• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २५, २०८२ Wed, Jul 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
यसरी ‘पेण्डुलम’ बनाइँदै छ प्रहरी : एआईजीको फूली लगाएका थापा २० दिनदेखि जिम्मेवारीविहीन
64x64
नारायण अधिकारी शनिबार, साउन १६, २०७८  १८:३५
1140x725

काठमाडौं– गत असार १४ गते प्रहरी नायव महानिरीक्षक (डीआईजी) सहकुलबहादुर थापालाई बढुवा समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस गर्‍यो। प्रहरीमा संगठन तथा व्यवस्थापन सर्वे (ओएण्डएम) बेगर नयाँ दरबन्दी थप गर्न नमिल्ने भएपनि सरकारले ओएण्डएमबिनै एआईजीको दरबन्दी सिर्जना गरेपछि गृहसचिव संयोजक रहेको बढुवा समितिले त्यो पदमा थापालाई बढुवाका लागि सिफारिस गरेको थियो।

बढुवाका निम्ति सिफारिस भएको १० दिनपछि, असार २४ गते को मन्त्रिपरिषद् बैठकले थापालाई एआइजीमा बढुवा गर्ने निर्णय गर्‍यो। डीआइजीका रुपमा प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय निर्देशनालयमा दरबन्दी रहेका थापालाई बढुवालगत्तै असार २७ गते मानवस्रोत एवं प्रशासन विभागमा पदस्थापन गर्ने निर्णय सरकारले गर्‍यो। यी सबै निर्णय केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको थियो। चमत्कारिक रुपमा एआईजीको दरबन्दी सिर्जना गर्न सफल भई त्यो दरबन्दीमा बढुवा पनि पाएका थापा बढुवापछि प्रहरीमा महत्त्वर्ण मानिने विभागको जिम्मेवारी पाउनसमेत सफल भएका थिए। 

तर, त्यसपछिका सबै कुरा भने सोचेजस्तो भएनन्। ओली सरकार दाहिना बनेपछि भर्खरै एआईजीको फूली लगाएका थापाले विभागको जिम्मेवारी नसम्हाल्दै, भोलिपल्ट अर्थात् असार २८ गते सर्वोच्च अदालतको फैसलाबाट ओली सरकारको बहिर्गमन भयो। २९ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भयो। 

बढुवा भएको तीन सातासम्म पनि जिम्मेवारी नपाएपछि एआईजी थापा प्रहरी प्रधान कार्यालय जाने र हाजिर गरेर फर्कने गरेका छन्। 

देउवा सरकारमा गृहमन्त्रीको जिम्मेवारी कांग्रेस नेता बालकृष्ण खाँणले पाए। लगत्तै उनले प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई निर्देशन दिए– अघिल्लो सरकारले गरेको एआईजी सरुवा कार्यान्वयन नगर्नू/नगराउनू। 

फूली लगाएर २७ गते पदस्थापन भएका एआईजी थापा ४ दिनको बिदा लिएर साउन १ गतेबाट मानवस्रोत विभागमा हाजिर हुने तयारीमा थिए। तर, नयाँ सरकार गठन भएसँगै उनलाई त्यो अवसर जुरेन। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार शनिबारसम्म उनको पदस्थापन भएको २० दिन पुगेको छ, तर उनी अहिलेसम्म जिम्मेवारीविहीन छन्।

‘न उहाँलाई हेडक्वार्टरले कुनै जिम्मेवारी दिन सक्ने अवस्था छ, न उहाँले नै कुनै काम गर्न सक्ने। हाजिर लगाउनु बाहेक अरु विकल्प छैन’, प्रहरी प्रधान कार्यालयका एक प्रहरी अधिकृतले नेपाल लाइभसँग भने। 

बढुवा भएको तीन सातासम्म पनि जिम्मेवारी नपाएपछि एआईजी थापा प्रहरी प्रधान कार्यालय जाने र हाजिर गरेर फर्कने गरेका छन्। 

‘मन्त्रिपरिषद्ले बढुवा गरेर मानवस्रोत एवं प्रशासन विभागको जिम्मेवारी दिएपछि कानुनी रुपमा अर्को विभागमा हाजिर गर्न मिल्दैन। तर, त्यो विभागमा पहिल्यै एआईजी कार्यरत छन्। प्रहरी प्रधान कार्यालयमा गएर आईजीपीको सचिवालयमा बस्नुको कुनै अर्थ पनि हुँदैन’ एक पूर्वआईजीपीले भने, ‘औपचारिक रुपमा उहाँले कुनै कामकारबाही गर्न मिल्दैन। डीआईजी हुँदाकै ठाउँमा बसेर एआईजीले काम गर्न मिल्ने कुरा पनि भएन। त्यसकारण यो अवस्थामा हाजिर गर्नेबाहेक अरु केही गर्न सकिन्न।’

