काठमाडौं- अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) अन्तर्गत भाषा साहित्य समितिले भानु जयन्ती विशेष कार्यक्रम गर्ने भएको छ।
समाजले असार २६ र २७ गते भानु जयन्ती विशेष दुई दिवसीय भर्चुअल माध्यमबाट कार्यक्रम गर्न लागेको हो। कार्यक्रमको पहिलो सत्रमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती प्रमुख अतिथि र व्रतराज आचार्य प्रमुख वक्ताका रुपमा रहनेछन्।
त्यस्तै, भानुभक्तका कृतिमा विद्यावारिधि गर्ने ज्ञानु अधिकारी तथा भानुभक्त आचार्यकी नातिनी प्रभा आचार्य भट्टराईले कार्यपत्र प्रस्तुत गर्नेछन्।
कार्यक्रमको दोस्रो सत्रमा प्रमुख अतिथिको रुपमा वरिष्ठ साहित्यकार तथा कवि सरुभक्त श्रेष्ठ रहनेछन्। यस सत्रमा गजल, कविता, मुक्तक तथा हाइकु रचना वाचन हुने कार्यक्रम रहेको छ।
त्यस्तै, कार्यक्रमको परिवेक्षण अन्तर्राष्ट्रिय नेपाली समाज तथा अन्तर्राष्ट्रियस्तरमा रहेका वुद्धिजीविहरुबाट हुने साहित्य समितिकी अध्यक्ष जानुका नेपालले बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।