• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २१, २०८२ Sat, Jul 5, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
इतिहासमा कांग्रेस–११ ​​​​​बीपीलाई जब सभापतिमा भूदेव राईले चुनौती दिए
64x64
किशोर दहाल शुक्रबार, असोज ८, २०७८  १९:०६
1140x725

काठमाडौं- २०१४ सालको विशेष महाधिवेशनपछि कांग्रेसको जीवनमा मात्र होइन, देशकै जीवनमा महत्त्वपूर्ण परिघटनाहरू देखा परे। सुवर्ण शमशेर प्रधानमन्त्री बने। नयाँ संविधान जारी भयो। पहिलो आमनिर्वाचन भयो। जनताबाट निर्वाचित संसद्को स्थापना भयो। बीपी कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री बने। एक हिसाबले भन्ने हो भने २००७ सालको क्रान्तिमा देखिएको सपनाको ठूलो हिस्सा पूरा भएको थियो त्यसबेला।

यसरी कांग्रेसले जनताबाट निर्वाचित भएर सत्ता सञ्चालन गरिरहेको अवस्थामा सातौं महाधिवेशन आयोजना भएको थियो। काठमाडौंको महाराजगंजस्थित लक्ष्मी निवासमा २०१७ वैशाख २५ देखि ३१ सम्म यो महाधिवेशन आयोजना भयो। महाधिवेशनमा ६ सयभन्दा बढी प्रतिनिधिले भाग लिएका थिए।

यो महाधिवेशन सुरु हुनुभन्दा अगाडि नेपाली कांग्रेसको विधान अनुसार जिल्ला-जिल्लामा नेपाली कांग्रेस बुथ समिति, क्षेत्रीय समिति, जिल्ला समिति र महाधिवेशनका प्रतिनिधिहरुको निर्वाचन तथा महासमितिका सदस्यहरुको निर्वाचन सम्पन्न भएको थियो। (नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस- भाग २, राजेश गौतम)

महाधिवेशनको पहिलो दिन नै पार्टी सभापति चयनका लागि निर्वाचन भएको थियो। सभापतिका लागि बीपी कोइराला र भूदेव राई प्रतिस्पर्धामा उत्रिएका थिए। तर, अत्यधिक मतका साथ बीपी नै सभापतिमा निर्वाचित भए।

सभापतिमा निर्वाचित भएपछिको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै बीपीले गम्भीर पदको जिम्मेवारी पुनः आफ्नो काँधमा पर्न गएको बताएका थिए।

‘यो गम्भीर दायित्व मेरो व्यक्तिगत दायित्व मात्र नभै हाम्रो पार्टीको सामूहिक दायित्व हो। तसर्थ यस विश्वासमा कि सबै साथीहरूले आफ्नो-आफ्नो स्थानमा रही हृदयले आपसमा सहयोग गरेर यस जिम्मेदारीलाई पूरा गर्न अठोट गर्‍यौं भने कुनै कारण छैन हामीहरूले इतिहासद्वारा प्राप्त दायित्वलाई राम्ररी सफलताका साथ निभाउन नसकौं। नेपाली कांग्रेस पूर्ण प्रजातान्त्रिक संस्था भएकोले यसको नेतृत्व व्यक्ति विशेषमा मात्र निहित नभै सम्पूर्ण प्रतिनिधि समूहमा निहित छ’, उनको सम्बोधनमा उल्लेख थियो।

