• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट
'चमत्कार' बनेको अफगान क्रिकेटको भविष्य तालिबानी शासनमा के होला?
64x64
प्रकाश गुरागाईं सोमबार, साउन ३२, २०७८  २०:४५
1140x725
तस्वीर : पाकिस्तान इन्साइडर

तालिबानी विद्रोहीहरु आइतबार अफगानिस्तानको राजधानी काबुल प्रवेश गर्दै गर्दा चर्चित क्रिकेटर राशिद खान इङ्ल्यान्डमा ‘द हन्ड्रेड मेन्स कम्पिटिसन’ क्रिकेट खेलिरहेका थिए। ट्रेन्ट रकेट्सको तर्फबाट खेलेका खानले २० बलमा १६ रन दिँदै तीन विकेट लिए। उनले म्यानेचेस्टर ओरिजिनल्सका दुई ब्याट्स्म्यानको क्याच पनि लिए।

ठिक त्यहीबेला उनको देश अफगानिस्तानमा भने ‘उथलपुथल’ भइसकेको थियो। आफ्नो देशमा ‘बलपूर्वक’ भइरहेको सत्ता परिवर्तनको घटनाबाट उनी चिन्तित थिए। स्काइ स्पोर्ट्सको प्रत्यक्ष प्रसारणमा इंग्ल्याण्डका चर्चित क्रिकेटर केभिन पिटरसनले भनेका थिए, ‘देश (अफगानिस्तान) मा धेरै ठूलो घटना भइरहेको छ, यसबारे बाउन्ड्री लाइनमा हामीले (पिटरसन र खानले) लामो कुराकानी गर्‍यौँ। आफ्नो परिवारलाई अफगानिस्तानबाट बाहिर निकाल्न नसकेकोमा उनी दु:खी छन्।’

तालिबान लडाकुहरु आइतबार बिहान काबुल पसिरहँदा खानले ट्विट गर्दै ‘पिस’ अर्थात् शान्ति लेखेका थिए। त्यसपछि अँजुलीको तीन वटा र अफगानिस्तानको झन्डाको तीन वटा इमोजी राखेका थिए। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले भने त्यही बेला आधिकारिक ट्विटर ह्यान्डलबाट यू–१५ क्रिकेटर क्वासी अहमदलाई जन्मोत्सवको शुभकामना दिएको थियो।

अफगानिस्तानमा तालिबान सत्तामा आएपछि अब क्रिकेटको भविष्य अनिश्चत भएको छ। यसअघि तालिबानहरु सन् १९९६ मा सत्तामा आउनेबित्तिकै क्रिकेटलगायत सबै खेलमाथि प्रतिबन्ध लगाएका थिए। खेलकुदतर्फ ध्यान जाँदा धार्मिक क्रियाकलाप प्रभावित हुने उनीहरुको तर्क थियो। भलै, सन् २००० मा क्रिकेटमाथिको प्रतिबन्ध हटाएका थिए।

यो पनि पढ्नुहोस्

को हुन् तालिबान? कस्तो हुन्छ उनीहरुको शासन?

अफगानी क्रिकेटको भविष्य अब बन्ने सरकारको व्यवहारमा भर पर्ने नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष चतुरबहादुर चन्द बताउँछन्। तालिबान सरकारको समर्थनविना त्यहाँ क्रिकेट नटिक्ने चन्दको भनाइ छ। ‘अहिलेको क्रिकेट बोर्डलाई तालिबान सरकारसँग काम गर्न पक्कै सजिलो हुँदैन। कतिपय त ज्यान जोगाएर भागेका छन्। तर, तालिबानले पहिलाजस्तो प्रतिबन्ध नै लगाउने व्यवहार नगर्ला,’ चन्द भन्छन्।

तालिबानले विभिन्न शहर कब्जा गर्दै काबुलतर्फ बढिरहेको बेला आफूले एसीबीका अपरेसनल म्यानेजरसँग सम्पर्क गर्न खोजे पनि संभव नभएको उनले बताए। ‘सबै लुकेरै बसेका हुन सक्छन्, मैले पठाएको म्यासेजको जवाफ आएको छैन। अब त्यहाँको क्रिकेट र क्रिकेट बोर्डको भविष्य के हुन्छ भन्न सकिँदैन, तालिबानले गर्ने व्यवहार र आईसीसीको निर्णयमा भर पर्छ,’ चन्द भन्छन्।

