• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर
अध्यक्ष ढुंगाना बर्खास्तीमा परेपछि ३ महिनादेखि धितोपत्र बोर्डको काम ठप्प
64x64
सुमित्रा कार्की शुक्रबार, मंसिर १०, २०७८  ०८:०७
1140x725

काठमाडौं– नेपाल धितोपत्र बोर्ड (सेबोन) नेतृत्वविहीन बनेको ३ महिना बित्यो। सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका भीष्मराज ढुंगाना अध्यक्षबाट बर्खास्तीमा परेपछि बोर्ड नेतृत्वविहीन बनेको हो। 

अध्यक्ष नहुँदा बोर्डको सामान्यबाहेक अन्य कामहरू प्रभावित बनेका छन्। अर्थ मन्त्रालयले बोर्डको अध्यक्ष चयनका लागि प्रक्रिया अगाडि बढाइसकेको छ। प्रारम्भिक तयारी अघि बढाइए पनि बोर्डमा अध्यक्ष नियुक्त गर्न अझै एक महिना लाग्नसक्ने अर्थ मन्त्रालय स्रोतले बताएको छ।

सरकारले राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुयाँलको नेतृत्वमा बोर्ड अध्यक्ष छनोट समिति गठन गरेर गत कात्तिक १४ गते आवेदन आह्वान गरेको थियो। उक्त समितिले जारी गरेको सूचनामा १५ दिनभित्र आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।

त्यस अवधिमा १२ जनाको आवेदन परेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ। छनोट समितिले त्यसबाट पाँच जनालाई छान्ने, पाँच जनाबाट पुनः तीन जनाको नाम अर्थ मन्त्रालयलाई सिफारिस गर्ने र मन्त्रिपरिषद्ले सोही सिफारिसका आधारमा एक जनालाई बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रक्रिया निर्धारण गरिए पनि त्यसलाई परिवर्तन गरिएको छ।

अब मन्त्रिपरिषद्ले छनोट समिति गठन गर्ने र सोही समितिले बोर्डका अध्यक्ष चयन गर्नेगरी मापदण्ड बनाइएको अर्थ मन्त्रालयका एक अधिकारीले नेपाल लाइभलाई बताए।

अध्यक्ष छनोटका लागि मन्त्रिपरिषद् बैठकले नयाँ समिति बनाउन लागेको बताउँदै अर्थ मन्त्रालयका एक अधिकारीले सोही समितिले  छनोट गर्ने बताए। नयाँ समिति गठन गरेपछि मात्र छनोट प्रक्रिया अगाडि बढ्ने उनको भनाइ छ। 

यो सबै प्रक्रिया पूरा हुँदा बोर्डमा अध्यक्ष नियुक्त हुन अझै एक महिनाभन्दा बढी समय लाग्नसक्ने अर्थ मन्त्रालयका प्रवक्ता रितेश शाक्य बताउँछन्।

बोर्ड अध्यक्षका लागि बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, उपकार्यकारी निर्देशक नवराज अधिकारी, चितवनका अनिल पौडेल, बिमा समितिका पूर्वअध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वनिर्देशक चिरञ्जीवी चापागाईंले निवेदन दिएका छन्।

यसैगरी राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पूर्वसीईओ सीताराम थपलिया, सेयर लगानीकर्ता केशवप्रसाद श्रेष्ठ, जीवन अमगाइ, रमेश हमाल र अम्विका शर्मा लामिछाने तथा कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्णप्रसाद आचार्यको पनि आवेदन परेको अर्थ मन्त्रालयले जनाएको छ।

यी हुन् बोर्डमा नेतृत्व नहुँदा रोकिएका कामहरू:

आईपीओ निष्कासनको अनुमति
धितोपत्र बोर्डमा नेतृत्व नहुँदा विभिन्न कम्पनीको आईपीओ निष्कासनको काम अगाडि बढ्न सकेको छैन। बोर्ड अध्यक्षविहीन हुँदा प्रक्रिया पूरा भइसकेको कम्पनीको आईपीओ निष्कासन भइरहेको भए पनि बोर्डमा आवेदन दिएर बसेका दर्जनभन्दा बढी कम्पनीको आईपीओलाई बोर्डले अनुमति दिन सकेको छैन।

