• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
सन्दर्भ : भानु जयन्ती यी हुन् भारतमा भानुभक्तका सालिक ठड्याउने कलाकार
ज्ञानेन्द्र विवश मंगलबार, असार २९, २०७८  ०९:००
1140x725
आसामको गाहापुर र दिमा हसाओमा राखिएका भानुभक्तका सालिक।

आदिकवि भानुभक्त आचार्यका सालिक भारतका धेरै ठाउँमा राखिएका छन्। त्यहाँका नेपाली भाषीले भानुभक्त आचार्यलाई एकताका प्रतीक मान्छन्। उनको सम्झनामा हरेक वर्ष २९ असारमा धुमधामले भानु जयन्ती मनाइन्छ। 

भानु जयन्तीमा विभिन्न कार्यक्रम गर्नुका साथै भानुका सालिकमा माल्यर्पण गरिन्छ। भारतका दार्जिलिङ, कालिम्पोङ, सिलगढी, सिक्किम, मणिपुर, शिलाङ, गुवाहाटी आदि स्थानमा भानुको सालिक राखिएका छन्। यी सालिकले आदिकविको सम्झना गराइरहे पनि उनलाई आकार दिने कलाकारको भने कतै चर्चा हुँदैन। न त सालिकमा कलाकारको नाम नै राखिने गरिन्छ। 

दार्जिलिङको चौरस्ता चोकमा नौ फिट अग्लो सालिक राखिएको छ। नेपाली साहित्य सम्मेलन, दार्जिलिङद्वारा प्रतिस्थापित सो सालिकलाई पश्चिम बंगालस्थित कृष्णनगरका चर्चित मूर्तिकार मृगांक पालले बनाएका हुन्। 

यसअघि यही ठाउँमा भानुको अर्धकदको सालिक थियो। त्यसलाई पश्चिम बंगालका तत्कालीन मुख्यमन्त्री डा. कैलाशनाथ काटजुको सहयोगमा १७ जुन १९४९ मा स्थापना गरिएको थियो। सो सालिक सन्तपल स्कुलका ई.एफ. थमसनले निर्माण गरेका थिए। 

दार्जिलिङको चौरस्तामा भानुको सालिकमा तस्वीर लिँदै पर्यटक।

तर, गोर्खा पावत्र्य परिषद्को आन्दोलनमा उक्त सालिक तोडफोड गरियो। त्यसपछि मृगांक पालले बनाएको पूर्णकदको सालिक राखिएको हो। पालले बनाएका भानुका सालिक सिलगढी, नक्सालबाढी, खर्साङमा पनि प्रतिस्थापन गरिएको छ। उनले भारतका विभिन्न सहरमा राखिएका राजा हर्षबद्र्धन, महात्मा गान्धी, इन्दिरा गान्धी, सुवासचन्द्र बोस आदिका सालिक पनि बनाएका छन्।

डा. टेकनारायण उपाध्यायका अनुसार शिलाङमा रहेको भानुको सालिक ‘अखिल शिलाङ भानु जयन्ती समारोह समिति’ले स्थापना गरेको हो। यो सालिक गोर्खा पाठशालाको प्राङ्गणमा प्रतिस्थापन गरिएको छ। उक्त समितिको अध्यक्ष भइसकेका डा. उपाध्यायकै कार्यकालमा सन् २००४ मा सालिक स्थापना गरिएको हो। तर, बनाउने कलाकारबारे कुनै जानकारी दिइएको छैन। डा. उपाध्यायले सालिक समितिकै सम्पत्ति भएको बताए। 

भारतको बिरपाडा डुवर्स निवासी कलाकार किर्पेन्द्र गुरुङले भानुका धेरै सालिक बनाइसकेका छन्। उनले बनाएका भानुका मूर्तिको त्यहाँ निकै ख्याति र माग छ। उनी मूर्तिकलासँगै चित्रकलाको पनि साधना गरिरहेका छन्। उनी भन्छन्, ‘मेरो प्रथम अभ्यास भनेकै आदिकवि भानु बाजे हुन्। प्रशिक्षणकै बेला मेरो गुरु सुब्रतो मण्डलको रेखदेखमा मैले सिमेन्टबाट आदिकवि भानुभक्तको अर्धकद्को सालिक बनाइ कालेबुङ बीटी कलेज कार्यालयको अघि राख्न पाएँ।’