संभावित तालिबान शासनबारे त्यहाँका खेलाडी पनि चिन्तित रहेको राशिद खानको एक हप्ताअघिको ट्विटले पुष्टि गर्ने चन्दको भनाइ छ। तालिबानले महत्वपूर्ण शहरहरु कब्जा गर्दै गर्दा राशिद खानले विश्वका नेताहरुसँग आफ्नो देशलाई लथालिङ्ग नछाड्न तथा अफगानहरुलाई मार्न र अफगानिस्तानलाई ध्वस्त गर्नबाट रोक्न आह्वान गरेका थिए। उनले लेखेका थिए- ‘हजारौँ निर्दोष नागरिक, महिला र केटाकेटीसमेत हरेक दिन शहीद भइरहेका छन्। हजारौँ परिवार विस्थापित छन्....’

Dear World Leaders! My country is in chaos,thousand of innocent people, including children & women, get martyred everyday, houses & properties being destructed.Thousand families displaced..
Don’t leave us in chaos. Stop killing Afghans & destroying Afghaniatan??.
We want peace.?

— Rashid Khan (@rashidkhan_19) August 10, 2021

राशिद खान तिनै खेलाडी हुन्, जसले पाकिस्तानी शरणार्थी शिविरमा क्रिकेट सिकेका थिए। उनी मात्र होइन, अहिले अफगानिस्तानको राष्ट्रिय क्रिकेट टोलीबाट खेलिरहेका मोहम्मद नाबी, सामिउल्लाह सिनवारी लगायत खेलाडीले पाकिस्तानी शरणार्थी शिविरमा क्रिकेट सिकेका हुन्।

शरणार्थी शिविरमै क्रिकेट बोर्ड स्थापना
अफगानिस्तानमा १९औँ शताब्दीमा भएको अंग्रेज–अफगान युद्धताका क्रिकेट भित्रिएको मानिन्छ। त्यति बेला बेलायती सेनाले काबुलमा क्रिकेट खेल्ने गरेका थिए। तर, त्यहाँ क्रिकेट संस्थागत हुन सकेन।

पछि अफगानिस्तानमा सोभियत संघका सैनिक पसे। उनीहरुले सन् १९८८ मा अफगानिस्तान छाडेपछि इस्लामिक अतिवादी संगठन मुजाहिद्दिन सत्तामा आए। मुजाहिद्दिनको शासनकालमा धेरै अफगानी शरणार्थी बनेर पाकिस्तान छिरे। पाकिस्तानी खेलाडीबाट प्रभावित भएर त्यहाँको शरणार्थी शिविरमा क्रिकेट लोकप्रिय भयो। अनि शरणार्थीहरुले नै सन् १९९५ मा अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) स्थापना गरे।

सन् १९९६ मा मुजाहिद्दिनलाई हटाएर अर्को इस्लामिक अतिवादी संगठन तालिबान सत्तामा आयो। सत्तामा आउनेबित्तिकै उसले सबै प्रकारका खेलमा प्रतिबन्ध लगायो। तर, सन् २००० मा तालिबानीहरुले क्रिकेटमाथिको प्रतिबन्ध हटाए। उनीहरुले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई पत्र लेखेर अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को सदस्यताका लागि सहयोग गर्न आह्वान पनि गरे।

त्यसको अर्को वर्ष, २००१ मा तालिबानी शासक सत्तामा हुँदै अफगानिस्तानले आईसीसीको एफिलिएटेट सदस्यता पायो। त्यसकारण यसपटक तालिबानले क्रिकेट विकासमा अवरोध हुने र टेस्ट मान्यता खोसिने गरी कुनै कदम नचाल्ने क्यान अध्यक्ष चन्दको अनुमान छ। काबुल कब्जा गर्नुअघि अन्य शहरमा उनीहरुले गरेका गतिविधिले भने शंका गर्ने ठाउँ दिएको छ। उनीहरुले पहिलाजस्तै पुरुषले दाह्री पाल्नुपर्ने र महिलाले बुर्का लाउनुपर्ने नियममा कडाइ गरेका छन्।

१३ वर्षमा टेस्ट मान्यता
अफगानिस्तानले अन्तराष्ट्रिय क्रिकेट खेल्न थालेको १३ वर्षमा नै टेस्ट क्रिकेटको मान्यता पाएको हो। उसले आईसीसीको एफिलिएटेट सदस्य भएको तीन वर्षपछि मात्र पहिलो अन्तराष्ट्रिय क्रिकेट खेलेको थियो। सन् २००३ एसियन क्रिकेट काउन्सिल (एसीसी) को सदस्यता पाएको अफगानिस्तानले अर्को वर्ष सन् २००४ मा मेलिसियामा भएको एसीसी ट्रफीमा भाग लिएको थियो। अफगानिस्तानको पहिलो अन्तरराष्ट्रिय प्रतियोगिता यही थियो।

