• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २५, २०८२ Wed, Jul 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
जम्बोको ‘जम्बो’ काम: जसले दिलायो उत्कृष्ट अनुसन्धानको अवार्ड 
64x64
नारायण अधिकारी बुधबार, कात्तिक १७, २०७८  ०७:०४
1140x725

काठमाडौं– कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित मकबुल मियाको घरमा डेरा गरी बस्ने ५९ वर्षीया सुशीला खड्का गत वर्षको मंसिर २७ गते राति मृत फेला परिन्। शिवराज नै घर भइ मियाको घरमा डेरा गरी बस्दै आएकी खड्काको शव आँगनमा रक्ताम्य अवस्थामा फेला परेको थियो। 

खड्का मृत फेला परेको खबर स्थानीयमार्फत वडा प्रहरी कार्यालय चन्द्रौटा हुँदै जिल्ला प्रहरी कार्यालय कपिलवस्तु पुग्यो। कपिलवस्तुका तत्कालीन प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारी, प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रेमप्रसाद रेग्मी र वडा प्रहरी कार्यालय चन्द्रौटाका इन्सपेक्टर दीपेश खरेलसहितको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गर्‍यो। 

टाउकोमा चोट लागेको अवस्थामा शव फेला परेको हुनाले खड्काको हत्या भएको ‘एंगल’बाट प्रहरीले अनुसन्धान अगाडि बढायो।  कर्णाली प्रदेश प्रहरी कार्यालय केनाइन शाखा, बाँकेबाट जर्मन सेफर्ड जातको तालिमप्राप्त ‘जम्बो’ नामको ट्रयाकर डग झिकाएर प्रहरीले अनुसन्धान सुरु गरेको थियो। जम्बो २८ गते बिहान ६ बजे घटनास्थल पुगेको थियो। घटनास्थलमा प्राप्त सबुत (इँटाको टुक्रा र लोहोरो) सुघाँउदा (स्निफिङ गराउँदा) सोही घरमा मृतकसँगै बस्ने २३ वर्षीय तोरणबहादुर खड्का अभियुक्त रहेको संकेत जम्बोले गरेको थियो। 

जम्बोले तोरणलाई संकेत गरेपछि प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गर्‍यो। अनुसन्धानका क्रममा तोरणले आफ्नै फुपु नाता पर्ने खड्काको हत्या गरेको स्वीकार गरे। आफूले मासुको झोला लिएर आएको र रक्सी ल्याउन भनि फुपु नाता पर्ने खड्कासँग ५० रुपैयाँ माग्दा नदिएपछि विवाद भएको भनेर तोरणले बयान दिए। ‘रक्सी सेवन गरेकी फुपुले त्यसपछि अश्लील गाली गर्दै इँट्टाले हान्न खोजिन्। त्यसपछि त्यही इँटा खोसेर फुपुलाई हानेको हुँ,’ तोरणले त्यतिबेला प्रहरीसमक्ष बयान दिएका थिए, ‘इँटाले हान्दा भुइँमा लडेपछि मसला पिस्ने लोहोरोले टाउकामा हानेर हत्या गरेको हुँ।’

फुपु मार्ने भदाहा जम्बोकै कारण हत्या गरेको ९ घण्टा बित्न नपाउँदै पक्राउ परे र उनले हत्या समेत स्वीकार गरे। हत्याको ९ घण्टा नबित्दै अभियुक्त पहिचान गर्ने जम्बो कुकुरले यो पटक उत्कृष्ट कुकुरको अवार्ड पाउने भएको छ। नेपाल प्रहरीको केनाइन महाशाखाले हरेक वर्ष कुकुर तिहारको दिन अनुसन्धानमा संलग्न उत्कृष्ट कुकुरलाई पुरस्कृत गर्दै आएको छ। यो पटकको उत्कृष्ट अनुसन्धान कुकुरको अवार्ड जम्बोले पाउने केनाइन महाशाखाकी प्रमुख, एसएसपी देउती गुरुङले नेपाल लाइभलाई बताइन्। 

योसँगै जम्बोले गत वर्षको तिहारदेखि अहिलेसम्म ३ वटा उत्कृष्ट अनुसन्धान गरेको एसएसपी गुरुङले बताइन्। 

