• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
काठमाडौंमा खुकुरी प्रहारको बदलामा कैलालीमा बडुवालको हत्या! २१ जना मिलेर हत्या, एउटालाई अपराध स्वीकार्न लगाएर २० जना फरार हुने योजना
64x64
नारायण अधिकारी सोमबार, मंसिर २०, २०७८  १४:४६
1140x725

काठमाडौं– कैलालीको लम्कीचुहा नगरपालिका–१ का २२ वर्षीय युवक भुपेन्द्र बडुवालको हत्या घटनाको जिम्मा एक जनाले लिएर बाँकीलाई उन्मुक्ति दिने योजना हत्याराको समूहले बनाएको खुलेको छ। गत कात्तिक २७ गते कैलालीमा खुकुरी प्रहारबाट मारिएका बडुवालको हत्याको जिम्मा एक व्यक्तिले लिएर बाँकी २० जनालाई उन्मुक्ति दिने योजना समूहले बनाएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको हो। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीका अनुसार खुकुरी प्रहारबाट बडुवालको मृत्यु भएपछि एक जनाले मात्रै हत्याको जिम्मा लिने र बाँकी फरार भइ हत्या जिम्मा लिनेलाई केही आर्थिक सहयोग दिने योजना बनाइएको पत्ता लागेको हो। 

सोमबार पत्रकार सम्मेलनमा जानकारी दिँदै एसपी अधिकारीले भने, ‘२१ जनाको समूह मिलेर बडुवालको हत्या भएको अनुसन्धानबाट खुलेको छ। तर, हत्या गर्ने समूहले भने १ जनाले मात्रै जिम्मा लिएर बाँकीलाई सफाइ दिने योजना बनाएको खुल्यो।’

बडुवालको हत्यापछि उक्त समूहले विष्ट आयल स्टोर नजिक पुगेर भाग्ने योजना बनाएको थियो। सोही अनुसार हत्यामा प्रयोग गरिएको खुकुरीसमेत फालिएको थियो। त्यसपछि अभियुक्त रोहित आले आफ्नो घरतर्फ लागेका थिए। 

त्यसपछि नवीन रावल, हेमन्त शाही, हिमाल शाही, रोशन शाही, चिरञ्जीवी शाही र आर्यन देवकोटा पशु हाट बजारको बाटो हुँदै जोशीपुर पुगी एक जनाले अपराध स्वीकार्ने र अरु भागी फरार रहने योजना बनाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

हत्याको भोलिपल्ट कात्तिक २४ गते बिहान बौनिया बजारमा पुगी अपराध आफूले मात्रै गरेको हो भन्ने पार्न आर्यन देवकोटा बौनिया बजारमै बसेका थिए। 

नवीन रावल, हेमन्त शाही, हिमाल शाही, रोशन शाही, र चिरञ्जीवी शाही भने लोकजंग शाहीले बनाएको योजना अनुसार हत्यामा संलग्न प्रतिवादीहरु नजिकै रहेको विष्ट आयल स्टोर नजिक पुगी भाग्ने योजना अनुसार खुकुरी सोही स्थानमा फालेको र रोहित आलेलाई आफ्नो घर तर्फ जान भनी पठाएको पाइएको प्रहरीले जनाएको छ। 

२४ गते बिहान बौनिया बजारमा पुगी अपराध आफूले मात्रै गरेको हो भन्ने पार्न आर्यन देवकोटा बौनिया बजारमै बसेको र अन्यलाई लोकेन्द्र कुँवरले बौनिया बजार भन्दा उत्तर तर्फको चायाँभावर गाउँमा लगेर एक स्थानीयको घरमा राखेका थिए। 

लोकजंग कै योजना अनुसार उनीहरुलाई भगाउन कात्तिक २५ गते सविन जंग शाहीले कार भाडामा लिइ कैलालीको जुगेडा हुँदै भारतको ढकिया गाउँसम्म पुर्‍याएको एसपी अधिकारीले बताए। 

हत्यामा प्रयोग भएको खुकुरी

कालिमाटी खुकुरी प्रहारको बदलामा बडुवालको हत्या!

