काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफ्नो सम्पत्ति विवरणमा पुरानो एक थान साइकलसमेत उल्लेख गरेका छन्।
उनले मोरङको विराटनगर १२ मा एक कट्ठा जमिनमा ५ कोठे घर भएको विवरणमा उल्लेख गरेका छन्। यस्तै उनले विराटनगरमा एक कठ्ठा घर भएको जग्गा र सर्लाहीको बसबरियामा ४ बिघा पैत्रिक सम्पत्ति भएको उल्लेख गरेका छन्। मन्त्रीपत्नी विमला पण्डितको नाममा भैंसेपाटीमा ४ अना जग्गा रहेको विवरणमा उल्लेख छ।
यसैगरी सरकारलाई बुझाइएको सम्पत्ति विवरणमा १० तोला र चाँदी १५ तोला पैत्रिक सम्पत्तिको रुपमा रहेको पण्डितले उल्लेख गरेका छन्।
उनीसँग एभरेस्ट बैंकमा २५ लाख र पत्नीको नाममा कृषि विकास बैंकमा समेत ३० लाख स्वआर्जनमार्फत प्राप्त भएको विवरणमा खुलाइएको छ।
उनले सवारीसाधन विवरणमा आफ्नो नाममा पुरानो साइकल रहेको उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।