नेपाल लाइभले यसबारे जिज्ञासा राख्दा थापा बोल्न चाहेनन्। उनले यतिमात्र भने भने, ‘यो विषयमा मेरो कुनै भनाइ छैन।’

एआईजीमा बढुवा भइसकेपछि जिम्मेवारी नै नपाउने अवस्था आउनु राम्रो संकेत नभएको पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी बताउँछन्। ‘विभागको हितमा दरबन्दी थप र बढुवा गरिएको हो भने जिम्मेवारी दिइनुपर्छ’, उनले भने। बढुवा गरेर पनि जिम्मेवारी नदिइँदा प्रहरी कर्मचारीमा असुरक्षाको भावना उत्पन्न हुने, त्यसले नतिजामै असर पार्ने सुरक्षा विज्ञहरु बताउँछन्। 

‘यसरी अन्योलमा राख्नु हुँदैन। काम गर्ने मान्छेलाई उसको जिम्मेवारी के हो प्रष्टरुपमा तोकिनुपर्छ। यस्तो अन्योलमा फुल्ली फोकस्ड भएर काम गर्न गाह्रो हुन्छ’, ठकुरीले भने, ‘एआईजीको दरबन्दी कसैको स्वार्थमा थप भएको थियो भने अहिले सरकारमा भएका दल त्यसबेला प्रतिपक्षमै थिए, किन बोलेनन्? किन बिरोध गरेनन्? त्यो बेला केही नबोल्ने, अहिले आएर बढुवा भइसकेको उच्चपदस्थ प्रहरी अधिकृतलाई जिम्मेवारी नदिन मिल्दैन।’

एआईजी थापाले अहिले जे भोगिरहेका छन्, उनी यसको पहिलो भुक्तभोगी होइनन्। उनीभन्दा पहिले पनि चारजना एआईजीले उनको जस्तै नियति भोगिसकेका छन्। केही समय पहिले जुनियरलाई एआईजीमा बढुवा गरिँदा सिनियरलाई बढुवा नगरेको भन्दै डीआईजीहरु यादव अधिकारी, सुशीलवरसिंह थापा, विश्वराज सिंह शाही र परशुराम खत्रीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।  रिटमाथि सुनुवाई गर्दै  सर्वोच्चका न्यायाधीश दीपकराज जोशी र ओमप्रकाश मिश्रको इजलासले २०७१ असोज ८ गते उनीहरु चारै जनालाई एआईजी बनाउन परमादेश नै जारी गरेको थियो। 

अदालतको आदेश नमान्दा मानहानीको मुद्दा लाग्ने भएपछि सरकारले बाध्य भएर उनीहरुलाई २०७२ चैत २६ गते एआईजीमा बढुवा गरेको थियो। 

त्यसपछि एआईजीको फूली लगाएका उनीहरुले ७ महिनासम्म जिम्मेवारी पाएनन्। उनीहरुलाई गाडीलगायतका सुविधा दिइयो, तर जिम्मेवारी दिइएन। उनीहरु त्यसबेला गृह मन्त्रालयमा हाजिर गरेर घर फर्कन्थे। अवकाशमा जानुभन्दा केही दिन अघिमात्रै उनीहरुलाई जिम्मेवारी दिइएको थियो। 

एआईजी थापामाथि अहिले ठ्याक्कै त्यही शैली दोहोरिएको छ। फूलीसँगै गाडी र अन्य सुविधा एआईजीकै पाए पनि उनी अहिलेसम्म जिम्मेवारीविहीन छन्।

फूली खोस्ने अभ्यास
प्रहरी संगठनमा राजनीति कसरी भइरहेको छ भन्ने पछिल्लो दृष्टान्त एआईजी थापालाई पेण्डुलम बनाएर राखिनु हो। तर, विगत नियाल्दा प्रहरीमा लगाएको फूली नै खोस्नेसम्मका घटना पनि भएका छन्।