प्रहरीका अनुसार बडुवालको हत्यामा दुई समूहबीचको झगडा कारण भएको पाइएको छ। कैलालीको लम्की, चिसापानी क्षेत्रमा नदीजन्य पदार्थ र वनजन्य पैदावरको ठेक्का पट्टामा आफ्नो वर्चश्व जमाउन लोकजंग शाहीले विगत ३/४ वर्षदेखि युवाहरुको समूह बनाएर आपराधिक गतिविधि गर्दै आएको पाइएको छ। 

यो समूहलाई अशोक रावल समेतले संरक्षण गरेको एसपी अधिकारीले बताए। सुरुमा जयन्द्र शाह र नवीन रावल एउटै समूहमा रहेर गुण्डागर्दी गर्दै आएका थिए। उनीहरुबीच पछि विवाद भएपछि समूह छुट्टिएको थियो। एउटा समूहको नेतृत्वको नवीनले गरेका थिए भने अर्को समूहको जयन्द्रले। 

त्यसपछि दुई समूहबीच झै–झगडा र आक्रमण सुरु हुन थालेको प्रहरीको भनाइ छ। यो समूहका सदस्यहरुविरुद्ध कैलालीमा मात्रै ६ वटा ज्यान मार्ने उद्योग र २ वटा हातहतियार तथा खरखजनाको मुद्दा चलेको थियो। 

बडुवालको हत्याको कारण भने गत भदौ १८ मा काठमाडौं कालिमाटीमा भएको खुकुरी प्रहारको बदला लिने क्रममा भएको अनुसन्धानबाट खुलेको छ। कालिमाटी तरकारी बजार पछाडिको क्लब गल्लीमा जयन्द्र शाहको समूहले नवीन रावल समूहको हिमाल भनिने हेमराज शाहीलाई आक्रमण गरेको थियो। 

शाहीमाथि खुकुरी आक्रमणको घटनापछि त्यसको बदला लिन जयन्द्र समूहका कपिल श्रेष्ठले नवीन रावलको समूहमाथि आक्रमण गर्ने योजना बनाएर कात्तिकको १७ गते काठमाडौंबाट मोटरसाइकलमा कैलाली गएका थिए। कपिलको समूह २० गते लम्की पुगेर होटलमा एक रात बसेको देखिएको प्रहरीले जनाएको छ। २१ र २२ गते अर्को एक होटलमा कोठा लिएर नवीनलाई आक्रमण गर्ने योजना उनीहरुले बनाएका थिए। 

२३ गते नवीन रावलको समूह लम्कीमा भएको फुटबल खेल हेर्न आउने सूचना पाएपछि कपिल श्रेष्ठले आफ्नो समूहलाई खबर गरेर आक्रमणको योजना बनाएका थिए। 

‘कपिलको समूह टिकापुरमा भएकाले तत्कालै लम्की पुग्न नसकेकाले त्यो योजना सफल भएन’ एसपी अधिकारीले भने, ‘पछि कपिलको समूहले खेल हेरेर डुढेझारी हुँदै टिकापुरतर्फ जान लागेको नवीनको समूहलाई आक्रमण गर्न हातहतियारसहित ढुकेर बसेको देखिन्छ।’

अभियुक्तहरुले प्रयोग गरेको मोटरसाइकल

त्यसपछि नवीन रावल समूहको मदन शाहीलाई डुढेझारीको बाटो टीकापुर जाँदै गर्दा कपिलको समूहले भेटेर आक्रमण गर्न लखेट्दै गर्दा प्रहरी पुगेको थियो। त्यसपछि कपिलको समूह तितरवितर भएको थियो। कपिल भने एक्लै परेका थिए। मदन शाहीले कपिलको समूहको बाटो परिवर्तन गरेको भन्ने बुझेर नवीन रावललाई खबर गरी जयन्द्रको समूह हातहतियारसहित आक्रमणमा आएको भन्दै खबर गरेका थिए। 

एसपी अधिकारी भन्छन्, ‘नवीनले आफ्नो समूहका आर्यन, हिमाल, हेमन्त, मदन, चिरन्जीवी, रोशन, निशान, रोहित, धिरज, सोहन, विकासलाई रोड साइड क्याफे भन्ने ठाउँमा जम्मा हुन लगाएर जयन्द्रको समूह जहाँ भेटिए पनि आक्रमण योजना बनाएको देखिन्छ।’

नयाँ टिकापुर क्षेत्रमा एक्लै रहेका कपिल श्रेष्ठले पहिल्यै चिनजान भएका लम्कीमा रहेका भुपेन्द्र बडुवाललाई (हाल मृतक) फोन गरेर ‘मलाई तुरुन्त मोटरसाइकलमा लिन आउनु’ भनेर बोलाएका थिए। 

त्यसपछि भुपेन्द्र कपिललाई लिन टिकापुर गए। यता नवीनको समूह जयन्द्रको समूहका व्यक्तिलाई आक्रमण गर्न खोजीमा हिँडिरहेको थियो। भुपेन्द्रलाई मोटरसाइकलमा आउँदै गरेको देखेपछि जयन्द्रको समूहका व्यक्ति भन्दै नवीनको समूहले उनलाई लखेट्दै सिद्धार्थ होटल नजिक पुर्‍याएर नियन्त्रण लिन सफल भएका थिए।

