• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २५, २०८२ Wed, Jul 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
ज्यानै दाउमा लगाएर परीक्षा दिन पुगेकी मीना
64x64
नारायण अधिकारी सोमबार, साउन १८, २०७८  १५:१७
1140x725
तस्वीर : जितबहादुर बस्नेतको फेसबुकबाट।

काठमाडौं– शनिबार राति भारी वर्षा भयो। केहीबेरमै खोला गडगडाउन थाले। सामान्यतया पानी भए नभएकै पत्ता नहुने खहरे त्यो दिन डरलाग्दो गरी उर्लिए। चकमन्न रात थियो, मीना सिग्देललाई आइतबार हुने परीक्षाको चिन्ता थियो। शान्त वातावरण चाहिएका बेला खहरेले ‘डिस्टर्ब’ मन एकलास हुनै पाएन। उनलाई झिंजो लाग्यो। कामना गर्थिन्, ‘यो पट्यारलाग्दा आवाज एकैछिन शान्त भइदेओस्। आकाश रुन छाडोस्।’

आकाश रुँदा धर्ति पग्लिएर सानोठूलो पहिरो गएपछि खहरेमा बैंश आउँछ। खहरेको बैंश प्राय: विनासकारी हुन्छ। साउन पर्खेर बस्ने झरीले किन सुन्थ्यो, मीनाको आवाज। रातभरि झरी परिरह्यो।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ सिग्देल टोलकी उनी इन्द्रावती बहुमुखी क्याम्पस मेलम्चीमा स्नातक प्रथम वर्षमा अध्ययनरत छिन्। परीक्षा चलिरहेको छ। कोरोनाले कलेज नै गएर पढ्न नपाएकी उनी जोडतोडले तयारी गरिरहेककी थिइन्। रातभरि परेको झरीले उनको जीवनमा अर्को चिन्ता थपियो।

गत असार १ गते नै आएको बाढीले तहसनहस पारेको थियो मेलम्ची क्षेत्र। फेरि १६ गते राति परेको पानीले थप समस्या पार्ने अनुमान गर्न उनलाई गाह्रो भएन। परीक्षा केन्द्र इन्द्रावती क्याम्पससम्म जान एक्लै नसकिने अनुमान राति नै लगाइन् । सानोतिनो पानीमै भत्किने बाटोघाटो त्यो पानीले झन् ध्वस्त बनाउने उनले बुझेकी थिइन्। 

उनले नजिकै बस्ने शिक्षक जितबहादुर बस्नेतसँगै जाने निधो गरिन्। सोही क्याम्पसमा अध्यापन गराउने बस्नेतलाई राति फोन गरिन्। उनले भनिन्, ‘बाढीले बाटो बिगारेजस्तो छ। म एक्लै जान अप्ठ्यारो पर्ला जस्तो छ। सँगै जाऔं है सर।’

सामान्य अवस्थामा इन्द्रावती क्याम्पस उनीहरुको घरबाट ४५ मिनेटमै  पुगिन्छ। तर, बाटो बिग्रेको अवस्थामा समय धेरै लाग्ने नै भयो। त्यसैले  साढे ४ बजे नै हिँडेर ७ बजेको परीक्षाका लागि पुग्ने तयारी गरिन् उनले।

पूर्वसल्लाहअनुसार शिक्षक जितबहादुर र मीना बिहान साढे ४ बजे नै घरबाट निस्किए। घरबाट केही तल झरेपछि राति सुसाएको नुहार खोलामा उनीहरु पुगे। खोला नजिकको सडकमा उनीहरु हिँड्दै थिए। ‘सडक पनि थर्किएको आवाज सुनिन्छ। सँगै मन पनि थर्किरहेको छ। यतिबेलासम्म मनमा थोरै डर थियो,’ मीनाले सुनाइन्, ‘हामी झन् अघि बढ्थ्यौं। उस्तै डरलाग्दो बाढी, दलदल, पहिरो, सडक थर्किएको आवाज महसुस हुन्थ्यो।’

बाटो थर्किदा त्यसको झड्काले मुटु पनि थर्काउँथ्यो।  तर, परीक्षा दिन जानैपर्ने थियो, मन बलियो बनाएर पाइला अघि बढाउनै पर्ने थियो। नुहार खोला पुग्नै लाग्दा आउने उकालो बाटोनेर भने सडक बगाएर पानी भित्तासम्मै पुगेको थियो। उनको मनमा परीक्षा छुट्ने चिन्ता थियो। तर, प्राकृतिक प्रकोपले जोखिमपूर्ण बनाएको बाटोबाट विद्यार्थीलाई स्कुल जान सकिने अवस्था नरहेको आकलन शिक्षक बस्नेतले गरे। उनको प्रस्ताव थियो, ‘तिमी अगाडि जान सक्दैनौं होला। बरु फर्कौं। म त स्कुल नगए पनि हुन्छ। ज्यान जोगिए परीक्षा अर्को वर्ष दिन पाइन्छ।’

मीनाले परीक्षा नछुटाउने बरु वैकल्पिक बाटोबाट जाने प्रस्ताव गरिन्। त्यसपछि उनीहरुले खोला माथिपट्टीको कुलोबाट अघि बढे। उनले भनिन्, ‘कुलोको बाटो पनि उस्तै अफ्ठ्यारो थियो। अनुमानको भरमा पाइला टेक्दै हिँड्नुपर्ने।’

