• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
एमालेको पुन:मिलनमा फेरि ‘बादल’
64x64
डिबी खड्का बुधबार, जेठ ५, २०७८  २१:११
1140x725

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै गर्दा विभाजनको डिलमै पुगेर जोगिएको सूर्य चिह्नधारी पार्टी, नेकपा एमालेको पुन:मिलनमा 'बादल' देखिन थालेको छ। एकताका लागि बनेको कार्यदलले विषय प्रवेश गर्नुअघि नै राष्ट्रिय सभाको बागमती प्रदेश उपनिर्वाचनको विषय अनेकताको कारक हुनसक्ने संकेत देखिन थालेका छन्।

नेकपा एमालेको सूर्य चिह्नबाट माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका नेता रामबहादुर थापा ‘बादल’ उम्मेदवार छन्। एमालेको ओली पक्षले उनलाई उम्मेदवार बनाएको हो। एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले एमाले समर्थक रहेका संघीयता विज्ञ डा खिमलाल देवकोटालाई उम्मेदवार बनाएर प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को समेत समर्थन जुटाएको छ। 

पार्टीमा एकताको कुनै सारसंकेत नदेखिएको समयमा भएको उम्मेदवारी दर्ता मिल्न खोजिरहेको समयका लागि सकसपूर्ण बनेको छ। किनभने एमालेका दुवै पक्ष एउटै उम्मेदवारलाई समर्थन गरेर मतदान गर्ने अवस्थामा छैनन्। 

पार्टी एकताका स्पष्ट खाका बनिनसक्दै आएको यो निर्वाचन दुवैको 'शक्ति प्रदर्शन' जस्तो देखिँदैछ। यस्तो अवस्था पार्टी एकताका लागि प्रत्युत्पादक बन्न सक्छ। जसले एकताका लागि बाँकी त्यान्द्रो समेत चुँडाएर दुईकिनार बनाउन सक्छ।

‘बादल’ पक्षको स्टन्ट र नेपाल पक्षको स्पष्टोक्ति
एकता प्रक्रिया अघि बढेकै मेसोमा उपनिर्वाचन भेटवार्ता गर्ने बाटो बनेको छ। यही बाटो हुँदै मंगलबार गृहमन्त्री समेत रहेका राष्ट्रिय सभाका उम्मेदवार बादल वरिष्ठ नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगे। पार्टीमा पुनःमिलन प्रक्रिया चलिरहेकाले सूर्य चिह्नबाट चुनाव लडिरहेको आफूलाई सहयोग गर्न बादलले नेपालसँग आग्रह गरे। 

दुई नेताबीच भएको संवादको सत्य बाहिर आउनुअघि नै गृहमन्त्री बादलको सचिवालय सक्रिय भयो। उनको सचिवालयबाट सन्देश प्रवाह भयो, ‘भेटमा नेता नेपालले राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार रहेका बादललाई सहयोग गर्ने बचन दिनुभयो।‘ गृहमन्त्री थापाका प्रेस संयोजकबाट प्रवाहित सन्देश नेकपा एमाले पक्षीय सञ्चारमाध्यममा समाचार बन्न थाले। यसले मतदातामा समेत प्रभाव पर्न थाल्यो। 

उम्मेदवार देवकोटा र नेपाल पक्षीय मतदाताले वरिष्ठ नेता नेपाललाई 'क्लियर' गर्न दबाब दिएपछि त्यसको काउन्टरमा नेपालको सचिवालयबाट विज्ञप्ति आयो। स्पष्ट रुपमा डा देवकोटालाई समर्थन रहेको उक्त 'खण्डन विज्ञप्ति'मा उल्लेख थियो। भनिएको छ, 'बादलसँगको भेटमा पूर्व प्रधानमन्त्री एवम् वरिष्ठ नेता माधवकुमार नेपालले उम्मेदवारी दर्ताको परिस्थितिमा अन्य दलहरू सहितलाई सहमत गराएर डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार बनाएकाले अहिले अन्यथा गर्न नसक्ने कुरा स्पष्ट पार्नुभयो।'

