• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २५, २०८२ Wed, Jul 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
सशस्त्रका एसपी पौडेलमाथि अख्तियार र हेडक्‍वार्टर दुवैले अघि बढाए छानबिन व्यापारीबाट रकम असुलेको सूची अख्तियारमा
64x64
नारायण अधिकारी आइतबार, चैत १५, २०७७  १४:४६
1140x725

काठमाडौं- सशस्त्र प्रहरी बलको नम्बर ४ गण सुनसरीका एसपी माधव पौडेलविरुद्ध अख्तियार दुरुयोग अनुसन्धान आयोग र सशस्त्र प्रहरी हेडक्‍वार्टरले एकसाथ अनुसन्धान अघि बढाएका छन्।

पदीय दुरुपयोग गर्दै तस्कर र व्यापारीहरुबाट रकम असुल गरेको भन्‍ने उजुरी अख्तियार र हेडक्‍वार्टरमा परेपछि एसपी पौडेलविरुद्ध अनुसन्धान अघि बढेको हो।

सीमा नाकामा हुने तस्करीमा मिलेमतो गरी रकम असुल गर्ने गरेको उजुरी आएपछि अनुसन्धान अघि बढाइएको अख्तियार स्रोतले नेपाललाइभलाई जानकारी दियो। ‘एसपी पौडेलले सादा पोसाकमा सशस्त्र प्रहरी परिचालन गरी रकम असुल्ने गरेको भन्दै व्यापारीहरुबाट रकम असुल गरेको सूचीसहित उजुरी परेपछि अनुसन्धान अघि बढाइएको हो,’ अख्तियार स्रोतले भन्यो।

एसपी पौडेलले सुनसरीमा कार्यरत सशस्त्र प्रहरी हवल्दार सचनकुमार चौधरी र सशस्त्र प्रहरी सहायक हवल्दार भाष्कर दर्लामी मगरलाई सादा पोसाकमा खटाएर रकम असुल गरेको भन्दै उजुरी परेको थियो।

उजुरीमा रकम असुलीको विवरणसमेत उल्लेख गरिएको छ। उजुरीमा उल्लेख भएअनुसार कप्तानगञ्‍जका खिला यादवबाट दुई लाख, पोकिनी ग्रुप अमडुवाबाट ८० हजार, लौकहीका व्यापारी राम पुरीबाट ७० हजार रुपैयाँ असुलेको विवरण अख्तियारमा छ।

त्यसैगरी उल्टी नाका, घुस्कीबाट पनि रकम असुल्ने गरेको उजुरीमा उल्लेख छ। लौकहीका विद्यानन्द साहबाट एक लाख, श्रीपुरका रमेश थापाबाट तीन लाख रुपैयाँ असुल गरेको विवरणसहित उजुरी परेको हो।

भुटाहाका प्रमोद मेहताबाट ८० हजार, अमरुवाका व्यापारी दीलिप सहनीबाट ८० हजार, अमरुवाकै वनोद मेहताबाट ७० हजार, भुटाहाका भोला गुप्ताबाट ५० हजार, लौकहीका दुर्गा यादवबाट एक लाख ५० हजार रुपैयाँ असुल गरेको भन्दै उजुरी परेको छ। 

उक्त उजुरीमाथि सशस्त्र हेडक्‍वार्टरले समेत अनुसन्धान गरिरहेको छ। सीमा सुरक्षा र सीमा नाकाबाट हुने तस्करीलगायतका अपराध रोक्ने मुख्य जिम्मेवारी पाएको सशस्त्रका एसपी नै रकम असुलीमा संलग्‍न भएको आरोप लागेपछि प्रहरी हेडक्‍वार्टरले समेत तीव्र रुपमा छानबिन अघि बढाएको छ।

