• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
बेहाल विधायिका : बेपरवाह सरकार र शिथिल संसद्को परिणाम
64x64
किशोर दहाल शुक्रबार, कात्तिक १२, २०७८  १९:२८
1140x725

काठमाडौं- विधायिका अर्थात् अहिलेको संघीय संसदको मुख्य दुई जिम्मेवारी हो, मुलुकलाई प्रधानमन्त्री दिने र कानुन बनाउने। प्रधानमन्त्री दिने जिम्मेवारी प्रतिनिधि सभाको हो, कानुन बनाउन भने संसदका दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को भूमिका रहन्छ। अर्कोतिर, प्रधानमन्त्री दिने जिम्मेवारी भैपरी आउने विषय भए पनि कानुन बनाउने काम भने नियमित रुपमा गर्नुपर्छ। तर, संघीय संसदका पछिल्लो एक वर्षका गतिविधि केलाउँदा नियमित र सक्रिय भएर गर्नुपर्ने काममै शिथिलता देखिएको छ।

बजेटसँग सम्बन्धित बाध्यकारी विधेयकलाई छाड्ने हो भने अन्य विधेयक दुवै सदनबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएर ऐन नबनेको १५ महिना भइसकेको छ।

अघिल्लो वर्ष साउनमा त्यस्ता केही विधेयकहरु राष्ट्रपतिबाट प्रमाणीकरण भएको देखिन्छ। साउन १३ गते नागरिक लगानी कोष २०७७ लाई संशोधन गर्न बनेको विधेयक र संघ, प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रमाणीकरण भएका थिए।

अघिल्लो वर्ष असारमा तत्कालीन सत्तारुढ दल, नेकपामा आन्तरिक विवाद उत्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा संसद् अधिवेशन अन्त्य गरिदिएका थिए। ६ महिनासम्म अर्को अधिवेशन नबोलाएका उनले पुस ५ गते प्रतिनिधि सभा नै विघटन गरिदिए।

संवैधानिक बाध्यताअनुसार बोलाएको राष्ट्रिय सभाको अधिवेशन पनि एक हप्तामै अन्त्य गरिदिए। त्यसपछि उनी सदनलाई आरोपित गर्ने र बिजनेस नदिने रणनीतिमा लागे। प्रतिनिधि सभा विघटन गर्नु ठीक थियो बन्ने आफ्नो तर्कलाई सही साबित गर्न प्रधानमन्त्री ओली र उनको दल एमालेका सांसद्हरुले भूमिका खेले। परिणामतः सदनको कारबाही प्रभावित हुँदै आयो। बरु प्रधानमन्त्री ओली अध्यादेशको शासनमा रमाए।

तत्कालीन प्रधानमन्त्री ‌ओलीले गत जेठ ७ गते राति दोस्रो पटक प्रतिनिधि सभा विघटन गरे। तर, सर्वोच्च अदालतले दोस्रो पटक प्रतिनिधि सभा पुनर्स्थापना गरिदियो। सर्वोच्चको परमादेशबमोजिम असार अन्त्यमा सरकार परिवर्तन भयो। ओली सरकारलाई विस्थापन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार गठन भयो। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाए पनि कुनै पनि विधेयकहरु पारित गर्ने गरी उनीसँग सदनमा बहुमत थिएन। त्यसैले उनले पनि आठौं अधिवेशनभर सदनलाई बिजनेस नदिने रणनीति अख्तियार गरे।

प्रतिनिधि सभाको नवौं अधिवेशनको पहिलो दिनदेखि एमालेले सदन अवरोध गर्‍यो। सरकारले बजेटसँग सम्बन्धित विधेयकहरु जबर्जस्ती अगाडि बढाएको भए पनि अन्य विधेयक अलपत्र परे। शुक्रबार मध्यरातदेखि त यही अधिवेशन पनि अन्त्य हुँदैछ। बिहीबारको मन्त्रिपरिषद् बैठकले शुक्रबार मध्यरातदेखि संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो।

यो पनि पढ्नुहोस्

५७ साल भाग दुई: अन्त्य हुँदै निरन्तर अवरोध झेलेको संसद् अधिवेशनबिहीबार, कात्तिक ११, २०७८

 

सरकारले बिजनेस नदिँदा वा प्रतिपक्षले सदन अवरोध गर्दा सचिवालयमा दर्ता भइसकेका विधेयक सदनमा टेबल गर्न र टेबल भइसकेका विधेयकहरुलाई समितिमा पठाउन पनि अवरोध खेप्नु यसबीचको नियमितता जस्तै बन्नपुग्यो। 

परिणामतः अहिले संसदका महत्त्वपूर्ण समितिहरु विधेयकविहीन छन्। राज्य व्यवस्था, विकास तथा प्रविधि र शिक्षा तथा स्वास्थ्य जस्ता समितिहरु अहिले विधेयकविहीन छन्। जस्तो कि, शिक्षा तथा स्वास्थ्य समितिले अन्तिमपटक २०७६ चैत ५ मा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसम्बन्धी विधेयक पास गरेयता थप विधेयक पाएको छैन।

अर्कोतिर, समितिमा पुगेका कतिपय विधेयकहरुले लामो समय खाइदिने गरेका छन्। जस्तो, नागरिकता विधेयक २०७५ साउन २२ गते संसद् सचिवालयमा दर्ता भएको थियो। सो विधेयक साउन २८ गते प्रतिनिधि सभामा प्रस्तुत भएको थियो। २९ गते सामान्य छलफल भयो। २०७५ भदौ ५ गते राज्य व्यवस्था समितिमा पुग्यो।