दिलबहादुर लामा आईजीपी (२०३९ असार–२०४३ जेठ) भएको बेला अवकाशमा जानुपूर्व उनले केही वरिष्ठ नायब निरीक्षक (सई)लाई कायममुकायम इन्स्पेक्टर बनाएका थिए। उनीहरुलाई इन्स्पेक्टरको फूली लगाएर लामा त्यसबेला बिदा भएका थिए। उनीपछि आईजीपी बनेका हेमबहादुर सिंहले प्रहरीको नेतृत्व सम्हालेलगत्तै लामाले इन्सपेक्टर बनाएकाहरुको फूली थुते र उनीहरुलाई सईमै घटुवा गरे। 

यस्तो खालको प्रवृत्ति खासगरी सरकार परिर्वतनको बेला देखापर्ने नेपाल प्रहरीको कर्मचारी प्रशासनमा लामो समय काम गरेर निवृत्त भएका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मी बताउँछन्। रेग्मीका अनुसार भीम रावल गृहमन्त्री हुँदा सरुवा भएका एसपी र डीएसपीको सम्पूर्ण सरुवा नै बदर भएको थियो। एसपी र डीएसपीको सरुवा प्रहरी प्रधान कार्यालयले नै गर्ने भए पनि त्यसमा रावल हाबी भएका थिए। त्यो सरुवालगत्तै सरकार ढलेर गृहमन्त्रीमा कृष्णबहादुर महरा आएपछि पहिलेको सम्पूर्ण सरुवा त्यसबेला महराले बदर गरेका थिए। 

यो स्थिति अब प्रहरीको नियती बन्न थालेको रेग्मी बताउँछन्। यसको मारमा परेका प्रहरी अधिकृतहरुमा निराशा बढेको र जिम्मेवारीसमेत राम्रोसँग बहन गर्न नसक्ने अवस्था आउन सक्ने उनले बताए। 

फूलमालासहित बिदा भएर सरुवा भएको ठाउँमा जान लागेका प्रहरीको सरुवा रोकिने र पदस्थापन भइसकेकाले जिम्मेवारी लिन ठिक्क पर्दा जिम्मेवारी नपाउने अवस्थाले संगठनको भलो नगर्ने उनको भनाई छ। ‘सरुवा रोकिएको मान्छेले कतिखेर सरुवा हुन्छ भनेर महत्त्वपूर्ण निर्णय वा काम गर्न खोज्दैनन्/सक्दैनन्। जिम्मेवारी नै नपाउनेको त समस्या हुने भइहाल्यो’, रेग्मी भन्छन्।

प्रहरी संगठन नीति, नियम र कानूनसम्मत चलाउनुपर्नेमा राजनीतिक नेतृत्वले आफ्नो निहित स्वार्थअनुकुल मात्र चलाउन खोज्दा यस्तो समस्या आएको उनको बुझाइ छ। ‘राजनीतिक नेतृत्वले जहिले पनि हिजो तिमीहरु कोप्रति बफादार थियौ थाहा भएन, तर अब कानुन, विधि, विभाग, संगठन, ऐन नियमप्रति होइन, मप्रति लोयल होऊ भन्ने व्यवहार देखायो। मप्रति लोयल भएनौ भने बर्बाद हुन्छौ भन्नेखालको सन्देश दिइरह्यो। यसबाट प्रहरी संगठनमा क्षतिमात्रै हुन्छ’, रेग्मीले भने।

प्रकाशित मिति: शनिबार, साउन १६, २०७८  १८:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ सोमबार बौद्धको नयाँबस्तीस्थित स्रोत नखुलेको आर्थिक कारोबार भइरहेको सूचनाको आधारमा खाेजी काराेबार गरेकै अवस्थामा उनलाई पक्राउ गरिएको... मंगलबार, असार २४, २०८२
मोरङमा हवाई फायर गरी प्रहरीले नियन्त्रणमा लियो तीन जना लागुऔषध कारोबारी सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बाल... आइतबार, असार २२, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको उनले बताए। घटना राति स... आइतबार, असार २२, २०८२
ताजा समाचारसबै
सिद्धार्थ राजमार्ग पहिरोले अवरुद्ध बुधबार, असार २५, २०८२
मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ? बुधबार, असार २५, २०८२
चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु बुधबार, असार २५, २०८२
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध बुधबार, असार २५, २०८२
दाउन्नेमा सडक भासियो, बर्दघाटतर्फको खण्ड पूर्णरुपमा बन्द बुधबार, असार २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्