राति ८ बजेर ५२ मिनेटमा बडुवालमाथि आक्रमण भएको सीसी टीभी फुटेजमा देखिएको एसपी अधिकारी बताउँछन्। बडुवालको पेट, छाती, टाउकोमा खुकुरी र चक्कु प्रहार गरी उक्त समूह फरार भएको थियो। त्यसको ६ मिनेटमै प्रहरी घटनास्थलमा पुगेको थियो। गम्भीर घाइते बडुवाललाई टीकापुर अस्पताल पठाइएको थियो। तर, राति साढे ९ बजे डाक्टरले उनलाई मृत घोषणा गरे। 

१२ पक्राउ, ९ अझै फरार 

बडुवाल हत्याको आरोपमा हालसम्म प्रहरीले १२ जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका–३ बस्ने २० वर्षीय आर्यन देवकोटा, २४ वर्षीय महेश रावल, २० वर्षीय धिरज दिपेन्द्र शाही, लम्कीचुहा नगरपालिका–१ बस्ने २२ वर्षीय कपिल श्रेष्ठ र १८ वर्षीय दीपक भनिने निशान मल्ल, लम्कीचुहा नगरपालिका–३ का १९ वर्षीय मदन शाही, लम्कीचुहा नगरपालिका–५ का २८ वर्षीय विकास खड्का रहेका छन्। 

यस्तै, टिकापुर नगरपालिका–१ बस्ने २३ वर्षीय प्रविन रिमाल, २१ वर्षीय रोहित आले र  २६ वर्षीय सोहन शाह, बर्दगोरिया गाउँपालिका–२ का २५ वर्षीय लोकेन्द्र कुँवर, बर्दियाकै ठाकुरबाबा नगरपालिका–३ का सन्तोष भनिने सविनजगज शाहीसहित १२ जना पक्राउ परेका छन्। उनीहरुलाई सुर्खेत, अछाम, बर्दिया, काठमाडौं, नेपालगञ्जबाट पक्राउ गरिएको हो। 

लम्कीुचहा–३ का २७ वर्षीय नवीन रावल, २६ वर्षीय अनोज भनिने चिरन्जीवी विक्रम शाही, २६ वर्षीय  हिमाल शाही, जानकी गाउँपालिका–६ का २८ वर्षीय जयन्द्र शाह, टीकापुर १ का २७ वर्षीय विकास शेरचन, लम्कीचुहा–४ का २४ वर्षीय रोशनबहादुर शाही, टीकापुर–६ का ३५ वर्षीय अशोक रावल, लम्कीचुहा– ३ का ३८ को लोकजंग शाही, बर्दियाको गरुवा गाउँपालिका–५का २२ वर्षीय हेमन्त शाही गरी ९ जना भने हालसम्म फरार रहेको प्रहरीले जनाएको छ। उनीहरु भारत पुगेको हुनसक्ने प्रहरीले आशंका गरेको छ। 

उनीहरुले आफ्नो समूहको दबदबा देखाउन सामाजिक सञ्जालमा भरुवा बन्दुक र अन्य हतियार समेतका फोटाहरु राख्ने गरेको समेत खुलेको छ। लोकजंग र नवीनले आफ्नो समूहका युवाहरुलाई प्रशिक्षण दिने गरेको भिडियोसमेत पाइएको एसपीको अधिकारीले बताए। 

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  १४:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ सोमबार बौद्धको नयाँबस्तीस्थित स्रोत नखुलेको आर्थिक कारोबार भइरहेको सूचनाको आधारमा खाेजी काराेबार गरेकै अवस्थामा उनलाई पक्राउ गरिएको... मंगलबार, असार २४, २०८२
मोरङमा हवाई फायर गरी प्रहरीले नियन्त्रणमा लियो तीन जना लागुऔषध कारोबारी सो क्रममा लागुऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बाल... आइतबार, असार २२, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या राईले माइतीघरमा रहेकी श्रीमती मनिषा गिरी, ससुरा बेलबहादुर गिरी, सासु मञ्जु गिरी र सालो सपन गिरीको हत्या गरेको उनले बताए। घटना राति स... आइतबार, असार २२, २०८२
ताजा समाचारसबै
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित मंगलबार, असार २४, २०८२
सात दिनभित्र चित्त बुझ्दो जवाफ नआए झाँक्रीलाई निष्काशन गर्नै एकीकृत समाजवादीको चेतावनी मंगलबार, असार २४, २०८२
गभर्नरविरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, अग्राधिकार प्रदान मंगलबार, असार २४, २०८२
रुपन्देही ३ मा नाउपाका उम्मेदवारलाई समर्थन गर्ने संघीय लोकतान्त्रिक मोर्चाको निर्णय मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ? मंगलबार, असार २४, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्