गत असोज १७ गते बिहान पौन ८ बजे सल्यानको बाघचौर नगरपालिका–२, गौरी बस्ने रामकली खत्री मृत भेटिएकी थिइन्। घरबाट माइत जान भनेर हिँडेकी ५४ वर्षीया रामकली बाटोमै मृत फेला परेकी थिइन्। रामकलीको संकास्पद मृत्यु भएपछि अनुसन्धानका लागि फेरि जम्बोलाई नै खटाइएको थियो। घटनास्थलमा प्राप्त कपडाका टुक्राहरु जम्बोलाई सुँघाइयो। उक्त कपडा सुँघेपछि २ किलोमिटर टाढासम्म ट्र्याक लिँदै बाटो खन्न प्रयोग भएको जेसीबी मेसिनसम्म पुगेर जम्बोले संकेत गरेको थियो। त्यसपछि प्रहरीले जेसीबीका चालक र सहचालकलाई पक्राउ गरेर अनुसन्धान गर्दा उनीहरुले रामकलीको हत्या स्वीकार गरेका थिए। रामकलीको हत्या भएको एक दिन नबित्दै जम्बोको सहयोगले अभियुक्त पहिचान गर्न प्रहरी सफल भएको थियो। 

त्यसैगरी, मनकला खत्री खड्का हत्याको अनुसन्धान पनि जम्बोकै सहयोगका कारण सफल भएको थियो। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ की २६ वर्षीया मनकला खत्री गत साउन ११ गते बारीको कान्लामा मृत भेटिएकी थिइन्। साउन ११ गते साँझ ६ बजेतिर भैंसीलाई घाँस हाल्न गएकी उनी अबेरसम्म नफर्किएपछि परिवारले खोजी गर्दा गोठ नजिकैको बारीको कान्लामा मृत भेटिएकी थिइन्। शंकास्पद रुपमा मृत भेटिएपछि अनुसन्धानका लागि प्रहरीले जम्बो कुकुर खटाएको थियो। घटनास्थलमा प्राप्त सबुत चप्पल जम्बोलाई सुँघाइएको थियो। उक्त चप्पल सुँघेर ५ मिटर पर गएपछि जम्बोले मोबाइल सेट फेला पारी सबुत जुटाउन मद्दत पुर्‍याएको थियो। मोबाइलमार्फत प्रहरीले अनुसन्धान अघि बढाउँदा घटनाको पटाक्षेप भएको थियो। 

मृतक महिला मनकलाका माइला जेठाजु केशरबहादुर खडका र उनका १५ र ११ वर्षका छोराहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो। खुर्पा प्रहार गरी मनकलाको हत्या गरिएको, हत्यापश्चात नाक र कानमा रहेका सुनका गरगहना निकालेल लगेको पाइएको थियो। 

यसरी अनुसन्धानमा प्रहरीको सारथी बन्दै सहयोगीको भूमिका खेल्दै आएको जम्बो नेपालमै खरिद गरिएको जर्मन सेफर्ड जातको कुकुर रहेको एसएसपी गुरुङले बताइन्। जम्बो अहिले १२ वर्षको भइसकेको छ। यसअघि पनि जम्बोले थुप्रै घटनाको अनुसन्धानमा प्रहरीलाई सहयोग गरेको छ। २०७० पुसमा काठमाडौंको गौरीघाटमा राजिव आचार्यको हत्यारा पत्ता लगाउन प्रहरीलाई हम्मेहम्मे परिरहेका बेला जम्बोले अनुसन्धानमा सहयोग गरेको थियो। 

२०६८ पुस ८ गते कपनस्थित मनकामना सुनचाँदी पसलमा भएको लुटपाट तथा हत्या घटनाको अभियुक्त पहिचान गर्ने काममा पनि जम्बोले आफूलाई ‘उत्कृष्ट’ सावित गरिसकेको छ। 

‘ट्र्याकर डग’ जम्बोलाई हत्या, अपहरण, बलात्कारजस्ता घटनाको अनुसन्धानका लागि प्रयोग गरिँदै आएको छ। अपराध भएको स्थल (क्राइम सिन) र सबूत 'स्निफिङ' गरेर जम्बोले अपराध अनुसन्धानमा प्रहरीलाई सघाउँदै आएको छ। 

