काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (मधेशी महिला) ४ पदको मतगणना आज (शुक्रबार) नहुने भएको छ।
उक्त मतगणना भोलि (शनिबार)को लागि सारिएको निर्वाचन समितिले जनाएको छ।
शनिबार बिहान ९ बजेदेखि मधेशी महिला केन्द्रीय सदस्यको मतगणना हुने छ। चार पदका लागि पाँचजना उम्मेदवार छन्।
शुक्रबार साँझ केन्द्रीय सदस्यमा पिछडिएको क्षेत्र (खुल्ला) एक सिटको मतगणना हुने भएको छ। एक पदका लागि अर्जुनजंङ्गबहादुर सिंह र दीपकजङ्ग शाह उम्मेदवार छन्। सिंह सभापति शेरबहादुर देउवा पक्षका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।