त्यसपछि बादलले मध्यमार्गी प्रस्ताव गरेको नेपालका स्वकीय सचिव मोहन गौतमले जारी गरेको खण्डनमा उल्लेख थियो। गौतमका अनुसार बादलको चाहना नेपाल कुनै पक्षमा पनि नखुलिदिए हुन्थ्यो भन्ने थियो। त्यसो हुँदा नेपाल पक्षीय एमालेका नेता नै मतदाता भएकाले सूर्य चिह्नमा भोट हाल्ने उनको अपेक्षा थियो। 

मंगलबारको ‘स्टन्ट’ र त्यसको खण्डनले एमालेको पुन:मिलन प्रक्रियामा अपेक्षित उपलब्धी हासिल हुन नसकेको दर्शाउँछ। जसका कारण नेपाल समूह एमाले र सूर्य चिह्नका नाममा अहिल्यै सम्झौता गर्न खोजिरहेको छैन।

कार्यदलको कार्यक्षेत्र बाहिर ‘बादल’
अध्यक्ष ओली र वरिष्ठ नेता नेपालपक्षका यस्तै नमिलेका कुरालाई मिलाउने आधार खोजेर ३ दिनभित्र  प्रतिवेदन दिन १० सदस्यीय कार्यदल गठन भएको छ। ३ दिनको म्याद गुज्रिदै गर्दा कार्यदल बैठक एकपल्ट बस्न सकेको छ। त्यसले विवादको चुरो पहिल्याएर त्यसलाई व्यवस्थापन गर्ने आधार नभेटेको पहिलो बैठकको निर्णयबाट प्रष्ट हुन्छ। 

पहिलो बैठकमा कार्यदलले निर्णय गर्‍यो- ‘कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तय गरी लागू गर्ने।‘ कार्यदलको यो निर्णयले दुई पक्षबीच रहेका सबै विवादको निरुपण कार्यदलको कार्यक्षेत्रभित्र नपर्ने स्पष्ट पार्छ। मुख्य विषय कार्यदलको क्षेत्रभित्र नपर्ने पनि त्यही बैठकले संकेत गरेको छ। 

एमाले पुन:मिलनका लागि पहिलो बाटो राष्ट्रिय सभा नै हो। किनभने सम्मुखमै राष्ट्रिय सभाको निर्वाचन भएकाले त्यसका लागि हुने सहमति नै यो पार्टीका नेताहरुको मिलनबिन्दू हुन सक्छ। तर, यो विवाद समेत विवाद निरुपण गर्न बनाइएको कार्यदलको कार्य क्षेत्रभित्र नपरेको बैठक पछिका प्रतिक्रियाले दर्शाउँछ।

कार्यदलको बैठकपछि नेपालपक्षका कार्यदलका संयोजक भीम रावललाई नेपाल लाइभले यही विषयमा प्रश्न गरेको थियो। उनी प्रतिक्रियाबिहीन रहे। त्यसैगरी एमाले प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले छलफल नै नभएको बताए। उनले राष्ट्रिय सभाको उपनिर्वाचनमा बागमती प्रदेशमा उम्मेदवारी  दिएका खिमलाल देवकोटालाई एमालेको उम्मे‌दवार  भन्न नमिल्ने बताए। एमालेका तर्फबाट एकमात्र उम्मेदवार बादल भएको उनले उल्लेख गरे। 

बुधबार बोलाइएको कार्यदलको बैठक बस्दै नबसी बिहीबारसम्मका लागि स्थगन गरिएको छ। बुधबारको बैठक बस्न नसक्नुको कारणबारे कार्यदलका एक सदस्यले भने, 'कार्यदलको तहबाट एकखाले प्रयास हुने हो, शीर्ष नेतृत्व तहबाट भोलिको निर्वाचनका लागि एकताको जस्तो मेसेज दिनुपर्ने थियो, त्यसभन्दा फरक अनेकताको मेसेज दिएपछि कार्यदल बस्नु र नबस्नुको के अर्थ भयो र!'

