाम्रो अजेण्डा हो। सबैको नेपाल नबनेसम्म देशको अवस्था यस्तै हो। संविधानमा देशका सबैको अनुहार देखिन पर्‍यो। त्यसको लागि संविधान संशोधन गर्न पर्‍यो। हाम्रो लागि संविधान संशोधन होइन, देशका लागि गर्नपर्‍यो। मधेशी, जसपाको लागि मात्रै होइन के संविधान संशोधन।

गणतन्त्रको अनुभूति गर्न नसक्ने कस्तो शासन व्यवस्था ल्यायौं हामीले? सबैले अनुभूति गर्न सक्ने पद्धति निर्माण गर्न पर्‍यो। एकल राष्ट्रिय राजनीति गरेर भएन के। एउटैको हालीमुहालीले देश बिग्रियो। संविधान र शासन सबै जनताका लागि हुनुपर्छ।

अहिलेको गतिरोध अन्त्यका लागि तपाईंले देखेको समाधान के हो?
वर्तमान संकटको निकास एउटा कुरा हो। देशलाई समृद्ध बनाउने अर्को कुरा हो। अहिलेको चिन्ता भनेकै कुन व्यक्ति सत्तामा बस्ने भन्ने छ। कांग्रेस, माओवादी, एमालेका जति नेताको नाम अहिले लिनुस्, ओली, प्रचण्ड, देउवा, भट्टराई सबै कुर्सीमा बसेर शासन गरिसकेका हुन्। प्रधानमन्त्री फेरेर समस्याको समाधान हुने होइन। प्रधानमन्त्री फेर्ने/नफेर्ने हाम्रो अजेण्डा नै होइन। शासनको कुरा कांग्रेस, एमाले र माओवादीलाई गएर सोध्नुस्। हामीले देशको समस्याको समाधान कसरी हुन्छ, त्यो बताउने हो। हाम्रो शक्तिको प्रयोग पनि देशका समस्या समाधानका लागि गर्ने हो। समस्या समाधान भइसकेपछि मात्रै शासनको कुरा आउँछ।

प्रकाशित मिति: शनिबार, चैत १४, २०७७  ०९:४५
  • #जसपा
  • #संविधान_संशोधन
  • #राजेन्द्र_महतो
  • #सत्ता_गठबन्धन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली
असार मसान्तसम्म प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय
शुक्लाफाँटामा सेन्सरयुक्त सौर्यबत्ती जडान
सम्बन्धित सामग्री
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चा... मंगलबार, फागुन १३, २०८१
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत वार्षिक ३५ सय रुपैयाँले ५ जनाका परिवारले १ लाख बराबरको उपचार सहुलियत पाउने व्यवस्था छ।  सोमबार, फागुन १२, २०८१
ताजा समाचारसबै
देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो : प्रधानमन्त्री ओली सोमबार, असार २३, २०८२
असार मसान्तसम्म प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका तय सोमबार, असार २३, २०८२
शुक्लाफाँटामा सेन्सरयुक्त सौर्यबत्ती जडान सोमबार, असार २३, २०८२
एप्पलद्वारा इयूसँग ५० करोड युरो जरिवानाबारे पुनर्विचार गर्न आग्रह सोमबार, असार २३, २०८२
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्