जम्बो बाहेक गत वर्षको तिहारदेखि हालसम्म अन्य कुकुरले अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलेको केनाइन महाशाखाका डीएसपी रामचन्द्र सत्याल बताउँछन्। डीएसपी सत्यालका अनुसार सुदूरपश्चिम प्रदेश केनाइन शाखामा रहेको तुफान नाम गरेको कुकुरले पनि अनुसन्धानमा महत्वपूर्ण सहयोग गरेको छ। गत फागुन १५ गते कैलालीको गोदावरी नगरपालिका–४ स्थित गेटा आँखा अस्पताल पछाडि हत्या गरेर फालिएका शिवचरन चौधरीको हत्या अभियुक्तलाई उनको घरसम्म पुगेर पहिचान गरेको थियो। त्यस्तै बैतडीकी भागरथी भट्टको हत्या अनुसन्धानमा पनि तुफानले सहयोग गरेको थियो। 

त्यस्तै, कुशल नाम गरेको जर्मन सेफर्ड कुकुरले लमजुङको सुन्दरबजार नगरपालिका–४ की ३५ वर्षीया धनमाया भुजेलको हत्या अनुसन्धानमा सहयोग गरेको डीएसपी सत्याल बताउँछन्। सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया मीना राईको हत्यारा पत्ता लगाउन लैला नामको कुकुरले सहयोग गरेको थियो। 

यसरी प्रहरीका कुकुरले २०२६ सालदेखि अपराध अनुसन्धानमा सहयोग गर्दै आएका छन्। २०२६ सालमा मलेसियामा भएको कुकुर तालिममा नेपाल प्रहरीले समेत भाग लिएको थियो। उक्त तालिममा कुकुरले प्रहरीलाई अनुसन्धानमा सहयोग गरेका धेरै कामहरू देखाइएको थियो। 

प्रहरीले अनुसन्धान गर्न नसकेका धेरै जटिल कामहरू कुकुरको सहायताले फत्ते गरेको विवरणबारे जानकारी पाएपछि मलेसियामा भएको उक्त तालिमपछि नेपाल प्रहरीले ४ वटा तालिमप्राप्त कुकुर किनेर २०२६ सालबाट कुकुर सेवा सुरु गरेको थियो। त्यसयता प्रहरीले निरन्तर कुकुरबाट सहयोग लिँदै आएको छ। 

नेपाल प्रहरीसँग लागु औषध, ट्रयाकर, रेस्क्यू र विपद् उद्दार गरी चार बिधाका ८७ वटा कुकुर छन्। केनाइन महाशाखा महाराजगञ्जमा ३६, अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरमा ८, प्रदेश १ प्रहरी कार्यालय केनाइन शाखा धरानमा ६, विराटनगर विमानस्थलमा ३, प्रदेश २ प्रहरी कार्यालय केनाइन शाखा लालगढमा ३, जनकपुर विमानस्थलमा ३, प्रदेश नम्बर २ प्रहरी कार्यालय विपद व्यवस्थापन गुल्म वीरगञ्जमा ३, बागमती प्रदेश प्रहरी कार्यालय केनाइन शाखा हेटौंडामा ६, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा ७, कर्णाली प्रदेश प्रहरी कार्यालय केनाइन शाखा कोहलपुरमा ७ र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय केनाइन शाखा धनगढीमा ५ गरी ८७ वटा तालिम प्राप्त कुकुर छन्।

८७ कुकुरमध्ये जर्मन सेर्फड जातको ३६ वटा, ल्याब्राडोर २१, बिगल ५, बेल्जियन सेफर्ड १०, क्रोकर स्पाइनियल १, डच सेफर्ड १ र गोल्डेन रिट्रिभर १३ वटा छन्।

प्रकाशित मिति: बुधबार, कात्तिक १७, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ सोमबार बौद्धको नयाँबस्तीस्थित स्रोत नखुलेको आर्थिक कारोबार भइरहेको सूचनाको आधारमा खाेजी काराेबार गरेकै अवस्थामा उनलाई पक्राउ गरिएको... मंगलबार, असार २४, २०८२
मोरङमा हवाई फायर गरी प्रहरीले नियन्त्रणमा लियो तीन जना लागुऔषध कारोबारी सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बाल... आइतबार, असार २२, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको उनले बताए। घटना राति स... आइतबार, असार २२, २०८२
ताजा समाचारसबै
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
सात दिनभित्र चित्त बुझ्दो जवाफ नआए झाँक्रीलाई निष्काशन गर्नै एकीकृत समाजवादीको चेतावनी मंगलबार, असार २४, २०८२
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान मंगलबार, असार २४, २०८२
रुपन्देही ३ मा नाउपाका उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्