वासिङ्टन– आफू ‘कानुनभन्दा माथि नभएको’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार बताएका छन्।
तर अमेरिकी राष्ट्रपतिका रूपमा सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचन अभियानमा भएको भनिएको हस्तक्षेपबारे आफूलाई क्षमा याचना गर्ने ‘पूर्ण अधिकार’ भने आफूमा निहीत रहेको उनले दोहोराएका छन्।
क्यानडामा हुँदै गरेकोे औद्योगिक राष्ट्रहरूको समूह जी–७ का सदस्य राष्ट्रहरू संयुक्त अधिराज्य (बेलायत), फ्रान्स, जर्मनी, इटाली, जापान, संयुक्त राज्य अमेरिका, क्यानडा, र सन् १९९८ पछि सदस्य बनेको रूस सम्मिलित शिखर सम्मेलनमा सहभागी हुन जाने क्रममा अमेरिकी राष्ट्रपतिले यस्तो बताएका हुन्।
आफूले प्रसिद्ध मुक्केवाज मुहम्मद अलिलाई मरणोपरान्त तथा अन्य केही व्यक्तिलाई क्षमादान दिन लागेको योजना रहेको बताउँदै उनले तर आफैबारे केही नगर्ने बताए। ट्रम्पले भने,‘म कानुनभन्दा माथि छैन। मैले कोही कानुनभन्दा माथि होस् भन्ने पनि कहिल्यै सोचेको छैन। म आफूलाईसमेत क्षमा दिन पाउँछु तर प्रमुख कुरा के हो भने मैले गल्ती गरेकै छैन भने किन माफी माग्ने? यो सवैलाई थाहा भएकै कुरा हो।’
यसअघि गत सोमबार पनि अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको सम्भावित रूसी हस्तक्षेपबारे क्षमायाचना गर्ने ‘सम्पूर्ण अधिकार’ आफूमा निहित रहेको भए पनि गल्ती नै नगरेको व्यक्तिले माफी माग्नु नपर्ने उनले तर्क गरेका थिए।
अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विटर सन्देशमा लेखेका छन्,‘कैयौँ कानुनविद्हरूले मलाई क्षमायाचना गर्ने ‘सम्पूर्ण अधिकार’ निहित छ भन्ने सल्लाह दिएको भएपनि मैले गल्ती नै नगरेको अवस्थामा किन माफी माग्ने?’
उनका वकील रूडी गिलानीले पनि अमेरिकी कानुनले राष्ट्रपतिलाई क्षमादान गर्ने शक्तिको व्यवस्था गरेको छ तर यो गर्दा ‘कठीन’ राजनीतिक जटिलता आउनसक्ने बताएका थिए। रासस÷एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।