बिरपाडा डुवर्सका कलाकार किर्पेन्द्र गुरुङ आफूले बनाएका सालिकअघि तस्वीर खिचाउँदै।

अहिलेको जागरुक र सचेत जमातमा ऐतिहासिक धरोहरहरुको संरक्षण गर्नुपर्ने सोच आउँदा नै मूर्तिकलालाई प्रोत्साहन मिलेको गुरुङ बताउँछन्। समाजलाई योगदान दिने विभिन्न व्यक्तिहरुको सालिक स्थापना गर्ने चलन पुरानो होइन। अहिले मूर्तिकारहरुको पनि सम्मान हुन थालेको उनको अनुभव छ। 'भानुजस्ता व्यक्तिको सम्झनामा सालिक बनाउँदा मूर्तिकलाको पनि सम्मान हुन्छ। एउटा कलाकारको कला तबसम्म बाँच्छ, जबसम्म अवसरहरू प्राप्त भइरहन्छ,’ उनी भन्छन्।

गत वर्ष भानुको अर्धकदका दुई वटा सालिकको माग भएपछि उनले बनाएर दिएका थिए। एउटा सालिक सिलिगुढी पानीघट्टा मोडमा र अर्काे अलिपुरद्वार जिल्लाको रामझोडामा राख्ने योजना थियो। उनी भन्छन्, ‘यसपालि सात वटाभन्दा बढी भानुको सालिकको माग अनि कुराकानी चल्दै थियो। अचानक कोरोना भाइरसले निम्त्याएको विश्वव्यापी लकडाउनको कारणले प्रायः सबै ठाउँमा सालिक राखिने कार्यक्रम ठप्प बनेको छ।’ उनका अनुसार दिल्ली, गान्तोक, सिलिगुढी अलिपुरद्वार र जलपाइगुढी जिल्लाको केही ठाउँमा सालिक राखिने योजना थियो। 

चित्र र मूर्तिका अर्का कुशल शिल्पी हुन्, अमिर सुन्दास। उनी डुवर्सले जन्माएको बहुआयामिक प्रतिभा हुन्। सुन्दासले पश्चिमोत्तर भारतका धेरै भूभागमा आदिकविको आकृति बनाइसकेका छन्। उनले बनाएका भानुका सालिक स्थानीय चोक, गल्ली र प्राङ्गणमा शोभायमान बनेका छन्।

कालेबुङस्थित भानुको प्रतिमा।

‘म नौ–दस कक्षा पढ्दासम्म चित्र कोर्ने भइसकेको थिएँ। लाइभ स्केच गरेर मान्छेका अनुहार उतार्थें। उनीहरू मलाई सय, दुईसय रूपैयाँ दिन्थे।’ उनी भन्छन्। उनी गाडीका नम्बर प्लेट र पोष्टरहरू पनि बनाउथे। वालपेन्टिङ र साइनबोर्ड लेख्थे। त्यसरी जम्मा भएको पैसा स्कूलको पढाइमा खर्च गर्थे। कापी-कलम, लुगाफाटो किन्थे। वास्तवमा उनले चित्रकलाको सिर्जना अभ्यास गरेनन्, काम गरे। काम गर्दागर्दै अभ्यस्त हुँदै गए। 

उनले मूर्ति पनि बनाउने गरेको मानिसहरुले थाहा पाउँदै गए। अनि धमाधम माग आउन थाल्यो। हरेक मूर्ति कसरी राम्रो गराउने भन्ने ध्याउन्नमा हुन्थे। त्यसपछि चित्रकारबाट मुर्तिकारतिर बढी समय दिन थाले। ‘अनि चित्रकार कम र मूर्तिकार बढी भइसकेँछु,’ उनी भन्छन्। उनले अहिलेसम्म ६०–७० वटा मूर्ति बनाइसकेका छन्। उनले खासगरी भानुभक्त, महाकवि दक्ष्मीप्रसाद देवकोटा, हरिभक्त कटुवाल, अरूणा लामाका मूर्ति बनाएका छन्। 

उनले बनाएको एउटा मूर्ति एक लाखदेखि, तीन लाख भारूमा बिक्री हुन्छ। कला सिर्जनामा समर्पण भएबापत उनी पुरस्कृत पनि भइसकेका छन्। पछिल्लो पटक सन् २०१८ मा लैनसिंह बाङ्देल स्मृति प्रतिष्ठानले ‘लैनसिंह बाङदेल स्मृति पुरस्कार’ दिएको थियो। 

