• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सदन मास्ने, अध्यादेश फलाउने : तीन हप्तामा जारी भए ११ अध्यादेश
64x64
किशोर दहाल बुधबार, जेठ १२, २०७८  २२:०८
1140x725

काठमाडौं– गत जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठक बेलुका सवा ५ बजेतिर सकियो। त्यस दिन मन्त्रिपरिषद्ले तीन वटा अध्यादेश सिफारिस गर्ने निर्णय गर्‍यो। त्यसको करिब सवा एक घण्टापछि राष्ट्रपति कार्यालयका वेबसाइटमा दुई वटा अध्यादेश जारी भएका सूचना प्रकाशित भए। जारी भएका अध्यादेशहरु थिए- शपथ सम्बन्धी अध्यादेश, २०७८ र कोभिड-१९ सङ्‍कट व्यवस्थापन अध्यादेश, २०७८।

मन्त्रिपरिषद्ले निर्णय गर्ने र राष्ट्रपतिले सदर गर्ने समयावधिको यो हतारोले संविधान र पद्धतिलाई कुनै किसिमले मलजल गरेको छैन। बरु अध्यादेशको परिकल्पनाकै धज्जी उडेको बताउँछन् संविधान/कानुनविद् तथा राजनीतिक विश्लेषकहरु।

संसद् चालु नरहेको अवस्थामा तत्कालको आवश्यकता सम्बोधन गर्ने प्रयोजनको लागि अध्यादेश जारी गर्ने प्रचलन रहँदै आएको थियो। नेपालको संविधानले पनि सोही आवश्यकतालाई संकेत गरेको छ। ‘संघीय संसद्को दुवै सदनको अधिवेशन चलिरहेको अवस्थामा बाहेक अन्य अवस्थामा तत्काल केही गर्न आवश्यक परेमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्न सक्नेछ’, संविधानको धारा ११४ (१) मा भनिएको छ।

संविधानले सरकारलाई संसद नभएको समयमा अध्यादेश ल्याउने अधिकार दिएको भए पनि त्यो अधिकारको अहिले भरपुर दुरुपयोग भइरहेको बताउँछन्, वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली। ‘सरकारले कामै गर्न नपाए, केही समय फेरि संसद नआउञ्जेलसम्मका लागि अध्यादेश ल्याउने संविधानको परिकल्पना हो। तर, सरकारले त मनलाग्दी अध्यादेश जारी गरिरहेको छ’, उनले भने।

पछिल्ला तीन हप्तामा ११ वटा अध्यादेश जारी गरिएको छ। गत वैशाख २१ गते मात्रै सात वटा अध्यादेश जारी गरिएको थियो। वैशाख २२ गते एउटा, जेठ ६ गते दुइटा र जेठ ९ गते एउटा अध्यादेश जारी भएका छन्। यी मध्ये अधिकांश पहिले पनि जारी भइसकेका हुन्, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश त तेस्रो पटक जारी भएको हो। गत २०७७ वैशाख ८ गते पहिलो पटक जारी भएको यो अध्यादेश २०७७ मंसिर ३० गते पनि जारी गरिएको थियो। यस्तो शैली संविधानविरोधी भएको बताउँछन्, सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसी। ‘हरेक दिन अध्यादेश जारी गर्ने तर सदनमा पेशचाहिँ नगर्ने, संविधानमाथि नै खेलवाड भएको छ’, उनी भन्छन्, ‘जवाफदेहीविहीन शासकको शैलीमा काम भइरहेको छ। यो गलत अभ्यास हो र गैरसंवैधानिक कार्य हो।‘

यो पनि पढ्नुहोस्

प्रतिनिधि सभामाथि पुन: प्रतिशोधशनिबार, जेठ ८, २०७८

दोहोर्‍याएर, तेहर्‍याएर ल्याइएका अध्यादेशलाई ऐन नै बनाएर दीर्घकालीन कानुन बनाउन सरकारसँग पर्याप्त समय थियो। तर, संसद्मा पेश गर्नुपर्ने, संसदीय समितिहरुमा सांसद्हरुले उठाएका कडा प्रश्नहरुको जवाफ दिनुपर्ने, विधेयकमा सांसद्हरुले गर्ने परिवर्तनलाई स्वीकार गर्नुपर्ने जस्ता प्रक्रियालाई सरकारले रुचाएन। अध्यादेश जारी गराउँदा आफ्नो स्वेच्छाले प्रावधानहरु लाद्न पाइने तर कतै जवाफ दिनु नपर्ने भएपछि सरकारले यसैलाई सजिलो ठान्दै गएको पाइन्छ।

प्रतिनिधि सभा सरकारले जवाफ दिनुपर्ने बाध्यकारी थलो मात्रै होइन, कानुन निर्माणका निम्ति गठित संस्था पनि हो। सामान्य अवस्थामा त्यहीँ हुने मन्थनले सबैलाई स्वीकार्य हुने गरी कानुन निर्माण गरिन्छ। तर, प्रधानमन्त्री ओलीले प्रतिशोधपूर्ण ढंगले प्रतिनिधि सभाको विघटन गरिदिए। गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरे पनि सफलता पाउन नसकेका उनले दोस्रो पटक सबै परिस्थिति आकलन गरेर र तयार पारेर मध्यरातमा पुनः विघटनमा अग्रसरता देखाए। त्यसैले ‘सदन मास्ने र अध्यादेश फलाउने’ उनको शैलीको आलोचना हुनु स्वाभाविक छ। 