सन् १९९६ देखि अन्तराष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न थालेको नेपाल पनि एसीसी ट्रफी खेल्न मलेसिया पुगेको थियो। तर, फरक समूहमा परेका कारण नेपाल र अफगानिस्तानले एक–आपसमा प्रतिस्पर्धा गरेनन्। प्रतियोगितामा अफगानिस्तान क्वाटरफाइनलबाट बाहिरिएको थियो।

यो पनि पढ्नुहोस्

मुल्ला गनी बरादर र हिब्तुल्लाह अखुन्दजादामध्ये कसले सम्हाल्ला तालिबानको सत्ता?

अफगानिस्तानले सन् २००७ मा एसीसी टी२० ट्रफीको उपाधि ओमानसँगै संयुक्त रुपमा जितेको थियो। यो नै उसको पहिलो अन्तराष्ट्रिय उपाधि थियो। उक्त प्रतियोगितामा अफगानिस्तान र नेपाल एउटै समूहमा थिए। नेपाललाई अफगानिस्तानले ६ विकेटले पराजित गरेको थियो। नेपालले २० ओभरमा ७ विकेट गुमाएर १२१ रन मात्र बनाएको थियो। नेपालका लागि परेश लोहनीले सर्वाधिक ४५ रन बनाएका थिए।

अफगानिस्तानले २०१० मा एसीसी ट्रफी एलिटको उपाधि जित्दा फाइनलमा नेपाललाई नै हराएको थियो। उसले ५० ओभरमा सबै विकेट गुमाउँदै २२४ रन बनाएको थियो। तर, नेपाल भने १२९ रनमा अलआउट भएको थियो। नेपालका लागि शरद भेषवाकरले सर्वाधिक ३५ र ज्ञानेन्द्र मल्लले ३० रन बनाएका थिए।

त्यसपछि अफगानिस्तान क्रिकेटको शक्ति राष्ट्रको रुपमा अघि बढ्यो। सन् २०१३ मा उसले आईसीसीको एसोसिएट सदस्यता प्राप्त गर्‍यो। एसोसिएट सदस्य भएको चार वर्षपछि नै सन् २०१७ मा अफगानिस्तान आईसीसीको पूर्ण सदस्य (टेस्ट राष्ट्र) भयो। आईसीसीको एफिलिएटेट सदस्य भएको सबैभन्दा छोटो समय (१६ वर्ष) मा टेस्ट राष्ट्र हुने देश अफगानिस्तान नै हो। युद्धले छियाछिया पारेको अफगानिस्तानको क्रिकेटमा भएको यो एकखाले चमत्कार जस्तै थियो।

अहिले अफगानिस्तान आईसीसीको टेस्ट र ओडीआई वरीयतामा १० नम्बर र टी२० आई वरीयतामा सात नम्बरमा छ। कुल ६ टेस्ट खेल्दा तीन खेल जितेर तीन खेलमै हार बेहोरेको छ। टी२० अन्तराष्ट्रियमा सबैभन्दा बढी रन बनाउने कीर्तिमान अफगानिस्तानकै नाममा छ। २३ फेब्रुअरी २०१९ मा आयरल्यान्डविरुद्ध भारतको देहरादुनमा भएको खेलमा अफगानिस्तानले २७८/३ को कीर्तिमानी ब्याटिङ गरेको थियो।

अफगानिस्तानले सन् २०१० मा महिला क्रिकेट टीम पनि बनाएको थियो। उसले महिला खेलाडीलाई बुर्का वा हिजाब लगाउन उनीहरुकै इच्छामा छाडिदिएको थियो। तर, अब तालिबानले सत्ता हातमा लिएसँगै महिला क्रिकेटको भविष्य संकटमा परेको छ। पुरुषहरुलाई क्रिकेट खेल्न दिए पनि महिलाको खेलमाथि प्रतिबन्ध लाग्ने संभावना बढी छ।

