• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २५, २०८२ Wed, Jul 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
जनप्रतिनिधिको संलग्नता बलात्कारदेखि हत्यासम्मका अपराधमा, १८२ जनाविरुद्ध फौजदारी मुद्दा
64x64
नारायण अधिकारी बुधबार, वैशाख १५, २०७८  ०८:४८
1140x725

काठमाडाैं-

  • वैशाख ८ गते बलात्कारको आरोपमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव पक्राउ परे। धरानस्थित एक गेष्टहाउसमा युवतीलाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय धरानको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। जागिर लगाइदिने प्रलोभन देखाएर होटलमा लगी बलात्कार गरेको भन्दै एक युवतीले उजुरी दिएपछि उनी पक्राउ परे। सुनसरीका एसपी कमल थापाका अनुसार जबरजस्ती करणीको कसुरमा जिल्ला अदालत सुनसरीबाट म्याद लिएर उनीमाथि अनुसन्धान भइरहेको छ।
  • पश्चिम रूकुमको चौरजहारीमा छ जना युवाको ज्यान गएको घटनामा चौरजहारी नगरपालिका-८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल नै संलग्न रहेको भन्दै पक्राउ परे। घटनाको मुख्य योजनाकारमध्ये वडाध्यक्ष मल्ल पनि एक रहेको प्रहरीको दाबी थियो। हाल पुर्पक्षका लागि उनी कारागारमा छन्।
  • सुदूरपश्चिम प्रदेशसभाका सांसद अक्कलबहादुर रावल २५ वर्षीया एक महिलालाई बलात्कार प्रयासको आरोपमा पक्राउ २०७६ फागुनमा पक्राउ परे। पछि जिल्ला अदालत कैलालीले उनलाई पाँच लाख रूपैयाँ धरौटीमा रिहा गर्ने आदेश दियो। 
  • नक्कली भान्जा खडा गरेर मिर्गौला प्रत्यारोपण गर्ने कार्यमा संलग्न भएको आरोपमा गत असारमा ललितपुर महानगरपालिका-३ का वडाध्यक्ष श्रीगोपाल महर्जन पक्राउ परे। नक्कली भान्जालाई वडाध्यक्ष महर्जनले सक्कली भनेर सिफारिस गरेका थिए। पछि उनी धरौटीमा रिहा भए।

सभ्य समाज निर्माणका ‘रोल मोडल’ मानिएका जनप्रतिनिधि नै अपराधमा संलग्न भएका यी प्रतिनिधि घटनामात्रै हुन्। कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बलात्कार, बलात्कार प्रयास, अभद्र व्यवहार, बालयौन दुराचार, सार्वजनिक स्थानमा यौन क्रियाकलाप, आपराधिक उपद्रो, निर्दयी तरिकाले पशु मारेको, गर्भपतन, सरकारी छाप कीर्ते, सवारी ज्यान, झुटा विवरण पेस, नागरिकतासम्बन्धी कसुर बहुविवाह, ठगी, जातीय भेदभाव, लागुऔषध, चोरी तथा डाँका, हातहतियार, विस्फोटक पदार्थजस्ता कसुरमा जनप्रनिधिहरू संलग्न रहेको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ।

प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार यस्ता फौजदारी अपराधमा संलग्न हुने जनप्रतिनिधिको ग्राफ उकालो लाग्दो छ।

१८२ जनप्रतिनिधि पुगे प्रहरी हिरासत, वडाध्यक्षमात्रै ११९
नेपाल प्रहरीको तथ्यांकअनुसार हालसम्म १८२ जना जनप्रिनिधिविरुद्ध फौजदारी मुद्दा चलेको छ। जहाँ वडा सदस्यदेखि संघीय सांसदसम्म छन्। यसरी मुद्दा चलेकामध्ये केही धरौटीमा, केही तारिखमा रिहा भएका छन् भने केही पुर्पक्षका लागि कारागार नै चलान भएका छन्।

आर्थिक वर्ष २०७४/७५ मा ३३ जना जनप्रतिनिधिविरुद्ध फौजदारी अपराधमा प्रहरीले मुद्दा चलाएको थियो। उक्त आर्थिक वर्षमा प्रदेश १ मा वडाध्यक्ष र सदस्यसहित तीन जना, प्रदेश २ मा पाँच जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा चार जना, लुम्बिनी प्रदेशमा छ जना, कर्णाली प्रदेशमा तीन जना  र सुदूरपश्चिम प्रदेशमा दुई जना गरी ३३ जना जनप्रतिनिधिविरुद्ध फौजदारी मुद्दा चलाइएको नेपाल प्रहरीका एसएसपी वसन्तबहादुर कुवँरले बताए।

