• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ ६, २०८२ Tue, May 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट
टी २० विश्वकप : अंकविहीन भारत सेमिफाइनलमा पुग्ला? जादुमय र अप्रत्याशित नजिताको खोजीमा भारत
64x64
नेपाल लाइभ सोमबार, कात्तिक १५, २०७८  १३:२०
1140x725

काठमाडौं– टेस्ट, ओडीआई र टी२० आई तीनै  फर्म्याटमा घरेलु भूमि र विदेशमा उत्कृष्ट प्रदर्शन गर्दै आएको भारतलाई विश्व क्रिकेटको पावर हाउस हो भन्दा फरक नपर्ला।

भारतले पछिल्लो समय आईसीसी उपाधिको रुपमा सन् २०१३ मा च्याम्पियन्स ट्रफी जितेको थियो। पहिलो संस्करण अर्थात् २००७ को टी२० विश्वकप भारतले जितेको थियो।

भारत २०१४ को विश्वकप फाइनलमा श्रीलंकासँग पराजित भयो। अन्य प्रतियोगितामा फाइनल यात्रा पनि तय गर्न सकेन। भारत २०११ मा एकदिवसीय विश्वकप च्याम्पियन बनेको थियो। भारतले यी तीनै उपाधि महेन्द्रसिंह धोनीको कप्तानीमा हात पारेको थियो।

भारत हरेक प्रतियोगिताको उपाधि दाबेदार टोलीमा अग्रस्थानमा आउँछ। भारत संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी आईसीसी टी२० विश्वकप २०२१ को उपाधिको पनि प्रमुख दाबेदार टोली मानिएको थियो। तर, दुई खेल खेलेको भारत अंकबिहीन छ। भारत रहेको समूह 'बी'मा पाकिस्तान लगातार तीन जित निकाल्दै ६ अंकसहित शीर्ष स्थानमा छ। पाकिस्तानले  भारत, न्युजिल्यान्ड र अफगानिस्तानलाई पराजित गर्दै सेमिफाइनल यात्रा सहज बनाइसकेको छ।

पाकिस्तानले अब मंगलबार नामिबिया र आइतबार स्कटल्यान्डसँग खेल्नेछ। पाकिस्तान शतप्रतिशत जितका साथ शीर्षस्थानमा सेमिफाइनल खेल्ने निश्चित जस्तै छ।

यता, ३ खेलमध्ये २ मा जित निकालेको अफगानिस्तान ४ अंक जोडेर दोस्रो स्थानमा छ भने २-२ खेल खेलेका न्युजिल्याण्ड र नामिबिया  एक जित र एक हार ब्यहोर्दै २ अंक जोडेर क्रमश तेस्रो र चौथो स्थानमा छन्। 

न्युजिल्यान्डले अब अफगानिस्तान, स्कटल्यान्ड र नामिबियासँग खेल्नेछ। बाँकी तीनै खेलमा न्युजिल्यान्ड विजयी भए ४ मा जित र १  हारसहित ८ अंकका साथ सेमिफाइनल खेल्नेछ न्युजिल्यान्ड बाँकी तीनै खेलमा विजयी भएमा भारत समूह चरणबाटै घर फर्किनेछ।

यता, लगातार दुई खेलमा पराजय ब्यहोरेका भारत र स्कटल्याण्ड अंकबिहीन हुँदै तालिकाको पाँचौ र छैटौं स्थानमा छन्। र, होडबाजी शीर्ष दुईको छ। अब अफगानिस्तान, भारत र न्युजिल्यान्ड मध्य एक टोली सेमिफाइनलमा पुग्नेछन्।

Ncell 2
Ncell 2

के छ भारतको सम्भावना
भारतले बुधबार अफगानिस्तान, शुक्रबार स्कटल्यान्ड र सोमबार नामिबियासँग खेल्नेछ। भारतले यी तीनै खेलमा जित हात पारेमा  ६ अंक हुनेछ। भारतको यस अगाडिको यात्रा निकै असहज छ। यता, न्युजिल्यान्ड अफगातिस्तानसँग पराजित भएमा पनि भारतलाई खासै फाइदा पुग्ने छैन।

भारतको नेटरनरेट कमजोर अर्थात् -१.६०९ छ। अफगानिस्तानको नेट रनरेट प्लस ३.०९७ छ। अर्थात् भारतलाई सेमिफाइनल पुग्ने बाँकीका खेलमा जितमात्रै निकालेर पुग्दैन। विपक्षी टोलीलाई फराकिलो अन्तरले पराजित गर्नुपर्छ। 