नेपाल पक्षबिना बादलको अवस्था 
नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल पक्ष र जसपाका साझा उम्मेदवार डा देवकोटा हुन्। चार पक्षको साझा उम्मेदवार बनेका डा देवकोटाले एमाले उम्मेदवार थापालाई पराजित गर्नसक्ने आकलन गरिएको छ। 

१३ जिल्ला रहेको बागमतीमा ११९ स्थानीय तह छन्। ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ मतदाता हुन्छन्। उनीहरुको कूल मतभार ४ हजार २८४ हुन्छ। प्रदेश सभाका ११० सदस्य गरी ३४८ मतदाताले राष्ट्रिय सभाको उपनिर्वाचनमा भाग लिने छन्। प्रतिव्यक्ति ४८ मतभार रहेका ११० प्रदेश सभा सदस्यहरुको कूल मतभार ५२८० रहेको छ। यसरी कुल मतभार ९ हजार ५ सय ६४ हुन आउँछ। 

१३ जिल्लाका स्थानीय तहमा एमालेका प्रमुख/उपप्रमुख गरी १३३ जना छन्। दुई ध्रुवमा देखिएका एमालेको ओली पक्षमा ८९ छन् भने नेपाल पक्षमा ४४ जना छन्। यसरी हेर्दा एमालेबाट स्थानीय तहमा १ हजार ६ सय दुई मत बादलले पाउनेछन्। यसैगरी ७९२ मत डा देवकोटाले पाउनेछन्।

५६ जना प्रदेशसभा सदस्यमध्ये २२ जना माधव नेपाल पक्षमा खुलेका छन्। यसअनुसार बादलले १ हजार ६ सय ३२  मत पाउनेछन्। १ हजार ५६ मत डा देवकोटाले पाउनेछन्। बादलले राप्रपाबाट २ प्रदेश सभा सदस्य र ३ स्थानीय तहका प्रतिनिधी गरी १३२ मत पाउनेछन्। यसरी हेर्दा बादलका पक्षमा एमालेको ३ हजार ३ सय ६६ मत देखिन्छ। पूर्वमाओवादी, एमाले छाड्न नचाहने नेपाल पक्षका जनप्रतिनिधी र जसपाको महन्थ-राजेन्द्र पक्षको समेत भोट तानेर जित्ने प्रयासमा बादल हुनेछन्। 

एमालेको नेपाल पक्षबाट १ हजार ८ सय ४८ मत नै डा देवकोटाले लिन सकेमा नेपाली कांग्रेसबाट २ हजार २ सय ८०, नेकपा माओवादीबाट १ हजार ६ सय ९८, विवेकशील साझा १४४ र जसपा ६६ गरी ६ हजार ३६ मतसहित जित निकाल्न सक्नेछन्। 

ओली पक्षको साख, नेपाल पक्षको विश्वास
राष्ट्रिय सभाको यो निर्वाचन एमालेका दुवै पक्षका लागि ठूलो लडाइँ बनेको छ। ओली पक्षका लागि साखको विषय बनेको छ भने नेपाल पक्षका लागि विश्वासको। 

गत फागुन २३ गते नेकपा (एमाले) पुनःस्थापना भएपछि हुन गइरहेको निर्वाचनको विशेष महत्व रहेको ओलीले बिज्ञप्तिमा उल्लेख गरेका छन्। ‘यसले हाम्रो पार्टीको सामर्थ्य, एकता र अनुशासनलाई त स्थापित गर्ने नै छ। सँगसँगै २०७५ साल जेठ ३ गते एकीकरण भएको, तर कतिपय नेताका अवसरवादी एवं विभाजनकारी व्यवहारका कारण भङ्ग नेकपाको बिरासत पनि यसै पार्टीले बोक्छ र यो नै वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनको मूलप्रवाह हो भन्ने पुष्टि पनि गर्ने छ’, ओलीले बुधबार जारी गरेको आह्वानमा भनिएको छ। 

