• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष
पदाधिकारीमा पद्माको फड्को 
64x64
नेपाल लाइभ बुधबार, मंसिर १५, २०७८  १९:३३
1140x725

काठमाडौं- 'पार्टी नेतृत्वले कुन भूमिकामा विश्वास गर्छ र जिम्मेवारी दिन्छ थाहा छैन तर, म जुनसुकै जिम्मेवारीका लागि तयार छु। मसँग सबै खालका जिम्मेवारी निर्वाह गर्नसक्ने क्षमता रहेको दाबी गर्छु। प्रतिस्पर्धा गर्नुपर्दा पदाधिकारीमै गर्छु,' एमालेको दशौं महाधिवेशन सुरु हुनु चार दिनअघि नेपाल लाइभसँग नवनिर्वाचित एमाले सचिव पद्मा अर्यालले भनेकी थिइन्। 

अर्याललाई अध्यक्ष केपी शर्मा ओलीले सचिवका लागि विश्वास गरे। अर्यालले प्रतिष्पर्धा पनि त्यही पदमा गर्नुपर्‍यो। प्रतिस्पर्धामा उनले १७९९ मतसहित जित हासिल गरिन्।

एमाले केन्द्रीय कमिटीबाट सिधै पदाधिकारीमा फड्कोे पार्ने उनी एक्लो हुन्। बाँकी पदाधिकारी कि पदाधिकारी नै थिए, कि पोलिटब्युरो, स्थायी कमिटी हुँदै यहाँ आइपुगेका हुन्। 

कार्यकारी पदका लागि प्रतिष्पर्धा गरेर आफूलाई प्रमाणित गरेको इतिहास उनीसँग छ। एमालेको सातौं स्याङ्जा जिल्ला अधिवेशनमा पुरुष प्रतिस्पर्धीलाई उछिन्दै उनी जिल्ला अध्यक्ष भएकी थिइन्

उनको अपेक्षा यसपल्ट पदाधिकारीमा महिलाको उपस्थिति बढ्छ भन्ने थियो। पद्मालाई महाधिवेशनअघि लागेको थियो, 'आठौं महाधिवेशनमा पदाधिकारीमा महिलाको उपस्थिति शून्य भएन। नवौंमा दुईजना हुनुहुन्थ्यो, त्यसमा यसपल्ट बढोत्तरी हुनुपर्छ।' उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा उनीसमेत गरेर १९ सदस्यीय पदाधिकारीमा जम्मा दुईजना महिलाको उपस्थिति भयो। 

राजनीतिक दृष्टिबाट हेर्दा पदाधिकारीमा अर्यालको उपस्थिति अर्थपूर्ण छ। उमेर हदका कारण अन्तिम कार्यकाल हुनेछ शाक्यको। एमाले पदाधिकारीमा महिलाको उपस्थिति मात्रै होइन, महत्त्वपूर्ण पदमा प्रतिष्पर्धा गरेर जित हासिल गर्दै इतिहास बनाउने अवसर अर्याललाई छ। 

कार्यकारी पदका लागि प्रतिस्पर्धा गरेर आफूलाई प्रमाणित गरेको इतिहास उनीसँग छ। एमालेको सातौं स्याङ्जा जिल्ला अधिवेशनमा पुरुष प्रतिस्पर्धीलाई उछिन्दै उनी जिल्ला अध्यक्ष भएकी थिइन्। मतदानबाट जिल्ला अध्यक्ष जित्ने एमालेको पहिलो महिला थिइन् उनी। 

२०७५ सालको निर्वाचनमा उनले प्रत्यक्ष निर्वाचनबाटै चुनिने बाटो रोजिन्। उनका आफ्नैहरुले पनि स्याङ्जा जिल्लाको क्षेत्र नम्बर २ बाट चुनाव जित्नु 'फलामको चिउरा चपाएसरह हो' भन्थे उनलाई। किनभने तत्कालीन उपप्रधान तथा शिक्षामन्त्री अनि कांग्रेसका सक्रिय नेता गोपालमान श्रेष्ठ उनका प्रतिद्वन्द्वी थिए। उनलाई लाग्छ, ‘त्यो चुनाव, चुनाव मात्रै थिएन, राज्यसँगकै लडाइँ थियो।’