एसपी पौडेलमाथि व्यापक गुनासो र उजुरी आएपछि हेडक्‍वार्टरसमेत एसपी पौडेललाई जिम्मेवारीबाट हटाउने तयारी गरेको स्रोत बताउँछ। यसअघि डिएसपी हुँदासमेत कमाण्ड कन्ट्रोलमा कमजोर देखिएको भन्दै हेडक्‍वार्टरले पौडेललाई तानेको थियो। एसपी पौडेल स्टाफ कलेज पास गरेका अधिकृत हुन्। सशस्त्रमा स्टाफ कलेज पास गर्ने अधिकृतलाई अब्बल मानिँदै आएको छ। तर, कतिपय अधिकृतको फिल्ड कमाण्ड फितलो भएको भन्दै अवधि नपुगी जिम्मेवारी हेरफेर भएका छन्।

भारतसँग ६१.९ किलोमटर सीमा जोडिएको सुनसरीमा सशस्त्रका एक दर्जन बोर्डर आउट पोस्ट (बिओपी) छन्। विभिन्‍न ५१ वटा नाकाबाट मान्छेहरुको आउजाउ हुने गरेको छ। उक्त नाकाहरुबाट भन्सार छलेर अवैध मालसान भित्रने/बाहिरिने गरेकाले तस्करहरुको सेटिङमा प्रहरीले आँखा चिम्लिँदा राम्रो आम्दानी हुने गरेकाले सशस्त्रका अधिकृतको रोजाइमा सुनसरीलगायत भारतसँग सीमा जोडिएका तराईका जिल्लाहरु पर्ने गरेका छन्। तराईका जिल्लाको कमाण्ड सम्हाल्न शक्तिकेन्द्रमार्फत दबाबसमेत दिने गरिन्छ।

यसअघि पनि आर्थिक अनियमिततामा मिलेमतो गरेको आरोप लागेका प्रहरी अधिकारीहरूलाई हेडक्‍वार्टरले कारबाही गरेको थियो।सशस्त्र प्रहरी ऐन, नियमावलीविपरीत काम गर्न कसैलाई छुट नभएकाले आचरणविपरीत काम गरेको पाइएमा जो कोहीलाई कारबाहीको दायरामा ल्याइने सशस्त्रका प्रवक्ता तथा डिआइजी राजु अर्याल बताउँछन्।

प्रकाशित मिति: आइतबार, चैत १५, २०७७  १४:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
अवैध हतियारसहित युवक पक्राउ मंगलबार साँझ करिब ६ः३० बजे, सल्यान जिल्लाको कपुरकोट गाउँपालिका-३, फलाटे घर भई हाल दाङमा रहेको लोटस तालिम केन्द्रमा तालिम लिइरहेका १९... बुधबार, असार २५, २०८२
झापामा भारतीय नागरिक पेस्तोलसहित पक्राउ पक्राउ पर्नेमा पश्चिम बंगालको दार्जिलिङ घर भएका २५ वर्षीय प्रतीक अग्रवाल हुन्। बुधबार, असार २५, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ सोमबार बौद्धको नयाँबस्तीस्थित स्रोत नखुलेको आर्थिक कारोबार भइरहेको सूचनाको आधारमा खाेजी काराेबार गरेकै अवस्थामा उनलाई पक्राउ गरिएको... मंगलबार, असार २४, २०८२
ताजा समाचारसबै
अर्मेनिया र अजरबैजानबीच बिहीबार संयुक्त अरब इमिरेट्स (युएई) मा शान्ति वार्ता हुने बुधबार, असार २५, २०८२
कांग्रेस लुम्बिनीका महामन्त्री विक्रम खनाल पार्टीबाट निष्कासित बुधबार, असार २५, २०८२
भारतबाट आइपुग्यो त्रिवि क्रिकेट मैदानको ३ वटा फ्लडलाइट टावर बुधबार, असार २५, २०८२
सेयर बजारमा हरियाली,नेप्से परिसूचक फेरि २७०० माथि बुधबार, असार २५, २०८२
पहिरोमा पुरिएर बुबाको मृत्यु, छोरा बेपत्ता बुधबार, असार २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्