• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २५, २०८२ Wed, Jul 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
डेढ महिना बित्दा पनि हुन सकेन लेखापालको सरुवा, प्रहरीले पाएनन् तलब रासनको जिल्लागत दररेट मिलान नहुँदा समस्या
64x64
नारायण अधिकारी आइतबार, भदौ ६, २०७८  १५:२५
1140x725

काठमाडौं- नेपाल प्रहरीका लेखापालको नियमित सरुवा हुने मिति नाघेको डेढ महिना बितिसक्दासमेत सरुवा हुन सकेको छैन।

प्रहरी प्रधान कार्यालयले लेखापालको सरुवा असार अन्तिम साताभित्र गर्दै आएको थियो। तर यो पटक भने भदौको पहिलो साता बितिसक्दासमेत लेखापालको सरुवा हुन सकेको छैन।

एक प्रहरी कार्यालयका लागि आवश्यक पर्ने एक वर्षको बजेट सुरुमै निकासा हुनेगर्छ। एक मुष्ट रकम आउने उक्त बजेट चलाउन पाउने भएकाले ठूलो बजेट आउने कार्यालयमा सरुवा हुन लेखापालहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुँदै आएको छ। यस्तै अवस्थ प्रतिस्पर्धाका कारण सरुवाको मिति नाघेको डेढ महिना बितिसक्दा पनि लेखापालहरुको सरुवा हुन सकेको छैन।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार ठूलो बजेट भएको कार्यालयमा सरुवा भएर जान लेखापालहरुले विभिन्न शक्तिकेन्द्रमार्फत् तीव्र लबिङ गरेका थिए। त्यसपछि गृह मन्त्रालयकै निर्देशनमा तत्कालका लागि सरुवा रोकिएको हो। यसबारे जिज्ञासामा नेपाल प्रहरीका एसएसपी वसन्त कुँवर भन्छन्, ‘यो वा ऊ कारण रोकिएको भन्दा पनि हामी जतिसक्दा चाँडो सरुवा गर्ने तयारीमा छौं।’

लेखापालको तालिम प्रवेशदेखि नै सरुवासम्ममा आकर्षक जिल्लामा जानका लागि पैसा र पहुँचको प्रयोग बढी हुन थालेको भन्दै उपेन्द्रकान्त अर्याल आईजीपी हुँदा 'पोलिस कोअर्डिनेसन कमिटी (पीसीसी)'बाट सुरुमा आठ वर्षे  नीति ल्याइएको थियो। अर्यालको पालामा चलखेलकै कारण साउन १८ गते लेखापालको सरुवा भएको थियो। त्यो भन्दा ढिलासम्म लेखपालाको सरुवा रोकिएको भने अहिले नै हो।

आठ वर्षसम्म लेखापालमा रहने व्यवस्थालाई पछि छ वर्षमा झारिएको थियो। अहिले एक पटक तालिम गरेर जिम्मेवारी सम्हाल्न थालेको छ वर्षसम्म मात्रै लेखामा राख्नसक्ने व्यवस्था बनाइएको छ। असईदेखि इन्स्पेक्टरसम्मका दर्जाहरु लेखापाल बन्नसक्ने व्यवस्था छ। सानो-ठूलो कार्यालयअनुसार असईदेखि इन्स्पेक्टरसम्मका लेखापाल हुने गर्छन्।

एक प्रहरी कार्यालयका लागि वर्षभरिमा चाहिने बजेट एकमुष्ट आउने भएकाले प्रहरीमा लेखापाल निकै आकर्षक मानिन्छ। विभिन्न टीए, डीए, रासनभत्ता, तलबलगायतका लागि आएका बजेट खर्च लेखापालमार्फत् नै हुने भएपछि लेखापालको तालिममा गर्नसमेत चलखेल हुँदै आएको छ।

‘क’ वर्गका कार्यालय वा जिल्लाबाट ‘क’ मै सरुवा नगर्ने नीति छ। बजेट धेरै आउने हुँदा अधिकांश लेखापालहरुले ‘क’ वर्गको कार्यालयमा सरुवा हुन शक्तिकेन्द्रमार्फत् दबाब दिने गरेका छन्।

प्रहरीले पाएनन् तलब
लेखापालको सरुवा रोकिँदा प्रहरी कर्मचारीले नियमित पाउँदै आएको मासिक तलबसमेत अहिलेसम्म पाउन सकेका छैनन्। हरेक दुई-दुई वर्षमा लेखापालको सरुवा गरिँदै आएको छ। एक ठाउँका प्रहरी कार्यालयमा लेखापालको जिम्मेवारी सम्हालेको दुई वर्ष पूरा भएपछि सरुवाको पर्खाइमा बसेका लेखापालहरुको सरुवा रोकिँदा त्यस मातहतका प्रहरी कर्मचारीले अहिलेसम्म तलब भत्ता नपाउने अवस्था आएको हो।

