• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २५, २०८२ Wed, Jul 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
भूकम्पको ६ वर्ष : सुरक्षा निकायका ९६ प्रतिशत भवन पुनर्निर्माण
64x64
नारायण अधिकारी आइतबार, वैशाख १२, २०७८  १७:५१
1140x725

काठमाडौं- १२ वैशाख २०७२ को भूकम्पले क्षतिग्रस्त सुरक्षा निकायका संरचनामध्ये ६ वर्षको अवधिमा ९६ प्रतिशतको पुनर्निर्माण सम्पन्न भएको छ। बाँकी ४ प्रतिशतको पुनर्निर्माण जारी रहेको जनाइएको छ। 

७२ सालको भूकम्पका कारण नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपीएफ), राष्ट्रिय अनुसन्धान विभाग (एनआईडी) गरी चारै वटा सुरक्षा निकायका कूल ७३१ संरचनाहरु क्षतिग्रस्त भएका थिए। तीमध्ये २१६ संरचना  (भवनहरु) पूर्ण रुपमा पुनर्निर्माण गर्नुपर्ने अवस्थाका थिएभने ५१५ भवनहरुमा आंशिक क्षति पुगेको थियो। आंशिक क्षति भएका संरचनामध्ये अधिकांशको पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ। 

पूर्णरुपमा पुनर्निर्माण गर्नुपर्ने भवनमध्ये पनि ९६ प्रतिशत भवनको पुनर्निर्माण भइसकेको प्राधिकरणको तथ्याङ्क छ। बाँकी ४ प्रतिशत भवन भने निर्माणकै चरणमा रहेका छन्। प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने, ‘प्राधिकरणले बनाउने जिम्मा लिएकामध्ये अधिकांश भवन निर्माण भएका छन्। केहीको निर्माण भइरहेको छ। केही सुरक्षा निकायलाई नै बनाउने जिम्मा दिइएको थियो, ती भवनहरु भने उनीहरुले नै बनाउँछन्।’

प्राधिकरणले बनाउने जिम्मा लिएर बाँकी रहेका ४ प्रतिशत भवनहरु पनि यही आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको उनले बताए। आगामी पुस मसान्तमा प्राधिकरणको समायावधि सकिँदै छ। असार मसान्तसम्म पनि निर्माण नसकिएको अवस्थामा पुनर्निर्माणको सम्पूर्ण काम पुस मसान्तसम्म सकिने उनको दाबी छ।

सेनाका २ भवन बन्न बाँकी
भूकम्पका कारण नेपाली सेनाका २१० भवनहरु क्षतिग्रस्त भएका थिए। साना सुरक्षा पोस्टदेखि ब्यारेसम्म गरी २१० भवनमा क्षति भएको थियो। तीमध्ये ७१ वटा भवन पूर्ण रुपमा पुनर्निर्माण गर्नुपर्ने थियो भने १३९ भवनमा आशिंक क्षति भएको थियो। 

पूर्ण रुपमा पुनर्निर्माण गर्नुपर्ने ७१ वटा भवनमध्ये ६९ वटा बनिसकेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले नेपाल लाइभलाई बताए। बाँकी २ वटा भवन भने निर्माणकै चरणमा छन्। आशिंक क्षति भएका १३९ वटा भवनको निर्माण तथा मर्मतको काम भने रक्षा मन्त्रालयमार्फत भएको प्राधिकरणले जनाएको छ। 

‘सेनाका आशिंक क्षति भएका १३९ सुरक्षा पोस्टको पुनर्निर्माण रक्षा मन्त्रालयअन्तर्गत भइरहेको छ’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने।

२०७२ बैशाख १२ को भूकम्पपछि नेपाली सेनाको मुख्यालय जंगी अड्डा समेत क्षतिग्रस्त भएको थियो। २०७३ जेठ २४ गतेबाट प्राधिकरणमार्फत ३ अर्ब ४४ करोड बिनियोजन गरेर जंगी अड्डाको पुनर्निर्माण थालिएको थियो। उक्त भवन दुई वषअघि नै सम्पन्न भई प्रयोगमा आइसकेको छ। उक्त  भवनबाट नेपाली सेनाका महानिर्देशनालय, विभाग, निर्देशनालयसहित ४७ कार्यालय सञ्चालनमा छन्। 

सशस्त्र र राष्ट्रिय अनुसन्धानका सबै भवन निर्माण सम्पन्न
भूकम्बाट सुरक्षा निकायका कार्यालयमध्ये सबैभन्दा थोरै क्षति राष्ट्रिय अनुसन्धान विभागको भएको थियो। विभागका जम्मा ९ वटा कार्यालयमा मात्रै क्षति पुगेको थियो। हाल ९ वटै कार्यालयहरुको पुनर्निर्माण भइसकेको छ। 

राष्ट्रिय अनुसन्धान पछि कम क्षति हुनेमा सशस्त्र प्रहरी बलका कार्यालयहरु छन्। प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कअनुसार सशस्त्रका ३१ भवनहरुमा क्षति भएको थियो। 