भारत अफगानिस्तानसँग पराजित हुने हो भने भारतको विश्वकप यात्रा सेमिफाइनल नपुग्दै टुंगिनेछ। यद्यपि, भारतले फराकिलो अन्तरले अफगानिस्तानसँग जित हासिल गरेमा भारतीय टिमको सेमिफाइनल पुग्ने यात्रा जारी रहनेछ। तर,अन्य टोलीसँग पनि रनरेट सुधार्दै भारतले खेल्नुपर्नेछ।  

भारतले अफगानिस्तानलाई पराजित गरेमात्रै पनि पुग्दैन। अफगानिस्तानले न्युजिल्याण्डमाथि साँघुरो जित निकाल्नुपर्नेछ। जसले अफगानिस्तानको रनरेट कम पार्छ भने न्युजिल्याण्डको यात्रालाई असहज।

यता, भारतको नामिबिया र स्कटल्याण्डबिचको खेल बाँकी छ। नामिबियाको  २ अंक छ। यता, स्कटल्याण्डको शून्य अंक। यी दुवै टीमको लक्ष्य भारतलाई हराएर सेमिफाइनल पुग्ने सम्भावना जीवित राख्नु हुनेछ।

मानसिक दबाब
पाकिस्तान र  न्युजिल्यान्डसँगको हारपछि भारतीय खेलाडीमा जित्नै पर्ने अत्यधिक मानसिक दबाब छ। हुन त पाकिस्तानसँगको पहिलो खेल हारेपश्चात नै भारतीय खेलाडी दबाबमा रहेको प्रष्ट देखिएको छ। त्यही दबाबका कारण आइतबार भारतले न्युजिल्याण्डसँग ८ विकेटको फराकिलो हार ब्यहोर्‍यो। 

पहिलो खेलमा पाकिस्तानसँग १० विकेटको लज्जास्पद हार ब्यहोरेको भारतको खराब लय कायमै रहेको देखिएको छ। यस लयको एक प्रमुख कारण ब्याकअप प्लानको कमी हो भन्दा फरक नपर्ला। सधै टोलीको सोचे जस्तो सुरुवात हुन्छ भन्ने हुँदैन।

प्राय: टोलीले खराब सुरुवातका बाबजुद पनि राम्रो पुनरागमन गरेको कयौं खेलहरु छन्। तर, भारतसँग शीर्षक्रमका ब्याटर नचलेको खण्डमा मध्यक्रम र तल्लोक्रमका ब्याटरले कसरी खेल्ने भन्ने व्याकअप प्लानको कमी देखिएको छ।'मलाई लाग्दैन हामी ब्याट र बल दुवैमा पर्याप्त बलिया थियौं,' भारतीय कप्तान विराट कोहलीले न्युजिल्याण्डसँगको म्याचपछि भने,' फिल्डमा प्रवेश गर्दा हामीमा पर्याप्त साहस थिएन। हरेक पटक हामीले मौका लियौं, विकेट गुमायौं।'
 

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  १३:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु
राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेल नियुक्त
विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर
सम्बन्धित सामग्री
थाइल्याण्डले नेपाललाई दियो १ सय ५९ रनको लक्ष्य आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्रीको अन्तिम खेलमा थाइल्यान्डले नेपाललाई १ सय ५९ रनको लक्ष्य दिएको छ । मंगलबार, जेठ ६, २०८२
थाइल्याण्डविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल यस अघि नेपाल र थाइल्याण्ड दुवै यसअघि नै विश्वकपको ग्लोबल छनोटमा पुगिसकेको छन् । उनीहरू दुवैले यूएईलाई हराउँदै ग्लोबल छनोटको टिकट सुर... मंगलबार, जेठ ६, २०८२
हैदरावाद संग पराजित भए संगै प्ले अफ दौडबाट बाहिरियो लखनउ २०६ रनको लक्ष्य हैदरावादले चार विकेटको क्षतिमा १० बल बाँकी रहँदा पुरा गरेको हो । २० बलको सामना गर्दै चार चौका र ६ छक्का प्रहार गरेका... मंगलबार, जेठ ६, २०८२
ताजा समाचारसबै
खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु मंगलबार, जेठ ६, २०८२
राष्ट्र बैंकको गभर्नरमा विश्व पौडेल नियुक्त मंगलबार, जेठ ६, २०८२
विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर मंगलबार, जेठ ६, २०८२
गभर्नर सिफारिस समितिको बैठक जारी मंगलबार, जेठ ६, २०८२
जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध : खानेपानीमन्त्री मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्