• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २५, २०८२ Wed, Jul 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
क्यारेबियन सागरमा बेपत्ता ७ नेपालीको कथा : श्रीमान युक्रेन र श्रीमती नेपालमा बसेर मानव बेचबिखनमा संलग्न
64x64
नारायण अधिकारी बिहीबार, असार ३१, २०७८  १८:३५
1140x725
उद्धार गरिएका म्याग्दीका प्रकाश बिक र उपचाररत व्यक्ति (बाँयाबाट)।

काठमाडौं- अवैध बाटो हुँदै अमेरिका हिँडेका ७ नेपाली कोलम्बियास्थित क्यारेबियन सागरमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएको घटनामा संलग्न भएको आरोपमा दाङकी गोमा जिसी पक्राउ परेकी छिन्। जिसीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले दाङबाट पक्राउ गरी बिहीबार काठमाडौं ल्याइपुर्‍याएको छ। 

असार ७ गते डुंगा दुर्घटना भएर ७ नेपाली बेपत्ता भएको घटना बाहिरिएपछि उनीहरुलाई अमेरिका पठाउने एजेन्टको खोजी सुरु भएको थियो। सो क्रममा गोमा सिनमा देखिएकी थिइन्। विभिन्न प्राविधिक पाटोबाट अनुसन्धान गर्दा काठमाडौंका विभिन्न स्थानमा देखिए पनि उनी पक्राउ पर्न सकेकी थिइन्। 

काठमाडौंबाट जहाज चढी दाङ पुगेको सूचना पाएपछि प्रहरीले उनलाई दाङबाट पक्राउ गरी आज काठमाडौं ल्याएको हो। उनीमार्फत् नै अवैध तरिकाले अमेरिका जान लागेकाहरुमध्ये ७ जना कोलिम्बयाको क्यारेबियन सागरमा डुंगा दुर्घटना हुँदा बेपत्ता भएका थिए। बेपत्ता हुनेहरुमा दाङका एन्जल बुढामगर, दाङ पश्चिम हापुरेका रेशम डिंगामगर, दाङ तुलसीपुरकै हेमराज अधिकारी, पर्वत कुश्माका दिनेश गौतम, राजु गुरुङलगायत छन्। म्याग्दीका प्रकाश विकको भने सकुशल उद्धार भएको थियो।

एन्जलले २७ लाख ७२ हजार, हेमराजले २५ लाख रुपैयाँ गोमाका पति टोपबहादुरलाई बुझाएको देखिएको ब्यूरोका एक अधिकारीले बताए। रकम बुझाएको रसिद समेत फेला परेको ब्यूरो स्रोतले जानकारी दिएको छ। 

उनीहरुलाई भिजिट भिषामा दुबई पुर्‍याई विभिन्न देश हुँदै कोलम्बिया पुर्‍याइएको थियो। दुबईमा जिसीकै फ्ल्याटमा उनीहरुलाई १ महिना राखिएको थियो।

श्रीमान युक्रेन, श्रीमती नेपाल बसेर मानव बेचबिखन
यस घटनामा संलग्न रहेका भनिएका टोपबहादुर जिसी र गोमा जिसी श्रीमान श्रीमती हुन्। उनीहरु दुवै जनाको मिलेमतोमा मानव बेचबिखनको घटना भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।  नेपालबाट विभिन्न प्रलोभन देखाएर अमेरिकाको आकर्षण देखाउने काममा गोमाले सहयोगी भूमिका खेल्ने गरेको ब्यूरोका प्रवक्ता तथा एसपी अनुरागकुमार द्विवेदी बताउँछन्। 

अवैध बाटो हुँदै अमेरिका जानेहरुबाट लिएको रकम समेत गोमाको बैंक खातामा जम्मा भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनको बैंक खातामा ७ लाख रुपैयाँ भन्दा बढी जम्मा भएको देखिएको ब्यूरोले जनाएको छ। पीडित परिवारका आफन्तले पनि विभिन्न व्यक्तिमार्फत् गोमालाई रकम दिएको र अनुसन्धानबाट पनि रकम लिएको खुलेपछि उनलाई पक्राउ गरिएको द्विवेदीले जानकारी दिए। 

नेपाल भन्दा बाहिरको बन्दोबस्त भने गोमाका श्रीमान टोपबहादुरले गर्ने गरेको अनुसन्धानबाट खुलेको छ। विभिन्न देश हुँदै अमेरिका पुर्‍याउने काममा उनको प्रत्यक्ष संलग्नता रहेको पाइएको छ। उनको संलग्नता रहेको पाइएपछि अनुसन्धानमा जुटेको प्रहरीले टोपबहादुर भने हाल युक्रेनमा बसेर मानव बेचबिखनको सञ्जाल चलाउने गरेको पत्ता लगाएको छ। 

उनी कहिले युक्रेन पुगे भन्नेबारे यकिन भने भइनसकेको प्रहरी अधिकारी बताउँछन्। इन्टरपोलमार्फत् उनीबारे थप बुझ्ने प्रयास भइरहेको द्विवेदीले बताए। 

यसअघि पनि मानव बेचबिखनमा पक्राउ परेका थिए जिसी
हाल युक्रेनमा रहेका भनिएका टोपबहादुर यसअघि पनि मानव बेचबिखनको आरोपमा पक्राउ परेर धरौटीमा छुटी पुन: मानव बेचबिखनमा लागेको पाइएको छ। 

