काठमाडौँ– नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले राजतन्त्र पूर्व राजालाई चाहिएको हो कि राप्रपालाई चाहिएको हो ? भनेर प्रश्न गरेका छन्।
बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस प्रमुख सचेतक समेत रहेका घिमिरेले राप्रपालाई यस्तो प्रश्न गरेका हुन्।
‘उहाँहरू राजा चाहियो भनेर हिँड्नुभएको छ। मैले बुझेको छैन, नेपालमा राजतन्त्र पूर्व राजालाई चाहिएको हो कि उहाँहरूलाई चाहिएको हो ?’, घिमिरेले भने, ‘कसलाई चाहिएको हो ? मलाई त लाग्छ पूर्वराजा आफ्नै व्यापार व्यवसायमा रमाएर बसिरहनुभएको छ तर उहाँलाई जबरजस्ती धकेलिरहनुभएको छ। ’
उनले किन चाहियो राजा ? भन्दै प्रश्न गर्दै नेपाली कांग्रेसले ६० वर्षसम्म संवैधानिक राजतन्त्र बोकेको बताए। सांसद घिमिरेले संसद् बहिस्कार र लाञ्छित गर्ने काम आपत्तिजनक रहेको बताउँदै रास्वपाप्रति पनि प्रश्न गरे। उनले गएको तीन वर्षमा रास्वपाले सैद्धान्तिक अवधारणा अहिलेसम्म प्रस्ट गर्न नसकेको बताए।
उनले कसैलाई खुइल्याउने र स्टन्टबाजीमा रास्वपा रमाइरहेको भन्दै लोकतन्त्र र संविधानप्रति उसको स्पष्ट धारणा आउनुपर्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।