अनेक छलफलपछि (दलहरुका आन्तरिक बैठकमा समेत) २०७७ असार ७ गते समितिले बहुमतबाट विधेयक प्रतिवेदन पारित गर्‍यो। र ९ गते संसद्को पूर्ण बैठकमा प्रतिवेदन पेश भयो। तर, त्यसलाई सदनबाट पारित गर्नुभन्दा तत्कालीन प्रधानमन्त्री ओलीले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेको दोस्रो दिन अर्थात् २०७८ जेठ ९ गते नागरिकता अध्यादेश जारी गरे। प्रतिनिधि सभा पुनःस्थापना त भयो तर, निकै महत्त्वपूर्ण मानिएको यो विधेयक कहिले कानुनमा रुपान्तरण हुन्छ, ठेगान छैन।

यो पनि पढ्नुहोस्

अनेक प्रयत्नपछि अघि बढ्यो नागरिकता विधेयकआइतबार, असार ७, २०७७

 

लामो छलफलबाट टुंगिएको विधेयक पनि सरकारले फिर्ता लिएको छ। २०७५ माघ २७ मा संसद् सचिवालयमा दर्ता भएको र अर्को महिनादेखि समितिमा छलफल भई २०७७ चैत २३ गते प्रतिनिधि सभामा प्रतिवेदन नै पेश भइसकेको ‘संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सरकारले गत असोज २२ गते फिर्ता लियो। त्यस्तै, सोही दिन राष्ट्रिय सभामा उत्पत्ति भई समितिमा भएको छलफलपछि सो सभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको ‘रेल्वे विधेयक’ पनि फिर्ता लिने प्रक्रिया अघि बढायो। सो विधेयक अहिले फिर्ता भइसकेको छ। यो विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट पास भइसकेको अवस्थामा पनि गत वैशाख २२ गते अध्यादेश जारी भएको थियो।

संविधानविद् भीमार्जुन आचार्य नियमित रुपमा कानुन निर्माण हुन नसक्नुमा सत्तापक्ष, प्रतिपक्ष र संसद् सबै दोषी रहेको बताउँछन्। ‘संसद् भए पनि प्रतिपक्षले चल्न दिएन, सरकारको आफ्नै पारा देखियो। त्यसैले एक संस्था वा व्यक्तिलाई दोष दिने ठाउँ छैन। यो सामूहिक अक्षमता हो’, आचार्य भन्छन्, ‘सामूहिक रुपमा नै जनताले दिएको जिम्मेवारीप्रति बेइमानी गरिरहेका छन्।’

संविधान, कानुन र जनताप्रति कोही पनि जवाफदेही नभएको उनको बुझाइ छ। यस्तो प्रवृत्तिले हाम्रो प्रणालीलाई नै असर गर्ने उनी बताउँछन्।

विधेयकको गति सुस्त भएता पनि अध्यादेश भने ह्वारह्वार्ती आइरहेका छन्। तत्कालीन प्रधानमन्त्री ओलीले मात्रै वैशाख २१ देखि जेठ २२ गतेसम्मको अवधिमा १५ वटा अध्यादेश जारी गरेका थिए। २०७७ सालभर उनले १० वटा अध्यादेश जारी गरेका थिए। उनीपछिका प्रधानमन्त्री शेरबहादुर देउवाले पनि गत साउन ३२ गते अधिवेशन अन्त्य गरेर भोलिपल्टै राजनीतिक दल सम्बन्धी अध्यादेश सिफारिस गरेका थिए। यसरी विधेयकमाथिको लम्बेतान छलफल र प्रक्रियाको पालनामा सरकारलाई रुचि घटेको देखिन्छ। बरु सीमित स्वार्थ र रणनीतिका साथ अध्यादेश जारी गर्ने प्रचलन सुरु भएको छ।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेशमा आफू अनुकूल प्रावधान राखेर ओलीले संवैधानिक निकायमा दर्जनौंलाई नियुक्ति दिलाएका थिए। त्यस्तै, उनले आफ्नो सत्ता निरन्तरताको उपाय खोज्ने क्रममा नागरिकता जस्तो संवेदनशील विषयमा पनि अध्यादेश ल्याए। देउवाले पनि राजनीतिक दल सम्बन्धी अध्यादेशमा खुकुलो प्रावधान राखेर एमाले र जसपा विभाजनको आधार तयार गरिदिए र राजनीतिक लाभको बाटो खोले। चलिरहेको संसद अधिवेशन अन्त्य गर्ने निर्णयमार्फत् सरकारले फेरि अध्यादेश ल्याउने बाटो खुला गरेको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  १९:२८
  • #दशैँ_२०७८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय पार्टी कार्यालयमा सम्पन्न कांग्रेसको केन्द्रीय समितिको बैठकले सात बुँदे सहमति अनुरुप संविधान संशोधनका लागि कार्यदल बनाउने निर्णय गरे... सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी आजको बैठकमा सरकारका कामकारबाहीमा छलफल हुनेछ। यस्तै बैठकमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा अध्यक्ष नियुक्त लगायत निर्णय हुन सक्ने... सोमबार, असार २३, २०८२
भ्रष्टाचारलगायत मुद्दा लागेकाहरूले कांग्रेस भएकै कारण उन्मुक्ति पाउनु हुन्न: गगन थापा सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै महामन्त्री थापाले आफूहरू कानुनी शासनमा विश्वास गर्ने बताए। सोमबार, असार २३, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्