भूकम्पबाट सशस्त्रको प्रधान कार्यालयल हल्चोक, विभिन्न बाहिनी, गण तथा गुल्मका हेडक्वार्टरमा क्षति पुगेको थियो। नुवाकोटको ककनीस्थित सशस्त्र प्रहरी बल यूएन शान्ति स्थापना तालिम शिक्षालयको भवन, पोखरास्थित सशस्त्र प्रहरी बल नेपाल नंम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखरालगायतमा क्षति भएको थियो। अहिले ती कार्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको छ।

सशस्त्रको काठमाडौं उपत्यकाभित्र निलबराहीस्थित नंम्बर १८ गणको हेडक्वार्टरमा रहेका २ वटा बहुतले ब्यारेक, प्रधान कार्यालयको पेन्टागन भवन, बंगलामुखीस्थित नम्बर १९ गणको हेडक्वार्टरको भवनलगायत ३१ वटै क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सम्पन्न भइसकेको छ। 

नेपाल प्रहरीका ७ भवन निर्माण गर्न बाँकी
भूकम्पका कारण देशभर गरी नेपाल प्रहरीका ४ सय ८१ कार्यालयमा क्षति पुगेको थियो। तीमध्ये १०५ कार्यालय पूर्णरुपमा क्षतिग्रस्त भएका थिए। आंशिक क्षति भएका प्रहरी कार्यालयहरु सामान्य मर्मत गरेर सञ्चालनमा ल्याइसकिएको छ।

पूर्ण क्षति भएका १०५ मध्ये ९८ भवन बनिसकेको र ७ वटा भवनहरु बन्ने क्रममा रहेको प्राधिकरणको तथ्याङ्क छ। बनिसकेका ९८ प्रहरी कार्यालयहरुमध्ये २५ वटा प्रहरी कार्यालयहरु प्रदेश सरकारमार्फत समेत निर्माण सम्पन्न भएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय प्रहरी अपराध महाशाखा, नेपाल पुलिस क्लबलगायत ७ वटा भवन भने अहिले निर्माणकै चरणमा छन्।

काठमाडौं परिसरका लागि भद्रकालीस्थित १५ रोपनी जग्गामा अत्याधुनिक भवन निर्माणको काम भइरहेको छ। ८० करोड लागतमा यो भवन निमार्ण गर्न लागिएको छ। 

त्यस्तै, अपराध महाशाखाका लागि टेकुस्थित ९ रोपनी जग्गामा भवन निर्माण शुरु भएको छ । ३५ करोडको लागतमा यो भवन बन्ने छ। अन्तर्राष्ट्रियस्तरका सेमिनार तथा खेलकुद प्रतियोगिता हल भने भृकुटी मण्डपस्थित नेपाल पुलिस क्लबमा निर्माण भइरहेको छ। ४० करोडको लागतमा यो भवन बन्ने बताइएको छ। 

यसबाहेक भूकम्पले क्षति भएका केही भवनहरुको पुनर्निर्माणको जिम्मा प्रहरीलाई नै दिइएको थियो। प्रहरी आफैंले पुनर्निर्माण को जिम्मा लिएका भवनहरुको पनि निर्माण कार्य अन्तिम चरणमा पुगेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुवँरले जानकारी दिए।

प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८  १७:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
कांग्रेस लुम्बिनीका महामन्त्री विक्रम खनाल पार्टीबाट निष्कासित केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले प्रदेश महामन्त्री खनाललाई कारबाही गरेको पत्र बुधबार पठाएका छन्। ढुंगानाले लुम्बिनी... बुधबार, असार २५, २०८२
भारतबाट आइपुग्यो त्रिवि क्रिकेट मैदानको ३ वटा फ्लडलाइट टावर अहिले ती पोलहरू रङ्गशाला बाहिर नै राखिएको छ। रात्रिकालीन खेलका लागि आवश्यक पर्ने फ्लडलाइटका पोल भारतबाट ल्याइएको हो। बुधबार, असार २५, २०८२
पहिरोमा पुरिएर बुबाको मृत्यु, छोरा बेपत्ता लुप्सीपारका ३५ वर्षीय जगेन्द्र विकको पहिरोमा पुरिएर मृत्यु भएको हो भने निजका छोरा अन्दाजी १३ वर्षका सरोज विक बेपत्ता रहेका जिल्ला प्... बुधबार, असार २५, २०८२
ताजा समाचारसबै
कांग्रेस लुम्बिनीका महामन्त्री विक्रम खनाल पार्टीबाट निष्कासित बुधबार, असार २५, २०८२
भारतबाट आइपुग्यो त्रिवि क्रिकेट मैदानको ३ वटा फ्लडलाइट टावर बुधबार, असार २५, २०८२
सेयर बजारमा हरियाली,नेप्से परिसूचक फेरि २७०० माथि बुधबार, असार २५, २०८२
पहिरोमा पुरिएर बुबाको मृत्यु, छोरा बेपत्ता बुधबार, असार २५, २०८२
मैले प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस फर्किएनन् भनेको होइन् : सांसद सोबिता बुधबार, असार २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्