दाङकै एक व्यक्तिलाई नेपालबाट अवैध बाटो हुँदै अमेरिका पुर्‍याएको घटनामा उनी पक्राउ परेका थिए। ती व्यक्तिलाई नेपालबाट जमुनाह नाका हुँदै दिल्ली, रसिया, स्पेन, बोलिभिया, पेरु, निकारागुवा, होन्डुरस, ग्वाटेमाला र मेक्सिको हुँदै जिसीले अमेरिका पुर्‍याएका थिए।

मासिक ५ हजार अमेरिकी डलर कमाई हुने र केही समयमा ग्रिनकार्ड समेत पाउने प्रलोभन देखाएर जिसीले ती व्यक्तिलाई अमेरिकाको सपना देखाएका थिए। त्यसपछि ती व्यक्तिले सुरुमा १५ लाख ९७ हजार रुपैयाँ जिसीलाई दिएका थिए। पछि पटक पटक गरी अमेरिका पुग्दासम्म ५५ लाख ९७ हजार रकम ती व्यक्तिले जिसीलाई बुझाएका थिए।

रकम बुझाएपछि २०७३ चैतमा ती व्यक्तिलाई नेपालबाट भारत पुर्‍याइएको थियो। त्यसपछि विभिन्न देश हुँदै अमेरिका पुर्‍याइएको थियो। अमेरिकी प्रहरीले ती व्यक्तिलाई पक्राउ गरी १७ महिनासम्म जेल हालेको थियो। पछि दूतावासमार्फत् रिहा भएर उनी नेपाल डिपोर्ट भएका थिए। नेपाल फर्केपछि जिसीविरुद्ध मानव बेचबिखनमा ती व्यक्तिले जाहेरी दिएका थिए। 

जोहरी परेसँगै घोराही उपमहानगरपालिका–१५ का जिसी २०७६ वैशाख ६ गते मानव बेचबिखन मुद्दामै पक्राउ परेका थिए। उनी ३ महिनापछि असार ४ गते १५ लाख धरौटी तिरी रिहा भएका थिए। जिसीले उच्च अदालतमा जिल्ला अदालतले आदेश गरेको १५ लाख धरौटी फिर्ता गरी पाउँ भनि पुनरावेदन समेत दिएका थिए।

यसरी धरौटी तिरेर रिहा भएका जिसी नै अहिले फेरि मानव बेचबिखनको घटनामा संलग्न हुनु गम्भीर रहेको एसपी द्विवेदी बताउँछन्। ‘धरौटीमा रिहा नभएको भए सायद अहिले कोलम्बिया डुंगा दुर्घटनामा नेपाली पर्दैनथिए होला। तर, धरौटीमा रिहा भएकै व्यक्ति पुन: मानव बेचबिखनमा संलग्न हुँदा यस्ता गम्भीर घटना दोहोरिए’ द्विवेदीले भने।

१५८ नेपाली अमेरिकाबाट डिपोर्ट
लाखौं खर्च गरेर र अनेक चुनौती मोल्दै अवैध तरिकाले अमेरिका जाने क्रम रोकिएको छैन। अमेरिकाबाट डिपोर्ट भएकाहरुको तथ्यांकले यो पुष्टि गर्छ। आर्थिक वर्ष २०७५/७६ मा मात्रै ४५ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए। डिपोर्ट भएका सबै ४५ जना पुरुष हुन्। उनीहरु विभिन्न मुलुक हुँदै अवैध तरिकाले अमेरिका छिरेका थिए। 

त्यसैगरी आर्थिक वर्ष २०७६/७७ मा डिपोर्ट हुनेको संख्या बढेर ८३ पुगेको थियो। डिपोर्ट हुनेमध्ये २ जना महिला थिए। आर्थिक वर्ष २०७७/७८ मा भने ३० जना डिपोर्ट भएको तथ्यांक छ। डिपोर्ट भएकामध्ये २ जना महिला छन्। सोही आर्थिक वर्षमा अमेरिका छिर्न लागेका ७ जना कोलम्बियामा डुंगा दुर्घटना भएर बेपत्ता भएका छन्। एक जनाको उद्धार गरी कोलिम्बयामै उपचार भइरहेको छ। 

प्रकाशित मिति: बिहीबार, असार ३१, २०७८  १८:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ सोमबार बौद्धको नयाँबस्तीस्थित स्रोत नखुलेको आर्थिक कारोबार भइरहेको सूचनाको आधारमा खाेजी काराेबार गरेकै अवस्थामा उनलाई पक्राउ गरिएको... मंगलबार, असार २४, २०८२
मोरङमा हवाई फायर गरी प्रहरीले नियन्त्रणमा लियो तीन जना लागुऔषध कारोबारी सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बाल... आइतबार, असार २२, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको उनले बताए। घटना राति स... आइतबार, असार २२, २०८२
ताजा समाचारसबै
सिद्धार्थ राजमार्ग पहिरोले अवरुद्ध बुधबार, असार २५, २०८२
मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ? बुधबार, असार २५, २०८२
चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु बुधबार, असार २५, २०८२
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध बुधबार, असार २५, २०८२
दाउन्नेमा सडक भासियो, बर्दघाटतर्फको खण्ड पूर्णरुपमा बन्द बुधबार, असार २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्