• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २५, २०८२ Wed, Jul 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
प्रि–स्याट अनुसन्धान प्रतिवेदन : चार वटै सिफ्टको प्रश्नपत्र बाहिरिएको निष्कर्ष, एसपीसहित ३५ जनालाई कारबाही सिफारिस
64x64
नारायण अधिकारी मंगलबार, साउन २६, २०७८  १८:४१
1140x725

काठमाडौं– प्रहरी प्रधान कार्यालयले आन्तरिक रुपमा लिएको प्रि–स्याट परीक्षाको प्रश्नपत्र ‘लिक’ भएको घटनाको अनुसन्धान गरेको समितिले एसपीसहित ३५ जनालाई कारबाही सिफारिस गरेको छ। चार वटै सिफ्टका प्रश्नपत्रहरु बाहिरिएको समितिको निष्कर्ष छ। 

गएको १६ साउनमा लिइएको दोस्रो सिफ्टको प्रश्नपत्र बाहिरिएको जानकारी पाएपछि अनुसन्धान सुरु गरेको समितिले चार वटै सिफ्टका प्रश्नपत्र लिक भएको निष्कर्ष निकालेको हो। प्रहरी प्रधान कार्यालयले १५ र १६ साउनमा दुई–दुई सिफ्ट गरी चार सिफ्टमा प्रि–स्याटको परीक्षा सञ्चालन गरेको थियो। उक्त परीक्षा पुनः गर्नुपर्ने निष्कर्ष पनि समितिले निकालेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ। 

दोस्रो दिनको दोस्रो सिफट्को प्रश्नपत्र लिक भएपछि प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको सचिवालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्तकुमार लामाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले चार वटै सिफट्को प्रश्नपत्र आउट भएको निष्कर्ष निकाल्दै प्रतिवेदन बुझाउने तयारी गरेको प्रधान कार्यालय स्रोतले नेपाल लाइभलाई जानकारी दिएको छ। स्रोतले भन्यो ‘सुरुमा एक सिफ्टको मात्रै प्रश्नपत्र लिक भएको भन्ने थियो। पछि अनुसन्धानको क्रममा चार वटै सिफट्को प्रश्नपत्र लिक भएको खुलेको हो।’

यी चार वटै प्रश्नपत्र लिकमा युएन शाखामै कार्यरत परिचर सुरेश बम र साइबर ब्यूरोमा कार्यरत हवल्दार कुमार शाहको प्रत्यक्ष संलग्नता रहेको समितिको ठहर छ। आर्थिक लाभ लिने उद्देश्यले उनीहरुले प्रश्नपत्र लिक गरेको समितिले ठहर गरेको छ। 

शाहको योजनामा परिचर बमले प्रश्नपत्र 'आउट' गरेको पाइएको छ। प्रिन्ट गरिएकामध्ये राम्रोसँग नबुझिने खालका प्रश्नपत्रहरु युएन शाखाका एसपी अनुपम शमशेर राणाको ड्रयरमा राखिएको थियो। बमले ती प्रश्नपत्रहरु चोरी गरी आउट गरेको पाइएको अनुसन्धान समितिले निष्कर्ष निकालेको छ। 

शाहले यसअघि पनि चोरी गर्थे प्रश्नपत्र
हवल्दार शाह आठ वर्षसम्म युएन शाखामा कार्यरत थिए। उनको चालचलन ठीक नभएको भन्दै केही समयअघि मात्रै त्यहाँबाट साइबर ब्यूरोमा सरुवा गरिएको थियो। उनकै योजनामा प्रश्नपत्र चोरी भएको समितिले पत्ता लगाएको हो। अनुसन्धानका क्रममा उनले यसअघि पनि प्रि–स्याटको प्रश्नपत्र चोरी गरेको पाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ। 

अनुसन्धान समितिका एक सदस्यले नेपाल लाइभसँग भने, ‘शाहले यस पटक मात्रै होइन यसअघि पनि प्रश्नपत्र आउट गरेको हामीसँग स्वीकार गरेका छन्। उनी प्रि–स्याट प्रश्नपत्र चोरी गर्ने पेशेवर नै रहेछन्।’

शाह आफूले परीक्षा नदिने भए पनि प्रश्नपत्र चोरी गरी आर्थिक लेनदेनमा अरुलाई दिने गरेको समितिले जनाएको छ। यस वापत उनले राम्रो आर्थिक आर्जन गरेको खुलेको छ।