आर्थिक वर्ष २०७५/७६ मा ३० जना जनप्रतिनिधिविरुद्ध मुद्दा चलेको प्रहरी तथ्यांक छ। जसमा प्रदेश १ का १३ जना, प्रदेश २ का नौ जना, बागमती प्रदेशका एक जना, गण्डकी प्रदेशका एक जना, लुम्बिनी प्रदेशका पाँच जना, कर्णाली प्रदेशका एक जना जनप्रतिनिधिविरुद्ध फौजदारी मुद्दा चलेको थियो।

आर्थिक वर्ष २०७६/७७ मा यो दर बढेर ७४ पुगेको छ। यो आर्थिक वर्षमा प्रदेश १ मा मेयर/उपमेयरसहित १९ जनाविरुद्ध प्रहरीले मुद्दा चलाएको थियो। प्रदेश २ मा एक जना, गण्डकी प्रदेशमा २० जना, गण्डकी प्रदेशमा ११ जना, कर्णालीमा १४ जना र सुदूरपश्चिम प्रदेशमा नौ जनाविरुद्ध मुद्दा चलेको थियो।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ४५ जना जनप्रतिनिधिविरुद्ध मुद्दा चलेको एसएसपी कुवँरले बताए।

फौजदारी मुद्दा चलेका १८२ जना जनप्रतिनिधिमध्ये सबैभन्दा धेरै वडाध्यक्ष छन्। ११९ जना वडाध्यक्षविरुद्ध फौजदारी मुद्दा चलेको प्रहरीको तथ्यांक छ। प्रदेश १ मा ३०, प्रदेश २ मा १२, बागमतीमा १०, गण्डकीमा २२, लुम्बिनीमा १५, कर्णालीमा १७ र सुदूरपश्चिम प्रदेशमा १३ गरी ११९ जना वडाध्यक्षविरुद्ध फौजदारी मुद्दा चलेको हो।

अपराधको राजनीतिकरण भयो : अपराधशास्त्री प्रधानांग
हरेक वर्ष फौजदारी अपराधमा जनप्रतिनिधि पक्राउको दर बढ्दै जानुले अपराधको राजनीतिकरण भएको प्रस्ट बुझाउने अपराधशास्त्री रजितभक्त प्रधानांग बताउँछन्। ‘यस्तो पहिला-पहिला पनि हुन्थ्यो। बाहिर आउने क्रम मात्रै कम हुन्थ्यो। यसले अपराधको राजनीतिकरण भइरहेको छ भन्ने प्रस्ट बुझाउँछ,’ प्रधानांगले भने।

राजनीतिक शक्तिको आडमा आफूलाई सुरक्षित ठानेर यस्ता अपराध हुने गरेको उनको विश्लेषण छ। कुनै व्यक्ति आफू शक्तिमा रहेको र आफूलाई सुरक्षित ठानेको अवस्थामा यस्ता अपराध हुने उनको तर्क छ।

प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८  ०८:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
अवैध हतियारसहित युवक पक्राउ मंगलबार साँझ करिब ६ः३० बजे, सल्यान जिल्लाको कपुरकोट गाउँपालिका-३, फलाटे घर भई हाल दाङमा रहेको लोटस तालिम केन्द्रमा तालिम लिइरहेका १९... बुधबार, असार २५, २०८२
झापामा भारतीय नागरिक पेस्तोलसहित पक्राउ पक्राउ पर्नेमा पश्चिम बंगालको दार्जिलिङ घर भएका २५ वर्षीय प्रतीक अग्रवाल हुन्। बुधबार, असार २५, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ सोमबार बौद्धको नयाँबस्तीस्थित स्रोत नखुलेको आर्थिक कारोबार भइरहेको सूचनाको आधारमा खाेजी काराेबार गरेकै अवस्थामा उनलाई पक्राउ गरिएको... मंगलबार, असार २४, २०८२
ताजा समाचारसबै
वीरगंजको खानेपानी समस्या समाधान गर्न महत्वपूर्ण छलफल सम्पन्न बुधबार, असार २५, २०८२
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
सांसद् श्याम घिमिरेकाे प्रश्न : राजतन्त्र पूर्वराजालाई कि राप्रपालाई ? बुधबार, असार २५, २०८२
अर्मेनिया र अजरबैजानबीच बिहीबार संयुक्त अरब इमिरेट्स (युएई) मा शान्ति वार्ता हुने बुधबार, असार २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्