भोलिपल्ट (२६ गते) महामन्त्रीद्वय श्रीभद्र शर्मा र त्रिपुरवरसिंह प्रधानले तयार गरेको रिपोर्ट शर्माले पढेर सुनाएका थिए। सात घण्टासम्म छलफल भइ सो रिपोर्ट पारित भएको थियो। रिपोर्टमा कार्यकर्तामा जोस घटेको उल्लेख गर्दै भनिएको छ- ‘चुनावमा पार्टीको अत्यधिक बहुमतमा भएको विजयले साथीहरुमा त्यो जोस छैन जो चुनावसम्म थियो। पार्टीको संगठनात्मक काममा साथीहरुको त्यो लगन देखिँदैन। पार्टीको वास्तविक स्थितिको अध्ययन गर्दा लाग्छ कि मानौं हाम्रो पार्टीको लक्ष्य चुनावमा विजय हासिल गर्नु मात्र थियो। आम चुनावको नेपाली कांग्रेसमाथि जो जिम्मेदारी र कर्तव्यको बोझ थपिदिएको छ, त्यसको अनुभव जति साथीहरुले गर्नुपर्थ्यो, त्यो आज देखिएको छैन।’

त्यस्तै, सूर्यप्रसाद उपाध्यायद्वारा प्रस्तुत र मातृकाप्रसाद कोइराला समर्थक रहेको नीति सम्बन्धी प्रस्ताव पनि सर्वसम्मतिबाट पारित भएको थियो।

महाधिवेशनमा धन्यवाद प्रस्ताव र श्रद्धाञ्जली प्रस्ताव बाहेक १४ वटा अन्य प्रस्तावहरु प्रस्तुत भएका र पारित भएका थिए। त्यसरी प्रस्तुत गरिएका प्रस्तावहरुमा कृषि ब्यांक र सहकारी ब्यांक सम्बन्धी प्रस्ताव, नाजायज तमसुक खारेज गर्ने सम्बन्धी, पुनर्वास सम्बन्धी प्रस्ताव, जमिनदारी उन्मुलनसम्बन्धी प्रस्ताव, सक्रिय तटस्थ परराष्ट्र नीतिप्रति धन्यवाद प्रस्ताव, उद्योग सम्बन्धी प्रस्ताव, श्रमिक आन्दोलन सम्बन्धी प्रस्ताव, गण्डक सम्झौता सम्बन्धी प्रस्ताव, रंगभेद नीतिसम्बन्धी प्रस्ताव, छात्रवृत्ति सम्बन्धी प्रस्ताव, श्रमदान सम्बन्धी प्रस्ताव, महिला उत्थान सम्बन्धी प्रस्ताव, सहकारी खेती सम्बन्धी प्रस्ताव र राज्य उन्मुलनसम्बन्धी प्रस्ताव थिए। महाधिवेशनबाट पार्टीको विधान पनि संशोधन गरिएको थियो।

महाधिवेशन सकिएपछि सभापति बीपी कोइरालाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको घोषणा गरे। घोषित कार्यसमितिको महामन्त्रीमा श्रीभद्र शर्मा र त्रिपुरवरसिंह प्रधान तथा कोषाध्यक्षमा सुवर्ण शमशेर थिए। सदस्यहरूमा सूर्यप्रसाद उपाध्याय, गणेशमान सिंह, मातृकाप्रसाद कोइराला, विश्वबन्धु थापा, गिरिजाप्रसाद कोइराला, रुद्रप्रसाद गिरी, केबी भट्टराई, सरोजप्रसाद कोइराला, गणेशकुमार शर्मा, हेमराज शर्मा ‘अधिकारी’, चिन्ताहरण सिंह, भूदेव राई, बलबहादुर राई, तेजमान तुम्बाहाम्फे, चन्द्रलाल श्रेष्ठ, डिके शाही, टंकनाथ काफ्ले, रामेश्वर श्रेष्ठ, दलकृष्ण श्रेष्ठ, राधाकृष्ण थारु, राधादेवी कँडेल, कृष्णलाल लेखक, दिलबहादुर बुढा, डिकबहादुर गुरुङ, लोकेन्द्रबहादुर शाह, देवनाथदास यादव र गिरीप्रसाद बुढाथोकी थिए। कार्यालय सचिव भने वासुदेव रिसाललाई तोकिएको थियो।

(यहाँ उल्लेखित तथ्यगत जानकारीहरू मुख्यरुपमा राजेश गौतमको पुस्तक ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस- भाग २’ बाट लिइएको हो।)