सबै सिफ्टका परीक्षा रद्द गरिने
१६ साउनमा लिइने दोस्रो सिफट्को प्रश्नपत्र आउट भएको जानकारी परीक्षा सुरु हुनुपूर्व नै पाइएकाले प्रहरी प्रधान कार्यालयले उक्त प्रश्नपत्र रद्द गरी अर्कै प्रश्नपत्रबाट परीक्षा सञ्चालन गरेको थियो। जस कारण परीक्षा नै रद्द गर्नुपर्ने अवस्था नरहेको प्रहरी अधिकारीले बताउँदै आएका थिए। 

तर, अनुसन्धानका क्रममा चार वटै सिफ्टका प्रश्नपत्र आउट भएको खुलेपछि सबै परीक्षा नै रद्द गर्नुपर्ने समितिले निष्कर्ष निकालेको छ। ‘पहिला परीक्षा सुरु हुनुभन्दा अघि एक सिफ्टको मात्रै प्रश्नपत्र आउट भएको भन्ने थियो। त्यसपछि अर्कै प्रश्नपत्रबाट परीक्षा लिइएको थियो। तर, अनुसन्धाका क्रममा चार वटै सिफ्टको आउट भएको खुलेपछि रद्द गनुपर्ने निष्कर्ष निकालिएको छ,’ स्रोतले भन्यो।

अब प्रि–स्याटको परीक्षा पुनः लिनुपर्ने भएको छ। युएनका प्रतिनिधिको रोहबरमा स्याटको अन्तिम परीक्षा लिनुपर्ने हुन्छ। परीक्षा लिनुअगावै प्रहरी प्रधान कार्यालयले प्रि–स्याटमा पास भएकाहरुको सूची पठाउनु पर्छ। आउँदो अक्टोबरमा अन्तिम परीक्षा हुने भएकाले त्यो अगाडि नै प्रि–स्याटमा पास हुनेको विवरण पठाउनु पर्ने हुन्छ। त्यस कारण जतिसक्दो चाँडै पुनः परीक्षा सञ्चालन गरिने प्रहरी प्रधान कार्यालय स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

३५ जनालाई कारबाही सिफारिस
अनुसन्धान समितिले ३५ जनालाई कारबाही सिफारिस गर्ने तयारी गरेको छ। परिचरदेखि एसपीसम्म कारबाहीको सूचीमा रहेको स्रोतले जानकारी दिएको छ। 

प्रश्नपत्र चोरी गर्ने परिचर सुरेश बम र चोरी गर्न लगाउने हवल्दार कुमार शाहको मुख्य भूमिका रहेको निष्कर्ष निकाल्दै समितिले उनीहरुलाई जागिरबाटै बर्खास्त गर्नुपर्ने सिफारिससहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ। अन्यको हकमा ग्रेड घटुवादेखि तलब वृद्धि रोक्का, नसिहत र सचेतसम्मका कारबाहीको सिफारिस गरिएको स्रोतको भनाइ छ।

‘प्रश्नपत्र लिक हुनेमा विभिन्न व्यक्तिका विभिन्न भूमिका देखिएका छन्। कोही प्रत्यक्ष संलग्न रहेको देखिन्छ भने कोहीको सामान्य भूमिका देखिएको छ। उनीहरुलाई त्यही अनुसार कारबाहीको सिफारिस गर्ने तयारी छ’ स्रोतले नेपाल लाइभसँग भन्यो।

प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८  १८:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
सिद्धार्थ राजमार्ग पहिरोले अवरुद्ध तिनाउ गाउँपालिका-५ जोरधारामा बुधबार बिहान माथिबाट पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्र... बुधबार, असार २५, २०८२
चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु चट्याङ लागेर घाइते भएका सिदिङ्वा गाउँपालिका–३ का राजकुमार लिम्बूको साब्लाखुस्थित स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको हो। बुधबार, असार २५, २०८२
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध मङ्गलबार साँझदेखि परेको भारी वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो। बुधबार, असार २५, २०८२
ताजा समाचारसबै
सिद्धार्थ राजमार्ग पहिरोले अवरुद्ध बुधबार, असार २५, २०८२
मनसुन समय अगावै भित्रिदा धान रोपाइँ बढ्यो, कुन प्रदेशमा कति ? बुधबार, असार २५, २०८२
चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु बुधबार, असार २५, २०८२
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध बुधबार, असार २५, २०८२
दाउन्नेमा सडक भासियो, बर्दघाटतर्फको खण्ड पूर्णरुपमा बन्द बुधबार, असार २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्