त्यसपछि उनीहरुको लगातार थप जोखिमपूर्ण यात्रा चल्यो। कहीँ पहिरो, कतै घारी त कतै काँडा र तल हेर्दा खोलामा डर लाग्दो बाढी। माथि हेर्‍यो, अहिले नै झर्ला जस्तो पहिरो।  यस्तो कठिन बाटोमा कहिले भित्तो समाउँदै त कहिले लौरो टेक्दै उनीहरु अघि बढे।

 सीमखेतसम्म पुगेपछि झन् कठिन भयो उनीहरुलाई।  ‘बाटो कहाँ थियो भनेर अनुमान समेत लगाउन सक्ने अवस्था थिएन। भित्तैसम्म खोला पुगेकाले सडक देखिएन,’ उनले सम्झिइन्, ‘उसैगरी भित्तो समाउँदै उनीहरु अघि बढ्यौं। मेलम्ची पुग्नै लाग्दा पहिरो गएको रहेछ। त्यसपछि हाम्रो यात्रा फेरि अन्योलग्रस्त बन्यो।’ 

घडीले सात बजिसकेको थियो। परीक्षा त सुरु भइसकेको छ।  उनको मनमा रनाहा छुट्यो, ‘अब त जति सक्यो चाँडो परीक्षा केन्द्र पुग्नुपर्छ।’ उनले पाइला अघि बढाइन्। वरपरका मान्छेहरुले रोके। कोही त्यो बाटो नहिँडेको भन्दै जे पनि हुनसक्ने बताए। मीनाको मनमा परीक्षा छुट्ने डरले उठेको हडबडाहट उनीसँगै रहेका शिक्षकले बुझेका थिए। तर, उनी ज्यान नै जोखिममा राखेर अघि बढ्ने कुरामा चाहिँ मीनालाई सचेत गराइरहेका थिए।

मीनाको मनमा अन्य सुरक्षित बाटो खोज्दा परीक्षा छुट्ने डर पस्यो। उनले हिम्मत गरेर भनिन्, ‘सर तपाई अघि हिँड्नु, म पछि हिँडछु। जाम यहीबाट जे होला होला।’ 

कलेजको परीक्षा दिन ज्यान नै दाउमा लगाउने हिम्मत जुटाइन्। मीनाको मन पढेर शिक्षकले आफूलाई जोखिममा राखेर अघि लागे। क्रम उही, बाढीको माथिमाथि भित्ता समाउँदै, लौरी टेक्दै यात्रा।

शिक्षक जितबहादुर बस्नेत र मीना सिग्देल। तस्वीर : बस्नेतको फेसबुकबाट।

परीक्षा केन्द्र इन्द्रावती बहुमुखी क्याम्पस पुग्दा साढे ७ बजिसकेको थियो। परीक्षा सुरु भएको आधा घण्टा बितिसिकेको थियो। मीनासँग हिलो पखाल्ने समेत समय थिएन। उनी त्यस्तै परीक्षा हलभित्र पसिन्।

‘म त किसानको छोरी। दिनभरी खेतमा धान रोप्दा पनि त्यति हिलो हुँदैन थियो। जति हिलो परीक्षा हलमा म बस्दा थियो। परीक्षा हलबाट निस्किएपछि बल्ल हिलो पखालेँ,’ मीना भन्छिन्।

उनले यस्तो जोखिमपूण यात्रा गरेर परीक्षा दिइन्। कथा त्यसपछि सुरु भयो, जब ती यात्राका केही तस्बिर उनीसँगै गएका शिक्षक जितबहादुर बस्नेतले फेसबुकमा पोष्ट गरे। परीक्षा सकिएपछि मोबाइल हेर्दा दर्जन बढी मिसकल उनले देखिन्।  

पहिलो कलब्याक आमालाई गरिन्। जितबहादुरले फेसकुबमा राखेको तस्वीर हेरेर उनकी आमाले मन नथाम्न नसकी फोन गरेकी रहिछन्।  मीनाले सम्झिइन्, ‘आमा फोनमै रुन थाल्नुभयो। त्यसपछि भने मलाई मूर्ख्याइँ गरेको महुसुस भयो।’

आउँदो २२ गते पनि परीक्षा छ। अब भने बाबाआमाको आग्रहलाई मान्दै अघिल्लो दिन नै क्याम्पस नजिकको साथीको घरमा बस्न जाने योजना बनाएकी छिन्। उनी भन्छिन्, ‘परीक्षा त छाड्ने कुरा भएन। अघिल्लो दिन नै उतै साथीकोमा बसेर दिने सोच बनाएकी छु। बाबाममीको पनि त्यही सल्लाह छ।’

प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  १५:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ? बुधबार, असार २५, २०८२
चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु बुधबार, असार २५, २०८२
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध बुधबार, असार २५, २०८२
दाउन्नेमा सडक भासियो, बर्दघाटतर्फको खण्ड पूर्णरुपमा बन्द बुधबार, असार २५, २०८२
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची बुधबार, असार २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्