यो पनि पढ्नुहोस् 

पाँचौं महाधिवेशन : बीपी र मातृका विवादले पार्टी विभाजन

विशेष महाधिवेशनबाट नेतृत्वमा पुनः बीपी, राजाको घोषणा ‘संसद्को चुनाव’

जब राणाशाहीविरुद्ध लड्न राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेस एक भए

कांग्रेसको तेस्रो महाधिवेशन : बीपी जेलमा, मातृका नेतृत्वमा

पहिलो अधिवेशनमा गणेशमानको विरोध र बीपीको ‘नेपाल–भारत एउटै देश’ भाषण

पहिलो महाधिवेशन : जेलमा रहेका टंकप्रसाद कसरी बने कांग्रेस सभापति?

नेपाली कांग्रेस स्थापनाकालमै थिए गुट, फुटको सुरुआत बीपीबाटै

नेपाली कांग्रेस : एउटा आह्वानबाट बनेको पार्टी

प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  १९:०६
  • #इतिहासमा_कांग्रेस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
जनता सन्तुष्ट छैनन्, स्थिति गम्भीर छ : प्रचण्ड स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०२ औँ जन्म जयन्तीका अवसरमा आज शीतल निवासमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको सरकारले... शुक्रबार, असार २०, २०८२
प्रधानमन्त्रीको स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि मजबुत : परराष्ट्र मन्त्रालय ६ दिने औपचारिक स्पेन भ्रमण गरी शुक्रबार साँझ प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधि मण्डल स्वदेश फर्केपछि परराष्ट्रसचिव अमृत राईले... शुक्रबार, असार २०, २०८२
पार्टीले निर्देशन दिएमा सभापति पद छोड्न तयार छु : रामहरि खतिवडा नेपाली कांग्रेसका केन्द्रीय सदस्य खतिवडाले शुक्रबार पार्टी केन्द्रीय समिति बैठकमा पार्टीले निर्देशन दिएमा आफू समिति सभापति पद छोड्न... शुक्रबार, असार २०, २०८२
ताजा समाचारसबै
एसिसी मेन्स यु-१६ फाइनल: नेपाललाई सामान्य लक्ष्य शनिबार, असार २१, २०८२
मनसुन र मलको अभावले रोपाइँ प्रभावित, किसान चिन्तित शनिबार, असार २१, २०८२
सन्दीपलाई विराटनगरद्वारा मार्कीमा रिटेन गरियो शनिबार, असार २१, २०८२
नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध शनिबार, असार २१, २०८२
एसियन कपमा छनोटका लागि उज्वेकिस्तानसँग भिड्दै नेपाल शनिबार, असार २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो)
सुशासनका लागि प्राधिकरण टुक्रयाउन खोजेको हाे : मन्त्री पाण्डे (भिडियो) शुक्रबार, असार २०, २०८२
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो)
असार २१ गते अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने(भिडियो) शुक्रबार, असार २०, २०८२
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो)
नागरिकता ऐनलाई आवश्यक सुधार गरेर पारित गर्न सकिन्छ (भिडियो) शुक्रबार, असार २०, २०८२
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण
दुर्गानारायण ढकाल द्वारा लिखित कृति समाजवादी दर्शनको रूपरेखा लोकर्पण बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सर्लाहीका एसपीलाई गाली गरेपछि जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी शुक्रबार, असार २०, २०८२
युनुस अन्सारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा, ९ करोड बिगो दाबी शुक्रबार, असार २०, २०८२
भारतबाट नेपाल आउँदा ५ हजार डलरबराबर रकम ल्याउन पाइने शुक्रबार, असार २०, २०८२
सिन्धुली खुर्कोटबाट काठमाडौँ जाने सडकमा ३० दिन सवारी सञ्चालनमा रोक (सुचनासहित) शुक्रबार, असार २०, २०८२
पार्टीले निर्देशन दिएमा सभापति पद छोड्न तयार छु : रामहरि खतिवडा शुक्रबार, असार २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्