बागमती प्रदेशका उम्मेदवार बादल नेपालको कम्युनिष्ट आन्दोलनको एकजना वरिष्ठ नेता रहेको र उनको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पुर्‍याउने ‌ओलीले दाबी गरेका छन्। 'तसर्थ, यस निर्वाचनमा एकतावद्ध भएर आफ्नो पार्टीका उम्मेद्वारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु', ओलीले भनेका छन्। 

एमाले पंक्तिले बादललाई स्वीकार्ने वा नस्वीकार्ने पनि यही निर्वाचनले तय गर्ने देखिएको छ। त्यसैले यस्तो आव्हान गरिएको देखिन्छ।

माधवकुमार नेपाल पक्षको ओली पक्षसँग अझै एकता हुन नसकेको प्रष्ट देखिन्छ। एकता प्रक्रिया टुंगोमा नपुगेमा विपक्षी गठबन्धनसँग मिलेर आगामी राजनीतिक यात्रा तय गर्नुपर्नेछ, नेपाल पक्षले।  विपक्षी गठबन्धनमा सहभागी नभएर विश्वास गुमाइसकेका नेपालले योबेला उनीहरुको मतको सम्मान गर्नुपर्नेछ। नेपालकै विश्वासमा परेर आफ्नो उम्मेदवार बनाएका कांग्रेस र माओवादी केन्द्रको विश्वास कायम राख्न देवकोटालाई जिताउन नेपाल पक्ष लागिपर्ने देखिएको छ। 

र, दुवैको बटमलाइनमा पनि बादल 
एमालेलाई  २०७५ जेठ २ मै फर्काउनुपर्ने नेपाल पक्षको प्रष्ट अडान छ। नेपाल पक्षले एकताका लागि राखेका अजेन्डाको पहिलो नम्बरमै पार्टीलाई जेठ २ को अवस्थामा फर्काउनुपर्ने भनेको छ। 

एमाले जेठ २ मा फर्कंदा बादल र उक्त समूहका अन्य नेताहरुको पार्टीमा 'हैसियत' के हुने? अन्योल छ। बादल समूहका विषयमा  त्यसपछि बस्ने संयुक्त स्थायी कमिटीको बैठकमा छलफल गरेर निर्णय लिनुपर्ने प्रस्‍ताव नेपाल पक्षको छ।

तर, ओलीलाई अप्ठ्यारो परेका समयमा काँध थापेको बादल समूहलाई फेरि भूमिकाविहीन बनाउने प्रस्ताव ओली पक्षलाई स्वीकार्य छैन। बादल समूहले एमालेमा प्राप्त गरेको वर्तमान भूमिकालाई नै मानेर जेठ २ मा फर्किन सकिने संकेत ओली पक्षले गरेको छ। यही मिलन बिन्दू हुन सक्ने बालुवाटारको बुझाइ छ। ओली र नेपाल पक्षबीचको एक वार्तामा समेत बादललाई सहभागी गराएर ओली पक्षले त्यो सन्देश प्रवाह गरिसकेको छ।

हाल चौथो वरियतामा रहेका बादललाई त्यहीँ स्वीकारेर अघि बढ्न नेपाल पक्षीय नेताले चाहेका छैनन्। यसकारण दुवैको 'बटमलाइन'मा बादल छन्। एउटा त्यसलाई पछि भित्र्याउने गरी निर्णय लिन चाहन्छ, अर्को बादलसहित। बादल समूहको व्यवस्थापन नै एमाले पुन:मिलनको मुख्य बिन्दु बनेको देखिन्छ।

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  २१:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय पार्टी कार्यालयमा सम्पन्न कांग्रेसको केन्द्रीय समितिको बैठकले सात बुँदे सहमति अनुरुप संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरे... सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी आजको बैठकमा सरकारका कामकारबाहीमा छलफल हुनेछ। यस्तै बैठकमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा अध्यक्ष नियुक्त लगायत निर्णय हुन सक्ने... सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले आफूहरू कानुनी शासनमा विश्वास गर्ने बताए। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्