सिक्किमका विभिन्न स्थानमा पनि आदिकविसाका लिक राखिएका छन्। सिक्किम नेपाली भाषीको बाहुल्य रहेको राज्य पनि हो। त्यहाँका नाम्ची, रिनाक, सिङ्ताम, सोरेङ्ग, गेजिङ लगायत ठाउँमा भानुका सालिक छन्।

त्यस्तै सिक्किमका विभिन्न स्थानमा पनि आदिकविसाका लिक राखिएका छन्। सिक्किम नेपाली भाषीको बाहुल्य रहेको राज्य पनि हो। त्यहाँका नाम्ची, रिनाक, सिङ्ताम, सोरेङ्ग, गेजिङ लगायत ठाउँमा भानुका सालिक छन्। त्यहाँ भानुजयन्तीमा नेपाली भाषा, साहित्य र जातिय एकताका लागि वृहत कार्यक्रम पनि हुने गरेका छन्। 

सिक्किमकी कलाकार दीपा साराजा बुङछेन राई त्यहाँ भानु जयन्तीको विशेष महत्व भएकाले भव्यताका साथ मनाइने बताउँछिन्। गान्तोकको भानु उद्यानमा सन् १९८१ मा तत्कालीन मुख्यमन्त्री नरबहादुर भण्डारीको तत्परतामा भानुको सालिक स्थापना गरिएको थियो। नेपाली साहित्य परिषद्, सिक्किमका अध्यक्ष रूद्र पौड्याल भानुको यो पहिलो सालिक भएको बताउँछन्। यो सालिकका मूर्तिकार कोलकोत्ता निवासी मुक्ति पाल हुन्।

उता मणिपुरका भवानी अधिकारीका अनुसार त्यहाँ सन् १९६० बाट धुमधामले भानु जयन्ती मनाइन्छ। पहिले दार्जिलिङतिरबाट फोटो लगेर कार्यक्रम गरिन्थ्यो। अहिले इन्टरनेटबाट निकालेर फोटो सजाइन्छ। कलाकार बुद्धि थापाका अनुसार नागाल्याण्ड, डिमापुरतिर पनि तस्वीरमा माल्यार्पण गरेर भानुजयन्ती मनाइन्छ। 

असममा भने धेरै स्थानमा भानुभक्तका सालिक छन्। त्यहाँका स्थानीय देवेन सापकोटाका अनुसार तिनसुकिया जिल्ला जागुनको उदयपुरमा सन् १९९३ मा सालिक राखिएको थियो। त्यस्तै डिगबो, सोणितपुर, गामिरी, लोख्रा–चारदुवार, डिमाहासाओ जिल्लाको उम्राङ्सु ,कासार जिल्लाको सिलसरस्थित हरिनगरमा पनि भानुका सालिक राखिएका छन्।

कालिङपोङस्थित लिंगसे, त्रिकोण पार्कमा आदिकविको अर्धकदको सालिक अवस्थित छ। सामसिङ्ग चिया कमानको भानुभनगर र नबुमा रवीन्द्र–भानु मञ्च, बाग्राकोटको भानु मैदानछेउमा पनि सालिक राखिएको छ। गत साल चिलाउने चियाबारीमा पनि सालिक अनावरण भएको छ। सिलगढीका विभिन्न स्थानमा पनि आदिकविका आकृति सम्मानपूर्वक राखिएका छन्।

प्रकाशित मिति: मंगलबार, असार २९, २०७८  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
नेपाल लाइभ समाचार, असार 23 #live
सम्बन्धित सामग्री
आख्यानकार विजय हितानको कृतिलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार शुक्रबार काठमाडौँमा आयोजित एक समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति , प्रसिद्ध कवि वैरागी काइँलाले सो पुरस्कार कृतिकार वि... शनिबार, जेठ २४, २०८२
जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित लोकार्पण कार्यक्रममा लेखक प्रसाईंले आफ्नो १० वर्षे लेखन यात्राको अनुभव पनि सुनाए । १० वर्ष पहिले नेपालयबाटै प्रकाशन भएको उनको ‘जीवन... सोमबार, वैशाख २९, २०८२
नादसँग झङ्कृत हुँदा यस खण्ड अन्तर्गत रहेर शायरले शेरको वर्षा गराउनु भएको देखिन्छ।’अभ्यासले नै अभ्यस्त हुने हो’ भन्ने कुरा यस खण्डमा देख्न सकिन्छ। शनिबार, वैशाख २७, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्