चुनाव निकै तनावपूर्ण भयो। चुनावको दिन बुथ कब्जा रोक्न खोज्दा उनीमाथि आक्रमण भयो। उनको मोबाइल खोसेर लखेटियो। प्रहरीसँग सुरक्षा माग्दा पनि पाइनन्। बुथ कब्जा भएको घटनाले मतगणना ढिलो भयो। तर, अर्यालले विजय हासिल गरिन्। 

अहिलेको सचिव पद, त्यो रोजाइको प्रतिफल पनि हो। पदाधिकारीका आकांक्षी अर्यालका समकक्षी मात्रै होइन, उनी भन्दा पुराना महिला नेतृहरु पनि थिए। तर, निश्चित भूगोल भएकी उनलाई अघि बढाउँदा पार्टीलाई पनि लाभ हुने हिसाबकिताब नेतृत्वले निकाल्यो। एमालेको सचिवका रुपमा उनले प्रतिनिधि सभा चुनाव लड्दा जित्ने सम्भावना बढी हुने गणितले अर्याललाई पनि लाभ भयो। 

अर्याल राजनीतिक रुपमा 'एक्सपोज' भएको ३८ वर्ष भयो। २०४० सालमा सिन्धुपाल्चोकमा ‘पिस्कर कान्ड’ भयो। स्याङ्जा जिल्लामै आयोजित विरोध कार्यक्रममा मञ्चमा खिरिली केटी उक्लिइन्। तिखो स्वरमा वजनदार भाषण गरेर कार्यक्रमबाट फर्किइन्। त्यसपछि ‘पद्‌मा अर्याल’ नामकी महिला राजनीतिज्ञको चर्चा स्थानीयस्तरमा हुन थालेको हो। 

राजनीतिमा यो स्थानमा आइपुग्न उनलाई सजिलो भएको होइन। आफ्नो राजनीतिक जीवनमा तीन चरणका संघर्ष गर्नुपरेको उनको अनुभूति छ। महिलालाई समाज र परिवारले हेर्ने दृष्टिकोणका कारण सुरुमा घरबाट फुत्किनै संघर्ष गर्नुपर्‍यो। त्यसपछि पार्टीमा रहेका पुरुष नेता बराबरकै प्रतिस्पर्धात्मक क्षमताको विकास अर्को संघर्ष थियो। अहिले आफूलाई फरक क्षमतासमेत भएकी नेतृका रुपमा उनले प्रमाणित गरिरहेकी छिन्। 

स्कूल छुट्दा राजनीति पनि छाड्लिन् भन्ने आशमा परिवारले स्कूलको शुल्क तिर्न छाड्यो। पद्मा परिवार छाड्न तयार भइन्, तर राजनीतिमा लागेर सामाजिक जागरण ल्याउने कामबाट पछि हट्न चाहिनन्  

अहिलेका महिलाहरुसँग तीनमध्ये पहिलो, ‘घरबाट निस्किन’ गर्नुपर्ने संघर्ष हटेको छ। उनले यहाँनेर आफूले घरबाट निस्कन गरेको संघर्षका केही थान घटना सुनाइन्। त्यो मिति २०३९ सालतिरको हो। त्यतिबेला उनी अनेरास्ववियु पाँचौंको सदस्य थिइन्। 

भूमिगत पार्टीको विद्यार्थी संगठन सदस्य उनलाई संगठन गर्न राति निस्किनुपर्ने भयो। परिवारले हुर्किंदै गरेकी छोरीलाई रातविरात बाहिर जान कहाँ दिनु? घरका सबै सुतिसकेपछि उनी मान्छेकै आकारमा सिरक बनाएर बेडमा राख्थिन्। 

स्कूल छुट्दा राजनीति पनि छाड्लिन् भन्ने आशमा परिवारले स्कूलको शुल्क तिर्न छाड्यो। पद्मा परिवार छाड्न तयार भइन्, तर राजनीतिमा लागेर सामाजिक जागरण ल्याउने कामबाट पछि हट्न चाहिनन्  

२०४१ सालमा स्कूलको प्रारम्भिक कमिटीकी सदस्य भएकी उनले पार्टीको जिल्ला, अञ्चल र केन्द्रका सबै समितिमा बसेर काम गरिसकेकी छन्। राजकीय पदका कुरा गर्दा २०५४ सालमा वडा सदस्य बनेकी उनी २०७५ सालमा मन्त्री बनिन्। 

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  १९:३३
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
नेपाल लाइभ समाचार, असार 23 #live
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्