आईपीओको तयारीमा रहेका कम्पनीले आईपीओ निष्कासनका लागि सम्पूर्ण कागजातहरू बोर्डमा बुझाइसकेका छन्। तर, बोर्डमा अहिले सामान्य कामबाहेक अरू काम कारबाही रोकिएको छ। सञ्चालक समितिले पारित गरेको काम कतिपय बोर्डको अध्यक्ष नभएर रोकिएका छन्। कतिपय काम भने नेप्सेमा नेतृत्व नभएका कारण रोकिएको बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए।

संस्थागत कम्पनीलाई ब्रोकर लाइसेन्स 
तीन वर्षअघिबाट बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने कुरा आएको थियो। धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रेवतबहादुर कार्कीको पालादेखि बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने कुरा उठाउँदै आएकोमा हालसम्म पनि यस्तो लाइसेन्स वितरण गर्न सकेको छैन। यस सम्बन्धमा अध्ययन गर्न दुई वर्षअघि संसद्को अर्थ समितिले सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा एक उपसमिति गठन गरेको थियो। उक्त उपसमितिले बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनुपर्ने सुझावसहितको प्रतिवेदन बुझाएको थियो।

यता, लगानीकर्ताका विभिन्न समूहले पनि बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनुपर्ने आवाज उठाउँदै आएका छन्। तर, बोर्ड भने यस विषयमा मौन बस्दै आएको थियो। सेयर बजारको पहुँच विस्तार गर्न, न्यून आयस्तरका मानिससम्मलाई सेयर बजारमा प्रवेश गराएर यस क्षेत्रको विकास गर्न वाणिज्य बैंकका सहायक कम्पनीलाई दिइने लाइसेन्सले ठूलो सहयोग पुग्ने निर्देशक गिरी बताउँछन्। साथै, यसले हालका ब्रोकरहरूबाट लगानीकर्ताले पाइरहेको सास्ती न्यूनीकरण गर्न र सेयर बजारलाई अझै सहज एवं पारदर्शी बनाउन सहयोग पुग्ने सेयर बजारका विश्लेषकहरूले बताउँदै आएका छन्। बोर्डमा नयाँ नेतृत्व आएपछि मात्र यो काम अगाडि बढ्ने धितोपत्र बोर्डका एक अधिकारीले बताए।

ब्रोकरको छुट्टै टीएमएस सञ्चालन 
सेयर कारोबारका लागि ब्रोकरहरूले छुट्टै टीएमएस सञ्चालनमा ल्याउने तयारी गरेका थिए। अहिले नेप्सेले सञ्चालन गरिरहेको टीएमएस पटक-पटक अवरुद्ध भइरहने हुँदा कारोबारमा समस्या भोग्नुपरेको लगानीकर्ताले गुनासो गर्दै आएका छन्। उक्त गुनासोपछि नेप्से, ब्रोकर र बोर्डले ब्रोकरहरूमार्फत् नयाँ टीएमएस ल्याउने तयारी गरेका थिए।

यसका लागि नेप्सेले गत जेठ पहिलो साता नै विनियमावली बनाएर धितोपत्र बोर्डमा पठाएको थियो। विनियमावली बुझाएको करिब पाँच महिना बितिसक्दा पनि बोर्डले स्वीकृति दिएको छैन। नेप्से र धितोपत्र बोर्ड दुवै नेतृत्वविहीन हुँदा यो काम रोकिएको छ।

साउन १ गतेबाटै सञ्चालनमा ल्याउने भनिएको उक्त टीएमएस सञ्चालनमा आउने अनिश्चित बनेको एक ब्रोकर कम्पनीका सञ्चालक बताउँछन्।

बुक बिल्डिङमार्फत् आईपीओ निष्कासन
नेपालमा पहलोपटक बुक बिल्डिङमार्फत् आईपीओ ल्याउने तयारी भइरहेको थियो। सर्वोत्तम सिमेन्टले यो विधिबाट आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा आवेदन दिने तयारी गरेको थियो। तर, सोही कम्पनीको ‘गोल्डेन सेयर’ खरिद गरेको तथ्य बाहिरिएपछि बोर्डका अध्यक्ष ढुंगाना बर्खास्तीमा परे।

