• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट
सुध्रिनै सकेन नेपालको फास्ट बलिङ
64x64
प्रकाश गुरागाईं मंगलबार, भदौ २९, २०७८  १३:०५
1140x725

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत् अमेरिकाविरुद्धको एकदिवसीय अन्तराष्ट्रिय (ओडीआई) मा तीव्र गतिका बलर सोमपाल कामी र करण केसी विकेटविहीन भए। करणको प्रदर्शन बिर्सनलायक थियो। सोमपालले पनि सम्झनलायक प्रदर्शन गरेनन्।

करण केसी पछिल्ला चार ओडीआईमा विकेटविहीन छन्। उनले ८ फेब्रुअरी २०२० मा कीर्तिपुरमा अमेरिकाविरुद्ध भएको खेलमा अन्तिमपटक विकेट लिएका थिए। सो खेलमा उनले १५ रन मात्र खर्चिएर चार विकेट लिएका थिए। यो नै उनको अहिलेसम्मको उत्कृष्ट बलिङ हो।

करणको बलिङ प्रदर्शन एकनासको छैन। ११ ओडीआई खेल्दा उनी ६ पटक विकेटविहीन भएका छन्। घरेलु मैदानमा भएका चार ओडीआईमा उनले आठ विकेट लिएका छन्। तर, विदेशी भूमिमा उनको प्रदर्शन चिन्ताको विषय बनेको छ। विदेशमा खेलेका सात ओडीआईमा चार पटक विकेटविहीन भएका छन् भने मात्र पाँच विकेट लिएका छन्। विदेशी भूमिमा उनको सर्वोत्कृष्ट बलिङ २/३१ हो।

सोमबार अमेरिकाविरुद्धको खेलमा उनले आफ्नो कोटाको आधा ओभर मात्र बलिङ गर्न पाए। उनको बलमा अमेरिकाका ब्याट्स्म्यानले विष्फोटक ब्याटिङ गरेपछि कप्तान ज्ञानेन्द्र मल्लले उनलाई पाँच ओभरभन्दा बढी विश्वास गरेनन्। करणले फालेका बलमा अमेरिकाले ८.२ को इकोनोमीमा ४१ रन बनायो।

करणले ओडीआईमा जम्मा एकपटक मात्र आफ्नो कोटाको पूरै १० ओभर बलिङ गरेका छन्। चारपटक त पाँच वा त्योभन्दा कम ओभर मात्र बलिङ गर्न पाएका छन्। पछिल्ला तीन ओडीआईमा उनले पाँच, चार र तीन ओभर बलिङ गरेका छन्।

यता सोमपाल कामीले पनि पछिल्ला चार ओडीआईमा गतिलो प्रदर्शन गरेका छैनन्। उनले ती चार खेलमा तीन विकेट लिएका छन्। उनका लागि सोमबारको खेल आईसीसी क्रिकेट विश्वकप लिग–२ मा ‘डेब्यु’ र समग्रमा नवौँ थियो।

यसअघि उनले खेलेका आठ वटै ओडीआई हरेकमा विकेट लिएका थिए। तर, नवौँ ओडीआईमा त्यो सफलतालाई कायम राख्न सकेनन्।

नेपालबाट एउटै ओडीआईमा पाँच विकेट हात पार्ने सोमपाल पहिलो बलर हुन्। उनले यो सफलता २६ जनवरी २०१९ मा दुबईमा भएको युएईविरुद्धको खेलमा हात पारेका थिए। त्यसबाहेक १ अगष्ट २०१८ मा भएको डेब्यु खेलमा तीन र त्यही वर्ष क्वालालम्पुरमा भएको युएईविरुद्धको खेलमा २ विकेट लिनुबाहेक अन्य खेलमा एक विकेट मात्र लिएका छन्। उनले पाँच पटक एक विकेट लिएका छन्।

सोमपालले घरेलु मैदानमा ओडीआई खेल्न पाएका छैनन्। २०२० फेब्रुअरीमा ओमान र अमेरिका ओडीआई श्रृङ्खला खेल्न नेपाल आउँदा उनी चोटग्रस्त थिए।

सोमपाल नेपालबाट ओडीआईमा सर्वाधिक विकेट लिनेको सूचीमा दोस्रो नम्बरमा छन्। अहिलेसम्म उनले नौ ओडीआईमा १५ विकेट लिएका छन्। जबकि, १३ ओडीआई खेलेका स्पिनर सन्दीप लामिछानेले आफ्नो विकेट संख्या ३५ पुर्‍याइसकेका छन्। ६ खेल मात्र खेलेका अर्का स्पिनर सुशन भारीले पनि १४ विकेट लिइसकेका छन्। उनी अहिलेसम्म कुनै पनि ओडीआईमा विकेटविहीन भएका छैनन्।

सोमपाल नेपालका सुरुआती बलर पनि हुन्। उनको बलिङले विपक्षी सुरुबाटै दबाबमा पर्न सक्यो भने त्यसको असर इनिङको अन्तिमसम्मै पर्छ। तर, विपक्षीले सुरुमा नै ब्याट चलाउन थाले भने बलियो मानिएको नेपाली स्पिनलाई पनि रनको गति रोक्न हम्मे पर्छ।

