काठमाडौं– कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान स्तरोन्नतिको काम धमाधम भइरहेको छ। यसै क्रममा फ्लडलाइटको ३ वटा टावर काठमाडौं आइपुगेका छन्।
अहिले ती पोलहरू रङ्गशाला बाहिर नै राखिएको छ। रात्रिकालीन खेलका लागि आवश्यक पर्ने फ्लडलाइटका पोल भारतबाट ल्याइएको हो।
-1752055881.png)
यी टावर बुधबार बिहान काठमाडौँ आइपुगेका हुन्। भारतको उत्तर प्रदेशबाट ९ दिन लगाएर उक्त फ्लडलाइट टावर काठमाडौँ ल्याइएको हो।

अब धमाधम जडानको काम हुनेछ। ४३ करोड ७७ लाख ३० हजार एक सय १३ रुपैयाँको लगानीमा बिकेओआई-केसीडिसी-बीजी जेभीले मैदानको प्यारापिट र फ्लडलाइट जडान गर्न लागेको हो।
-1752055880.png)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।