सरकारले संवैधानिक हकको ‘दुरुपयोग’ गर्दै जारी गरिएका प्रायः अध्यादेशहरुको आवश्यकता र औचित्य सार्वजनिक रुपमा पुष्टि गर्न सकेको पनि पाइँदैन। शपथ सम्बन्धी अध्यादेश प्रधानमन्त्री ओलीको व्यक्तिगत अंह तुष्टिका लागि जारी गरिएको भनेर आलोचना भइरहेको छ।

अर्कोतिर, पछिल्ला हप्तामा उनले संसद्‌मा विधेयकमाथि छलफल चलिरहेका सो सम्बन्धित अध्यादेश ल्याउने प्रचलन पनि सुरु गरिसकेका थिए। वैशाख २२ गते सरकारले रेल्वे अध्यादेश जारी गर्‍यो। तर, २०७६ पुसमै ल्याइएको रेल्वे विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा छलफल सकिइसकेको थियो। प्रतिवेदन समेत समितिबाट पारित भइसकेको छ। तर, त्यसलाई अघि बढाउन सरकारले चासो देखाएन। बरु अध्यादेश जारी गरिदियो। ‘सदनमा विधेयकमाथि छलफल चलिरहेको बेलामा अध्यादेश ल्याउने कुराचाहिँ मलाई थाहा थिएन। यो मेरो लागि नयाँ कुरा हो’, समिति सभापति पर्शुराम मेघीको भनाइ छ।

गत जेठ ७ गते राति (८ गते बिहान) प्रतिनिधि सभा विघटन गरिएपछि सरकारको हैसियत कामचलाउ भएको छ। कामचलाउ सरकार सामान्यतयाः अर्को सरकारलाई कार्यभार सुम्पिनुअघि राज्यका दैनिक प्रशासनिक काम गर्ने हो। यस्तो सरकारले नीतिगत र दीर्घकालीन प्रभाव पार्ने निर्णय लिने अपेक्षा गरिँदैन। तर, ओली नेतृत्वको सरकारले आफूलाई यस्तो नैतिक प्रश्नबाट बाहिर राख्ने प्रयत्न  गरेको छ। प्रतिनिधि सभा विघटन गरेर आफूले जवाफ दिने जनताको प्रतिनिधिमूलक थलोलाई पन्छाएको सरकारले नागरिकता जस्तो संवेदनशील र दीर्घकालीन महत्वको विषयसँग सम्बन्धित अध्यादेश जारी गरेको छ। अझ उसले यो विषयलाई सत्ता सौदाबाजीको अस्त्र समेत बनाएको  देखिन्छ।

यो पनि पढ्नुहोस्

संसदीय प्रक्रियामा प्रधानमन्त्रीको अरुचि, एक वर्षमा १८ अध्यादेशबुधबार, वैशाख २२, २०७८

जबकि, नागरिकता विधेयकमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले दुई वर्षसम्म छलफल गरेको थियो। त्यसलाई समितिले गत वर्ष असारमा पारित गरेर प्रतिनिधि सभामा प्रतिवेदन समेत पेश गरिसकेको थियो। सरकारले चाहना राखेको भए त्यो विधेयक त्यतिबेलै पारित भएर ऐन बनिसक्थ्यो। त्यो दीर्घकालीन र वैधानिक पनि बन्थ्यो। तर, संसद हुँदासम्म त्यसमा पटक्कै रुचि नदेखाएको सरकारले संसद मासिसकेपछि कामचलाउ सरकारको हैसियतमा यति संवेदनशील विषयमा अध्यादेश जारी गरेको छ। 
०००
पछिल्लो तीन हप्तामा जारी भएका अध्यादेशहरुः

वैशाख २१

  • यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८
  • फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८
  • औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८
  • संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८
  • सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८
  • नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८
  • तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८

वैशाख २२

  • रेल्वे अध्यादेश, २०७८

जेठ ६

  • शपथ सम्बन्धी अध्यादेश, २०७८
  • कोभिड-१९ सङ्‍कट व्यवस्थापन अध्यादेश, २०७८

जेठ ९

  • नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८
     

प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  २२:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हालौँ: सांसद कार्की उनले नीति निर्माण गर्न गाह्रो हुने भन्दै उनले संसदमा प्रस्तुत गरिएका विधेयकमा संशोधन गर्नका लागि धेरै समय दिइएको हुने र त्यसमा गहन अ... शनिबार, असार २१, २०८२
जनता सन्तुष्ट छैनन्, स्थिति गम्भीर छ : प्रचण्ड स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२ औँ जन्म जयन्तीका अवसरमा आज शीतल निवासमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको सरकारले... शुक्रबार, असार २०, २०८२
प्रधानमन्त्रीको स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि मजबुत : परराष्ट्र मन्त्रालय ६ दिने औपचारिक स्पेन भ्रमण गरी शुक्रबार साँझ प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधि मण्डल स्वदेश फर्केपछि परराष्ट्रसचिव अमृत राईले... शुक्रबार, असार २०, २०८२
ताजा समाचारसबै
विराटनगरले सन्दीपसहित ६ खेलाडीलाई गर्‍यो रिटेन शनिबार, असार २१, २०८२
गाजा युद्धविराम योजनामा ​​'सकारात्मक प्रतिक्रिया' जनाउँदै हमासद्वारा तीन संशोधन माग शनिबार, असार २१, २०८२
गृहमन्त्री लेखकद्वारा जिप्रका बैतडीको निरीक्षण शनिबार, असार २१, २०८२
पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार हो : अर्थमन्त्री पौडेल शनिबार, असार २१, २०८२
विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हालौँ: सांसद कार्की शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ जना प्रहरी घाइते शुक्रबार, असार २०, २०८२
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि शनिबार, असार २१, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्