ओमान भ्रमणका क्रममा ओडीआईमा नेपालको राष्ट्रिय टिमबाट डेब्यु गर्न पाएका अर्का फास्ट बलर विक्रम सोबले भने सन्तोषजनक प्रदर्शन गरिरहेका छन्। २९ वर्षको उमेरमा गएको ७ सेप्टेम्बरमा पपुवा न्यू गिनीविरुद्ध डेब्यु गरेका उनले पहिलो बलमा नै विकेट लिएका थिए। उनले ओमानमा खेलेका तीन ओडीआई सबैमा विकेट लिएका छन्। उनको विकेट संख्या पाँच पुगेको छ।

हिजो अमेरिकाविरुद्ध उनले सुरुमा नै दबाब बनाउन सकेका थिए। सोमपालसँग अर्को एन्डबाट बलिङ ओपनिङ गरेका उनले आफ्नो दोस्रो ओभरमा नै अमेरिकाका स्टेभन टेलरको विकेट लिए। शतक बनाउने अमेरिकाका अर्का खेलाडी मनान्क पटेललाई पनि उनले नै पभेलियन पठाएका थिए।

तर, हिजो उनीसमेत महङ्गो साबित भए। उनले ६ ओभरमा ३३ रन खर्चिए। ओमान भ्रमणका क्रममा अहिलेसम्म भएका तीन खेलमध्ये पपुवा न्यू गिनीविरुद्ध २० रन दिएर दुई विकेट लिनु नै उनको उत्कृष्ट बलिङ प्रदर्शन हो।

उनीहरुबाहेक फास्ट बलिङ सम्हाल्न अहिले नेपालको टिममा अबिनाश बोहरा र गुल्सन झा पनि ओमानमा छन्। उनीहरुले अहिलेसम्म मौका भने पाएका छैनन्। नेपालले अरु तीन ओडीआई खेल्न बाँकी छ।

अबिनाश ओडीआई डेब्यु गरिसकेका खेलाडी हुन्। उनले दुई खेल खेल्दा कुनै विकेट लिन सकेनन्। दुवै खेल २०२० फेब्रुअरीमा दुई दिनको अन्तरमा कीर्तिपुरमा खेलेका थिए। ती खेल अमेरिका र ओमानकै विरुद्ध थिए।

गुल्सन झाले भने अहिलेसम्म राष्ट्रिय टिमबाट डेब्यु गर्न पाएका छैनन्। उनीसँग घरेलु प्रतियोगिताको पनि पर्याप्त अनुभव छैन।

क्लोज क्याम्पमा रहेर यसपटक राष्ट्रिय टिममा नपरेका कमलसिंह ऐरीले ओडीआईमा डेब्युको मौका पाइसकेका छन्। उनले २०२० फेब्रुअरी ९ मा कीर्तिपुरमा ओमानविरुद्ध ओडीआई डेब्यु गरेका थिए। उक्त खेलमा उनले चार ओभर बलिङ गर्दा २९ रन खर्चिए। तर, विकेट लिन सकेनन्। त्यसपछि उनले अन्तिम–११ मा स्थान बनाउनै सकेनन्।

नेपालका फास्ट बलरले अहिलेसम्म चार पटक मात्र कुनै पनि खेलमा तीन वा तीनभन्दा बढी विकेट लिएका छन्। सबैभन्दा धेरै विकेट र एउटै खेलमा धेरै विकेट लिने सफलता लेग स्पिनर सन्दीप लामिछानेको नाममा छ। १३ ओडीआई खेल्दा उनी दुई पटक मात्र विकेटविहीन भएका छन्। उनले एकै खेलमा ६ विकेट लिने सफलता दुई पटक हासिल गरेका छन्।

प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  १३:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रकाश गुरागाईं
लेखकबाट थप
नगरपालिकाको पहिलो चुनाव राणाकालमै, पुरुषलाई मात्र थियो मताधिकार
भारतीय कम्युनिष्ट नेताहरुको प्रभावमा खुलेको थियो नेपालको कम्युनिष्ट पार्टी
नेपालका ५० टी२० खेल : तीन कप्तान, तीन शतक र आठ वर्षमा छुटेको सिंगो पुस्ता
सम्बन्धित सामग्री
क्रिकेटमा प्राप्त सफलता खेलाडीको समर्पण, लगाव र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको विजेता नेपाली टोलीलाई आज शीतल निवासमा बधाई दिँदै राष्ट्रपति पौडेलले क्रिकेटमा नेपालीले... सोमबार, असार २३, २०८२
विराटनगरले सन्दीपसहित ६ खेलाडीलाई गर्‍यो रिटेन विराटनगरले सामाजिक संजालमार्फत सन्दीप लामिछानेसहित ६ खेलाडीलाई रिटेन गरेको जनाएको छ । सन्दीपसहित लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, न... शनिबार, असार २१, २०८२
सिंगापुरलाई हराउँदै नेपालले जित्यो यु–१६ इस्ट जोन कपको उपाधि यस अघि मलेसियाको युकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले नेपालको कसिलो बलिङको सामू ४०.५ ओभरमा अल आउट हुदै १ सय १३ रन म... शनिबार, असार २१, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्