त्यसपछि उक्त प्रक्रिया नै अन्योलमा परेको बोर्डका अधिकारीहरू बताउँछन्। रियल सेक्टरका कम्पनीलाई सेयर बजारमा भित्र्याउनका लागि बुक बिल्डिङमार्फत् आईपीओ ल्याउन आवश्यक रहेको भए पनि बोर्डमा यो विधिबाट आईपीओ निष्कासन गर्न भनेर कुनै पनि कम्पनी नआएको बोर्डका निर्देशक गिरीको भनाइ छ। बोर्डमा अध्यक्ष नियुक्त हुनेबित्तिकै यसको तयारी गरिने उनले बताए।

राफसाफ कोष सञ्चालन
धितोपत्र बोर्डले ब्रोकरका लागि रकम सापटी लिन पाउने कोष (राफसाफ सुनिश्चित कोष) कार्यान्वयनमा ल्याउने तयारी गरेको थियो। सेयर खरिदकर्ताले समयमै पैसा तिर्न नसक्दा कारोबार राफसाफका लागि ब्रोकरले रकम सापटी लिन पाउने गरी उक्त कोष सञ्चालनमा ल्याउन लागेको थियो। यसका लागि बोर्डले नेप्सेलाई निर्देशनसमेत दिइसकेको थियो।

बोर्डले गत जेठमा दिनहुँ कारोबार रकम बढिरहेकाले प्रणालीगत जोखिम बढेको र त्यसलाई कम गर्न भन्दै उक्त कोष सञ्चालनमा ल्याउन नेप्सेलाई निर्देशन दिएको थियो। तर, नेप्से र बोर्ड दुवै नेतृत्वविहीन बनेपछि कोष सञ्चालन अन्योलमा परेको छ।

आगामी अध्यक्षको कार्यकाल दुई वर्षमात्र 
धितोपत्र बोर्डमा अब चयन हुने अध्यक्षको कार्यकाल दुई वर्ष मात्र हुने भएको छ। बर्खास्तीमा परेका पूर्वअध्यक्ष ढुंगानाको बाँकी कार्यकालका लागि मात्र नयाँ अध्यक्ष नियुक्त  गर्न लागिएको धितोपत्र बोर्ड स्रोतले जानकारी दिएको छ।

सरकारले बोर्डको नेतृत्व कसलाई दिन्छ भन्ने विषय अहिले आम चासोको विषय बनेको छ। साथै, नयाँ आउने नेतृत्वले बोर्डलाई विवादरहित रूपमा कसरी अगाडि बढाउलान् भन्ने चर्चासमेत लगानीकर्ताहरूले गरिरहेका छन्।

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  ०८:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
कारोबारसँगै खुम्चियो सेयर बजार यसअघि साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २ अंकले बढेर २७०६ विन्दुमा पुगेको थियो। सोमबार, असार २३, २०८२
साताको पहिलो दिन बढ्यो सेयर बजार, साढे ९ अर्बको सेयर कारोबार सेयर बजार झिनो अंकले बढे पनि कारोबार रकम साढे ९ अर्ब पुगेको छ। आज सेयर बजारमा ९ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो। आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा प्रयाप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौंमा आयोजना गरेको मौद्रीक नीतिसम्बन्धी छलफलमा गभर्नर पौडेलले सवै क्षेत्र बर्ग समूदायलाई सम... आइतबार, असार २२, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्रीद्वारा अत्यावश्यकबाहेक निर्धारित कार्यक्रमहरू स्थगित, आपतकालीन सहायतामा केन्द्रित मंगलबार, असार २४, २०८२
रसुवामा बाढीः यस्तो छ बेपत्ता भएका १८ जनाको नामावली मंगलबार, असार २४, २०८२
रसुवा बाढीबारे छलफल गर्न सुरक्षा समिति र विपद प्राधिकरणको बैठक बोलाइयो मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
धादिङको त्रिशूली नदीमा २ जनाको शव फेला मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्