एक कार्यालयमा बसेको दुई वर्ष पूरा भइ सरुवा भएर जाने लेखापालले नयाँ आर्थिक वर्षको बजेट चलाउन पाउँदैनन्। त्यस ठाउँमा सरुवा भएर आउने नयाँ लेखापालले मात्रै चालु आर्थिक वर्षको बजेट चलाउनसक्ने भएकाले दुई वर्ष पूरा भएका लेखापाल भएका कार्यालयहरुमा प्रहरी कर्मचारीले अहिलेसम्म तलबभत्ता नपाउने स्थिति आएको हो।

सामान्यता प्रहरीमा २५ गतेभित्र तलबभत्ता खुवाउने प्रचलन भए पनि यसपटक अर्को महिनाको पहिलो साता बितिसक्दासमेत तलबभत्ता नपाउने स्थिति आएको हो। काठमाडौं उपत्यकामै रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी कर्मचारीले समेत अहिले तलबभत्ता बुझ्न नपाएको अवस्था छ।

भदौ महिनाको पहिलो हप्ता बितिसक्दासमेत लेखापालको सरुवा रोकिँदा तलबभत्ता नपाउने स्थिति आएपछि तलबभत्ता खुवाउनकै लागि भए पनि दुई वर्ष पूरा भएका लेखापालले नै चालु आर्थिक वर्षको २०७८/७९ को बजेट चलाउनुपर्ने स्थिति आएको छ। अहिलेसम्म पनि सरुवा नभएपछि दुई वर्ष पूरा कार्यकाल बिताएका लेखापालले नै तलब आफ्नो कार्यालयका कर्मचारीको तलबभत्ता हाल्ने तयारी गरेका छन्।

रासनको जिल्लागत दररेट अहिलेसम्म मिलान भएन 
गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमार्फत् नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको रासनभत्ता १५ प्रतिशत वृद्धि गरिएको घोषणा गरेका थिए।

प्रहरी र सशस्त्रमा पाँच वर्षसम्म रासनभत्ता वृद्धि नभएको भन्दै ५० प्रतिशत वृद्धि गरिनुपर्ने माग राखिए पनि १५ प्रतिशत मात्रै बढाइएको घोषणा बजेटमा गरिएको थियो। तर, घोषणा गरिएको १५ प्रतिशत पनि अहिलेसम्म जिल्लागत दररेट मिलान नगर्दा समस्या भएको छ।

यी दुवै सुरक्षा निकायमा जिल्लाअनुसार रासनभत्ताको दररेट फरक-फरक हुन्छ। १५ प्रतिशत वृद्धिको घोषणा हुनुअघिसम्म जिल्लाअनुसार ३५ सयदेखि १५ हजार रुपैयाँसम्म रासनबापतको भत्ता सुरक्षाकर्मीले बुझ्दै आएका थिए।

तर, वृद्धि भएको भनिएको १५ प्रतिशत पछि जिल्लागत दररेट मिलान नगर्दा अहिलेसम्म प्रहरी र सशस्त्रले रासनबापतको भत्ता बुझ्न पाएका छैनन्। ‘१५ प्रतिशत वृद्धि भएर आएको त भनिएको छ। जिल्लाअनुसारको दररेट मिलान नभइकन त्यहीअनुसार हामीले १५ प्रतिशत बढाएर दिन मिल्दैन। अहिलेसम्म दररेट मिलान नगर्दा रासनबापतको रकम बाँडफाँटमा पनि समस्या भएको छ,’ एक लेखापालले नेपाल लाइभसँग भने, ‘अर्थले जिल्लागत दररेट नुछट्याउँदा समस्या भएको छ।’

प्रकाशित मिति: आइतबार, भदौ ६, २०७८  १५:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ सोमबार बौद्धको नयाँबस्तीस्थित स्रोत नखुलेको आर्थिक कारोबार भइरहेको सूचनाको आधारमा खाेजी काराेबार गरेकै अवस्थामा उनलाई पक्राउ गरिएको... मंगलबार, असार २४, २०८२
मोरङमा हवाई फायर गरी प्रहरीले नियन्त्रणमा लियो तीन जना लागुऔषध कारोबारी सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बाल... आइतबार, असार २२, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको उनले बताए। घटना राति स... आइतबार, असार २२, २०८२
ताजा समाचारसबै
दाउन्नेमा सडक भासियो, बर्दघाटतर्फको खण्ड पूर्णरुपमा बन्द बुधबार, असार २५, २०८२
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची बुधबार, असार २५, २०८२
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
सात दिनभित्र चित्त बुझ्दो जवाफ नआए झाँक्रीलाई निष्काशन गर्नै एकीकृत समाजवादीको चेतावनी मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
वनमन्त्रीलाई बर्खास्त गरेपछि नाउपाले संघ र प्रदेश सरकारबाट समर्थन फिर्ता लिने बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्