घरेलु मैदानमा खेल्न पाउला?
अफगानी खेलाडीले आफ्नो देशमा अहिलेसम्म अन्तराष्ट्रिय क्रिकेट खेल्न पाएका छैनन्। सुरक्षा र आईसीसीको मापदण्डअनुसारको भौतिक संरचना नहुँदा अन्य देशका रंगशालालाई नै ‘होम भेन्यु’ मानेर उसले क्रिकेट खेल्दै आएको छ। राष्ट्रिय खेलाडीहरु पनि अधिकांश समय देशबाहिरै हुन्छन्।

उनीहरुले सन् २०१० मा श्रीलंकालाई ‘होम भेन्यु’ बनाएका थिए। त्यहाँ इन्टरकन्टिनेन्टल कपमा आयरल्यान्डविरुद्ध खेल्दै जित हासिल गरेका थिए। त्यसपछि सन् २०१६ सम्म यूएईको सारजहाँ स्टेडियमलाई होम भेन्यु बनाए। सन् २०१७ मा भारतको ग्रेटर नोयडा क्रिकेट स्टेडियम र त्यसपछि देहरादून तथा लखनउलाई होम भेन्यु बनाएर विभिन्न देशसँग अन्तराष्ट्रिय क्रिकेट खेले।

पछिल्लो समय अफगानिस्तानले फेरि यूएईलाई नै होम भेन्यु बनाउँदै आएको छ। एसीबीले गएको जनवरीमा भने अब होम भेन्यु ओमानलाई बनाउन संभावनाको खोजी गरिने घोषणा गरेको छ। तर, तालिबानले सत्ता लिएपछि एसीबीको भविष्य नै के हुन्छ भन्ने निश्चित छैन।

अफगानिस्तानमा क्रिकेट रंगशाला नभएका भने होइनन्। सुरक्षाका कारण अन्य देशका खेलाडी त्यहाँ जाने अवस्था छैन। अफगानिस्तानकै खेलाडी पनि कहिले भारत त कहिले युएईमा बसेर अन्तराष्ट्रिय प्रतियोगिताहरुको तयारी गर्छन्।

अफगानिस्तानले सन् २०११ मा नै १४ हजार दर्शक अटाउने शेरजाइ क्रिकेट स्टेडियम जलालाबादमा बनाएको छ। काबुलमा ६ हजार दर्शक अटाउने क्रिकेट रंगशाला छ। गएको डिसेम्बरमा काबुलमै ३५ हजार दर्शक अटाउने भव्य रंगशाला बनाउने घोषणा पनि गरेको छ।

त्यसबाहेक मजार–इ–सरिफको बाल्ख क्रिकेट स्टेडियम, कुन्दुजको कुन्दुज क्रिकेट स्टेडियम, खोस्टको खोस्ट क्रिकेट स्टेडियममा पनि घरेलु प्रतियोगिता हुन्छन्। कान्धाहार इन्टरनेशनल क्रिकेट स्टेडियम बनिरहेको छ। एसीबीले सन् २०१० मा नै सबै ३४ प्रान्तमा स्तरीय क्रिकेट मैदान बनाउने घोषणा गरेको थियो। प्रायः प्रान्तमा मैदान बन्ने क्रममा छन्। तर, तालिबानले सत्ता हासिल गरेपछि यी स्टेडियमको भविष्य के हुने भन्ने अन्योल भएको छ।

प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८  २०:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रकाश गुरागाईं
लेखकबाट थप
नगरपालिकाको पहिलो चुनाव राणाकालमै, पुरुषलाई मात्र थियो मताधिकार
भारतीय कम्युनिष्ट नेताहरुको प्रभावमा खुलेको थियो नेपालको कम्युनिष्ट पार्टी
नेपालका ५० टी२० खेल : तीन कप्तान, तीन शतक र आठ वर्षमा छुटेको सिंगो पुस्ता
सम्बन्धित सामग्री
क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको विजेता नेपाली टोलीलाई आज शीतल निवासमा बधाई दिँदै राष्ट्रपति पौडेलले क्रिकेटमा नेपालीले... सोमबार, असार २३, २०८२
विराटनगरले सन्दीपसहित ६ खेलाडीलाई गर्‍यो रिटेन विराटनगरले सामाजिक संजालमार्फत सन्दीप लामिछानेसहित ६ खेलाडीलाई रिटेन गरेको जनाएको छ । सन्दीपसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, न... शनिबार, असार २१, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि यस अघि मलेसियाको युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले नेपालको कसिलो बलिङको सामू ४०.५ ओभरमा अल आउट हुदै १ सय १३ रन म... शनिबार, असार २१, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्